नाइजेरियामा हिंसा, ५ दिनमा १ सय ३५ जना मारिए

काठमाडौं, चैत्र ३० । अफ्रिकन मुलुक नाइजेरियामा भएको सशस्त्र हिंसामा पाँच दिनयता १ सय ३५ जना मारिएका छन् । इस्लामिक विद्रोही बोको हरामको सशस्त्र आक्रमणमा धेरैजसो सर्वसाधारण परेका बताइएको छ ।

बुधवारयता भएको सशस्त्र आक्रमणमा उत्तरपूर्वी नाइजेरिया १ सय ३५ जना मारिएको बोर्नो राज्यका सीनेटर अहमेदजानाहले जनाएका छन् । डिक्वाको सहरमा शिक्षक तालिम सञ्चालन गर्ने कलेजमा पाँच जना मारेलगत्तै विद्रोहीहरुले केही महिलालाई अपहरण गरेका छन् ।

अरु दुई आक्रमण भने क्यामरुनको सीमा नजिकको गाउँमा गरिएको थियो । जहाँ १ सय ३० जनाको हत्या गरिएको छ । इस्लामिक राज्यको वकालत गर्दै थालेको बोको हरामको सशस्त्र हिंसामा एक वर्षयता १५ सय व्यक्ति मारिएको विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेसनलले जनाएको छ ।

यति ठूलो संख्या मानिस मारिनुमा सरकार र विद्रोही दुबै जिम्मेवार रहेको एम्नेष्टीको भनाइ छ । (एजेन्सी)/इमेज खबर

7:10 AM | Posted in | Read More »

छत्तिसगढमा भएको माओवादी आक्रमणमा १२ जनाको मृत्यु

काठमाडौं, चैत्र २९ । भारतको छत्तिसगढ राज्यको बीजापुर जिल्लामा माओवादी आक्रमणमा १२ जनाको मृत्यु भएको छ । मारिनेहरुमा ६ जना लोकसभा चुनावमा संलग्न कर्मचारीहरु पनि रहेको बताइएको छ ।

गत बुधबार बस्तर क्षेत्रमा चुनाव गराएर जिल्ला सदरमुकाम जगदलपुर फर्किएकाहरु माओवादीको निशानामा परेका थिए ।एक अर्को घटनामा बस्तरको दरभामा एउटा एम्बुलेन्समा माओवादीले थापेको धरापमा पर्दा पाँच प्रहरी र एम्बुलेन्सका चालक मारिएका छन् । आक्रमणमा १२ जना घाइते भएका छन् ।

बुधबारको मतदानका क्रममा माओवादीले बस्तरका विभिन्न सात स्थानमा गोलाबारी र बम विष्फोट गराएको थियो भने केही ठाउँमा सुरक्षाकर्मीसँग दोहरो भिडन्त समेत भएको थियो । (एजेन्सी) /इमेज खबर

6:58 AM | Posted in | Read More »

इजिप्टमा ब्यापक झडप

काठमाडौं, माघ १८ । इजिप्टका अपदस्थ राष्ट्रपति मोहमद मुर्सीका समर्थक र सैन्य सरकारका समर्थकबीच ब्यापक झडप भएको छ । मुस्लिम ब्रदरहुडका समर्थकहरुले राजधानी कायरोलाई केन्द्र बनाई प्रदर्शन गर्दै आएकोमा फैयुम सहरमा सरकारी सेनाका समर्थकहरुले ढुंगामुढा गरेपछि झडप सुरु भएको हो ।

झडपका क्रममा दुबैतर्फबाट २० भन्दा बढी घाइते भएका छन् । अपदस्थ राष्ट्रपति मोहमद मुर्सीमाथि झुटो मुद्दा चलाएकोमा थप आक्रोशित बनेका उनका समर्थकहरुले प्रदर्शनलाई तीब्र बनाउने घोषणा गरेका छन् ।मुर्सीलाई दुई दिनअघि अकस्मात अदालत उपस्थित गराएपछि प्रदर्शन झन चर्केको छ । (एजेन्सी/इमेज)

7:57 AM | Posted in | Read More »

अमेरिकामा आतंकवादी बम आक्रमण, तीनको मृत्यु, १४१ घाइते(भिडियो)

