|

रुपन्देहीको चिल्हिया पूर्ण खोप गाविस घोषणा

सलमान खांन,२८ चैत्र, भैरहवा ।
रुपन्देहीका बिभिन्न गाविसहरुलाई पूर्ण खोप गाविस घोषणा गर्ने क्रम बढदो छ । यसै क्रममा चिल्हिया पनि पूर्ण खोप गाविस घोषणा भएको छ ।

शुक्रबार चिल्हिया स्वास्थ्य चौकी सञ्चालन तथा ब्यावस्थापन समितिले भब्य कार्यक्रमको आयोजना गरि चिल्हिया लाई पूर्ण खोप गाविस घोषणा गरेको हो । पूर्ण खोप गाविस घोषणा कार्यक्रममा बोल्ने वक्ताहरुले आजका बालबालिका भोली नेपाल चलाउने देशका कर्णधार भएकोले यिनिहरुको स्वास्थ्यमा अभिभावकले बिशेष ध्यान दिनु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै रुपन्देहीका स्थानिय बिकास अधिकारी पेशल कुमार पोखरेलले उपचार गर्नुृ भन्दा राम्रो रोग लाग्न नै नदिनु भएको बताउदै रोग रोकथामको लागी प्रत्येक बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउनु पर्ने बताए । खोप सेवा नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएको र बाल मृत्युदर तथा विरामी दर घटाउनमा खोप कार्यक्रमको महत्वपूर्ण योगदान रहेको र खोप सेवा प्रत्येक बाल बालिकाको नैर्सगिक अधिकार भएको पोखरेलले जिकिर गरे ।

राष्ट्रिय खोप कार्यक्रममा हाल सञ्चालन गर्दै आएका खोपहरु एक बर्षको उमेर भित्र बिसिजि एक मात्रा, डिपिटीहेव— हिव तीन मात्रा, पोलियो तीन मात्रा र दादुरा रुवेला एक मात्रा खोप लिएका शिशुलाई पूर्ण खोप लिएको शिशु मान्ने गरिएको चिल्हिया स्वास्थ्य चौकी संचालन तथा ब्यावस्थापन समितिका सदस्य सचिव भाष्कर आत्रेयले जनाए ।

“पूर्ण खोप गाविस भन्नाले  १२ देखि २३ महिनाका बालबालिकामा सर्वेक्षण गर्दा सबै बालबालिका एक बर्षको उमेरभित्र पूर्ण खोप प्राप्त गरेको गाविसलाई बुझिन्छ ” आत्रेयले भने । गाविसका १२ देखि २३ महिना भित्रका १ सय ५९ जना बालबालिकाहरु पूर्ण रुपमा खोप लगाएकोले पूर्ण खोप गाविस घोषणा गरिएको आयोजकले जनाए । पूर्ण खोप गाविस घोषणा हुन सघाउने बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

Posted by Butwalonline on 7:31 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुपन्देहीको चिल्हिया पूर्ण खोप गाविस घोषणा"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु