मुक्तक - सवाल, जवाफ
"उनी"
गुलाव मा गजवको धार देखे।
छिया छिया आफ्नै दिल द्वार देखे।
कसरी कसरी उसको आखा मा,
अद्रिश्य प्रेमको आकार देखे।
"म"
तिम्रो माया मेरो मुटुको भित्री कुनामा छ।
सुन्दरता तिम्रो गुन्यौ चोली र चौवन्धी तुनामा छ।
सजाउनु पर्छ वेग्लै हामी सुनौलो संसार वनाई,
अडिग यो पापी संसार मात्रै टुना र मुनामा छ।
संगिता थापा - मकवानपुर
अशोक गौतम क्षितिज - वुटवल