अमेरिकाको बोस्टनमा म्याराथुन भइरहेको स्थानमा भएको आतंकवादी बम आक्रमणमा अहिलेसम्म कम्तिमा तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा १४१ जना घाइते भएका छन्। ती मध्ये १७ जनाको अवस्था चिन्ताजनक रहेको सीएनएनले जनाएको छ। म्याराथुन सकिने ठाउँ नजिकै दुई वटा बम विस्फोट भएपछि खुसियालीको वातावरण एकाएक शोकमा परिणत हुन पुगेको थियो। मृत्यु हुनेमध्ये एक जना आठ वर्षका बालक छन्। घाइतेमा पनि आठ जना बालबालिका छन्।

आक्रमण कसले र किन गर्‍यो भन्ने बारे केही थाहा हुन सकेको छैन। राष्ट्रपति बाराक ओबामाले दोषी जो भए पनि उसलाई न्यायको कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

संघीय अधिकारीहरुले आक्रमणलाई 'आतंकवादी' भने पनि यसका पछाडि कुन समूह वा व्यक्ति संलग्न छ भन्ने बारे केही पत्ता लगाउन सकेका छैनन्।



स्रोत : नागरिक न्युज

6:40 AM | Posted in , , | Read More »

यात्रु बसमै बालिका बलात्कृत

बैशाख २ - भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक बसमा फेरी पनि बलात्कार भएको छ ।बसमा एउटी बालिकालाई गत शनिवार बलात्कार गरेको आरोपमा प्रहरीले बस चालक ४२ वर्षिय राकेश कौशललाई नियन्त्रणमा लिएको छ ।

खेल्ने क्रममा रोकी राखेको बसमा चढेकी १० वर्षीया बालिकालाई ती चालकले बलात्कार गरेको प्रयास गरेका थिए ।बालिकाले घटनाको बारेमा परिवारका सदस्यलाई बताएपछि उनीहरुकै उजुरीको आधारमा बस चालक पक्राउ परेका हुन् ।

गतवर्ष दिल्लीमा बसमा नै एउटी युवतीमाथि सामुहिक बलात्कार भएको थियो । बलात्कृत युवतीको उपचारका क्रममा निधन भएको थियो भने बलात्कारको आरोपमा पक्राउ परेका एक जनाले जेलमा नै आत्महत्या गरेका थिए ।स्रोत -उज्यालो

8:01 AM | Posted in , , | Read More »

नाइजेरियामा भएको बम बिस्फोटमा २० जना मारिए

काठमाडौं, चैत्र ६ । नाइजेरियाको उत्तरी शहर कानोस्थित एक बस स्टेशनमा गराइएको बम बिफोटमा कम्तिमा २० जना मारिएका छन् । दक्षिणी नाइजेरियाका क्रिस्चियन समुदायको बसोबास रहेको स्याबोन गारी जिल्लामा गराइएको बिस्फोटमा थुप्रैं घाइते भएका छन् । बिस्फोटको जिम्मा हालसम्म कसैले नलिएपनि इस्लामी संगठन बोको हरामको हात रहेको आशंका गरिएको छ । यसअघि सन् २०१२ को जनवरीमा इस्लामी संगठन बोको हरामले उक्त शहरमा आक्रमण गर्दा १ सय ५० जना मारिएका थिए । बोको हराम नाइजेरिया सरकारलाई ढालेर इस्लामिक सरकार निर्माण गर्न चाहन्छ । स्रोत -ईमेज  च्यानल

7:09 AM | Posted in | Read More »

पाकिस्तानमा सैनिक चढेको बस दुर्घटना हुँदा २४ सैनिकको मृत्यु

चैत्र ४ । पाकिस्तानमा सैनिक चढेको बस दुर्घटना हुँदा २४ सैनिकको मृत्यु भएको छ । पाकिस्तानको पहाडी इलाकामा पर्ने उत्तरी क्षेत्रमा भएको बस दुर्घटनामा केही सैनिक घाइते भएका छन् । गस्तीका लागि २५ सैनिकसहित निस्केको बस खाल्डोमा पर्दा बस पल्टेर दुर्घटना भएको बताइएको छ । घाइते मध्ये दुई सैनिकको अवस्था गम्भीर छ । पाकिस्तानमा गत फेबु्रअरीमा मात्रै भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो ।स्रोत : ईमेज  च्यानल

6:49 AM | Posted in | Read More »

ली खछ्याङ चिनको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

हङकङ, चैत्र २ - चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेस (एनपीसी) को १२ औ“ बैठकले ली खछ्याङलाई नयाँ प्रधानमन्त्री निर्वाचित गरेको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा जारी एनपीसीको बार्षिक बैठकले शुक्रबार वेन जियाबाओलाई प्रतिस्थापन गर्दै ५७ वर्षीय लीलाई नयाँ प्रधानमन्त्री चुनेको हो । वेनले सन् २००३ मा सरकार प्रमुखको जिम्मेवारी सम्हालेका थिए । सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापनापछिका ली सातौं प्रधानमन्त्री हुन् ।

लीले एनपीसीका करिब तीन हजार प्रतिनिधिको मत पाएको चिनिया“ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को शक्तिशाली पोलिटब्यूरो स्थायी कमिटीमा दोस्रो वरियताका नेता ली उपप्रधानमन्त्री थिए । सीपीसीका महासचिव सी जिनपिङलाई एनपीसी बैठकले बिहीबार राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगको अध्यक्ष चुनेको थियो ।

प्रधानमन्त्री सरकार प्रमुख रहने चीनमा राष्ट्रपति मुलुकको सर्वोच्च शक्तिशाली राष्ट्राध्यक्ष हुने व्यवस्था छ । लिले निवर्तमान राष्ट्रपति हु जिन्ताओबाट राजनीतिक संरक्षण पाएको बताइन्छ । हुले यिनैलाई राष्ट्रपति बनाउन चाहेका भएपनि सत्ता सर्घषमा जियाङ जेमिन समर्थक सम्भ्रातवादी गुटले सीलाई अघि सारेको हो । सन् १९५५ मा जन्मिएका लीले १९७६ मा सीपीसीको सदस्यता लिएका हुन् । अंग्रेजीमा राम्रो दख्खल राख्ने लीले बेइजिङ विश्वविद्यालयबाट कानुनमा स्नातक तथा अर्थशास्त्रमा स्नाकोत्तर गरेका छन् । सन् २००७ मा सीपीसीको पोलिटब्यूरो केन्द्रीय कमिटीमा चुनिएका यिनी २००८ मा उपप्रधानमन्त्री बनाइएका थिए ।स्रोत : कान्तिपुर

11:17 AM | Posted in , | Read More »

सिरियामा सेना र बिपक्षीबीच भीषण संघर्ष

चैत्र २ । सिरियामा सेना र बिपक्षीबीच राजधानी दमस्कस र होम्स शहरमा भएको फेरि भीषण संघर्ष भएको छ । होम्स शहरमा भेला भएका बिपक्षीहरुमाथि सेनाको तर्फबाट रवरको गोली प्रहार हुनेबित्तिकै दोहोरो भीडन्त भएको हो । घाइतेहरुलाई सेनाले तानेर लगेको दृष्य अनलाइनमा राखिएपछि बिश्व समुदायको ध्यान फेरि सिरियातर्फ केन्द्रित भएको छ । संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले सिरियाली सरकारलाई बिपक्षी प्रति ज्यादती नगर्न फेरि अपील गरेका छन् । यसअघि सिरियाका लागि अरव लीगका बिशेषदूत लख्तर ब्राहिमीले सिरियाको स्थिति निकै नाजुक रहेको बताउनुभएको थियो । सिरियामा गत दुईबर्ष यता भएका सरकार बिरोधी प्रदर्शनमा ७० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

9:40 AM | Posted in | Read More »

श्रीनगरमा आत्मघाती आक्रमणमा परी छ जनाको मृत्यु

श्रीनगर (भारत), फाल्गुन ३० - भारत प्रशासित क्षेत्र श्रीनगरमा बुधबार विहान गस्तीमा रहेको सुरक्षाकर्मीको एक समूहलाई लक्ष्यितगरी गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा पनि चार जना सुरक्षाकर्मीसहित छ जनाको ज्यान गएको समाचार छ ।प्राप्त समाचारअनुसार मारिनेमा चारजना भारतीय प्रहरीको सशस्त्र बलका प्रहरी रहेका छन् । अरु दुई जना हतियारधारी पनि रहेको बताइएको छ । उनीहरुको पहिचान भएको छैन ।

भारतीय अर्ध सैनिक बलका चारजनाको ज्यान गएको एकजना भारतीय प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन् । सो आक्रमण आत्मघाती रहेको ती प्रहरी अधिकारीले जानकारी दिएका छन् । मारिने ती अज्ञात दुई जना सोही आत्मघाती व्यक्ति हुनसक्ने बताइएको छ ।

आफू सञ्चारमाध्यमलाई समाचार दिने आधिकारिक व्यक्ति नरहेको स्पष्ट गर्दै आफ्नो नाम नबताउने शर्तमा ती प्रहरी अधिकारीले भने– श्रीनगरमा सुरक्षामा तैनाथ २५ जना सशस्त्र प्रहरी बलको समूहमाथि सो आत्मघाती आक्रमण भएको थियो ।केही समययतादेखि पाकिस्तान र भारतका सिमा क्षेत्रमा दुवै पक्षबाट आक्रमण र केही सीमा सुरक्षा बलको ज्यान जाने घटनापछि यी दुई देशबीच थप असहजता उत्पन्न भएको छ । स्रोत : कान्तिपुर

7:57 PM | Posted in | Read More »

नेपालीको हत्यामा संलग्न एक जापानीलाई १९ वर्ष काराबास सजाय

टोकियो (एएफपी), फाल्गुन ३० - जापानी अदालतले रेस्टुरेन्ट सञ्चालक नेपालीको हत्यामा संलग्न एक जापानीलाई १९ वर्ष काराबास सजाय सुनाएको छ । यो अपराधमा सहयोगी भूमिका निभाउने एक युवतीलाई ९ वर्षको कैद सजाय तोकिएको छ ।

४२ वर्षीय विष्णुप्रसाद धमलाको हत्याको आरोपमा ट्याटु कलाकार जापानी नागरिक हिरोकी सिराहिसी र उनकी महिला मित्र मियोको सिराइसीलाई जापानको ओसाका सहरको अदालतले यो सजाय सुनाएको हो । रक्सीले मातेका ती दुईले बाटोमा हिँडिरहेका विष्णुप्रसादलाई बिनाकारण बेहोस हुने गरी लात्तीले कुटपिट गरेर सडकमा छाडेका थिए । बाटोमा राखिएको सीसी टीभीबाट उनीहरूको पहिचान भएको थियो । कुटपिटबाटै धमलाको ज्यान गएको प्रमाणित भएको छ । पिटाइबाट अचेत भएका धमला सडकमा लडेपछि पनि उनीहरूले लात्ती हानिरहेको दृश्य टीभीमा देखाइएको छ । स्रोत: कान्तिपुर

5:46 AM | Posted in , | Read More »

ओसामा बिन लादेनका ज्वाइँ अमेरिकाको संघीय अदालतमा

एजेन्सी, फाल्गुन २५ । आतंकवादी सन्जाल अलकायदा प्रमुख ओसामा बिन लादेनका प्रवक्ता सुलाइम अबु घाईथलाइ आज अमेरिकाको संघीय अदालतमा पेश गरिएको छ । सुलाइमान अबु घाईथ गत साता जोर्डनमा पक्राउ परेका थिए ।ओसामा बिन लादेनका ज्वाइँ समेत रहेका घाईथ सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाका मुख्य सल्लाहाकार र योजनाकार समेत रहेका छन् ।

उनीमाथि अमेरिकी नागरिकहरुको अनाहकमा ज्यान लिएको आरोप लगाइएको छ । कुवेती नागरिक उनी अमेरिकी हमलापछी ओसामा बिन लादेनसंगै रहँदै आएका थिए ।घाईथले इरानमा रही तस्करी समेत गर्दै आएको खुलासा भएको छ । अमेरिकाको संघीय अदालतमा अमेरिकी हमलाका ६७ बिदेशी आतंकवादीहरु विरुद्ध मुद्दा चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।स्रोत : ईमेज  च्यानल

3:00 PM | Posted in | Read More »

पाकिस्तानको कराँचीमा भएको बम विस्फोटमा कम्तिमा ४५ जनाको मृत्यु

काठमाडौं फागुन २१ - पाकिस्तानको कराँचीमा भएको बम विस्फोटमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । अव्बास शहरको शिया बाहुल्य इलाकामा भएको विस्फोटमा परि १ सय ५० भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ ।

साँझको नमाज सकेर सर्वसाधारण फर्कँदै गर्दा मस्जिद नजिक बम बिस्फोट भएको थियो । विस्फोटका कारण केही भवन ध्वस्त भएका छन् ।सुन्नी चरमपंथीले विस्फोट गराएको हुन सक्कने आशंका गरिएको भएपनि अहिले सम्म कुनै संगठनले यसको जिम्मेवारी लिएका छैनन् ।स्रोत : ऑनलाइन ख़बर

6:26 AM | Posted in , | Read More »

गत बर्ष ८८ हजार नयाँ सवारी साधन

दोहा– कतारको सडकमा गत बर्ष (२०१२) ८८ हजार नयाँ सवारी साधन गुडेका छन् । सवारी साधनको नयाँ थपिएको यो संख्यासंगै गत बर्ष कतारमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउनेहरूको संख्या पनि १ लाख ८ हजार नाघेको छ ।

अघिल्लो बर्ष (२०११) कतारमा ७० हजार नयाँ सवारी साधन दर्ता भएका थिए भने १ लाख ५ हजारले लाइसेन्स पाएका थिए । गत बर्ष सवारी दुर्घटनामा भने केहि नियन्त्रण भएको छ । गत बर्ष सवारी दुर्घटनामा २ सय ४ जनाले ज्यान गुमाए । अघिल्लो बर्ष भन्दा ९ दशमलव ५ प्रतिशतले सवारी दुर्घटनामा कमी आएको ट्राफिक विभागका निर्देशक व्रिगेडियर मुहम्मद साद अल खार्जीले बताए । विभागले हरेक बर्षजस्तै यसपाली पनि मदिना खलिफास्थित मुख्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरी ट्राफिक प्रतिवेदन र तथ्यांकहरू सार्वजनिक गरेको छ ।

गत बर्ष सवारी दुर्घटनामा ५६ जना पैदल यात्रीको मृत्यु भएको छ । अघिल्लो बर्ष ६१ र २०१० मा ७४ जनाले ज्यान गुमाएका थिए । सडक दुर्घटनाका अधिकांस (९० दशमलव १ प्रतिशत) मृतक पुरुष थिए जसमध्ये आधाभन्दा बढि गैर अरव थिए । कतारी २१ दशमलव ६ र अन्य अरव १९ दशमलव ६ प्रतिशत रहेका छन् । निर्देशक खार्जीका अनुसार अत्याधिक गति र युवाहरूको जथाभावी र अनियन्त्रित चलाईका कारण धेरै दुर्घटना हुने गरेका छन् । हरेक उपायहरू अवलम्बन गरी यो विषयलाई सम्बोधन गर्ने उनले बताए । अव ४ किलोमिटरको सट्टामा हरेक २ किलोमिटरमा राडार राख्ने उनले खुलासा गरे ।
दायाँतर्फबाट उछिन्ने चालकहरूका लागि कडा सजाय तोकिने र राडारहरूले पनि यसको अनुगमन गर्ने उनले जनाए । प्रहरी विभागले सार्वजनिक निर्माण निकाय (अशघल) संग मिलेर पैदलयात्रीहरूका लागि टनेल र फ्लाइओभरहरू बनाउने योजना गरिरहेको पनि उनले जनाए । पैदलयात्रीको सिग्नल र जेव्राक्रसिङ अगावै रोक्नुपर्ने नियम नमान्ने चालकहरूलाई कारवाही गर्ने पनि उनले खुलाए । सो पत्रकार व्रिफिङमा ट्राफिक तथ्यांक विभागका प्रमुख कर्णेल इब्राहिम साद अल सुलाइतीले विभिन्न तथ्यांकहरूवारे विस्तृत चर्चा गरेका थिए ।

4:00 AM | Posted in | Read More »

तेल कम्पनी पेमेक्सको मुख्यालयमा भएको विष्फोटमा १४ जनाको मृत्यु

काठमाडौं, माघ १९ । मेक्सीकोको सरकारी तेल कम्पनी पेमेक्सको मुख्यालयमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ । राज्य नियन्त्रीत पेमेक्स तेल कम्पनीको ५४ तले मुख्यालयमा भएको विष्फोटमा ८० भन्दा बढी घाईते भएका छन् ।

राजधानी मेक्सीको सिटीको अति व्यस्त व्यवसायीक क्षेत्रमा भएको विष्फोटबारे प्रहरीले अनुसन्धान थालेको छ । विष्फोट पछि थुपै व्यक्ति भग्नावशेषमा पुरीएकोले मृतकको संख्या अझै बढ्नसक्ने बताईएको छ । गत सेप्टेम्बरमा उत्तरी मेक्सीकोमा रहेको पेमेक्सकै ग्यास प्लान्टमा विष्फोट हुँदा ३० जना मारीएका थिए ।स्रोत : ईमेज  च्यानल


9:40 AM | Posted in | Read More »

चीनमा हिंसा भड्काउन जिम्मेवार रहेको आरोपमा १४ जनालाई दोषी ठहर

काठमाडौं, माघ १९- चीनमा हिंसा भड्काउन जिम्मेवार रहेको आरोपमा १४ जनालाई दोषी ठहर गरिएको  छ । गएको जुलाईमा क्विडोङ प्रान्तमा औद्योगिक फोहर निष्कासनका लागि पाईप लाईन निर्माण गर्ने योजनाको विरोधमा भएको प्रदर्शनका क्रममा सरकारी भवन र गाडीमा क्षति पुर्याएकोमा उनीहरुलाई दोषी ठहर गरिएको हो । उनीहरुमाथि राज्यको सम्पत्तिमा क्षति पुर्याउने गरी प्रदर्शन चर्काउन प्रदर्शनकारीलाई भड्काएको अभियोग लगाइएको छ । उनीहरुमाथि कस्तो सजायँ हुने भने तोक्न बाँकी रहेको चिनियाँ सन्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले कम्यूनिष्ट पार्टीका स्थानीय प्रमुख र मेयरलाई प्रदुषण विरोधी नारा लेखिएको टिसर्ट लगाउन दबाब दिंदै जर्बजस्ती शर्ट खोलि दिएका थिए ।

4:05 AM | Posted in | Read More »

सिरीयामा इजरायलीद्धारा आक्रमण २ जनाको मृत्यू

काठमाडौं, माघ १९- लेवनान सगको आफनो सिमाक्ष्त्रमा इजरायलले हवाइ आक्रमण गरेको सिरीयाले पुष्टि गरेको छ । राजधानी दमास्कसबाट उत्तरपश्चिम क्षेत्रमा रहेको सैन्य अनुसन्धान केन्द्रलाई लक्षीत गरि आक्रमण गरिएको सेनाले निकालेको विज्ञप्तिमा जनाइएको छ । आक्रमणमा २ जनाको मृत्यू हुनुका साथै ५ जना घाइते भएका छन् । सिरीयाबाट लेवनानका हिजवुल्ला विद्रोहीहरुलाई रासायनिक हतियार र मिसाइलहरु प्राप्तहुनसक्ने आशाका व्यक्त गरेको भोलीपल्टै इजरायलबाट सिरीयाको सिमाक्षेत्रमा आक्रमण भएको हो । आफनो राष्ट्रिय सुरक्षामाथी धावा बोल्दै इजरायलले सिरीयाको उडानक्षेत्र अतिक्रमण गरेकाले परिणाम नराम्रो हुनसक्ने सिरीयाले चेतावनी दिएको विविसी अनलाइनले जनाएको छ ।

4:04 AM | Posted in | Read More »

चीनमा कोइलाखानीमा दुर्घटना , सात मजदुरको ज्यान गयो

उत्तरपूर्वी चीनको एक प्रान्तमा रहेको कोइलाखानीमा भएको दुर्घटनामा सात मजदुरको मृत्यु भएको छ । दुर्घटनामा तीन मजदुरलाई सुरक्षित रुपमा उद्वार गरिएको र  अन्य तीनजना अझै  खानीमा नै फसेको अधिकारीहरुले बताएका छन् । खानीमा फसेका मजदुरको उद्वारको प्रयास जारी रहेको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।

सिरीयाको एलेप्पो सहर नजिकको एक नदिमा दर्जनौं युवकहरुको शव फेला परेको छ । टाउकोमा गोली हानी हत्या गरिएको अवस्थामा ६५ पुरुषको शव फेला परेको ब्रिटेनमा रहेको सिरीयन अब्जरभेट्री फर ह्युमन राईट्सले जनाएको छ । पछिल्लो समय त्यो क्षेत्रमा हिंसात्मक झडपका घटना नभएकाले सेनाले सर्वसाधारणको अपहरण गरी हत्या गरेको हुन सक्ने मानवअधिकारबादी संस्थाहरुले जनाएका छन् ।।नदि किनारमा हिलोमा लत्पतिएका धेरै जसो शवहरुको हात पछाडी बााधेर टाउकामा गोली हानेको अवस्थामा रहेका छन् । नदि किनारमा शव भेटिएको खबर पाएपछि सयौं सर्वसाधरण आफन्तको शव हुन सक्ने अनुमान गर्दै नदि किनारमा गएर शव हेरिरहेको बिबिसीले जनाएको छ ।

10:53 PM | Posted in , | Read More »

सिरियामा सामुहिक रुपमा हत्या गरिएका ७१ वटा शव फेला

सिरियाको एल्लोपो शहरमा सामुहिक रुपमा हत्या गरिएका कम्तिमा ७१ वटा शव फेला परेका छन् । पछाडि हात बाँधेको अवस्थामा हत्या गरी फालिएका अधिकांश शव युवाको रहेको छ ।

बेलायतस्थित सिरियन अब्वरभेटरी फर ह्युमन राइट्स एसओएचआरले जनाए अनुसार नदीको तटमा भेटिएका ती युवाहरुको टाउकोमा गोली हानि हत्या गरिएको देखिएको छ । मारिएकाहरुको उमेर २० देखि ४० बर्ष उमेर समूहका र दुई जना नाबालक रहेको बीबीसीले जनाएको छ । उनीहरुको टाउकोबाट रगत बगिरहेकोले केही घण्टा अघि मात्र हत्या गरिएको हुनसक्ने मानवअधिका।बादी संस्थाहरुले जनाएका छन् । सरकार विरुद्ध संघर्षरत लडाकुहरुले ती शवका दृश्यहरु यु ट्युबमा समेत राखेका छन् । नदी किनारमा सयौं ब्यक्तिहरुले ती शवको पहिचान गर्ने प्रयास गरिरहेका छन् । सरकार विरुद्ध संघर्षरत लडाकुहरुले भने राष्ट्रपति असद समर्थक सरकारी फौजले ती युवाहरुलाई पक्राउ गरी हत्या गरेको हुनसक्ने दावी गरेको छ । यसैबीच राष्ट्रसंघीय विशेष प्रतिनिधि लख्तर ब्राहिमीले सिरियामा भईरहेका हिंसाले विश्वका हरेक ब्यक्तिको ध्यान केन्द्रित गरेको र त्यहांको सरकारले बैधता गुमाईसकेको बताउनु भएको छ । सिरियामा राष्ट्रपति असद विरुद्ध आन्दोलन शुरु भएपछि हजारौले ज्यान गुमाईसकेका छन् ।स्रोत :ईमेज  च्यानल

7:28 AM | Posted in | Read More »

हराइरहेका सांगीतिक समूहका सदस्यमध्ये ४ जना मृत फेला

माघ १६ – मेक्सिकोमा गएको बिहीबारदेखि हराइरहेका एक सांगीतिक समूहका सदस्यमध्ये ४ जना मृत फेला परेका छन् ।

उनीहरुको शव उत्तरी राज्य नुइभो लियोनमा एक इनारमा फेला परेको प्रहरी अधिकारीहरुले बताएका छन् । मेक्सिकोको कोम्बो कोलम्बिया नामक सांगीतिक समूहका २० जना सदस्य गएको बिहीबार राती एउटा सांगीतिक प्रस्तुती लगत्तै अपहरणमा परेका थिए ।

अपहरणकारीको नियन्त्रणबाट भाग्न सफल एकजनाले दिएको जानकारीका आधारमा प्रहरीले खोजी गर्दा इनारमा शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इनारबाट अहिलेसम्म १२ जनाको शव फेला परेपनि ती सबै सांगीतिक समूहका सदस्य हुन् कि होइनन् भन्ने पुष्टि भइसकेको छैन । प्रहरी अधिकारीहरुले इनारमा अझै शव रहेको आशंकामा खोजी भइरहेको बताएका छन् ।स्रोत : उज्यालो नेटवर्क

8:10 AM | Posted in , | Read More »