रेडवुल लिग जिल्ला स्तरीय फुटबल युथ युनियन रातोलाई उपाधि

पाल्पा, २१ माघ तानसेनको टुंडिखेलमा सम्पन्न रेडवुल लिग जिल्ला स्तरीय फुटबलको उपाधि तानसेनको युथ युनियन रातोले हात पारेको छ । उसले फाइनलमा रामपुर युनाइटेडलाई ३–२ ले हराउदै उपाधि सुरक्षित गरेको हो । बिजयी युथ युनियनकातर्फबाट मोहन श्रेष्ठ, रविन थापा र दिपक रजालीले गोल गरे । उपविजयी रामपुरका तर्फबाट दिनेश थापा र माधव सुनारले गोल गरे । विजयीसंगै युथ युनियनले नगद १५ हजार र प्रमाणपत्र पायो भने उपविजयी रामपुरले १० हजार नगद र प्रमाणपत्र पाएको छ । विजयी तथा उपविजयी समूहलाई प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराई, जिल्ला फुटबल संघका अध्यक्ष भिमसेन कार्कीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १६ टीमले सहभागीता जनाएका थिए । सबै टीमलाई चार पुलमा विभाजन गरेर लिग खेलाइएको थियो ।

6:52 AM | Posted in , | Read More »

भृकुटी उच्च माबिले लगतार दोस्रो बर्ष शील्ड जित्यो

कपिलवस्तु, चैत  ६ - कपिलवस्तुको ईमिलियामा भएको पाचौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगीतामा लगतार दास्रो बर्ष प्रथम हुदै भृकुटी उच्च माबिले शील्ड उचालेको छ । गत बर्षको समेत बिजेता भृकुटीले यस बर्ष समेत प्रथम हुदै शील्ड तथा १० हजार रुपेया नगद पाएको हो ।

प्रतियोगीतामा सुर्योदय उच्च माबि द्धितीय तथा महेन्द्र उच्च माबि कोपवा तेस्रो भई क्रमशः सात हजार र पाँच हजार नगद सहीत प्रमाण पत्र पाएका थिए । प्रतियोगीतमा बिजयी टोली तथा खेलाडीलाई रुद्र बन्जाडे र खेलकुद विकास समितिका सचिव गोपाल राईले पुरस्कार र प्रमाण पत्र बितरण गर्नु भएको थियो । प्रतियोगीतमा जिल्लाका २२ बिद्यालयहरुको सहभागीता रहेको थियो ।

6:05 PM | Posted in , | Read More »

गुल्मीमा तेक्वान्दोका खेलाडीको स्तर विभाजन

गुल्मी, चैत ५ - गुल्मीमा पहिलोपटक जिल्ला भित्रै तेक्वान्दोका खेलाडीको स्तर विभाजन गरीएको छ  । तेक्वान्दो दोजाङ्ग गुल्मी शाखाले खेलाडीहरुलाई विभिन्न तहको वेल्ट वितरण गरेको छ । वेल्ट टेस्ट परीक्षावाट ह्वाईट वेल्ट १० जनालाई, एल्लो वेल्ट १० जनलाई, ग्रीन वेल्न ५ जनालाई, व्लु वेल्ट तिन जनालाई र रेड वेल्ट १ जनाले प्राप्त गरेका छन् ।

त्यस्तै परीक्षामा गुल्मीबाट १ जना मात्रै खेलाडी विरेन्द्र कुवर ब्यालक वेल्टको परीक्षामा उत्तीर्ण भएका छन् । उनलाई जिल्लाबाट ब्याल्याक वेल्ट दिन नमिल्ने भएकोले काठमान्डौमा सिफारिस गरिएको सो खेलका गुल्मी प्रशिक्षक नवराज खरेलले जानकारी दिनुभएको छ ।उत्कृष्ट ह्वाइट वेल्ट लिनेमा कुमार बुढा र उपल्लो तम्घासका हेमबहादुर बस्नेत रहेका छन् । त्यस्तै ग्रिन वेल्ट तर्फ उत्कृष्ट हुनेमा श्रीजंग अधिकारी र सुर्य वि.क रहेका छन् ।

7:16 PM | Posted in , | Read More »

जिबिस कपमा शनिबार काभ्रे र धादिङ बिजयी

बाबुराम गैरे,बुटवल, चैत ३ । बुटवलमा जारि १४ बर्ष मुनिको अन्तर जिल्ला विकास सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न दुई छुट्टाछुट्टैखेलमा काभ्रे र धादिङ बिजयी भएका छन ।

फिफा टेक्निकल सेन्टर बुटवलमा सम्पन्न पहिलो खेलमा काभ्रेले सिराहालाई ७–१ ले तथा दोश्रो खेलमा धादिङले संखुबासभालाई ४–० ले हराएका हुन । काभ्रेका जितमा सुजन लामाले प्रतियोगितकै पहिलो ह्याट्रिक गरे । लामाले खेलको २५ औ ३१ औ र ६८ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन । टिमका लागि बिकाश बजगाईले खेलको १५औ, सुमन तिमिल्सिनाले १९ औ, बिवेक श्रेष्ठले खेलको ५३ औ र निर्भिक रायमाझिले खेलको ६५ औ मिनेटमा एक एक गोल गरेका थिए । उता सिराहाका लागि रामपुकार यादबले खेलको ६१ औ मिनेटमा एक मात्र सान्त्वना गोल गरे । यो जित संगै काभ्रेले सोमबार कंञ्चनपुर संगको भेट पक्का गरेको छ ।

यसैगरि दोश्रो खेलमा धादिङलाई एकतर्फी जित दिलाउन पर्वत शर्माले खेलको ७ औ, राजन बिकले ४७ औ, सर्जु गुरुङले ६५ औ र सुदिप जंग गाहाले खेलको ६६ औ मिनेटमा एकएक गोल गरे । अब धादिङले सोमबार नबलपरासिसंग प्रतिष्पर्धा गर्नेछ । नबलपरासिले प्रतियोगितामा बाई पाएर सोझै दोश्रो चरणमा प्रबेश पाएको हो ।

प्रतियोगिता अन्तर्गत आईतबारको पहिलो खेलमा पाल्पाले झापाको सामना गर्नछ भने दोश्रो खेलमा प्रतियोगितामा बाई पाएर साझै दोश्रो चरणमा प्रबेश गरेको रुपन्देहिले र सर्लाहिको सामना गर्ने बताईएको छ ।  रुपन्देहिमा पहिलो पटक संचालन भएको प्रतियोगितामा देशभरका १४ बर्ष मुनिका खेलाडिहरु सम्मिलित कूल १४ वटा जिल्लाको सहभागिता रहेको छ ।

नयाँ खेलाडि उत्पादन गर्ने उद्देश्यले करिब १ दशकदेखि प्रतियोगिता निरन्तर रुपमा आयोजना हुदै आएको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले नगद २० हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्

जिविस कपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमबाट खेलाडिहरु छनोट गरी साफ अन्डर(१४, एएफसी अण्डर(१४ लगायतका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि टिम तयार गर्ने लक्ष्य एन्फाले लिएको छ ।
प्रतियोगिताको फाईनल खेल आगामि चैत ८ गते हुनेछ|

8:06 PM | Posted in , | Read More »

गुल्मीमा तेक्न्दो खेल परिक्षा सम्पन्न (फोटो फिचर )

प्रेम सुनार,गुल्मी, फागुन ३ - टेक्वान्दो दोजाङ्ग गुल्मी शाखाले खेलाडीहरुलाई विभिन्न तहको वेल्ट वितरण गरेको छ । आज भएको वेल्ट टेस्ट परीक्षावाट ह्वाईट वेल्ट १० जनालाई, एलो वेल्ट १० जनलाई, ग्रीन वेल्न ५ जनालाई, व्लु वेल्ट तिन जनालाई, रेड वेल्ट १ जनाले प्राप्त गरेका छन् ।

त्यस्तै परीक्षामा गुल्मीबाट १ जना मात्रै खेलाडी विरेन्द्र कुवर ब्यालक वेल्टको परीक्षामा उत्तीर्ण भएका छन् ।उनलाई जिल्लाबाट ब्याल्याक वेल्ट दिन नमिल्ने भएकोले काठमान्डौमा सिफारिस गरिएको सो खेलका गुल्मी प्रशिक्षक नवराज खरेलले जानकारी गराए । उत्कृष्ट ह्वाइट वेल्ट लिनेमा कुमार बुढा र उपल्लो तम्घासका हेमबहादुर बस्नेत रहेका छन् । त्यस्तै ग्रिन वेल्ट तर्फ उत्कृष्ट हुनेमा श्रीजंग अधिकारी र सुर्य वि.क रहेका छन् । पछिल्लो चरण जिल्लामा तेक्वान्दो दोजाङ्ग खेल प्रति युवा युवती आकर्षित हुदै आएका छन् । यहााका खेलाडिहरुले गतवर्ष पोखरामा सम्पन्न क्षेत्रिय र काठमान्डौमा सम्पन्न राष्ट्रिय खेल प्रतियोगितामा २ स्वर्ण सहित विभिन्न पदकहरु प्राप्त गरेर जिल्लाकै सिर उचो पारेका थिए ।




6:55 PM | Posted in , , | Read More »

३९औा राष्ट्रिय लुम्बिनी करााते प्रतियोगिता चैत १ गतेदेखि लुम्बिनीमा

लक्षमन पोख्रेल ,बुटवल फाल्गुन ३० - नेपाल सितोरियो करााते डो सङ्घको आयोजनामा ३९औा राष्ट्रिय लुम्बिनी करााते प्रतियोगिता चैत १ गतेदेखि लुम्बिनीमा सञ्चालन हुने भएको छ ।

तीनदिने प्रतियोगितामा १४ अञ्चल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल आर्मी क्लब र विश्वविद्यालय खेलकुद सङ्घका गरी १९ टिमको सहभागिता रहने आज यहाा आयोजित पत्रकारसम्मेलनमा आयोजक सङ्घका अध्यक्ष दावा गुरुङले जानकारी दिनुभयो ।आगामी वर्ष सञ्चालन हुने विश्व सितोरियो करााते प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घले जनाएको छ । प्रतियोगिताका विजेता खेलाडीले सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन ।

6:58 PM | Posted in , , | Read More »

Youth Unity Cup 2013 को उपाधि शान्ति स्र्पोटस् क्लबलाई

नेपालगञ्ज,फाल्गुन २९ नेपालगञ्ज रंगशालामा भएको Youth Unity Cup 2013 को उपाधि शान्ति स्र्पोटस् क्लब सितापुर बाँकेले हात पार्न सफल भएको छ । जिल्ला युवा क्लव बाँके,राइजिङ आइडल्स बाँके,प्लान नेपाल बाँके, सर्च फर ग्राउण्ड नेपालको संयुक्त आयोजनामा युवाहरुको चौतफीक बिकास र शान्ति,सद्भाव र एकता गरि जिल्लामा शान्ति स्थापना गर्ने कार्यमा सहयोग पु¥याउने लक्ष्य राखि यहि फाल्गुन २३ गते देखि २९ गते सम्म बाँके नेपालगञ्ज रंगशालामा सञ्चालन भएको आज सम्पन्न भएको छ ।

Youth Unity Cup 2013 मा १३ वटा क्लवहरुले भाग लिएको खेलमा नेपालगञ्ज सिटी क्लाव र शान्ति स्र्पोटस् क्लव फाईनलमा पुग्न सफल भएका थिए । आज भएको फाईनल खेलमा नेपालगञ्ज सिटी क्लवलाई शान्ति स्र्पोट्स क्लवले ३ को बिरुद्ध ४ गोल गर्न सफल भई बिजय भएको छ । Youth Unity Cup 2013 उत्क्रिष्ट खेलाडीको उपाधी शान्ति स्र्पोटस् क्लवका गणेश योगि भएका छन् भने सार्वधिक गोलकर्ताको उपाधि बागेश्वरी स्र्पोटस् क्लब खजुराका रोशन शाहीले हात पारेका छन् ।

आजको खेल पछि आयोजना गरिएको प्रमाण पत्र सिल्ड टफी तथा पुरस्कार बितरण कार्यक्रमको प्रमुख अथितिको रुपमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोखरेल को आतिथ्य रहेको थियो । जिल्ला युवा सञ्जाल बाँकेका अध्यक्ष आशिष बर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा आयोजक,सहयोगी सस्थाहरुका प्रतिनिधि,पत्रकाल गैरसरकारी संस्थाका प्रतिनिधि लगाएत खेल प्रेमी हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला युवा सञ्जालका महासचिव हेमराज भट्टले गरेका थिए ।

7:22 PM | Posted in , , | Read More »

बुटवलमा एक हप्ते प्राबिधिक कराते शिबिर सम्पन्न

बुटवल, २८ फागुन । नेपाल कराते महासंघको आयोजना र पश्चिमान्चल कराते संघको ब्यबस्थापनमा बुटवलमा एक हप्ते प्राबिधिक शिबिर तथा कराँते ब्ल्याक बेल्ट टेस्ट कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।

गत फागुन २२ गतेदेखि २८ गतेसम्म पश्चिमान्चल क्षेत्रमै पहिलो पटक आयोजना गरिएको सो सप्ताहाब्यापी प्राबिधिक शिबिरमा पश्चिमान्चल क्षेत्रका १४ जिल्लाका १५० जना खेलाडी तथा प्रशिक्षक सहभागि रहेका थिए ।

समापनका अवसरमा बोल्ने बक्ताहरुले सरकारले स्वास्थ्य, शिक्षा, यातायातको क्षेत्रमा जस्तै खेलकुदमा पनि प्रयाप्त बजेट बिनियोजन गर्नु पर्ने कुरामा जोड दिनुभयो । सहभागि बक्ताहरुले खेलकुद र विकाशलाई राज्यले एउटै योजनामा राखेर लैजानुपर्ने बताउदै खेलकुदको विकाश बिना मुलुकको विकाश सम्भव नभएको समेत बिचार ब्यक्त गर्नुभयो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ओमप्रकाश अर्यालले मार्शल आर्ट खेलको उत्पत्ती लुम्बिनीबाट भएको भएपनि यसको समुचित प्रचारप्रसार र बिकास गर्न नसकिएको बताउनु भयो ।

लुम्बिनीको बिकास संगै कराँते जस्तो मार्शल आर्टको बिकास गर्नुपर्ने कुरामा जोडदिँदै उहाँले भगवान गौतम बुद्धको सिद्धान्त र आदर्श अनुसार आत्मरक्षाका लागि कराँते खेलको बिकास गरिएको जिकिर गर्नुभयो ।

नेपाल कराँते महासंघका राष्ट्रिय उपाध्यक्ष देब लामाले खेलकुदको क्षेत्रको बिकासका लागि गठित समितिहरुमा खेल क्षेत्रसँग सम्बन्धित र अनुभवी भन्दापनि खेलकुदको महत्व नबुझेका ब्यक्तिहरुलाई लैजाने प्रबृती रहेका कारण पनि नेपालले खेलकुदको क्षेत्रमा फड्को मार्न नसकेको बताउनुभयो ।

सो अवसरमा यसबर्ष करा“तेको राष्ट्रिय प्रतियोगिता आगामी चैत १, २ र ३ गते लुम्बिनीमा हुने सोको तयारी पुरा भैसकेको संगठनका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रिय सचिव ईश्वर रानाले खेलाडी राष्ट्रका गहना भएपछि राज्यले त्यसको मुल्यांकन र भावना बुझन नसकेको बताउनु भयो ।

कार्यक्रम नेपाल करा“ते महासंघका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष भरतबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा क्षेत्रीय प्रशिक्षण प्रमुख केशव प्रधान, उपप्रमुख माधव घिमिरे लगाएतले सहजिकरणको भुमिका निर्वाह गर्नु भएको थियो ।

6:29 PM | Posted in , | Read More »

अंचलस्तरीय तेक्वान्दो प्रतियोगितामा ७ स्वर्णसहित चितवनले उपाधि हासिल

राजेन्द्र आचार्य,चितवन, २७ फागुन । चितवनको सौराहामा सम्पन्न १० औं नारायणी अंचलस्तरीय तेक्वान्दो प्रतियोगितामा ७ स्वर्णसहित चितवन जिल्ला उपाधि जितेको छ । सौराहा तेक्वान्दो डोजाङ र सरित सौराहा तेक्वान्दो डोजाङले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको हो । यस्तै प्रतियोगितामा आयोजक टिम ए’ २ स्वर्णसहित दोस्रो र बारा जिल्ला १ स्वर्णसहित तेस्रो स्थान हासील गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा पुरुषतर्फ चितवनका प्रसंग कायस्थ र महिलातर्फ पनि चितवनकै पार्वती गुरुङ भएका छन् । प्रतियोगिताका स्वर्णपदक विजेताहरुमा पुरुष जुनियरतर्फ चितवनका मोहम्मद सद्धाम ,चितवनका समित राउत, मकवानपुरका मनिष माझी, गोर्खाका अमृत तामाङ, आयोजक ए’का रोहित तामाङ र चितवनका प्रसंग कायस्थ रहेका छन् । यस्तै पुरुष सिनियरतर्फ चितवनका शेखर उप्रेती र चितवनकै मनोज वि.क. ले प्रथम स्थान हासिल गरे । महिला जुनियरतर्फ आयोजक ‘ए टिम की नमुना श्रेष्ठ पर्सा जिल्लाकी दिब्या तिवारी एवम् महिला सिनियरतर्फ चितवनकी सुस्मिता थापा मगर, बाराकी मनिता भट्टराई र चितवनकी पार्वती गुरुङ ले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए ।

साथै सोही अवसर पारेर सौराहा डोजाङबाट राष्टिय र अन्तराष्टियस्तर तेक्वान्दो खेलमा पदक विजेता मनोज सुनार, अरुण अधिकारी र हरि थापालाई सम्मान समेत गरीएको प्रतियोगिताका सह–संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । दुई दिनसम्म चलेको प्रतियोगितामा चितवनका तीन टिम, बारा पर्सा, रौतहट, मकवानपुर, गोरखा रुपन्देही र नवलपरासीका एक–एक टिम गरी जम्मा १ सय ८० जना खेलाडीले भाग लिएको सौराहा तेक्वान्दो डोजाङका सहायक प्रमुख मनोज सुनारले जानकारी दिए ।

7:09 PM | Posted in , | Read More »

बुटवलमा मार्शल आर्ट सम्बन्धि एकहप्ते प्राबिधिक शिबिर संचालन

बुटवल ,फागुन २५ - नेपाल कराँते महासंघको आयोजना र पश्चिमान्चल कराते संघको ब्यबस्थापनमा बुटवलमा मार्शल आर्ट सम्बन्धि एकहप्ते प्राबिधिक शिबिर अर्थात कराँते ब्ल्याक बेल्ट टेस्ट तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन भैरहेको छ ।

यहि चैत्र २२ देखि शुरुभै आगामी २८ गतेसम्म संचालन हुने पश्चिमान्चल क्षेत्रमै पहिलो पटक आयोजना गरिएको सो सप्ताहाब्यापी प्राबिधिक शिबिरमा पश्चिमान्चल क्षेत्रका १४ जिल्लाका १५० जना खेलाडी तथा प्रशिक्षक सहभागि रहेका छन ।

मार्शल आर्ट कराँते बिधामा डिप्लोमा तहको सो प्राबिधिक शिबिर कार्यक्रममा हिमाली जिल्लाहरु मनाङ्ग र मुस्ताङ्गको भने यसपटक प्रतिनिधित्व नरहेको आयोजक समितिले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय कराते महासंघ र पश्चिमाञ्चल क्षेत्रीय ब्ल्याक बेल्ट एसोशिएसनद्घारा संयुक्त रुपमा आयोजित सो दोस्रो ब्ल्याक बेल्ट टेस्ट तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रमले यसक्षेत्रको खेलकुदको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने कराते महासंघका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

करा“तेको राष्ट्रिय प्रतियोगिता आगामी चैत १,२ र ३ गते लुम्बिनीमा हुने र सो बो तयारीका लागि यो कायक्रम आयोजना गरिएको नेपाल करा“ते महासंघका पश्चिमाञ्चल अध्यक्ष भरतबहादुर केसीले बताउनु भयो ।

7:15 PM | Posted in , | Read More »

रोटरी क्लव अफ बुटवल डाउन टाउनको आयोजनामा डिष्ट्रिक रोटा व्याडमिन्टन टुर्नामेन्ट हुने

लक्ष्मण पोखरेल,बुटवल, फागुन २५ । रोटरी क्लव अफ बुटवल डाउन टाउनको आयोजनामा भोलि डिष्ट्रिक रोटा व्याडमिन्टन टुर्नामेन्ट(२०१३ प्रतियोगिता हुने भएको छ ।

भैरहवाको व्याडमिन्टन कवड हलमा हुने प्रतियाोगिताको उद्घाटन एक कार्यक्रमका विच डिष्ट्रिक गर्भनर योगेन्द्रमान प्रधानले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा नेपालभरका ३० टिमको सहभागिता रहेको खेल संयोजक नर बहादुर श्रीसले जानकारी दिए । प्रतियोगिता मेन्स डबल र भेन्ट्रास डबलमा हुने बताइएको छ ।प्रतियोगितामा प्रथम हुनेले ट्रफि, मेडल सहित १५ हजार नगद तथा द्धितिय हुनेले ट्रफि मेडल र १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता विहान ९ बजे हुनेछ ।

6:58 PM | Posted in , , | Read More »

सिद्धार्थ क्याम्पसमा खेलकुद सप्ताह जारी

बुटवल २१, फाल्गुण - सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले २१औं वार्षिकोत्सव कार्यक्रम सप्ताहव्यापी रूपमा सञ्चालन गर्दै आएकोमा आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सुरेन्द्र खड्का, दीपा क्षेत्री र गोमा पाण्डेको समूह प्रथम, गणेश धामी, श्रृजना राना र विनोद कुँवरको समूह दोस्रो तथा नारायण ढुङ्गाना, आशिष पन्थी, सुनिता दाहालको समूह र जमुना पन्थी, रामु आचार्य र सुष्मा मरासिनीको समूह तृतीय भएका छन् । हाजिरीजवाफ प्रतियोगिताको सञ्चालन प्राध्यापक शालिकराम पौड्यालले गर्नुभएको थियो । त्यस्तैगरी आज क्रिकेट, फुटबल र बास्केटबलका छनौट चरणका खेलहरू सम्पन्न भएको जानकारी सहायक क्याम्पस प्रमुख ताराप्रसाद ज्ञवालीले गराउनुभयो ।

6:27 PM | Posted in , | Read More »

एपेक्समा शैक्षिक महोत्सव

बुटवल, फागुन १९ । बालबालिकाहरुलाई जिम्मेवारी दिन सकेमा जस्तो कार्य पनि गर्न सक्छन भन्ने हेतुका साथ एपेक्स स्कुल शंकरनगरको आयोजनामा भएको एपेक्स शैक्षिक महोत्सव–२०६९ शनिबार सम्पन्न भएको छ ।

विद्यार्थीहरुमा रहेका कला तथा सिपको विकास लागि आयोजना गरिएको सो महोत्सवमा विद्यार्थीहरुले बनाएका चित्रहरुको प्रदर्शनी राखिएको थियो । कार्यक्रममा विज्ञान प्रदर्शनी, विद्यार्थीहरु बाटै बनाइएका अन्तराष्ट्रिय खानाका स्टलहरु प्रदर्शनीमा राखिएको थियो । शैक्षिक महोत्सवको उद्घाटन गर्दै रुपन्देहीका निमित्त जिल्ला शिक्षा अधिकारी टिकारम अर्यालले विद्यार्थीको क्षमतालाई बाहिर ल्याउन र व्यक्तित्व बिकासका लागि यस्ता कार्यक्रमले जोड दिने बताए । विद्यार्थीलाई किताबी ज्ञान मात्र नदिई शैक्षिक क्रियाकलाप बाट समेत उनीहरुको शैक्षिक प्रगति हुने समेत उनले बताए ।

सो महोत्सवमा कक्षा गत रुपमा विभिन्न राष्ट्रका गितहरुमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  शिव प्रसाद भट्टराईको अध्यक्षता रहेको कार्यक्रमको स्वागत विद्यालयका प्रार्चाय दिपक गौतमले गरेका थिए ।

4:43 PM | Posted in , | Read More »

रुपन्देही लिस्नर क्लबको शाखा विस्तार गर्ने ।

बुटवल, फागुन १९ - लिस्नर क्लब रुपन्देहीको आज सम्पन्न तेस्रो बैठकले जिल्लाका विभिन्न ठाउ“मा शाखा क्लब विस्तार गर्ने निर्णय गरेको छ । बैठकले जिल्लाको देवदह, भैरहवा तथा सालझण्डिमा शाखा विस्तार गर्ने निर्णय गरेको हो । जस अन्र्तगत देवदहका लागि रितिका थापा, भैरहवाका लागि मदन आचार्य तथा सालझण्डिका लागि सागर चौधरीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । साथै बैठकले क्लबको दर्ता प्रक्रियालाई समेत अगाडी बढाउने लगायतका निर्णय गरेको छ । कार्यक्रम सचिव रविन्द्र थापाले गर्नुभएको थियो ।

4:42 PM | Posted in , | Read More »

एनसेलकपमा डिएमसिको जित

बाबुराम गैरे,फागुन १८, बुटवल । बुटवलमा संचालीत १५ बर्ष मुनिको एनसेलकप छनोट फुटबल प्रतियोगिताको उपाधि डिएमसि तुल्सिपुरले जितेको छ । फिफा टेक्निकल सेन्टर बुटवलमा शुक्रबार सम्पन्न फाईनल प्रतियोगितामा न्यु योङ्ग ब्वाईज क्लब खैरेनीलाई २–० ले पराजित गर्दै डिएमसिले उपाधि जितेको हो । उपाधि संगै एनसेलकपको क्षेत्रिय प्रतियोगिताका लागि छनोट समेत भएको छ । खेल शुरु भएको दोश्रो मिनेटमै बिवेक पाण्डेले गोल गरेपछि अग्रता पाएको डिएमसिका लागि दाश्रो हाफको ३५ औ मिनेटमा बिवेक पाण्डेले नै पुनः अर्को गोल गरेका थिए । प्रतियोगितामा न्यु योङग ब्वाईजले केहि राम्रा अबशरहरु पाएपनि सदुपयोग गर्न नसक्दा उपबिजेतामा चित्त बुझाउन बाध्य बन्यो । बिजेता र उपबिजेता क्लबका खेलाडिहरुलाई जिल्ला फुटवल संघ रुपन्देहिका अध्यक्ष हरि प्रशाद श्रेष्ठ तथा प्रमुख अतिथि बुटवल उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष महेशमान श्रेष्ठले संयुक्त रुपमा प्रमाणपत्र, कप तथा मेडल प्रदान गर्नुभयो ।

6:19 PM | Posted in , | Read More »

नेपालगन्जमा युथ युनीटि कप २०१३ हुदै

हेमराज भट्ट÷नेपालगन्ज-शान्ति, सद्भाव र एकताका लागि गत बर्ष देखि शुरु गरिएको युथ युनीटि कप फुटबल प्रतियोगिता यहि फागुन २३ गते देखि नेपालगन्जमा हुने भएको छ ।
बाँकेका युवा क्लब तथा युवा संस्थाहरुको छाता संगठन जिल्ला युवा क्लब सँजाल बाँके, राईजिङ्ग आईडलस बाँके, प्लान नेपाल बाँके र सर्च फर कमन ग्राउण्डको संयुक्त आयोजनामा नेपालगन्जको रंगशालामा प्रतियोगिता हुनेछ ।

बाँके जिल्ला भरी रहेका युवा क्लब तथा स्पोट्स क्लबहरुले सहभागीता जनाउने प्रतियोगिताको तयारीका लागि युथ युनीटि कप २०१३ तयारी मुल आयोजक समिति समेत गठन गरिएको छ । आयोजक संस्थाहरुको संयुक्त बैठकबाट गठन गरिएको मुल समिति अनुप बर्माको संयोजकत्वमा ११ सदस्सीय रहेको छ । समितिको सह संयोजकमा बिनोद शर्मा रहेका छन् भने सदस्यहरुमा क्रमश हेमराज भट्ट, राजन बर्मा, गान्धि हमाल, सुर्यमणी पौडेल, सतिस शर्मा, सपना अधिकारी, अनुभा राणा, रोहित शर्मा र कल्पना अधिकारी रहेका छन् । मुल समिति गठन सँगै समितिले प्रतियोगिताको तयारीका लागि जिम्मेवारी समेत बाडफाड गरेको छ ।

प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका लागि नेपालगन्जमा रहेको कृष्णसार एफ एम लाई मिडीया पार्टनरको रुपमा राख्ने समेत बैठकले निर्णय गरेको छ । फागुन २३ गते देखि नेपालगन्ज रंगशालामा संचालन हुने प्रतियोगिताका लागि फागुन २१ गतेसम्मका लागि टिम दर्ता गर्न सकिने छ । टिम दर्ता गर्न चाहने तथा प्रतियोगितामा भाग लिन चाहने फुटबल टिमले जिल्ला युवा क्लब संजाल बाँकेको कार्यालय नेपालगन्ज, शान्ति पथ बुलबुलीया (भेरी एफ.एम. अगाडी) सम्पर्क गरेर टिम दर्ता गर्न सक्नेछन् भन प्रतियोगिताको बारेमा जानकारि लिन चाहेमा कार्यालयको सम्पर्क नम्बर ०८१–५२५७०६ मा समेत सम्पर्क गर्न सकिनेछ । प्रतियोगिताको उद्घाटनमा आयोजक तथा बर्हिगमनमा परेका माओबादि लडाकुहरुका बिचमा सो मेच गरिनेछ भने प्रतियोगिताका बाकी मेचहरु नकआउटको आधारमा खेलाईनेछन् ।

7:11 AM | Posted in , | Read More »

छैठो राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता हुने

कपिलवस्तु,फागुन  १४ -खेलकुद गतिबिधि शुन्य रहेको कपिलवस्तुमा फागुन २५ देखि २७ गते सम्म छैठो राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता हुने भएको छ । बरकुलपुर गाबिस स्थित ईमिलिया खेल मैदानमा प्रतियोगीता हुने भएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।

उच्च माबि र माबिका बिद्यार्थीहरु सहभागी हुने सो प्रतियोगीताको तयारी तीब्ररुपमा भएको समितिका अध्यक्ष रामचन्द्र शाहले बताउनु भयो । जिल्लाका उच्च माबि र माबिहरुलाई पत्रचार गरी सकिएको तथा त्यसमा दुई दर्जन बढी बिद्यालय सहभागी हुने अनुमान गरिएको उहाले बताउनु भयो । सो प्रतियोग्तिाका लागि केन्द्रबाट दुई लाख रुपैया निकासा भई आएको तथा जिबिसले समेत केही रकम सहयोग गर्ने पतिबद्धता जनाएको समितिका सचिव गोपाल राईले बताउनु भयो ।

प्रतियोगीतामा दौड, लङ जम्फ, हाईजम्फ, जेवलिङ थ्रो, भलिवल, सटफुट लगायतका छात्र र छात्राहरुको छुट्टा छुट्टै इभेन्ट गरिने राईले जाकनारी दिनु भयो । प्रतियोग्तिमा प्रथम हुनेलाई शील्ड सहीत नगद समेत प्रदान गरिने उहाले बताउनु भयो ।

6:29 PM | Posted in , | Read More »

बुटवलमा एनसेल कप शुरु, सुनौलो र सुपौलीको बिजयी शुरुबात

बाबुराम गैरे,बुटवल, ९ फागुन । सुनौलो संगम युबा क्लब र सुपौलि युबा क्लब बुटवलमा बुधबारबाट शुरु भएको अन्डर १५ एनसेलकप छनोट फुटवल प्रतियोगितामा बिजयी शुरुबात गरेका छन । फिफा टेक्निकल सेन्टर बुटवलमा बुधबार सम्पन्न उद्घाटन खेलमा रिभर साईड क्लबलाई ८—१ को फराकीलो गोल अन्तरले स्तब्ध पार्दै सुनौलो संगम बिजयी भएको हो ।

सुनौलोको जितका लागी करन राना एक्लैले ४ गोलको योगदान गरे । त्यस्तै उज्ज्वल रानाले २ साथै जिबन थापा र बिक्रम गुरुङले एक एक गोलको योगदान गरे । करनले खेलको २८ औ, २९औ, ३५औ र ७७ औ मिनेटमा गोल गरे भने उज्ज्वलले २३औ र ७५औ मिनेटमा गोल गरे भने जिबन र बिक्रमले क्रमस ४५ औ र ७८ औ मिनेटमा गोल गरे । यस्तै रिभर साईडका निशान गुरुङले खेलको ५५ औ मिनेटमा एक मात्र सान्त्वना गोल फर्काएका थिए । त्यस्तै बुधबारै सम्पन्न दोश्रो खेलमा सुपौलीले ग्याङ स्टार क्लब बुटवललाई ३—० ले पराजीत गरेको हो । सुपौलीको जितमा प्रबेश क्षेत्रिले ह्याट्रिक गरेका छन । प्रबेशले खेलको ४१औ, ६६औ र ७१औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन । प्रतियोगिता अन्तर्गत विहिबार गार्खा ब्वाईज क्लबले न्यू योङ ब्वाईज क्लबको सामना गर्नुका साथै अर्को खेलमा नव युवा सांस्कृतीक परिबारले फर्साटिकर युवा क्लबको सामना गर्ने कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको खेलकुंद बिकाश समिती रुपन्देहिका कार्यलय प्रमुख जिबन घलेले एक कार्यक्रकका बिच बुधबारै उद्घाटन गर्नुभयो । जिल्ला फुटवल संघ रुपन्देहीका हरि प्रशाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले गर्नुभएको थियो । २०१३ मा हुने दाश्रो साप युथ १६ च्याम्पियनसिप र एएफसि युथ १६ च्याम्पियनसिप २०१४ को लागि नेपालको युबा टिम तयार पार्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन ।

6:12 PM | Posted in , | Read More »

जिल्ला स्तरिय हाजिरीजवाफको उपाधि सिद्धार्थ इ. बोडिङ् स्कुललाई

बुटवल, फागुन ७ । मणिमुकुन्द कलेज बुटवल १३ को आयोजनामा भएको जिल्ला स्तरिय हाजिरीजवाफको उपाधि सिद्धार्थ इ. बोडिङ् स्कुलले हात पारेको छ । आफ्नो बार्षिक उत्सवको सो अबसरमा आयोजना गरिएको प्रतियोगितामा मदरल्याण्ड इ. बोडिङ् स्कुल द्धितिय र रोज बड एकेडेमी तृतिय हुन सफल भएका छन् । कुल २२ विद्यालयहरुको सहभागिता भएको प्रतियोगितामा दोस्रो चरणका लागि ६ वटा विद्यालयहरु छनोटमा परेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयलाई शिल्ड तथा विद्यार्थीहरुलाई मेडल र प्रमाण वितरण गरिएको थियो । सिद्धार्थ इ. बोडिङ् स्कुलले यस अघि प्यारामाउन्ट उच्च माविको आयोजनामा भएको जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा समेत प्रथम हुन सफल भएको थियो । त्यस्तै खेल सप्ताहमा विजयी विद्यार्थीहरुलाई समेत पुरस्कार बितरण गरिएको थियो । कार्यक्रम मासका अध्यक्ष गणेश पौडेलको सभापतित्व तथा एन प्याव्सन रुपन्देहीका उपाध्यक्ष देउ प्रकास राईको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

5:54 PM | Posted in , | Read More »

खुल्ला दौडको उपाधि शर्मालाई

भरत अधिकारी,बुटवल, ७ फागुन । युवा संघ नेपालको आठौ महाधिबेशनको अबशरमा बुटवलमा आयोजना गरिएको खुला दौड प्रतियोगिताको उपाधि बाग्लुङका यज्ञराज शर्माले हात पारेका छन । महाधिबेशन अन्र्तगतको रचनात्मक तथा खेलकुद उपसमितिले बुटवलमा सोमबार आयोजना गरेको खुला दौडमा १४ दशमलव १९ मिनेटमा निर्धारित दुरी पार गर्दै शर्माले उपाधि हात पारेका हुन ।

त्यस्तै कपिलबस्तु जयनगरका भक्त श्रेष्ठ १४ दशमदव २० मिनेटमा दुरी पार गर्दै दोस्रो भए भने एन्फा एकेडेमीका मनिष थापाले १४ दशमलब २५ मिनेटमा पार गर्दै तेस्रो, रिभरसाइड क्लव बुटवलका पृथ रानाले १४ दशमलब २६ मिनेटमा पार गर्दै चौथो र एन्फा कै बाबुराम कार्कीले १४ दशमलब ३१ मिनेटमा पार गर्दै पाचौ भएका छन ।  राजमार्ग चौराहाबाट ट्राफिकचोक हुदै फर्केर एमाले अचल पार्टी कार्यालयसम्म करिव २ दशमलव ५ किलोमिटरको दुरीमा सम्पन्न प्रतियोगितामा ८८ जना युबाहरुले सहभागिता जनाएका थिए । बिजेता पाचै जनाले क्रमश: ८ हजार, ५ हजार, ३ हजार, २ हजार र एक हजार नगद पुरस्कार पाएका छन् । त्यस्तै महिला तर्फ एन्फाका कृति सेन र इन्द्र सेनले क्रमश प्रथम दितीय हुदै क्रमस एक हजार र पाच सय नगद पुरस्कार प्राप्त गरेका छन ।

बिजयी धावकहरुलाई एक कार्यक्रमका बीच एमाले पोलिटब्युरो सदस्य छबिलाल बिश्वकर्माले नगद पुरस्कार प्रदान गरे । पुरस्कार प्रदान गर्दै नेता विश्वकर्माले युवाको बिकासका लागि यस्ता रचनात्मक क्रियाकलाप नियमित गरिनुपर्ने बताए ।

त्यस्तै मदन भण्डारी स्पोर्ट एकेडेमीका केन्द्रिय अध्यक्ष रमेश शिलवालले खेलाडीले कहिल्यै पनि घमन्ड गर्न नुहुने भन्दै रचनात्मक हुनपर्ने बताए । स्पोर्ट एकेडेमीले खेलाडीको बिकासका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको उनको भनाई थियो ।पुरस्कार बितरण कार्यक्रम उपसमितिका संयोजक धुब्र आचार्यको अध्यक्षता, सचिव हरि पाण्डेको सञ्चालन सम्पन्न भएको थियो ।

5:43 PM | Posted in , | Read More »

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु