मुलुक बहुराष्ट्रिय कर्मचारीले विगारे : मन्त्री पण्डित

सलमान खान,५ बैशाख, भैरहवा । मुलुक बहुराष्ट्रिय कर्मचारीले विगारेको आरोप सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लगाएका छन् । मन्त्रि पण्डितले नेपाल जेसीजको १७ औ नेशनल काउन्सीलर एकाडेमीको भैरहवामा उद्घाटन गर्दै भने “नेपालका निजामति कर्मचारीहरु नेपालीले तिरेको करबाट तलब खाने तर सपना र विपना विदेशमा राखेकोले यो देश पछाडी परेको बताए । उनले उपस्थित जनतालाई प्रतिप्रश्न गर्दै सोधे , तपाइहरु भन्नुस म बहुराष्ट्रिय भए भने म नेपाल र तपाईहरुप्रति कत्तिको जवाफदेही हुन्छु । पक्कै हुन्न । त्यस्तै कर्मचारीहरु बहुराष्ट्रिय हुदा मुलुकको सेवा नभएको जनाए । एमालेका नेता समेत रहेका मन्त्रि पण्डितले नेपालका कर्मचारीहरु जागिर खादा खाएको सपथ अनुसार काम नगरी पैसाकोलागी काम गरेको बताए । 3 उनले कर्मचारीहरुले नेपाल र नेपालीलाई बन्धकी राखेर नेपालको बद्नाम गरेको समेत बताए । मन्त्रि पण्डितले पिआर र ग्रिन कार्ड लिएर विदेश गएका कर्मचारीले र्मिन्टयान्सको औषधी खादा झाडापखलाले ग्रस्त भएको समेत व्यंग्य गर्दै । रोगी कर्मचारीले देशको विकास नहुने समेत बताए । उनले जेसीजका सदस्यहरुले पनि राष्ट्र र राष्ट्रियताको सबालमा गम्भिर भएर तालिम लिनुपर्ने सुझाव दिदै आफुले मुलुकलाई गद्धार गर्ने विशिष्ट तह देखी तल्लो तहसम्मका अवसरवादी सबै प्रवृर्तिका कर्मचारीलाई कारबाहि गरेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्रि पण्डितले नेपालमा सरकारी जागिर खाने र विभिन्न देशका डिभि , पिआर , ग्रिनकार्ड र रासनकार्ड लिएर बसेका कर्मचारीले राष्ट्रको हितमा भन्दा पनि व्यक्तीगत स्वर्थमा रहेर काम गरेको बताए । कार्यक्रममा नेपाल जेसीजका वर्ष २०१४ का राष्ट्रिय सिनेटर अध्यक्ष सुशील बाबु श्रेष्ठले गलत र अवसरवादी प्रवृेर्तिका कर्मचारीलाई कारबाहि गर्ने अभियानमा नेपालका सबै युवा पंक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाउदै मन्त्रि पण्डितलाई आफ्नो अभियानमा अडिग हुन आग्रह गरे । अध्यक्ष श्रेष्ठले समयमै संविधान जारी गर्न माग गर्दै संविधान समयमै जारी गराउन का लागी दवाब दिन जेसीजले देश भर कार्यक्रम गर्ने जानकारी गराए । 2 नेपाल जेसीजको आयोजना तथा जेसीआई सिद्धार्थ, नेपालको आतिथ्यतामा भएको कार्यक्रममा जेसीआई सिद्धार्थका अध्यक्ष साजनजंग राणाले स्वागत गरेका थिए । कार्यक्रममा कार्यक्रम निर्देशक हेमन्त अग्रवाल, राष्ट्रिय तालिम संयोजक मोहन श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्रमान श्रेष्ठले कार्यक्रमको उद्धेश्यमाथी प्रकास, राष्ट्रिय उपाध्यक्ष अर्जुन चापागाईले मन्तब्य तथा उपाध्यक्ष दिपेन्द्र कुमार वर्तौलाले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य आदीत्य नारायण कसौधन, लगायतको आतिथ्यता रहेको थियो । स्थानिय सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा भएको उद्घाटन सत्रमा जेसीआई सिद्धार्थका महासचिव विकास श्रेष्ठले आस्था पाठ, सागरपोखरेलले व्याच वितरण तथा हेभन्ली किड्स क्याम्पसका ५ जना बालिकाले स्वागत गीत गाएका थिए भने कार्यक्रमको सन्चालन जेसीआई सिद्धार्थका पुर्व अध्यक्ष दीपेन्द्रमान श्रेष्ठ र जेसीआई सिद्धार्थ लेडीको अध्यक्ष रचना क्षेत्रीले गरेका थिए । 1 शान्तिकोको मुहान लुम्बिनीको प्रवेशद्वार भैरहवामा शुक्रबारदेखी शुरु हुने नेशनल काउन्सीलर एकाडेमीमा सहभागीहुन नेपाल जेसीजसंग आवद्ध १ सय २३ शाखाको अध्यक्ष सहित ३ जना र नेपाल जेसीजका सम्पुर्ण पदाधिकारी , भुपु अध्यक्ष तथा सल्लाहकारगरी ५ सय जना युवाहरुको सहभागिता रहने १७ औ काउन्सीलर एकाडेमीका कार्यक्रम अध्यक्ष सन्जिव शर्मा रेग्मीले जनाए ।

7:05 AM | Posted in , , | Read More »

मुलुकको अर्थतन्त्र पराधीन बन्नुमा राज्य नै जिम्मेवार– उद्योगी व्यवसायी

<b>सलमान खांन,भैरहवा,२९ चैत ।</b>
उद्योगी व्यवसायीहरुले मुलुकको अर्थतन्त्र पराधीन बन्दै जानुमा राज्य नै मुख्य जिम्मेवार भएको गुनासो गरेका छन् । उनीहरुले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रविना देशको आर्थिक विकास दीगो हुन नसक्ने भन्दै राज्यका निकाय गम्भीर बन्नुपर्ने धारणा राखे ।

उद्योग ब्यापार संगठन रुपन्देहीको सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटनमा बोल्दै उद्योगी व्यवसायीहरुले औद्योगिक विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष कृष्ण आचार्यले स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष नीति बनाउनुपर्ने आग्रह गरे ।

उनले देशमा जलविद्युत,पर्यटन,जडिबुटी,हस्तकला जस्ता तुलनात्मक लाभका क्षेत्रहरु भएपनि उचित नीति नियमको अभाव र कार्यान्वयन तहमा कर्मचारीहरुको अपारदर्शी व्यवहारले थुप्रै समस्या झेल्नुपरेको गुनासो गरे । बढ्दो लोडसेडिङका कारण उर्जा संकट उद्योग–व्यवसाय संचालनको मुख्य समस्या बनेको भन्दै उनले झोलामा खोला राख्नेहरुलाई राज्यले कारवाही नगर्दा जलविद्युत उत्पादनले फड्को मार्न नसकेको स्पष्ट पारे । लुम्बिनीको पर्यटन विकास गर्न सके वर्षेनी लाखौं पर्यटक भित्राई समग्र देशकै आर्थिक कायापलट गर्न सकिने सम्भावना रहेको औंल्याउंदै उनले यसतर्फ निजी क्षेत्रले राज्यलाई दवाव दिनुपर्ने बताए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलले जिल्लाको आर्थिक विकास र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी र रुपन्देहीको पहिचान झल्किने वस्तु उत्पादन गर्न उद्योगीलाई सुझाव दिए । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख डण्डपाणी भुसालले स्थानीय विशिष्टतामा आधारित तुलनात्मक लाभका क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने सुझाव दिए ।

एकीकृत माओवादीका केन्द्रीय सदस्य वामदेव क्षेत्रीले विदेशी सामानको ब्यापार तथा उपभोग गरेर स्वाधीन अर्थतन्त्र बन्न नसक्ने प्रष्ट पार्दै स्वदेशी वस्तुको उत्पादन र प्रयोग गर्न सुझाव दिए । उनले नीजि क्षेत्रले सरकारको मात्र मुख नताकी आफै पनि नमुना कामको थालनी गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, फोरम नेपालका जिल्ला अध्यक्ष महेन्द्र यादव,सद्भावना महतोका जिल्ला अध्यक्ष आनन्द गुप्ता,समाजसेवी सन्तोष पाण्डे,सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष ऋषि अग्रवाल,रुपन्देही ब्यापार संघका कार्यवाहक अध्यक्ष मोतिलाल पाण्डे,बुटवल औद्योगिक क्षेत्र उद्योग संघका उपाध्यक्ष रामप्रसाद बस्याल,सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष दीपक शर्मा,लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष बलराम शर्मा,पत्रकार टीपी भुसाल,पर्यटन व्यवसायी सागर अधिकारी लगायतले उद्योग ब्यापार संगठनले जिल्लाको आर्थिक र पर्यटन विकासमा निरन्तर क्रियाशील रहेको भन्दै सराहाना गरे ।

साधारणसभामा संगठनका अध्यक्ष मनिष जोशीले साना मझौला तथा ठुला सबैखाले उद्योगी व्यवसायीका हक अधिकारका लागि संगठन स्थापना भै क्रियाशील रहेको बताउंदै रुपन्देहीमा उद्योग,ब्यापार,पर्यटन र कृषि क्षेत्रको विकास गरी देशकै नमूना जिल्ला बनाउन सकिने धारणा राखे ।

संगठनका उपाध्यक्ष गिरिशचन्द्र त्रिपाठीको स्वागत,महासचिव नारायण भण्डारीको संचालन र अर्का उपाध्यक्ष खिमबहादुर खत्रीको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभाको बन्दसत्रले अध्यक्ष,महासचिव र कोषाध्यक्षका प्रतिवेदनहरु पारित गरेको छ ।

10:55 PM | Posted in , , | Read More »

शंकरनगरमा भुकम्पिय क्षती न्युनीकरण सम्वन्धी विशेष सचेतनाकार्यक्रम सम्पन्न

शंकरनगर,चैत्र-२९ ।
एपेक्स स्टुडेन्ट काउन्सिल र जाग्रिती युवा क्लव शङ्करनगरको संयुक्त आयोजनामा आज भुकम्पिय क्षती न्युनीकरण सम्वन्धी विशेष सचेतनाकार्यक्रम सम्पन्न भएको छ ।

जाग्रिती युवा क्लवका अध्यक्ष गोविन्द भुषालको सभापतित्व र संकरनगर गाविसका सचिव दिनेश अधिकारीको प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा एपेक्स स्कुल संकरनगर का विद्यार्थीले तयार पारेको भुकम्पिय क्षेती न्युनीकरण संवन्धी ४० मिनेटको लामो भिडियो देखाईएको थियो । साथै सोही कार्यक्रममा जाग्रीती युवा क्लव संकरनगरले प्रकाशन गरेको नयां वर्ष २०७१ सालको वार्षिक क्यालेण्डरको विमोचन समेत गरिएको थियो ।

कार्यक्रममा स्थानिय राजनितीक दलका प्रतिनिधीहरु, आमा समुह, विभिन्न संघ संस्थाका प्रतिनीधी हरुको सहभागिता रहेको थियो । कालिका युवा क्लव कालिकानगरका अध्यक्ष राजिव मल्लले क्लवहरु एक आपसमा मिलेर सहकार्य गरी समाज परिवर्तन गर्नुपर्ने वताउनु भयो । प्रमुख अतिथी अधिकारीले भुकम्प पनि एउटा प्राक्रितिक प्रकोप भएकोले यसलाई रोक्न नसकेता पनि सावधानी अपनाएमा भकम्प आंउदा धनजनको क्षती हुनवाट वच्न र वचाउन सकिने वताउनु भयो । साथै वहाले सवैलाई सु-सुचित र समाजमा सचेतना मुलक कार्यक्रम प्रतुत गरेकोमा एपेक्स स्टुडेण्ट काउन्सिल र जाग्रिती युवा क्लव लाई धन्यवाद दिनु भयो । कार्यक्रम क्लवका सह-सचिव अर्जुन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

8:12 PM | Posted in , | Read More »

३१ सय तिर्न नसक्दा मरेपछि ३ छोरा छोरी र श्रीमतीको बिचल्ली

नयाँ दिल्ली, चैत्र २८ - दिल्ली नजिकै फरिदाबाद, नियोला महाराजपुरमा बस्दै आएका अर्घाखाँची मरेंगका २७ वर्षीय रमेश पोखरेलले नजिकै रासन पसलको ऋण तिर्न नसक्दा आफ्नै कोठामा झुण्डिएर ज्यान गुमाएका छन् ।

रासन पसलको ३१ सय ५० रुपैंयाँ तिर्न ढिलाइ भएपछि पोखरेलले पसलेको धम्की खेप्नुपरेको र बिहीबार दिउँसो आफ्नै कोठाभित्र फ्यानमा श्रीमतीको सलको पासो बनाउँदै झुण्डिएर आत्महत्या गरेको स्थानीय नेपाली स्वयमसेवीले बताए । रमेश उनकी पत्नी दुर्गा र तीन छोराछारीका साथमा बस्ने भएपनि कोठामा कोही नभएको मौकामा उक्त घटना भएको अखिल भारत नेपाली एकता मञ्चका आरबी खड्काले बताए । मथुरारोडको एक चश्मा कम्पनीमा काम गर्ने रमेशले मासिक ५५ सय रुपैंया तलब पाउँथे ।

एक दशकअघि रोजीरोटीको खोजीमा अर्घाखाँचीबाट दिल्ली आएका रमेशका तीन सन्तान छन् । ‘नजिकैको किराना पसलबाट चामल, नूनतेल ल्याएको बिल रहेछ,’ मञ्चका खड्काले भने, ‘दुइ दिन अघि गरिएको पसलेको कागजनामामा ४९ सय ऋणमा अरु तिरेर ३१ सय ५० रुपैंया तिर्न बाँकी रहेछ । पसलेले तुरुन्त नतिरेमा ज्यान लिने धम्की दिएकाले डराएर आफैं मृत्यु रोजेको प्रारम्भिक अनुसन्धानमा थाहा भएको छ ।’ पछिल्ला महिनामा श्रीमती दुर्गा पनि काममा जाने गरेको भएपनि आर्थिक बिपन्नताका कारण यी दम्पत्तिले मुश्किलले जीवन बिताइरहेका थिए । मञ्चसम्बद्ध खड्काले मृतक पोखरेलको शुक्रबार स्थानीय वीके अस्पतालमा पोष्टमार्टम पुरा भएपछि अपरान्ह अन्तिम संस्कार समेत गरिएको जानकारी दिए । बेखर्ची रहेका श्रीमती पोखरेल र उनका तीन छोराछोरीलाई अर्घाखाँची गाउँ पठाउन नेपाली सहयोगी संस्था एवं शुभेच्छुकबाट पैसा संकलन थालिएको समेत खड्काले जानकारी दिए ।

7:27 PM | Posted in , | Read More »

बस दुर्घटनामा १४ जनाको मृत्यु

मुक्तिप्रसाद न्यौपाने,माघ २३, पाल्पा
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानी २ भालुखोलामा लु १ ख ४९२४ नम्बरको बस बिहिबार बिहान दुर्घटना हुादा १४ जनाको ज्यान गएको छ । १२ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा ज्यान गएको पाल्पाका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले बताए । रात्रिबस दुर्घटनामा मृत्यु हुने सबै पुरुष छन् । घाइते ७ जनाको लुम्बिनी मेडिकल कलेज प्रभाष र युनाइटेड मिशन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।

पोखराबाट भैरहवाका लागि छुटेको बस राति करिब २ देखी २:३० बजेको समयमा सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । प्रहरीले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको बताएको छ । घटनास्थल अप्ठेरो र खोंचमा रहेकोले उद्दारमा कठिनाई भए पनि समयमा नै प्रहरी तथा नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्दारमा खटेको थियो ।

6:30 AM | Posted in , | Read More »

नारायणी विकास समाजद्वारा विद्यार्थीलाई ज्याकेट वितरण

चितवन,माघ २०-नारायणी विकास समाज नामक संस्थाले आज कविलास गाविस वडा नम्वर २ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय स्याउली र राष्ट्रिय प्राथमिक विद्यालय  तान्द्राङका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ । 

राप्रपा वि स्याउलीका ८० जना विद्यार्थी र राप्रपा वि तान्द्राङका ४४ जना विद्यार्थीहरुलाई जाडोबाट वच्ने एक एक थान ज्याकेट वितरण गरिएको नारायणी विकास समाजका अध्यक्ष क्याप्टेनसुर्यवहादुर गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी गाविस सचिव हकहित संघ चितवनका अध्यक्ष प्रद्युम्नकुमार खड्काले विद्यार्थीहरुलाई ज्याकेट वितरण गर्नु भएको थियो । कार्यक्रममा संस्थाका भिमवहादुर गुरुङ र युवराज गुरुङ सहभागी थिए । चेपाङ,दलित र आदिवासीको वाहुल्य रहेको सो क्षेत्रमा जाडोका कारण विद्यालयमा विद्यार्थीहरुको उपस्थिती न्युन रहने भएकाले ज्याकेट वितरण गरिएको अध्यक्ष गुरुङले वताउनु भयो । ज्याकेट वितरण कार्यक्रममा संस्थाका अध्यक्ष सुर्यवहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

10:52 PM | Posted in , | Read More »

प्रहरीले दर्ता गरेन करणी प्रयासको मुद्दा

सलमान खांन,भैरहवा, २० माघ ।
नाबालिकालाई करणी प्रयास गरेको आरोपीमाथि प्रहरीले मुद्दा दर्ता नगरेपछि स्थानिय स्तब्ध छन् । गत माघ १२ गते विद्यालय जाादै गरेका दुई छात्रालाई करणी प्रयास गरेको आरोपमा हिरासतमा रहेका अनवर अलीलाई इलाका प्रहरी कार्यालय लुम्बिनीले मुद्दा दर्ता नगरी रिहा गरेपछि स्थानिय स्तब्ध भएका हुन् ।

गत माघ १२ गते बिहान ९:१५ बजे विद्यालय गइरहेका दुई बालिकालाई लुम्बिनी आर्दश गाविसका ३५ वर्षीय अनवर अलीले जबरजस्ती करणी प्रयास गरेको आरोपमा स्थानियले पक्राउ गरी ईप्रका लुम्बिनीमा बुझाएका थिए । आमा माविमा अध्ययनरत ती बालिकाहरु विद्यालय जाादै गर्दा गााउबाट पर एकान्तमा पुगे पछि पिछा गर्दै गएका अनवरले अभ्रद्र ब्यवहार गर्दै खेतमा पछारेका थिए । बालिकाहरुको हार गुहार सुनेर स्थानियहरुले उनलाई घटनास्थलमै पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । पिडितहरुका परिवारले ईप्रका लुम्बिनीमा गत माघ १४ गते बुझाएको जाहेरी प्रहरीले दर्ता गरेन ।

इप्रका लुम्बिनीका इन्चार्ज एवंम प्रहरी निरिक्षक अम्बिका प्रसाद गुप्ताले आफुले कुनै पनि हालतमा मुद्दा दर्ता नगर्ने बताई सकेकोले यस विषयमा केही नसोध्न अग्रह गरेको गत माघ १७ गते पीडितका साथ इप्रका लुम्बिनी पुगेका स्थानिय पत्रकार बिरेन्द्र मिश्रले बताए ।

यस सम्बन्धमा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रम सिंह थापासगा सम्पर्क गर्दा उनले भने– “इप्रका लुम्बिनीका प्रहरी निरीक्षक गुप्ताले मलाई रिपोर्ट गरे अनुसार अनवर अलीले ती बालिकाहरुलाई जबजरजस्ती करणी गर्ने प्रयास गरेको होइन् ।” उनले थपे–“जबरजस्ती करणीको प्रयास नगरेपछि कसरी जाहेरी दर्ता गर्ने ।”

यता मुद्दा दर्ता नगर्ने प्रहरी विरुद्ध कडा कदम चाल्ने स्थानियहरुको भनाई छ । स्थानिय जुगुल त्रिपाठीले अपराध सहने पनि अपराधका भागी हुने भएको बताउादै अब प्रहरीले मुद्दा दर्ता नगरेर गरेको कानुनी अपराध आफुहरुले सहन नसक्ने बताएका छन् । 

10:01 PM | Posted in , , | Read More »

भैरहवा भन्सार कार्यालयमा ६ महिनामा २.०९ प्रतिशतले राजस्व वृद्धि

सलमान खांन,भैरहवा, १९ माघ । 
मुलुककै दोस्रो ठुलो नाकाको रुपमा चिनिने भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७०/०७१को ६ महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्त सम्म कुल गरी १० अर्ब १७ करोड १ लाख ४ हजार ३२ रुपैयाा राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालय भैरहवाले चालु आर्थिक बर्षको ६ महिनामा कुल जम्मा ९ अर्ब ९६ करोड ३ लाख ५ हजार ६७ रुपैयाा राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर कार्यालयले २० करोड ७८ लाख ६५ हजार रुपैयाा अर्थात २.०९ प्रतिशत उक्त लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत तेज मणि काफ्ले जानकारी दिए । उनल भने–“विभागले गत आर्थिक वर्ष को ६ महिनामा संकलन भएको राजस्व भन्दा चालु आ.वमा ४६ प्रतिशत बढी राजस्व उठाउन लक्ष्य दिएको थियो र यस कार्यालय त्यो लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।”

कार्यालयले साउन महिनामा १५ लाख १० हजार ९ सय ५९ रुपैयाा ८६ पैसा राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । त्यसैगरी भदौ महिनामा १७ लाख ४१ हजार २ सय ९३ रुपैयाा ५३ पैसा राजस्व संकलन भएको छ । असोजमा १६ लाख ३५ हजार २ सय ८९ रुपैयाा ९१ पैसा, कार्तिकमा १६ लाख ११ हजार ३ सय ४५ रुपैयाा २ पैसा, मंसिरमा १७ लाख ६४ हजार १ सय ७८ रुपैयाा ६७ पैसा, यसैगरी पुस १९ लाख ८ हजार ३ सय ७२ रुपैयाा ५ पैसा राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालय भैरहवाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७०/०७१ मा भैरहवा नाका बाट औद्योगिक कच्चा पदार्थ, सवारी साधन र  पेट्रोलियम पदार्थ आदि जस्ताको आयात बढी भएको हुदाा राजस्व संकलनमा वृद्घि भएको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत तेज मणि काफ्ले जानकारी दिए ।

6:52 PM | Posted in , , | Read More »

जागरण मिडिया सेन्टरको आयोजनामा ३ दिने पत्रकारिता तालिम भैरहवामा सम्पन्न

बिनोद परियार,रूपन्देही,१७ माघ ।
जागरण मिडिया सेन्टरको आयोजनामा संविधान निर्माण पक्रियामार्फत शान्ति,लोकतन्त्र र समावेशिता विषयक ३ दिने पत्रकारिता तालिम भैरहवामा सम्पन्न भएको छ । रूपन्देही,नवलपरासी र  कपिलवस्तु ४० जना सक्रिय सञ्चारकर्मीहरुको सहभागिता रहेको तालिमको शुक्रबार एक समारोहका विच समापन गरिएको छ । समापन समारोह तथा प्रमाणवितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री एंव नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माले समाजमा रहेका विभेद भनेको रोग जस्तै भएको बताउँदै त्यसको उपचार पत्रकारले चेतनामार्फत गर्नुपर्ने बतानुभयो ।

उहांले मुलुक अब समावेशि,लोकतन्त्र र संघियताबाट पछाडि फर्किन नसक्ने बताउदै समयमै संविधान जारी गर्नका लागि मिडियाले दवाव दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा पूर्व सभाषद विनोद पहाडीले समाजमा रहेको जातीय छुवाछुत जस्ता विभेदको अन्तयका लागि सबैको सहकार्य जरुरी रहेको बताउनुभयो । उत्पीडित वर्गका पत्रकार र मूलधारमा आईसकेका वर्गका पत्रकारहरुको संयुक्त प्रयासलेनै समाजमा जागरण ल्याउन सक्ने उहाले बताउनुभयो । राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले पिडितको पहिलो न्याय गर्ने थलो पत्रकार भएकाले समाजका उत्पीडित र अन्यायका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।

जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक बरिष्ठ पत्रकार रघु मैनाली,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली,लेखक डिक बहादुर विश्वकर्मा,जागरण मिडियाका कार्यकारी निर्देशक समिर घिमिरे,प्रेम सेन्चुरी,सहभागिबाट उषा कंडेल,इन्द्र विश्वकर्माले बोल्दै पत्रकारितालाई सहिरुपमा अगाडि बडाउन बताउनुभएको थियो । तालिमको प्रशिक्षक रघु मैनाली,आरती चटौत,जेवि विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

6:53 AM | Posted in , | Read More »

ट्याक्टर र मोटरसाइकल ठोक्किदा किशोरीको मृत्यु

अर्घाखाँची, माघ १७ – सन्धीखर्कमा शुक्रबार दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किदा १ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
अर्घाबाट सन्धीखर्कतर्फ छुटेको लु २ त ६९७६ नम्बरको ट्याक्टरमा त्यसै दिशाबाट आएको लु १४ प ३५६० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा पछाडि बसेकी १४ वर्षकी विपसा बस्यालको ज्यान गएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी बस्यालको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक युवराज भुसालको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ ।उज्यालो

2:47 PM | Posted in , , | Read More »

पूर्व प्रधानन्यायाधीश उपाध्यायको गएराति निधन

काठमाडौं, माघ १७ । पूर्व प्रधानन्यायाधीश एवं २०४७ सालका संविधानका मस्यौदाकार विश्वनाथ उपाध्यायको गएराति निधन भएको छ । मस्तिष्कमा रगत जमेपछि उपचारका लागि राजधानीको न्यूरो अस्पतालमा भर्ना गरिएका उपाध्यायलाई शल्यक्रियापछि भेन्टिलेटरमा राखिए पनि उपचार सफल हुन सकेन ।

उपाध्यायप्रति श्रद्धाञ्जलि व्यक्त गर्न मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, विभिन्न दलका नेता र कानुनविदहरु न्यूरो अस्पताल पुगेका थिए । मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दे यसबाट न्याय क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।त्यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि न्यायपालिका क्षेत्रका विज्ञ उपाध्यायको निधन अपूरणीय रहेको बताए ।

तात्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विघटन गरेको संसदलाई आफ्नो इजलासबाट ब्युँताएर उपाध्यायले निकै चर्चा कमाएका थिए । उपाध्यायका पार्थिव शरीर अहिले उनकै निवास ज्ञानेश्वरमा राखिएको छ ।उपाध्यायका चार छोरा मध्ये दुई जना देश बाहिर रहेकाले उनीहरु स्वदेश फर्केपछि मात्रै अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

1:25 PM | Posted in , | Read More »

मोटर साईकल दुर्घटनामा एकको ज्यान गयो

प्रेम सुनार,गुल्मी, १७ माघ ।
छिमेकी जिल्ला अर्घाखााची घर भई गुल्मीको तम्घासमा ब्यबसाय गर्ने एक युवाको गए राती मोटर साईकल दुर्घटनामा परी ज्यान गएको छ । अर्घाखााचीको भगवातीा ५, वाईगाउा निवासी ३० वर्षिय शिव मरासनीको हिजो भगवती गाविस तारुभतेरामा लु २ प ५७६४ नम्वरको मोटर साईकल सांझ करिव ८ वजेको समयमा सडकको कुनामा ठोक्कीदा ज्यान गएको हो ।

हिजो दिउासो तम्घासको भिमचोकमा वस्त्रालय पसल गर्ने राजकुमार श्रेष्ठकी आमाको मृत्युमा उनको घर अर्घाखााचीको वाङला टुनिपोखरीमा समावेदेना प्रकट गर्न गुल्मी हर्दिनेटाका जनक पन्थको उक्त साईकलमा चढेर उनि गएका थिए । पन्थ संगै फर्केर तम्घास आउदै गर्दा सो स्थानको पधेरोको नालीमा मोटर साईकल ठोक्कीएर मरासीनी टाउकोले टेक्न पुगेको र उपचार्थ ल्याउादै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मोटर साईकल चालक पन्थको स्वास्थ्य अवस्था भने सामन्य रहेको र उनलाई अर्घातोष प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरीले बतायो । मरासीनीले तम्घासको क्याम्स रोडमा मरासीनी मिष्ठनालय सञ्चालन गर्दै आएका थिए भने पन्थले उनैको कोखैमा योर च्वाईस कम्युनिकेशन सेन्टर सञ्चालन गर्दै आएका छन् ।

मृतक मरासीनीका ८ वर्षका जुम्ल्या छोराहरु छन् । शोकाकुल परिवारको रुवावासीले क्यापस रोडमा यतिवेला सन्नाटा छाएको छ । मरासीनी एकदमै मिलनसार र पौरखी युवा थिए ।

9:13 AM | Posted in , | Read More »

रुपन्देही जिल्लाबाट एमालेको २३ उम्मेदवारको सिफारिस

सलमान खाान,भैरहवा,असोज २ -चुनावी मिती नजिकिदै गर्दा नेकपा एमालेले पनि निकै चहलपहल बढेको छ । अगामि संविधान सभा निर्वाचनका लागि जिल्लाबाट प्रत्यक्षतर्फ २३ जना उम्मेदावरको नाम जिल्लाबाट सिफारिस गरेको छ । समानुपातिकतर्फ बाहेक प्रत्यक्षमा जिल्लाका सातवटै निर्वाचन क्षेत्रबाट उम्मेदावरको नाम सिफारिस गरेको छ । उक्त पार्टीले जिल्लाको क्षेत्र नं. १ बाट छविलाल विश्वकर्मा, केन्द्रिय सदस्य घनश्याम भुसाल, खिमलाल भट्टाराइको नाम सिफारिस गरेको छ । भने क्षेत्र नं. २ बाट पुस्पाञ्जली उपाध्यय, हरि अधिकारी, भरत कुमार पोखरेल र डा. राम प्रसाद बस्याललाई सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नं. ३ बाट घनश्याम भुसाल, लिला गिरी र शान्ति पाण्डेको नाम जिल्लाबाट सिफारिस गरेको छ । यसैगरी रुपन्देही जिल्लाको क्षेत्र नं. ४ बाट विष्णु पौडेल, भोज प्रसाद श्रेष्ठ र विमला पन्थिको नाम सिफारिस गरेको छ । भने क्षेत्र नं. ५ बाट रामनाथ ढकाल, भुमिलाल सापकोटा र नजर कुमारी श्रेष्ठको नाम सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नं. ६ बाट बाबुलाल यादव, साधुशरण साहनी र गीता प्रजापतिको नाम सिफारिस गरेको छ । यसैगरी क्षेत्र नं. ७ बाट श्रीराम यादव, रामचन्द्र यादव र शन्ति लोधको नाम जिल्लाबाट सिफारिस गरेको छ ।

6:11 PM | Posted in | Read More »

एमाओवादीको २० उम्मेदवारको सिफारिस

सलमान खान,भैरहवा,असोज २ -एमाओवादीले पनि रुपन्देहीको सातवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ २० जना उम्मेदावरको नाम सिफारिस गरेको छ । एमाओवादीले रुपन्देहीको क्षेत्र नं. १ बाट देवेन्द्र पाण्डे सागर र लेखनाथ न्यौपानेलाई उम्मेदवारको रुपामा सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नं. २ बाट विनोद उपाध्यय, शोभाकान्त नेपाल, चोपलाल अचार्य, तिरबहादुर रोकाय, उमेश खनाल, गोविन्द केवट र कमला थापाको नाम जिल्लाबाट सिफारिस गरिएको छ । यसैगरी ३ बाट बामदेव क्षेत्री र ज्ञानप्रसाद भुर्तेल र क्षेत्र नं. ४ बाट पूर्व प्रधानमन्त्री बाबुराम भट्टाराई, भक्ति पाण्डे र कृष्ण प्रसाद पोखरेलको नाम सिफारिस गरिएको छ । भने क्षेत्र नं. ५ बाट दधिराम शर्मा एमएस, रेशम रसायलीको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. ६ बाट सन्त कुमार यादव, अमिन चौधरी र क्षेत्र नं. ७ बाट मकसुद अलि र पुरन यादवको नाम जिल्लाबाट सिफारिस भएको छ ।

6:07 PM | Posted in | Read More »

बिस वर्षदेखि ओढारको वास-ओढारमा बसेर डाक्टर ईन्जीनियर बन्ने लक्ष्य

प्रेम सुनार,गुल्मी,भदौ २१ – नेता र बेला बेलामा मन्त्रीहरु समेत रातदिन चिल्ला कारहरुमा आवत जावत गरेको नजिैकै राज मार्गमा उनि देख्छीन् । नजिकै टुढीखेल छ, विभिन्न दलका नेताहरुले गरिव,पछाडी परेका समुदायलाई माथी उठाउन आफ्नो पार्टी मात्रै लागेको दावि गर्दै चर्का चर्का भाषण गरेको पनि उनि गालामा हात लगाएर सुन्छीन् । तर उनलाई देख्ने र उनको विलौना सुन्ने भने कोहि छैन । यो छिमेकी जिल्ला बाग्लुङ्गमा २० वर्ष अघि देखि ओढारबाट ति महिलाको विचल्लीले यो देशका नेता र राज्यलाई गिज्जाई रहेको खवर हो ।

धौलागिरी अञ्चल कै सदुमुकाम बाग्लुङ्ग नगर पालिका । त्यो पनि देश भरकै मानिस पुण्य आर्जन गर्न जाने वाग्लुङ्ग कालिका मन्दिरको गेट अगाडी माथी भिरको जंगंल विचमा रहेको ओढारमा एउटी मान्छे बस्छीन तर जनावरप्रति राखिने निगरानी समेत उनमा रहेको छैन् सरकारी निकायबाट । आफ्नो नाम थर उनि बताउन चाहन्नीन् ।

घर कहाा हो ? बाबु आमा को हुन् ? उनलाई थाह छैन् वा भएर पनि बताउन रुचाउादिनन् । हिंसक जंगली जनवार देखेर जसरी अरु मानिस डराएर भाग्छन् उनि त्यसरी नै पुरुष देखेर भाग्ने गर्छिन् । यो समाचार दातालाई उनको फोटा लिन हम्मे हम्मे परेको थियो । ओढार मुनी पुग्न साथ उनि भिर तिर भागिन् । पख्नु–ुपख्नु दिदी किन डराएको ? भन्दा उनी भिरबाट लड्छिन की जस्तो गरी भाग्दै भनिन् र्–नाई नाई…,डर लाग्छ मलाई तिमीहरु लेग्ने मान्छे देख्दा , यहाबाट गई हाल ।’
उनि त्यसरी लोग्ने मान्छेलाई हिंसंक जनावर जस्तैं अझ भनौ राक्षसका रुपमा झैंै डराउनुका पछाडी उनि माथी पुरुषहरुबाट राक्षसी ब्यबहार नै भएको उनि र उनका स्थानिय महिलाहरुबाट बुझियो । कलिलो उमेरदेखि सडक मजदुरी गर्ने उनको अस्मीता सडक मै काम गर्ने पुरुषले आफ्नो राक्षसी आत्मा शान्त पार्ने सजिलो माध्यम मात्रै बनाएर अलपत्र पारेका रहेछन् ।

उनि भन्छिन ‘् ए कतिले माया गर्न आए गए, अहिले पनि माया गर्छु भनेर आउछन् र डर लाग्छ ।’ घर कहाा हो् थाह छ ? खै पुर्वतिर भन्थे क्यारे उनको यस्तो एक ठस्को जफाव थियो । बाबु आमा देख्नु भयो ? देखेन मैले त पहिल्लै मरेको भन्थे क्यारे उनले भनिन् । उनकोबारेमा बुझन् त्यस कालिका मन्दिर ब्यबस््स्थाप समितिका अध्यक्ष राजु खड्कासंग बुझ्यौं हामीले । उनि भन्छन्–‘ म जान्ने बुझ्ने भएको उमेर देखि उनललाई त्यो ओढारमा बसेको देखे कै २०/२२ वर्ष भयो । ’ उनले रिदम चलचित्रको गितको बोल उच्चारण गर्दै भने–‘हेर्नुस त मानिस भित्रको यो यो विचत्र कसैलाई कसैको मतलव छैन् । ’ उनले थपे –‘यि महिलाको अवस्था देखेर बुझ्न सकिन्छ कि कति सक्रिय छन् भन्ने कुरा ।’ उनले ति महिलाको अवस्थले यहााका नेता रराज्यलाई राम्ररी गिज्जाएको टिप्पणी गरे । उनि र स्थानिय महिलाहरुबाट बुझ्दा उनका पााच सन्तान मध्ये कोही जन्मीदै मृतक त कोहि कुपोषणबाट मरे भने एउटा कसैले चोरेर लगे,एउटा जिवितै छन् ।

जिवित उनका १०/११ व्र्षिय छोराको पढाईप्रतिको लगनशिलता, अनुशासन देख्ने हा ेर लक्ष्यका कुरा सुन्ने हो भने पुाजुपतिका छोरा छोरीलाई गतिलो पाठ हुन जान्छ । उनलाई स्थानिय महिलाहरुको सहयोमा वोर्डिङ्ग स्कुलमा भर्ना गरिएको रहेछ । विहनाको ९ वज्न नपाउादै उनि स्कुल जाने सरसफाईमा जुट्छन् ।ओढारको भित्तामा रहेकोर् एउटा तखातो जस्तै देखिने डुङ्गाको कापा,े उनको स्कुले ड्ेरश राख्ने दराज बनेको छ । सोतो स्कुले ड्ेरश , ओढारको धुावा, धुलो तर पनि कत्ति मैला छैनन उनका कपडा । स साना सिल्टीका भााडामा आमाले खाना पकाउादै ,उनि स्कुल जान तयार गर्दै । खाना खाएर उनि ओढारबाट निस्कीए भिरकोबाटो खरका गााजहरु समाउादै तल सडकमा स्कुल जानका लागि । तल झरे पछि उनि माथी आमालाई टाटा गरे, आमा पनि मुस्कुराउदै हात हल्लाईन । ओढारमा बस्नेहरुमा पनि त्यति खुशी ? उनिहरुको त्यो दृश्यले भावुक हुदै तल ओर्लिऔं हामी । ओढारमा बसेर डाक्टर ईन्जीनियर बन्ने लक्ष्य तल सडकमा आएपछि फेरी उनले माथी ओढारतिर फर्केर आमा संग हात हल्लाउादै टाटा मम्मी गरे । केहि बेरपछि तल पढ्ने साथीहरु भेटाए । आलिशान ठुल्ठुला पक्की घरहरुबाट निस्कीएका बालबालिका र ओढारबाट निस्कीएका उनको खुशीमा कमी थिएन् । ति साथीहरुमा पनि उनि प्रति कत्ति विभेद थिएन् । मैले सोधे बाबु तिम्रो नाम के हो ? –‘वुद्ध थापा ।’ बाबाको नाम को हो थाह छ तिमीलाई ?–‘ थाह छैन । ’ उनले फेरी स्मरण गर्दै भने –‘खै दरवाङ्गको हर्के हुन् भन्थे क्यारे । ’ कतिमा पढछौ ?–‘कक्षा ३ मा ।’ पढेर के बन्ने विचार छ ? –‘डाक्टर ईन्जीनियर । ’ अरु साथीहरुको त कमाउने बुवा हुनुहुन्छ , सम्प्ित्त पनि छ र धेरै पढ्लान तिमी ओढारमा बसेर कसरी डाक्टर ईन्जिनियर बन्छौ त ? यसो भन्न साथ उनले भने–‘ ओढारमा बसेरै म डाक्टर कि ईन्जीनियर बन्छु भन्ने लक्ष्य लिएको छु । ’ अरु साथीहरुले बाबा भन्दा तिमीलाई नरमाईलो लाग्दैन् ? उनले भने –‘लाग्छ नि, बाबा..बाबा भन्न मन लाग्छ । उनका यि कुरा सुन्दा कोखैमा बसेका दिदी बहिनीहरुको गह भरिए , मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष खड्का पनि भावुक भए ।

स्थानिय महिलाहरुका अनुसार उनलाई धेरैले विवहा गर्ने सपना देखाएर जवानी लुटेर छाडेर गए । उनि गर्भवती अवस्थामा साह्रै दुख पाउने गर्दथिन् । त्यस्तो अवस्थामा सडकमा काम गर्ने उनि उच्च रक्त श्रापले ग्रसित पनि बनिन् । पछिल्ला ति सन्तान स्थानिय महिलाहरुकै हेरचाहमा जिवित रहन सकेका हुन् । बिद्यालय भर्ना गर्न उनको थापा थर लेखाई पनि उनकी आमाको जात के हो र कहाा जन्मेकी थिईन ? स्थानियले पत्ता लगाउन सकेका छैनन् । उति मंगोलियन चेहराकी छन् ।

ति वालकको चेहरा पनि मंगोलियन छ । आम त पहिल्लै वेवरिसे बनेकी थिईन, अहिले उनका ति सन्तान पनि वेवरिसे वन्न नदिन को हुन त ति दरवाङ्गका हर्के भन्ने ? उनको स्थानिय प्रशासनले खोजि गर्न जरुरी भएको अध्यक्ष खड्का जोड थियो । अरु भन्दा पनि अरुले दिएको बासी खाना, अरुले दिएको लुगाफाटो, विमारमा औषधी उपचार पनि अर्कैको दया धर्ममा वााचेका ति वालको ओढारबाटै डाक्टर ईन्जिनियर बन्ने लक्ष्य सााच्ची नै पुरा होला ? उनको लक्ष्य कसले पुरा गराई देला ? यिनै कुराहरु मनमा खेलाउादै फर्कियौ हामी बाग्लुङ्ग वजारबाट ति वालकको लक्ष्या पुरा होस् भन्ने कामना गर्दै गुल्मीको तम्घासतिर ।

1:45 PM | Posted in , | Read More »

रक्सी पिउने पैसाका लागि छोरालाई २० हजार रुपैयाँमा बिक्री

सप्तारी,भदौ २१ – सप्तरीको नकटी रायपुर गाविस-४ हरिरावाका एक युवकले बुबाको मुख हेर्ने दिन बिहीबार आफ्नो पाँच महिनाका छोरालाई २० हजार रुपैयाँमा बेचेका छन् । ‘हाम्रो गन्तव्य, मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ देशभरि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सातौँ राष्ट्रिय दिवस मनाइरहेको बेला रक्सी पिउने पैसाका लागि गजेन्द्र सरदारले बिहीबार नाबालक छोरा बेचेका हुन् । प्रहरीले जनाएअनुसार स्थानीयवासीको सूचनाका आधारमा नाबालक शिशुसहित उनलाई किन्ने राजविराज-९ का ३८ वर्षका जाकिर अन्सारी र निजकी पत्नी ३० वर्षका कोरेसा खातुनलाई गएराति घरबाट गिरफ्तार गरिएको छ । अन्सारी दम्पतीको बयानका आधारमा शिशु किनबेचमा सहयोग गर्ने नकटी रायपुर-४ हरिरावाका ३० वर्षका लालमोहम्मद राइनलाई प्रहरीले गएराति ११ बजे गिरफ्तार गरेको प्रहरीनायब निरीक्षक विश्वनाथ यादवले बताउनुभयो । प्रनानि यादवका अनुसार राइनले छिमेकी सरदारले छोरा बेच्न खोजेपछि निःसन्तान रहेका अन्सारी दम्पतीकहाँ शिशु पुर्‍याइदिएको प्रहरीसमक्ष बयान दिएका छन् । हाल अन्सारी दम्पती र राइन शिशुसहित जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । शिशुले आमाको दूध खान नपाएपछि उनको स्वास्थ्य स्थिति बिगि्रँदै गएको छ । आफ्नै सन्तान बेच्ने सरदारविरुद्ध प्रहरीले मानव बेचबिखनको मुद्दा चलाउने जनाएको छ । रासस/ओनलाइन खबर

1:19 PM | Posted in , | Read More »

प्रतिबद्धको तेश्रो बार्षिकोत्सव

कपिल ज्ञवाली,बुटवल २ बैशाख -प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको तेश्रो बार्षिकोसव सोमबार बुटवलमा सम्पन्न भएको छ ।सहकारीका अध्यक्ष बिष्णु पुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीलाई सहयोग पुऱ्याएको भन्दै कृष्ण बन्धु अर्याल,जगदीश पोखरेल,नबिन पोखरेल,उमेश श्रेष्ठ,सन्तोष श्रेष्ठ,पूर्णचन्द्र अर्याल लाई सम्मान गरिएको छ ।कार्यक्रममा बोल्दै जेष्ठ नागरिक तथा सेयर सदस्य कमल पाण्डेले सहकारीको सफलताको कामना गर्दै आर्थिक पारदर्शिता जरुरी रहेको बताउनुभयो ।कार्यक्रममा उपाध्यक्ष माधब ढकाल,ब्यबस्थापक ऋषिराम भट्टराइ,राजेन्द्र घिमिरे,लक्ष्मण गैरे,कृष्ण बन्धु अर्याल,सचिब हेमलाल घिमिरे,सारदा काफ्ले,पूर्णचन्द्र अर्याल,जगदीश पोखरेल,गिता लक्ष्मी श्रेष्ठ,राजेन्द्र घिमिरे लगायतले बोल्नुभएको थियो ।सहकारीका १ सय २७ शेयर सदस्य छन्

8:01 PM | Posted in | Read More »

हिन्दु स्वयम सेवक संघ नेपाल बुटवलले नया बर्ष मानायो

लक्ष्मण पोखरेल,बुटवल,२ बैशाख-हिन्दु स्वयम सेवक संघ नेपाल बुटवल शाखाले फरक तरिकाले नया बर्ष मानाएको छ । विगतका बर्षहरुमा पनि सस्कृति रक्षा दौडको आयोजना गरी मनाएको संघले यस बर्षपनि सोही कार्यक्रम आयोजना गरी नया बर्ष मनाएको हो । ‘नयाँ सोच र जोसका साथ नयां बर्ष २०७० लाई स्वागत गर्न’ कार्यक्रम अन्र्तगत सस्कृति रक्षा दौडको आयोजना गरेको संयोजक विनोद हिरावतले जानकारी दिए । दौडको माध्ययमबाट सस्कृति रक्षा गर्न र युवा शत्तिलाई  खेल माध्ययबाट अगाडि बढाउन सस्कृति दौडको आयोजना गरिएको उनको भनाई रहेको छ । बुटवलको ट्राफिक चोकबाट सुरु भएको म्याराथुन प्रतियोगीतामा प्रतियोगितामा  २ सय जनाको सहभागीता रहेको थियो ।

१ गते भैरहवामा भएको प्रतियोगीताबाट प्रथम अखिलेश्वर यादब भएका थिए भने द्धितिय स्थान मानस थापाले प्राप्त गरेका थिए । त्यस्तै तृतिय स्थान राम प्रसाद काहार र चौथो स्थानमा पंकट  यादव भएका थिए भने सान्तव्ना स्थान राम बहादुर चौधरीले प्राप्त गरेका थिए । ६ किलोटिरको दुरी प्रथम भएका अखिलेश यादबले २० मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए । विजयी प्रतियोगिताहरुले प्रथम पुरस्कार ५१ सय, द्धितिय ले ३१ सय, तृतियले  ११ सय र सान्त्वनाले २ जनालाई ५/५ सय पुरस्कार पाएका थिए ।

बुटवलमा भएको प्रतियोगीतामा जसमा प्रथम पाल्पा कैलाशनगरका राम बहादुर कार्किले १८ मिनेट ४६ सेकेण्डमा पुरा गर्दै प्रथम सुकरौली–४ नवलपरासीका अखिलेस यादवले १८ मिनेट ५२ सकेण्डमा पुरा गर्दै द्धितिय र रेशा– ४ वाग्लुङ्गका यज्ञराज शर्माले १९ मिनेट १९ सेकेण्डमा पुरा गर्दै तृतिय स्थाना र कपिलबस्तु चनौटाका आन्नद सोनीले १९ मिनेट २० सेकेण्डमा र बुटवल ५पुल्चोकका ध्रुब श्रेष्ठ १९ मिनेट २८  सकेण्डमा पुरा गर्दै सान्तवना स्थान प्राप्त गरेका छन । कार्यक्रम सिने कलाकार तथा भारतिय राज्य सभा सांसद स्मृति इरानीको प्रमुख आतिथ्यमा सम्पन्न भयो हिन्दु स्वयंसेवक संध बुटवल शाखा संयोज विनोद हिरावतले सभापतित्व अध्यउक्षतामा भएको कार्यक्रमा राष्ट्रिय सघ चालक हेम शर्मा आचार्य, विश्व हिन्दु महासंघ राष्ट्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष गणेशमान सैजु, इलाका प्रहरी कार्यालय बुटवलका  निरीक्षक सोम थापा, बुनपा वरीष्ठ अधिकृत भुवा प्रसाद लुइटेल लगायतको आतिथ्यता रहेको थियो ।

मध्यसंवाहक सम्पर्क प्रमुख मनोज मित्तलको स्वागत मन्तव्य तथा हिन्दु स्वयंसेवक डोलराज गैरेको संचालमा कार्यक्रमको उद्घाटन टर्च उद्घाटन राष्ट्रिय करााते खेलाडी पुष्पा गरुङ्ग तथा खेल संयोजन बालकृष्ण अर्यालले गरेका थिए ।

7:59 PM | Posted in | Read More »

भगत सर्वजित स्मृति प्रतिष्ठान भवनको उद्घाटन बैशाख ९ मा

लक्ष्मण पोखरेल,बुटवल,२ बैशाख । राणाकालमै जातिय छुवाछुत विरुद्ध आन्दोलको शुरुवात गरेका भगत सर्वजित विश्वकर्माको सम्झनामा बुटवलमा स्थापित ‘भगत सर्वजित  स्मृति प्रतिष्ठान भवनको औपचारीक उद्घाटन हुने भएको छ । प्रष्ठिानले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि  बैशाख ९ गते बुटवल ९ शिवनगरमा रहेको  भवनको उद्घाटन तथा प्रतिमाको अनावरण गरिने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष छविलाल विश्वकर्माले नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न पार्टीका दलित नेतृत्व,दलितका आन्दोलनमा लागेका ब्यक्ति र कलाकारहरुको समेत उपस्थिती रहने उहाँले बताउनुभयो । उहाँका अनुसार भवन र प्रतिमा अनवरणका साथै विभेदका विरुद्धमा विशिष्ट योगदान पुर्‍याउने ब्यक्ति,भगत सर्वजितका सहयात्री,कलाकारहरुलाई सम्मान समेत गरिने छ ।

यसैगरि भगत सर्वजित राष्ट्रिय अन्तराष्ट्रिय मानव मर्यादा पुरस्कारका लागि अक्षयकोष समेत गठनको प्रकृया थालिने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नेकपा एमालेका पोलिटब्यूरो सदस्य  समेत रहनुभएका विश्वकर्माले विभिन्न ब्यक्तिहरुको आर्थिक सहयोगमा भवन र प्रतिमा निर्माण गरिएको बताउनुभयो । नेपालमा जातापात र छुवाछुतको मारमा रहेका दलित समुदालाई मक्ति दिलाउन राणाकालमै विद्रोह गरेका सर्वजितको विचार र योगदान नेपाली समाजलाई जानकारी गराउन २०५८ सालमा प्रतिष्ठान गठन भएको थियो । सर्वजितले विस १९९७ सालमा विश्व सर्वजन संघ गठन गरेर जातिय छुवाछुतका विरुद्ध आन्दोलन शुरु गरेको बताईन्छ । पत्रकार सम्मेलन मुक्ति समाजका केन्द्रिय सदस्य एकराज विश्वकर्माको अध्यक्षता तथा सचिव एमबि विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

7:52 PM | Posted in | Read More »

विश्वकर्मा समाजको प्रथम भेला सम्पन्न

विकाश  पराजुली ,बुटवल, बैशाख २ । विश्वकर्मा समाज नेपाल बुटवल ९ को प्रथम भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।समाजका अध्यक्ष नारायण विश्वकर्माको अध्यक्षता तथा भुवन सिंह विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष नरायण विश्वकार्म, प्रश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डम्बर विश्वकर्मा, दलित उत्थान जिल्ला सदस्य माया बराल, मुक्ति समाजका अञ्चल अध्यक्ष डोलराज विश्वकर्मा, खुम बहादुर दुधराज लगाएतले बोल्दै जातिय विभेद हटाउने र समाजलाई चेताना यो समाजले महत्वपुर्ण भुमिका निर्बाह गर्न सकोस भन्दै शुभकामना दिएका थिए ।

सो अवसरमा नयाँ बर्षको शुभकामना आद्रान प्रदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रम समाजका उपाध्यक्ष थान बहादुर विश्वकर्माको स्वागत तथा संगिता गहतराजको सञ्चालनमा सम्पन्न भएको हो ।

7:41 PM | Posted in | Read More »