|

स्थानियद्धारा सरसफाई अभियान कार्यक्रम

बुटवल, फागुन १६ -मधवलिया गा.वि.स. लाई यही फाल्गुन १८ गते शुक्रवार खुला दिशापिशाव मुक्क्त गा.वि.स. बनाउने उद्देश्यका साथ मधवलिया गा.वि.स.को वाड नं.८ विहुली गाँउमा नागरीक वडा मञ्च, बुद्ध स्मृर्ती क्लव, बिहुली आमा समुह, शहिद लखन थापा मगर युवा क्लव, मधवलिया ब्याटमिन्टन क्लव, ससस्त्र प्रहरी बेश क्याम्प गगोलिया र स्थानिय जनसमुदायको बाक्लो उपस्थितिमा बिहुली गाँउ देखी चिहुली गाँउ सम्मका बाटो घाटो, पुल पुलेसा, बाटोको छेउका बोट बिरुवा, खोला नाला नहर सम्पुर्णमा सरसफाई गरीएको थियो ।

खुला स्थानमा दिशा पिशाब गर्ने लाई ५०० जरिवान सहित को अभियान सुरु गरीएको छ । उक्क्त अभियानका अगुवा तथा भि.वास.सि.सि. मधवलियाका सदस्य रबि कार्की ले अव उपरान्त यहाँका सम्पुर्ण क्लवका सदस्यहरु द्धारा विहान र साँझ कुरुवा बसि फोहोर गर्ने र खुला स्थानमा दिशा पिशाब गर्ने लाई ५०० जरिवान सहित को अभियान सुरु गरीएको छ भनेर भन्नु भएको थियो ।

Posted by Butwalonline on 6:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्थानियद्धारा सरसफाई अभियान कार्यक्रम"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु