|

पाठेघरको नि:शुल्क सल्यक्रिया स्थानिय महिलाहरुलाई राहत

गुल्मी, चैत ५ - लामो समयदेखि पाठेघर खस्ने समस्या भोगेका गुल्मीको विभीन्न गाउाका महिलाहरु स्थानिय स्तरमै नि:शुल्क अप्रेसन भएपछि राहत महसुस गरेका छन् । रेसुङ्गा अस्पत्तालले पाठेघरको नि:शुल्क सल्यक्रिया हुने भएपछि गुल्मीको रेसुङ्गा हस्पिटल एण्ड रिसर्ज सेन्टरमा विरामीहरुको भीड लागेको छ ।

चैत्र १ देखि शुरु भएको शिवीरमा अहिलेसम्म ३२ जनाको ३२ अप्रेशन गरिएको अस्पतालका कार्यकारी निर्देशक महेश श्रेष्ठले जानकारी दिनुभयो । चैत १५ गतेसम्म सञ्चालन हुने शिविरमा अहिलेसम्म काठमाण्डौ तथा भैरहवाबाट स्त्रीरोग विशेषज्ञहर आएका छन् । आफ्नै जिल्लाभित्र नि:शुल्क अप्रेसन गरीने भएकोले सजिलो र सुविधा भएपछि धेरै महिलाहर उपचारका लाग िआएका छन् ।

Posted by Butwalonline on 7:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाठेघरको नि:शुल्क सल्यक्रिया स्थानिय महिलाहरुलाई राहत"

Leave a reply