|

पूर्व प्रधानन्यायाधीश उपाध्यायको गएराति निधन

काठमाडौं, माघ १७ । पूर्व प्रधानन्यायाधीश एवं २०४७ सालका संविधानका मस्यौदाकार विश्वनाथ उपाध्यायको गएराति निधन भएको छ । मस्तिष्कमा रगत जमेपछि उपचारका लागि राजधानीको न्यूरो अस्पतालमा भर्ना गरिएका उपाध्यायलाई शल्यक्रियापछि भेन्टिलेटरमा राखिए पनि उपचार सफल हुन सकेन ।

उपाध्यायप्रति श्रद्धाञ्जलि व्यक्त गर्न मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, विभिन्न दलका नेता र कानुनविदहरु न्यूरो अस्पताल पुगेका थिए । मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दे यसबाट न्याय क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।त्यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि न्यायपालिका क्षेत्रका विज्ञ उपाध्यायको निधन अपूरणीय रहेको बताए ।

तात्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विघटन गरेको संसदलाई आफ्नो इजलासबाट ब्युँताएर उपाध्यायले निकै चर्चा कमाएका थिए । उपाध्यायका पार्थिव शरीर अहिले उनकै निवास ज्ञानेश्वरमा राखिएको छ ।उपाध्यायका चार छोरा मध्ये दुई जना देश बाहिर रहेकाले उनीहरु स्वदेश फर्केपछि मात्रै अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Posted by Butwalonline on 1:25 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पूर्व प्रधानन्यायाधीश उपाध्यायको गएराति निधन "

Leave a reply