तपाई के भन्नु हुन्छ ???

वेईमान जोडिएको त्यो इनाम लाई के भन्नुहुन्छ ?
जाजरकोटको भोकमरी र सुर्खेतको गोदाम लाई के भन्नुहुन्छ ?
सम्मान गर्नु त जिवितै हुंदा गर्नु उ देशभक्त हो,
विचरा मर्छ र पछि दिईने त्यो सलाम लाई के भन्नुहुन्छ ?


अशोक गौतम "क्षितिज"

7:33 PM | Posted in | Read More »

मुक्तक

सुध्रिएनन ठुला ठालु बिग्रियो देशको चालाहरु ।
उठौ जनता यीन्का मुख मा लगुना तालाहरु ।

सोझा साझा जनता लै ठग्नु सम्म ठगे यीनले,
तेसैले त पड्किदैछन नेताजी का गालाहरु । ।

अशोक गौतम "क्षितिज"
तिनाउ ९८.२ एफ एम
बुटवल, रुपन्देही

4:21 PM | Posted in , | Read More »

मुक्तक

सम्बन्ध मा आंधी बेरी आएर पो हो कि ?
बिना लक्ष्य गन्तब्य मा धाएर पो हो कि ?
चुस्स चुस्स दुखिरहनछ यो छातीको देब्रे पाटो,
परिपक्क नभइ माया लाएर पो हो कि ?


दुइ मुटु का बातहरु सम्झिएर रोए ।
संगै काटेका रातहरु सम्झिएर रोए ।
जुनी जुनी सयौ जुनी म तिम्रै हुन्छु भन्थेउ,
तर आज अनगिन्ति घातहरु सम्झियर रोए ।।

अशोक गौतम "क्षितिज"
तिनाउ ९८.२ एफ एम
बुटवल, रुपन्देही

4:15 PM | Posted in , | Read More »

गजल




पेट भर्ने ढिडो रोटी खाना भए पुग्छ
नांगो जिउ ढाक्ने कुनै नाना भए पुग्छ

खोज्या छैन ताज महल देखावटी गर्न
घाम पानी छकाउने छाना भए पुग्छ

एकान्तको साथी मान्दै दु:ख पीडा भुल्ने
देशभक्ति लय तालका गाना भए पुग्छ


बिछोडिएका आफन्तको सम्झनामा डुब्दै
मनभित्रका शब्द आट्ने पाना भए पुग्छ

चुलो बल्न कठिन हुन्छ के को मुरी पाथी
साँझ बिहान खान पुग्ने माना भए पुग्छ

इन्दिरा खतिवडा'प्रयास' दमक -८,झापा

12:46 AM | Posted in , | Read More »

मुक्तकहरु


धड्कनमा तिमी नै छौ,अन्तै डेरा सार्यों भन्छौ
बिना कारण दोष देखाई, अलपत्र पार्यो भन्छौ
कसो गरी माया देखाउ, हनुमान झैँ छाती चिरी
खै सकिन सम्झाउन,सीमा तोडी झार्यो भन्छौ |१|
.
चार जात छतीस बर्ण, एउटै रातो रगत
के पहाडी, के मदेशी, उस्तै पाटो लगत
अनेक थरी भेषभुषा,बिशाल बागका फूल सरी
जोगिए यो सहिष्णुता, हाँस्छ सारा जगत |२|
.
कल्पनाका महलहरु, हेर्दाहेर्दै ढलेपछि
थकित मन रुदो रै'छ, मनमा आगो बलेपछि
देखाएका आशाका ती, मुहानहरु त्यसै सुक्दा
आफ्नु के नै लाग्दो रै'छ, कर्मले नै छलेपछि |३|
.
खाली भए मन्दिर सबै,बिदेशीए मूर्तीहरु
कहाँ गए धर्मगुरू, जोगाउन श्रुतीहरू
देश भरका कु-कृत्यको, अन्त्य गर्छौं भन्नेहरु
बिना कानून विधुवा रुँदा, कहाँ गए फूर्तीहरु |४|
.
परेवाको माया प्रिती, सारालाई था'छ
देउता भाकी कसम खा'को, तारालाई था'छ
आफ्नु प्रिय मुटुलाई, अरुले नै खोस्दा
वियोगको गहिरो चोट, आरालाई था'छ |५|
.
उनको उमेर ढल्किए'नि ,बानी छल्किए जस्तो
लाग्छ नयन नशालु भै ,कतै पल्किए जस्तो
किनारा त किनारै हो, दुइको मिलन कहिले?
प्रतिक्षाले शीमा रेखा, अन्तै सल्किए जस्तो |६|


इन्दिरा खतिवडा'प्रयास' दमक -८,झापा

10:18 PM | Posted in , | Read More »

गुनासो देउता सित..

मैले वर मागेकै छैन,किन तथास्तु भन्छौ तिमी ?
मैले वली भाकेकै छैन,किन तथास्तु भन्छौ तिमी?

थालीभरि फूलपाती ,अक्षता र चन्दन संगै
मैले भेटी राखेकै छैन,किन तथास्तु भन्छौ तिमी?

थरीथरी फलफुल अनि ,प्रसाद र अमृत जल
मैले केहि चाखेकै छैन,किन तथास्तु भन्छौ तिमी?


ओSSSम्...तत्सत... व्रम्हा बिष्णु महेश्वर ...ओओम्
मैले मन्त्र वाचेको छैन,किन तथास्तु भन्छौ तिमी?

जे छ यसमै सन्तोष छु,दया किन गर्नु प्रभु
मैले हात थापेकै छैन ,किन तथास्तु भन्छौ तिमी?

बिष्णु कुमार गिरी
गुल्मी,हाल जापान

12:22 PM | Posted in , | Read More »

मुक्तक - तिहार विशेष

धेरै विन्ती गर्दा पनि मैले आउन पाईन दिदी।
तिम्रो हातले सप्तरंगी टिका लाउन पाईन दिदी।
प्रवासीको जिवन यस्तै सधै चाड पर्वमा रुनु पर्छ,
पोहोर जस्तै तिमी संगै दिउसी गाउन पाईन दिदी।

२०६८/०६/२७
अशोक गौतम क्षितिज

9:58 AM | Posted in , | Read More »

मुक्तक - सवाल, जवाफ


"उनी"
गुलाव मा गजवको धार देखे।
छिया छिया आफ्नै दिल द्वार देखे।
कसरी कसरी उसको आखा मा,
अद्रिश्य प्रेमको आकार देखे।

"म"
तिम्रो माया मेरो मुटुको भित्री कुनामा छ।
सुन्दरता तिम्रो गुन्यौ चोली र चौवन्धी तुनामा छ।
सजाउनु पर्छ वेग्लै हामी सुनौलो संसार वनाई,
अडिग यो पापी संसार मात्रै टुना र मुनामा छ।


संगिता थापा - मकवानपुर
अशोक गौतम क्षितिज - वुटवल

9:55 AM | Posted in , | Read More »

मुक्तक

दुनियां ले संझदैमा नामी मान्छे गनिदैन।
एकै छिन फुर्काउदा ठुलो मान्छे वनिदैन।
रुप् मा जति अप्सरानै भए पनि संसारमा
चरित्रमा दाग भए राम्रो मान्छे भनिदैन।

२०६८/०६/०५
अशोक गौतम क्षितिज
मो- ९७४१२२१९४४

10:26 AM | Posted in , | Read More »

मुक्तक

चौतारीमा रित्तो डोको विसाउने लाई सलाम छ।
नभएका कुरा गर्दै रिसाउने लाई सलाम छ।
सधै भरी आफ्नो कुरा माथी हुनै पर्छ भन्छ्यौ
अनायासै मुटु रेटी घिसाउने लाई सलाम छ।

२०६८/०६/०७
अशोक गौतम क्षितिज

1:11 PM | Posted in , | Read More »

मुक्तक - उनी र म........

                  "म"
संझनामा चिठी लेखी खाम पठाउछु।
दु:ख गरी कमाएर दाम पठाउछु।
पुस माघ को सिरेठोमा वस्नु तातो आभास गरी,
मिर्मीरे विहानी संगै न्यानो घाम पठाउछु।

                 "उनी"
सकुसल भै वस्नु सधै काम चांहिदैन।
छिट्टै फर्की आउनु प्यारा दाम चांहिदैन।
संगै वसी गांउ घर मै मेलापात गरौंला,
वरु मलाई सांझ विहान माम चांहिदैन।


२०६७/१०/१७
अशोक गौतम क्षितिज

10:12 AM | Posted in , | Read More »

श्रीजना

हांस्दा हांस्दै रुनु पर्ने रुंदा रुदै हांस्नु पर्ने
जहां जान्छु ठक्कर खान्छु यसरी नि वांच्न् पर्ने।

नवोलेनी सुख छैन वोले पनि सुख छैन
कहां गएर चित्त वुझाउ जाने ठांउ कतै छैन।

कल्पनाको सागर वाट माथी माथी उठी
यथार्थको धरातल मा उभिएकै जाती।

झिनो आशा लिएर वांच्नु पर्ने यो दुनियामा
मनका पिर लुकाएर हांस्नु पर्ने यो दुनियामा।

जीवन एउटा जन्झिर हो भन्ने जान्दा जान्दै
त्यसैमा फसे म त दु:ख पिडा भोग्दै।

यो उजाड जिन्दगी मा साथी खोज्दै हिडे
कसो गरी पाईन्छ भन्दै समस्यामै धेरै भिडे।

अशोक गौतम क्षिजित

9:56 AM | Posted in , | Read More »

मुक्तक

जति टाढा उति माया धेरै हुन्छ गाढा
कहिलै पनि नवन्नु है विझाउने कांढा

म त तिम्रो ह्रिदयमा सुटुक्कै पसिसकें
लिने भए दिन्छु वरु पिरती को भाडा।

अशोक गौतम क्षितिज

12:09 AM | Posted in , | Read More »

Muktak(संझिएर रोंए)

दुई मुटुका वात हरु संझिएर रोंए
संगै काट्या रात हरु संझिएर रोंए


जुनी जुनी म तिम्रै हुन्छु भन्थ्यौ
तर आज घात हरु संझिएर रोंए।

अशोक गौतम क्षितिज

5:29 PM | Posted in , | Read More »

मुक्तक

वच्चा युवा व्रिद्ध सवको मर्म वुझ्ने सरकार छैन
गर्ने सधै एउटै कुरा नयां सोंचको प्रकार छैन।

झुट्टा आशा देखाएर भोट माग्ने सभासद ज्यु
राम्रो काम गरेनौ खै विस्वास गर्ने आधार छैन॥

२०६७/०८/१८
अशोक गौतम क्षितिज

9:56 AM | Posted in , | Read More »

तीन मुक्तक .


म त धेरै माया गर्छु माया कहाँ मारे छु र?

सागर तर्दा तिमी नै हौ अरु कहाँ तारे छु र?

जिउने मर्ने बाचा कसम खाइ सकें तिमी सँगै

मन बचन दिइ सके अन्त कहाँ सारे छु र?

..............................

सङ्का गरी यती धेरै हेर्न थल्यौ किन मलाई

सङ्काले नै लङ्का जल्छ मन भित्र आगो जलाई

छोड अब कुरा काट्न बनी एक बुद्धिमानी

यसैले नै हुन्छ बरु आपसमा हाम्रो भलाई

.............................

बुझ्ने गर संसारलाई आफ्नु घाँटी हेरी कन

अघी बढ्नु पर्छ हामी आफ्नु सोच फेरी कन

बाटो हिड्दा आउने काँडा पन्साउदै हिंडे देखि

आफै हट्छ मनको मैलो सत्यलाई बेरी कन

लेखिका: इन्दिरा प्रयास
काठमान्डू नेपाल
हाल: इजराइल

2:39 AM | Posted in , | Read More »

जीवन

    
                     
Chandraजीवन भदौको भेल हो,तर्न नखोज,
जीवन वसन्ति पालुवा हो,त्यसै चुड़न नखोज,
जीवन बर्सात हो भिज्न नखोज,
जीवन हूरी हो लुक्न नखोज!!
जीवन मैदान हो  खेल्न सिक!!
जीवन मुस्कानै   मुस्कानको मुहान हो ,
सधै भरी मुस्कुराउन सिक ! सधै भरी मुस्कुराउन सिक !!
लेखक: चन्द्र घर्ती मगर
भक्किम्ली-७ पीपलडांडा,म्याग्दी-नेपाल
       हाल दोहा-कतार

3:50 PM | Posted in | Read More »

मुक्तक

जीवन  देखि हारखाए  ,कसैको केही भर छैन;
 मेरो पहिलो प्रेमलाई ढुंगासरी फालेपछि !
सोचेजस्तो  जिंदगीमा कहिले पनि हुंदोरहेनछ;
 संझनाका चिनोहरू दोबाटोमा  गाडेपछि !!
 सपनामा आएर  किन मलाई सताई रहन्छौ;
जीवनका  तरंगलाई आफै लात हानेपछि !
                        लेखक: चन्द्र घर्ती मगर
                        भक्किम्ली-७ पीपलडांडा,म्याग्दी-नेपाल
                        हाल दोहा-कतार

3:46 PM | Posted in | Read More »

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु