|

निशुल्क स्वास्थ्य तथा आखा शिविर सम्पन्न


भैरहवा, २८ चैत्र । जेष्ठ नागरिकहरुको लागी १ दिने निशुल्क स्वास्थ्य तथा आखा उपचार शिविर पोखरभिण्डीमा सम्पन्न भएको छ ।

अन्य लक्षित वर्गको बजेट मध्ये आर्थिक बर्ष २०७०/ ०७१ का लागी जेष्ठ नागरिकहरुका लागी विनियोजित बजेटबाट पोखरभिण्डीका जेष्ठ नागरिकहरुको लागी स्वास्थ्य तथा आखा उपचार शिविर सम्पन्न भएको पोखरभिण्डी का गाविस सचिव लेखनाथ अर्यालले जनाए ।

पोखरभिण्डी गाविसको आयोजनामा सम्पन्न उक्त शिविरमा गाविसका १ सय भन्दा बढी सेवाग्राहीले फाईदा लिएको कार्यक्रम संयोजक राधेश्याम विश्वकर्माले बताए । शिविरमा पोखरभिण्डी उप स्वास्थ्य चौकीका ईन्चार्ज राम नेवास चौधरीले स्वास्थ्य र भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्स को आखा बिभागका चिकित्सक दिलिप कुमार यादवले आखा उपचारको सेवा दिएको आयोजक गाविसका गाविस असई राजकुमार मिश्रले जनाए ।

Posted by Butwalonline on 7:41 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "निशुल्क स्वास्थ्य तथा आखा शिविर सम्पन्न "

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु