कसरी थाहा पाउने, फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्‍यो ?

आजकल फेसबुक प्रयोगकर्ताको सवैभन्दा चासो र चिन्ताको बिषय हो आफ्नो प्रोफाइल कसले चेक गर्‍यो भनेर थाहा पाउने ।सर्च इन्जिनमा सवैभन्दा धेरै सर्च गरिने बिषय पनि यही हो । गुगलमा तपाईले हु भ्युज माई फेसबुक प्रोफाइल भनेर सर्च गर्नुभयो भने हजारौं नतिजा प्राप्त हुन्छन् ।

कसैले एप्लिकेसन र कसैले अनेकथरि टिप्स दिएका हुन्छन् । कतिपय यस्ता टिप्स र टुल्सले काम गरेको दावी पनि गरेका छन् ।तर, यी सवका बाबजुद पनि सत्य के हो भने फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्‍यो भन्ने सूचना थाहा पाउन सकिदैन् ।

हो, फेसबुकलाई थाहा हुन्छ कि तपाईको प्रोफाइल कसले चेक गर्‍यो ? तर, उनीहरुले अहिलेसम्म यो तथ्याङ्क प्रयोगकर्तालाई दिएका छैनन, जसका कारण अहिलेसम्म जोजसले फेसबुक प्रोफाइल हेरेको थाहा पाउने टुल भनेर दावी गरिरहेका छन ती सवै झुट हुन, उनीहरुले चाहँदैमा फेसबुकका सूचना ल्याउन सक्दैनन् । फेसबुकको आधिकारिक पेजमा यसबारेमा प्रष्टै भनिएको छ ।

प्रोफाइल हेरेको थाहा दिन्छौ भनेर दावी गरिएका यस्ता एपको जथाभावी इस्टलले तपाईको कम्प्युटरमा खरावी ल्याउनेबाहेक अन्य कुनै उपलब्धी हुँदैन् । कतिपय एपले सो एप इन्स्टल गरेको प्रयोगकर्ताहरुको मात्र सूचना दिन सक्छन, सवै प्रयोगकर्ताको हैन् ।साभार ऑनलाइन ख\बर

यदि तपाईले फेसबुक प्रोफाइल हेरेको जानकारी दिने दावी गरिएका कुनै एप इन्स्टल गर्नुभएको छ भने त्यसलाई फटाफट हटाउनु नै बुद्धिमानी हुन्छ । यदि त्यस्ता एप्लिकेसनले तपाईको कम्प्युटरमा अनाबश्यक स्क्रिप्ट फैलाएको वा तपाईको गोपनियता भंग गरेको पाइएमा तपाईले उजुरी पनि गर्न सक्नुहुन्छ । - See more at: http://www.onlinekhabar.com/2014/01/161845/#sthash.YwcOkomq.dpuf

2:55 PM | Posted in | Read More »

इन्टरनेट प्राइस, प्रविधि र स्पिड

काठमाडौ, वैशाख २ - संसार अटाउने 'प्यान्डोरा बक्स' जस्तै भएको छ, इन्टरनेट । त्यसैले अहिलेको पुस्ता इन्टरनेटमा सहज पहुँच खोजिरहेको छ । प्रविधिको विकास यति दु्रत गतिमा भएको छ, त्यो पुस्ता विश्वको कुनाकन्दरा जहाँसुकै होस्, इन्टरनेटको पहुँचमा पुगिरहेको छ । विश्व बजारमा भर्खरै सार्वजनिक भएको फिल्म तुरुन्तै आफ्नो कम्प्युटरमा उपस्थित भयो । कति हतारिन्छन्, होला त्यसलाई डाउनलोड गर्न । इन्टरनेटको स्पिडले साथ दिएन भने ? यस्तोमा रिसको पारोले कति डिग्री चढ्न सक्नेछ । तर तपाईंको रिसको पारो नतात्ने उपाय पनि छ । अब इन्टरनेट प्याकेज कुन लिने भन्ने रोजाइ आफ्नैनै भएको छ । हाजिर छन्, प्रविधि, स्पिड र पैसामा 'वार' गर्दै इन्टरनेट सेवा उपलब्ध गराउने (आईएसपी) कम्पनीहरू ।

उनीहरूले सस्तोमा, उच्च गतिको इन्टरनेट, नयाँ प्रविधिमा उपलब्ध गराउने छन् । नयाँ पुस्ताले दशकअघि इन्टरनेट डायल अप प्रविधिले चलाइन्थ्यो भनेर पत्याउँदैन । टेलिफोनलाई कम्प्युटरमा जोडेर आईएसपीको नम्बर डायल गरेपछि इन्टरनेटसँग जोडिइन्थ्यो । बिल भने टेलिफोन र इन्टरनेट दुवैको तिर्नुपर्ने ।

त्यस्तो इन्टरनेटको स्पिड कति होला ? जम्मा ५६ केवीपीएस । त्यस्तो झन्झटबाट मुक्ति पाएको केही वर्ष भइसक्यो, भलै अझै केही कम्पनीले यस्तो सेवालाई कायमै राखेका किन नहोऊन् । अहिले प्रविधिले इन्टरनेटको गतिलाई धारामा पानी झरेजस्तै निरन्तर झरिरहने गरी फास्ट बनाइदिएको छ ।

इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकले १० एमबीपीएस स्पिडमा केबल जुम इन्टरनेट उपलब्ध गराउँछ । कम्पनीले बजारमा रहेका कुनै पनि इन्टरनेट सर्भिसको तुलनामा १० गुणा (सबैभन्दा) फास्ट भएको कम्पनीले दाबी गरेको छ । वल्र्ड लिंकले १० गुणा दाबी गरे पनि त्यसको आधाभन्दा केही कम (४ एमबीपीएस) गतिमा क्लासिक टेकले अप्टिकल फाइबरमार्फत सर्भिस उपलब्ध गराउने जनाएको छ ।

नेपाल टेलिकम, ब्रोडलिंक, भायोनेटलगायतले १ एमबीपीएस स्पिडमा इन्टरनेट उपलब्ध गराउँछन् । कहाँको ५६ केबीपीएसको डायल अप इन्टरनेट, कहाँको १० एमबीपीएसको केबल जुम । यस हिसाबले १ सय ७८ गुणा फास्ट इन्टरनेट उपभोक्ताले प्रयोग गर्न पाउन थालेका छन् । त्यति मात्र कहाँ हो र ?

आँखा झिमिक्क गर्दा झन्डै ३ जीबीको फिल्म कम्प्युटरमा डाउनलोड हुने स्पिडको इन्टरनेट सेवा ३ महिनाभित्रै नेपालमा भित्रँदै छ । मेगा ब्रोडकास्ट प्रालिले मल्टिपल भिडियो एन्ड डाटा सिस्टम (एमभीडीडीएस) मार्फत टेलिभिजन प्रसारणसहित १ जीबी स्पिडको इन्टरनेट दिने घोषणा गरेको छ ।

कम्पनीले आगामी तीन महिनाभित्र परीक्षण प्रसारण सुरु गर्ने र त्यसको एक महिनापछि व्यावसायिक रूपमा इन्टरनेट वितरण सुरु गर्ने दाबी गरेको छ । इन्टरनेटको प्रविधिमा आएको परिवर्तनलाई एकैछिन हेरौं । कुरा फेरि डायलअपमै गएर ठोकिन्छ । कम्प्युटरमा जोडिएको मोडेममा टेलिफोनको तार जोडेर डायल गरिने प्रविधिलाई अनेक थरीका प्रविधिले विस्थापित गरेका छन् ।

पछिल्लोपटक चौथो पुस्ताको वाइम्याक्स प्रविधिसम्म नेपालमा भित्रिएको छ । नेपाल टेलिकमले भर्खरै यो प्रविधि सर्वसाधारणलाई वितरण सुरु गरेको छ । ब्रोडब्यान्डमा वाईफाई, एडीएसएल, डीएसएल, केबुल/अप्टिकल फाइबर इन्टरनेट भित्रिएका छन् । सुविसुलगायतका कम्पनीले केबुलमै टिभी च्यानलसहित इन्टरनेट वितरण गर्दै आएका छन् । वल्र्डलिंक, क्लासिक टेक, भायोनेटलगायतले फाइबर अप्टिकलमार्फत इन्टरनेट घरघर पुर्‍याएका छन् ।

वेभसर्फरले अप्टिकल फाइबर र बिनातारको डिजिटल सब्स्क्राइबर लाइन (डीएसएल) मार्फत इन्टरनेट सेवा उपलब्ध गराउँछ । ब्रोडलिंक, वल्र्डलिंक, क्लासिक टेक, हिमाल टेक, सुविसुलगायतले वाईफाई इन्टरनेटसमेत उपलब्ध गराउँछन् । बजारमा मोबाइलको रिचार्ज कार्ड किनेजस्तै इन्टरनेटका कार्ड किनेर सीधै वाईफाई डिभाइसमा इन्टरनेट चलाउन सकिन्छ ।

नेपाल टेलिकम, एनसेल, यूटीएललगायतका टेलिकम कम्पनीले डाटा कार्डमार्फत इन्टरनेट सुविधा दिँदै आएका छन् । तिनका मोबाइलमा इन्टरनेट चलाउन मिल्ने जीपीआरएस प्रविधि सबैभन्दा धेरै ग्राहकको रोजाइ बनेको छ । टेलिकमको एडीएसएल प्रविधिले फोनसँगै इन्टरनेट चलाउन सकिन्छ ।

टेलिकमले कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) प्रविधिमा आधारित तीव्र गतिको इभोल्युसन डाटा अप्टिमाइज्ड (ईभीडीओ) थ्रीजी सेवा आगामी असारमा देशभर पुर्‍याउँदै छ । मेगा ब्रोडकास्टले पनि सम्भवतः असारदेखि नै तीव्र गतिको एमभीडीडीएस प्रविधिमार्फत उच्च गति(१ जीबीपीएस) को इन्टरनेट वितरण गर्दैछ ।

इन्टरनेट प्रदान गर्ने प्रविधिमा आएको परिवर्तनसँगै आइएसपी कम्पनीले आफूलाई अपग्रेड गरेका छन् । धेरै कम्पनीले डायल अप सर्भिस बन्द गरेका छन् । अपग्रेड गर्न नसक्ने झन्डै डेढ दर्जन आईएसपी यस अवधिमा आफ्नो सेवा बन्द गर्न बाध्य भएका छन् । विकसित मुलुकमा डाटा, भ्वाइस र भिडियो सेवा एकै पटक लिन सकिने इन्टरनेट सेवा सुरु भइसकेको छ ।

नेपाली आईएसपीसमेत यस्तो सेवाको अनुमति सरकारसँग कुरिरहेका छन् । प्रविधि र गतिमा आएको तीव्र परिवर्तनसँगै इन्टरनेटको शुल्कसमेत निकै सस्तिएको छ । आईएसपी कम्पनीहरूका अनुसार इन्टरनेट मूल्य सुरुमा डायलअप आउँदाका तुलनामा ८० गुणा सस्तिएको छ ।

विश्व बजारमा ब्यान्डविथ शुल्क घटेपछि नेपालमा इन्टरनेट सेवा सस्तो भएको हो । आईएसपी कम्पनीले भोलुम र स्पिडअनुसार सुल्क कटौती गरेका छन् । वल्र्डलिंकले १ हजार १ सय रुपैयाँमा २० जीबी डाटा १० एमबीपीएसको स्पिडमा उपलब्ध गराउँछ । प्याकेज १ महिना नपुग्दै सकिए स्पिड १ सय २८ केबीपीएसमा परिणत हुन्छ ।

त्यो स्पिडको इन्टरनेट अनलिमिटेड चलाउन सक्नु हुन्छ । थोरै चलाउनेहरूलाई अझ सस्तोमा छ । ल्यापटपले वल्र्डलिंकको वाईफाई सिग्नल देखाउँछ भने बजारमा ३ सय ९९ रुपैयाँको रिचार्ज कार्ड किनेर ५ जीबी भोलुमको प्याकेज चलाउन सक्नु हुन्छ । युट्युबमा भिडियो हेर्नु हुन्न भने डाटा चलाउन महिनाभर छेलोखेलो हुन्छ ।

यस्तै ब्रोडलिंकले ७६८/२५६ केबीपीएस स्पिडमा ३ जीबी भोल्युम डाटा ४ सय ९९ रुपैयाँमा उपलब्ध गराउँछ । युट्युबसमेत हेर्ने गरी लिने भए फाइबर अप्टिकल इन्टरनेट उपयुक्त हुन्छ । भायोनेटले १ एमबीपीएस स्पिडमा १ हजार ९ सय ५० रुपैयाँमा १ महिना अनलिमिटेड इन्टरनेट उपलब्ध गराउँछ ।

क्लासिक टेकको अनलिमिटेड प्याकेज वायरलेस/अप्टिकल फाइबर इन्टरनेट ५ सय १२ केबीपीएसमा अनलिमिटेड मासिक २ हजार रुपैयाँ पर्छ । ब्रोडलिंकको २ सय ५६ केबीपीएस स्पिडको अनलिमिटिड प्याकेजको ८ सय ९९ रुपैयाँ पर्छ । यो १.४ सेयरिङ बेसिसमा हो । डेडिकेटेड लिँदा भने यही प्याकेजको २ हजार ६ सय ९७ रुपैयाँ तिर्नुपर्छ ।

नेपाल टेलिकमले भर्खरै सुरु गरेको चौथो पुस्ताको वाइम्याक्स इन्टरनेट २ सय ५६ केपीपीएस स्पिडमा लिँदा ५ जीबीको ६ सय ५० रुपैयाँ पर्छ । स्पिड र भोलुमअनुसार शुल्क बढ्दै जान्छ । यसलाई चलाउन युएसबी डंगोल, मोडेम वा कस्टमर पि्रमिसेस इक्युपमेन्ट (सीपीई) छुट्टै किन्नुपर्छ ।

सस्तिँदो शुल्क, बदलिँदो प्रविधि, तीव्र गति र सहज पहुँचले इन्टरनेट प्रयोगकर्ताको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । बितेको एक वर्षमा इन्टरनेटका ग्राहकको वृद्धि झन्डै ७ प्रतिशतले भएको छ । यस अवधिमा इन्टरनेट प्रयोग गर्नेको संख्या झन्डै १८ लाखले थपिएको दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ । त्यसअनुसार देशका ५८ लाख ९१ हजार ५ सय ८६ ले आफ्नै इन्टरनेट चलाउँछन् ।  साभार : कान्तिपुर

10:59 PM | Posted in | Read More »

केटीको फोटो प्रयोग गरी फेसबुकमा अश्लील क्रियाकलाप गर्ने युवक पक्राउ

पर्वत , चैत्र ४ - साइबर अपराध गरेको आरोपमा यहाँ एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।सदरमुकाम कुश्माका गणेश गिरीले आफ्नै केटी साथीको फोटो प्रयोग गरी फेसबुक सञ्चालन गर्दै अश्लील क्रियाकलाप गर्ने गरेको थाहा भएपछि शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले बतायो ।

गिरीले युवतीको नाम र फोटो राखेर बनाएको फेसबुकबाट विभिन्न व्यक्तिसँग कुराकानी गर्ने, अनैतिक कामका लागि आग्रह गर्ने जस्ता क्रियाकलाप गरेको प्रनाउ श्यामकृष्ण अधिकारीले बताए ।स्रोत : कान्तिपुर

7:07 AM | Posted in | Read More »

प्रौढ तथा अशक्तलाई हिँडडुल गर्न सहयोग गर्ने रोबोट सुट बन्यो

टोकियो, फाल्गुन २८ - प्रौढ तथा अशक्तलाई हिँडडुल गर्न सहयोग गर्ने रोबोट सुटलाई बुधबार जापानमा विश्वव्यापी सुरक्षा प्रमाणपत्र दिइएको छ । यो सुट अब विश्वबजारमा आउने भएको छ ।

हाइबि्रड एसिस्टिभ लिम्ब (हल) नाम गरेको यस सुटमा जापानी रोबोट निर्माता साइबरडाइनले विकास गरेको खुट्टा राखिएको छ । यसै संस्थाले यस्तै रोबोट हात पनि विकास गरेको थियो । व्यक्तिगत रोबोटका लागि तयार भएको अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डको मस्यौदाअनुसार जापानको गुणस्तर आश्वासन संस्थाले यस प्रकारको प्रमाणपत्र दिएको हो । यो मापदण्ड यस वर्षको अन्त्यतिर पारित हुने अपेक्षा गरिएको छ । उक्त जानकारी जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयले दिएको हो ।

यस मस्यौदाअनुसार धातु तथा प्लास्टिकको ढाँचा तयार गरिएको उपचार सहायक रोबोटलाई पहिलोपटक यस्तो प्रमाणपत्र प्रदान गरिएको मन्त्रालयका अधिकारीले बताए ।

ब्याट्रीको सहयोगमा चल्ने हलले मानिसको मांसपेसीको तरंग पहिचान गर्छ । यसैको आधारमा यसको प्रयोगकर्ताको शरीरको चाललाई सहयोग गर्छ । यस सुटले प्रौढ व्यक्तिलाई हिँडडुल गर्न तथा अस्पताल तथा स्वास्थ्य सहयोगीहरूलाई बिरामीलाई उचाल्न सहयोग गर्छ ।स्रोत : कान्तिपुर

8:02 AM | Posted in | Read More »

चैतभित्र एउटै तारबाट फोन, इन्टरनेट र टिभी

काठमाडौं, फागुन ७ (नागरिक) - नेपाल टेलिकमले आउँदो चैतभित्र मुलुकका ८ ठाउँमा एउटै तारबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन चलाउन सकिने नेक्स्ट जेनेरेसन नेटवर्क(एनजिएन) सेवा सुरु गर्ने भएको छ।

कम्पनीले राजधानीसहित वीरगन्ज, नेपालगन्ज, भैरहवालगायत ठाउँमा एनजिएनअन्तर्गत मल्टी सर्भिस एक्सेस गेटवे(एमएसएजी) सेवा सुरु गर्न लागेको हो। 'सेवा सुरु गर्न तीब्ररुपमा उपकरणहरु जडान भइरहेको छ,' टेलिकम फिक्स्ड टेलिफोन लाइन सेवाका निर्देशक भगतमान सिंह प्रधानले भने, 'चैतदेखि ग्राहकलाई सेवा वितरण सुरु गर्नेछौं।'

टेलिकमले चिनियाँ कम्पनी जेडटिइसँगको साझेदारीमा यो सेवा विस्तार गर्न लागेको हो। एनजिएन सेवा सुरु भएपछि ग्राहकले एउटै तारबाट भ्वाइस, डाटा र भिडियो सेवा पाउन सक्नेछन्। हाललाई भने कम्पनीले भिडियो वा टेलिभिजन सेवा दिनेछैन। 'अहिलेलाई भ्वाइस र डाटा सेवामात्र चलाइनेछ,' उनले भने, 'इन्टरनेटमा आधारित टिभी चलाउन भने तयारी हुँदैछ।'

साधारण टेलिफोन लाइन(पिएसटिएन) एनजिएनमा परिणत भएपछि उच्च गतिको इन्टरनेट र गुणस्तरीय आवाजसहितको टेलिफोन सेवा ग्राहकले प्रयोग गर्न सक्नेछन्। एनजिएनमार्फत वितरीत टेलिफोन चलाउन ग्राहकले पुरानै फोन सेट प्रयोग गर्न सक्नेछन्। तर, इन्टरनेट चलाउन भने मोडेम जोड्नुपर्छ। मोडेम जोडेर कम्प्युटरमा इन्टरनेटमार्फत टेलिभिजनसमेत हेर्न मिल्छ।
अहिले पनि ग्राहकले एउटै तारमार्फत सँगै टेलिफोन र इन्टरनेट चल्ने एडिएसएल सेवा प्रयोग गरिरहेका छन्। एनजिएनमा भने ग्राहकले थप सेवा र उच्च गुणस्तर पाउने प्रधानले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा कम्पनीले ८ ठाउँमा ५ हजारका दरले करिब ४० हजार टेलिफोन लाइन विस्तार गर्नेछ।

यही सेवामा सहरी क्षेत्रका ग्राहकका लागि भने ब्रोडब्यान्ड इन्टरनेट पनि समेटिएको छ। यसलाई टेलिकमले 'फाइबर टु होम(एफटिटिएच)' प्रविधिको रुपमा विकास गर्नेछ। एनजिएन सेवा लिएका ग्राहकले इन्टरनेट प्रोटोकल(आइपी)मा आधारित कलसमेत गर्न सक्नेछन्। 'इन्टरनेट जोडिएका संसारका जुनसुकै कम्प्युटर, स्मार्टफोनलगायतको प्रयोग गरी भिडियो कल र इन्ट्यान्ट म्यासेज पठाउन मिल्ने सेवा यसमा थपिँदैछ,' प्रधानले भने, 'यो आधुनिक प्रविधि भएकाले ग्राहकले नयाँ-नयाँ सेवा पाउनेछन्।'

एनजिएन सेवा सुरु भएपछि पछिल्लो समय आधारभूत टेलिफोनबाट मोबाइलतिर आकर्षित ग्राहकमध्ये केही ग्राहक आधारभूत टेलिफोनमा फर्कने कम्पनीको अनुमान छ। प्रधानले एनजिएनमार्फत दिइने सेवाको गुणस्तर राम्रो हुनुका साथै नयाँ सेवा थपिए पनि शुल्क भने हालकै कायम हुने जानकारी दिए। 'भ्वाइसका लागि पिएसटिएन र डाटाका लागि एडिएसएलकै शुल्क हुनेछ,' उनले भने, 'पछि यसमा आइटी टिभी, भिडियो अन डिमाल्डलगायत सेवा थपिनेछन्।'

टेलिकमले सन् २०१५ भित्र सबै टेलिफोन लाइनलाई इन्टरनेटमा आधारित बनाउने योजनाअनुरुप एनजिएन सेवा सुरु गरेको हो। एनजिएनको पहिलो चरणमा कुल १ लाख आधारभूत टेलिफोनलाई यो प्रविधिमा रुपान्तरण गर्ने कम्पनीको योजना छ। कम्पनीले चिनियाँ कम्पनीहरु हुवावे र जेडटिईसँग एनजिएन प्रविधि विस्तारका लागि उपकरण किन्ने सम्झौता गरेर खरिद गरिसकेको छ।
कम्पनीले यो सेवा सुरु भएपछि ग्रामीण तहसम्म उच्च गतिको इन्टरनेट र टेलिभिजन पहँुच विस्तार हुने जनाएको छ। यो सेवालाई अहिले निश्चित स्थानमा सुरु गरिए पनि ७५ वटै जिल्लामा विस्तार गर्ने कम्पनीको योजना छ। गत मंसिरसम्मको तथ्यांकअनुसार टेलिकमको आधारभूत टेलिफोन प्रयोग गर्ने ग्राहकको संख्य ६ लाख ३३ हजार ३ सय ७० रहेको छ। पछिल्ला वर्षहरुमा आधारभूत टेलिफोनका ग्राहक खासै बढ्न सकेका छैनन्। यो सेवा सुरु भएपछि यसमा सुधार हुने टेलिकमले जनाएको छ।

6:14 PM | Posted in | Read More »

के तपाइँको फेसबुक प्रोफाइलमा अश्लील लाग्ने धेरै सामाग्री पोष्ट भएका छन् ?

के तपाइँको फेसबुक प्रोफाइल फोहोर भएको छ ? अर्थात् नचाहिने खालका, अश्लील लाग्ने धेरै सामाग्री पोष्ट भएका छन् वा सेयर भएका छन् जुन तपाइँ हटाउन चाहनुहुन्छ र फेसबुकलाई चिटिक्क पार्न चाहनुहुन्छ ।

त्यसो हो भने चिन्ता नलिनुस् एउटा यस्तो एप्लिकेसन आइसकेको छ जसले तपाइँको फसबुक प्रोफाइललाई सफा गरिदिनेछ । फेसवास नामको यो एप्स फेसबुक प्रयोगकर्तामाझ निकै लोकप्रिय हुने अपेक्षा गरिएको छ।

फेसवासले तपाइँको फेसबुक वालमा पोष्ट भएका कमेण्ट, तपाइँको स्टाटस अपडेट, तपाइँले ट्याग गरेका वा तपाइँलाई ट्याग गरिएका, पोष्ट गरेका फोटोका कमेण्ट, शेयर गरेका लिंक तथा लाइक गर्ने लिंकहरुमा गइ खोजतलास गर्नेछ । यसरी खोजतलास गर्दा फेला परेका अश्लील शव्द तथा आपत्तिजनक वा अश्लील खालका तस्वीरहरु स्क्यान गरेर हटाइदिनेछ । त्यस्तै तपाइँ आफैले कुनै खास शव्द आफ्नो फेसबुक प्रोफाइलबाट हटाउन चाहनुभयो भने पनि त्यसको जिम्मा फेसवासलाई दिन सक्नुहुन्छ ।

यो प्रविधि अमेरिकाको केन्ट विश्वविद्यालयका ३ जना विद्यार्थीले विकशित गरेका हुन् । अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयमा आयोजित प्रविधि मेलामा यो एप्लिकेसन लञ्च गरिएको हो । कम्प्युटर साइन्सका विद्यार्थीहरु क्यामडेन, ड्यानियल र डेभिडले आफुहरुले विकशित गरेको एप्स खासगरी युवापुस्ताको लागि निकै उपयोगी हुने दाबी गर्छन् । आफ्ने फेसबुकमा सेयर भएका, ट्याग भएका वा पोष्ट भएका आपत्तिजनक सामाग्रीहरु आफ्ना अभिभावक, मान्यजन तथा हाकिमले देख्न नपरोस् भन्नका लागि यो टूल्स उपयोगी हुने उनीहरुको भनाई छ ।स्रोत :ऑनलाइन खबर 

7:59 AM | Posted in | Read More »

नेपाली युवाले तयार पारे फुच्चे हेलीकोप्टर

एक नेपाली युवाले आइतबार राजधानीमा रिमोर्ट कन्ट्रोलको माध्यमबाट जमीनमा उभिएर सानो यानजस्तै ‘हेलीकोप्टर’ आकाशमा उडाई सबैलाई आश्चर्यचकित बनाए । ललितपुरका युवा सुनील महर्जनले तयार पारेको सो यान एमाले मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा उडाएर देखाइएको हो ।

7:48 AM | Posted in , , | Read More »

फेसबुकले ल्यायो नयाँ ग्राफ सर्च

काठमाडौँ, माघ ३ (एजेन्सी)- मंगलबार राति क्यालिफोर्नियाको मेन्लो पार्कमा आयोजित समारोहमा फेसबुकका सिइओ मार्क जुकरबर्गले नयाँ खालको सर्च सेवा सुरु गर्ने घोषणा गरेका छन्।

फेसबुकको सर्च इन्जिन गुगलको जस्तो वेब सर्च नभएर ग्राफ सर्च हो। फेसबुकमा एक अर्बभन्दा बढी जोडिसकेको भएर त्यसैभित्र सर्च गर्न उसले नयाँ ग्राफ सर्च बनाएको हो।

ग्राफ सर्च र वेब सर्च फरक हुन्। वेबसर्चले विभिन्न शब्दबाट त्यो शब्दसँग मिल्ने रिजल्टहरुको लिंक तपाइँलाई देखाउँछ। ग्राफ सर्चले भने वाक्यबाटै खोज्छ। जस्तै तपाइँले न्युयोर्कमा बस्ने मेरा साथीहरु भनेर खोज्न सक्नुहुन्छ। पोखरामा रहेका साथीहरुको फोटो भनेर खोज्न सक्नुहुन्छ। अमेरिकामा बस्ने साथीहरु कुन कुन रेस्टुरेन्टमा जान्छन् भनी खोज्न सक्नुहुन्छ। मेरो परिवारले घुमेका सहरहरु भनी खोज्न सक्नुहुन्छ। अरुको मात्र किन, तपाइँ आफ्नै बारे पनि खोज्न सक्नुहुन्छ। सन् २०१० अघिका मेरा फोटोहरु भनेर खोज्नुभयो भने पुरानो फोटा तपाइँ सामु देखा पर्छ। मैले लाइक गरेका फोटोहरु भनी खोज्नुभयो भने तपाइँलाई मन परेका फोटोहरु देखापर्नेछन्।

गुगलमा जस्तो यसले भएभरका वेबसाइट खोजेर परिणाम तपाइँ सामु ल्याउने हैन। यसले त तपाइँको नेटवर्कभित्रका साथी र परिवारको मात्रै खोज्ने काम गर्छ।

अहिलेलाई चार सेटमा मात्रै यसले काम गर्नेछ। मान्छे, फोटो, ठाउँ र रुचि। मंगलबारको कार्यक्रममा यसबारे जानकारी दिइए पनि सबैका लागि यो बेटा संस्करण खुला गरिएको छैन। अहिलेलाई तपाइँले प्रतीक्षा सूचिमा दर्ता गराउनसम्म सक्नुहुन्छ।स्रोत :नागरिक न्यूज

7:35 AM | Posted in | Read More »

नेपाल टेलिकमले उपत्यका बाहिर पहिलोपटक चितवनमा वाईम्याक्स सेवा सुरु

चितवन, पौष २४ । नेपाल टेलिकमले आजबाट चितवनमा दु्रत गतिको ब्रोडब्याण्ड ईन्टरनेट वाईम्याक्स सेवा सुरु गरेको छ । टेलिकमले बण्डलिङ मार्फत सर्वसाधारण उपभोक्तालाई उच्च गतिको इण्टरनेट सेवा वाईम्याक्स उपलब्ध गराएको हो ।

डाटा सेवाप्रति ग्राहकवर्गको बढ्दो आकर्षण, रुची र आवश्यकतालाई मध्यनजर गरी तारविहीन प्रबिधिको माध्यमबाट उच्च गतिको ईन्टरनेट सेवा संचालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ ।

पहिलो चरणमा गत मंसिर २७ गते काठमाडौं उपत्यका भित्रबाट सञ्चालनमा ल्याइएको वाईम्याक्स सेवा उपत्यका बाहिर पहिलोपटक चितवनमा विस्तार गरिएको हो ।स्रोत : ईमेज  च्यानल

6:34 PM | Posted in , | Read More »

साबधान तपाइँको कम्प्युटरमा भाइरसले आक्रमण गर्नसक्छ

गुगलले लाखौँ टि्वटर अकाउण्ट ब्लक गरेको छ । माइक्रो ब्लगिङ साइट टि्वटरको तस्वीर सेयर गर्ने सेवा टि्वट पिकबाट भाइरस आक्रमणको खतरा बढेको र त्यसले प्रयोगकर्ताको कम्प्युटरमा क्षति पूराउन सक्ने भन्दै गुगलले लाखौँ टि्वटर प्रयोगकर्तालाई आफ्नो ब्राउजर साइट गुगल क्रोम मार्फत टि्वटर अकाउण्ट खोल्नमा रोक लगाएको हो ।

गुगलले प्रतिबन्ध लगाएसँगै गुगल सर्च इन्जिनमा टि्वट पिकका तस्वीरहरु खोज्ने तथा टि्वटर अकाउण्ट भित्र छिरेर टि्वटपिकका तस्वीर हेर्न चाहने प्रयोगकर्ताले चाहेको नतिजाको साटो गुगलबाट चेतावनीयुक्त सन्देश प्राप्त गरेका छन् ।

गुगलको सन्देशमा भनिएको छ, ‘ भाइरस फैलाउने टि्वटपिक डट कमले यो वेब पेजमा भाइरस छिराएको छ, यो पेजमा जानुभयो भने तपाइँको कम्प्युटरमा भाइरसले आक्रमण गर्नसक्छ ।’

तर टि्वटर प्रयोगकर्ताले भने यस्तो खतरा टरिसकेको र समस्याको समाधान भैसकेको भन्दै अन्य ब्राउजर मार्फत धमाधम टि्वट गरिरहेका छन् । स्रोत : ऑनलाइन खबर

7:50 PM | Posted in | Read More »

कम्प्युटरले अब हेर्ने, सुन्ने, छुने, सुँघ्ने र स्वाद थाहा पाउने

आजभोलि तपाईंलाई एउटा स्मार्टफोन भए केही चाहिँदैन, संसार मेरो मुट्ठीमा छ जस्तो लाग्न सक्छ होला। तर, धेरै पर्खनै पर्दैन, कम्प्युटरसँगै जोडिएर आउने नाम आइबिएमले गरेको पूर्वानुमान मान्ने हो भने पाँच वर्षभित्र कम्प्युटरमा क्रान्तिकारी परिवर्तन हुँदै छ। नयाँ कम्प्युटरले अब मान्छेका पाँच समवेदना हेर्ने, सुन्ने, छुने, सुँघ्ने र स्वाद थाहा पाउने काम पनि गर्न थाल्नेछ।

छुन सकिने कम्प्युटर

आइबिएमकी रिटेल इन्डस्ट्री एक्सपर्ट रबिन स्कवार्टज भन्छिन्, अबको पाँच वर्षमा तपाईं मोबाइल र कम्प्युटरबाट छुन सक्नुहुनेछ। भविष्यमा यसले के के गर्न सकिन्छ त?
• अनलाइन सपिङ गर्नेहरूले लुगा वा अन्य सामान कम्प्युटर वा फोनबाटै छोएर हेरी किन्न सक्नेछन्।
• नेपालको कुनै गाउँमा बनेको सामान विकसित देशका ग्राहकहरूले आफ्नै देशबाट छोएर बुझेर अनलाइनबाट किन्न सक्नेछन्।
• हुम्लाका बिरामीलाई काठमाडौँमै बसेर डाक्टरले छोएर जाँच्न सक्नेछन्।

यी त भए फाइदाका कुरा। तर यसरी छुन सकिने भएपछि केही उरन्ठेउला ठिटाहरू पोर्न साइटतिर जाँदै युवतीका अंग प्रत्यंग छाम्न व्यस्त रहन थाले भने के गर्ने होला?

देख्न सक्ने कम्प्युटर

अहिलेको कम्प्युटरले फोटोलाई फोटोका रूपमा बुझ्दैन, बाइनरी डेटा अर्थात् शून्य र वनमा मात्र बुझ्छ। फोटोलाई चिनाउन क्याप्सन नलेखी हुन्न। तर, आइबिएमका इन्टेलिजेन्ट इन्फर्मेसन म्यानेजमेन्टका सिनियर म्यानेजर डा. जोन आर स्मिथका अनुसार पाँच वर्षमा कम्प्युटरले फोटो हेर्ने मात्र होइन, बुझ्नसमेत सक्नेछ।
• भविष्यमा कम्प्युटरले मेडिकल फोटोहरू स्क्यान गरेर डाक्टरहरूलाई समस्या पहिल्याउन सहयोग गर्नेछ।
• तपाईंले राख्नुभएका फोटो, सेयर गर्नुभएका फोटो आदिका आधारमा कम्पनीहरूले व्यक्तिगत रूपमा तपाईंको रुचिको रंग, आकार आदि मिल्ने सामान बेच्नेछ।

सुन्न सक्ने कम्प्युटर
अहिलेका कम्प्युटरले ध्वनि बजाउन मात्र सक्छ। तर, आइबिएमका मास्टर इन्भेन्टर डा. डिमिट्री कानेभ्स्कीका अनुसार पाँच वर्षभित्र कम्प्युटरले चाहिएको आवाज सुन्न सक्नेछ। जसरी हाम्रो दिमागले आवाजका विभिन्न प्रवृत्ति बुझ्छन् र के महत्वपूर्ण हो भन्ने जानकारी दिन्छ, त्यसरी नै कम्प्युटरले अब आवाज सुन्न सक्नेछ। तर कम्प्युटरले हाम्रो दिमागले भन्दा पनि बढी काम गर्न सक्नेछ।
• भविष्यमा फोनले तपाईंको आवाजको विश्लेषण गरेर तपाईंको मूड थाहा पाउन सक्नेछ।
• कम्प्युटरले बच्चाको रुवाइको आवाज स्क्यान गरेर किन रोएको भन्ने बताइदिनेछ - भोकै भएकोले रोएको कि, प्यास लागेकोले रोएको कि, बिरामी भएकोले रोएको कि।
• रुख ढल्नुअघिको आवाज कस्तो हुन्छ? हामीले शायद सुनेका छैनौँ। तर, कम्प्युटरको प्रयोग गरी अब आवाज विश्लेषण गरी ढल्न लागेको रुख, भत्कन लागेको पुलको बारेमा अग्रिम सूचना पाइनेछ।

स्वाद थाहा पाउने कम्प्युटर
कुन खानेकुराको स्वाद कस्तो हुन्छ? के खाँदा ठीक हुन्छ? आइबिएमका रिसर्च साइन्टिस्ट डा. लव वार्सनेका अनुसार पाँच वर्षभित्र कम्प्युटरले यो सब थाहा पाउनेछ।
• भविष्यमा व्यक्तिगत वेब एप्लिकेसन बन्नेछ र त्यसबाट तपाईंको स्वास्थ्यलाई विचार गर्ने गरी खानेकुरा खान सुझाव दिइनेछ।
• स्कूल जाने बच्चाहरूलाई के टिफिन लाने भनेर कम्प्युटरले सुझाव दिनेछ।

गन्ध थाहा पाउने कम्प्युटर
आइबिएमका रिसर्च म्यानेजर डा. हेन्ड्रिक हमानका अनुसार पाँच वर्षभित्र कम्प्युटरले गन्ध थाहा पाउन सक्नेछ।
• भविष्यमा खेतमा किसानहरूले सेन्सर राख्नेछन् र गन्धबाट कहिले बाली पाक्यो, थाहा पाउने छन्।
• यस्ता साना सेन्सरहरू फोनमा, भवनमा, कारमा सबै ठाउँमा राख्न सकिनेछ।
• तपाईंको फोनले गन्ध थाहा पाएर तपाईं कहिले बिरामी हुँदै हुनुहुन्छ भन्ने बारे बताउनेछ।
• अस्पतालहरूमा संक्रमणको खतरा सेन्सरले गन्धबाट थाहा पाउनेछ। समाचार नागरिक न्यूज
थप जानकारीको लागी भिडियो हेर्नुस

10:21 AM | Posted in | Read More »

पृथ्वी नष्ट हुने हल्लाका बारेमा के भन्छन् ज्योतिषहरु

आगामी पुस ६ गते अर्थात् डिसेम्बर २१ मा पृथ्वी नष्ट हुने पश्चिमेली देशबाट फैलिएको हल्ला हल्लामात्र रहेको संहिताशास्त्री तथा ज्योतिषशास्त्रीहरुले बताएका छन् ।

‘यसो भन्दैमा केही पनि हुँदैन त भन्न सकिँदैन, ग्रह नक्षेत्रको आधारलाई लिने हो भने केही अशुभ लक्षणचाहिँ रहेको देखिन्छ ।’ संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला भन्नुहुन्छ ।

बास्तोलाले पुस ६ गते खराब रहेको औँल्याइए तापनि मङ्सिर २९ गतेदेखि पुस २ गतेसम्म ग्रहगोचरको अध्ययन गर्दा केही अशुभ रहेकाले धार्मिक कार्य गर्नु राम्रो हुने बताउनुभयो ।

मङ्सिर ३० गते प्रतिपदा तिथि र मूल नक्षेत्र परेकाले ज्वालामुखी देखिने सम्भावना रहेको, यसै अवधिमा सूर्य–बुध–शुक्र–राहु र चन्द्रमा पाँच ग्रहको युती (एकै ठाउँमा) दुईदिन आधा वास हुने योग परेको छ ।

यी पाँच ग्रहको मङ्गल र शनिग्रहसँग द्विद्र्वादश (नराम्रो सम्बन्ध) रहेको छ । त्यसैगरी गुरु–केतु समसप्तक (सँगै रहने) भएको तथा उत्तराद्र्धमा शनि–राहुको युती (एकै स्थानमा) रहने र शनि–राहुको शुक्रसँग द्विद्र्वादश सम्बन्ध परेको छ ।

यसैगरी शनि–राहुको गुरुसँग षडष्टक (छैटौँ तथा आठौँ) स्थान रहेकाले विश्व रङ्गमञ्चमा राजनीतिक उथलपुथल हुने लक्षण देखा परेको छ ।

त्यस्तै पुस सङ्क्रान्ति शनिबार मध्यरातबाट सुरु भई शनिबार र आइतबार दुईदिन पर्न गएकाले पृथ्वीमा अँध्यारो हुने योग रहेको छ तथापि दक्षिण एसिया, नेपालमा सामान्य प्रभाव बादल लाग्ने वा तुवालो देखिने हुन सक्ने संहिताशास्त्री बास्तोला बताउनुहुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा माधव भट्टराई यो केवल मानिसमा त्रास मात्र फैलाइएको हो, यसमा कुनै वैज्ञानिक आधार नभएको उल्लेख गर्दै ग्रह गोचरको वासस्थानको अध्ययन गर्दा सूर्यको किरणमा सामन्य प्रभाव पर्नसक्ने भएकाले सबै सावधान रहनु एवम् भगवान्को स्मरण गर्नु राम्रो हुने बताउनुहुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव पं ज्योतिष सूर्यप्रसाद ढुङ्गेल यो अवधिमा सूर्य र पृथ्वीको बीचमा आकाशगङ्गा पर्ने भएकाले कति प्रभाव हुन्छ भन्न नसकिने भए तापनि सामान्यभन्दा ठूलो कुनै सङ्कट देखा नपर्ने बताउनुहुन्छ ।

- रासस(स्रोत :उज्यालो नेट  वर्क)

7:31 PM | Posted in | Read More »

टि्वटरले थप्यो नयाँ सुविधा

काठमाडौ, मंसिर १६ - इन्टरनेटसँग अभ्यस्त जीवनशैलीमा सबै सोसल नेटवर्कसँग अभ्यस्त हुन्छन् भन्न सकिन्न । इमेल मात्रमा सीमित रहेर इन्टरनेटसँग रमाउनेहरू पनि प्रशस्तै भेटिन्छन् । इन्टरनेटसँग जोडिने आधार अरू पनि छन् । प्रयोगकर्ताको आधारमा फेसबुकलाई कसैले उछिन्न सकेको छैन । प्रयोगलाई आधार मान्ने हो भने अरू सोसल नेटवर्कले फेसबुकलाई चुनौती दिन छाडेको छैन ।

टि्वटर अर्को एउटा उत्तिकै लोकपि्रय सोसल नेटवर्क हो । समय र आवश्यकताअनुसार सोसल नेटवर्कको प्रयोगमा पनि परिवर्तन हुँदैछ । सोसल नेटवर्क समय बिताउने र आफ्ना विचार 'सेयर' गर्नेमा मात्र सीमित रहेन । सोसल मिडियामा फेसबुकले भन्दा बढी टि्वटरले आफूलाई स्थापित गर्दैछ ।

सोसल नेटवर्कको क्षेत्र, सुविधा अनि क्षमता दुवै बढ्दै छन् । छोटो मीठो ब्लगका रूपमा लिइएको टि्वटर पनि समयसँगै परिवर्तन हुँदैछ । हालै टि्वटरमा केही सुविधा थपिएको छ । अब टि्वटलाई इमेल गर्न सकिनेछ । यो नयाँ फिचर टि्वट नगर्ने इन्टरनेट प्रयोगकर्ताप्रति लक्षित गरिएको छ भन्दा फरक नपर्ला । आजकल 'ब्रेकिङ न्युज' हरू न्युज पोर्टलमा भन्दा बढी सोसल नेटवर्कमा भेटिन्छन् ।

कतिपय न्युज मिडियाले कभर गर्न नसकेका/नगरेका विषय पनि सोसल नेटवर्कमा पाइन्छन् । सोसल नेटवर्क नरुचाउने इन्टरनेट प्रयोगकर्ताले पनि त ताजा खबर पाउनुपर्‍यो नि ? सोसल नेटवर्कबाट सोसल मिडियाको छवि बनाउँदै गरेको टि्वटरको कदमले सोसल नेटवर्क नचलाउनेलाई पनि 'अपटु डेट' ? हरेक साना-ठूला विषय टि्वट हुन थालेका छन् ।

टि्वटबाटै समाचार बनेका पनि छन् । टि्वटरसँग प्रत्येकपल्ट साथ रहन समयअनुसारका मोबाइल डिभाइसले धेरै मद्दत गरेको छ, टि्वटर प्रयोगकर्तालाई । धेरै संख्यामा टि्वट मोबाइल डिभाइसबाट नै हुने गर्दछ र मोबाइल डिभाइसका लागि टि्वट गर्ने प्रशस्तै एप्लिकेसन पनि पाइन्छन् ।

टि्वट इमेल गर्ने फिचर टि्वटरको आधिकारिक वेबसाइट मात्र नभएर यी एप्लिकेसनमा पनि उपलब्ध हुनेछ । टि्वट इमेलसँगै टि्वटहरू खोज्ने -सर्च) लाई पनि सुधारेको छ । आधिकारिक वेबसाइट र एप्लिकेसनबाट गरिएका टि्वटलाई इमेल गर्न सकिनेछ । टि्वटलाई टि्वटर प्रयोग गर्ने/नगर्ने सबै खालका प्रयोगकर्ताहरूलाई इमेल गर्न सकिन्छ ।

टि्वटलाई इमेल गर्न

टि्वटर पेजमा रहेको 'फेभरेट' को छेउमा रहेको 'मोर' आइकन क्लिक गर्ने र आइकनले इमेल गर्ने नयाँ विन्डो खोलिदिनेछ । टि्वट इमेल गर्न सकिने भयो । तर इमेल कसको नामबाट जाने छ त ? इमेल जानेछ, टि्वटरका लागि प्रयोग गर्दै आउनुभएको इमेलबाट । मोबाइल डिभाइसबाट टि्वट इमेल गर्दा, इमेल पठाउनेको एड्रेस डिभाइसको डिफल्ट इमेल एड्रेस हुनेछ ।

फेसबुकजस्तै टि्वटर प्रयोगकर्ताको संख्या बढ्ने क्रम पनि जारी छ ।

पछिल्लो विवरण अनुसार टि्वटर प्रयोगकर्ताको संख्या पचास करोड छ । फेसबुकको तुलनामा झन्डै आधा भए पनि टि्वटरले सोसल मिडियामा लिएको स्थान प्रशंसायोग्य छ । इमेल इन-बक्समा टि्वटको संख्या बढ्दा टि्वटरसँग नाता जोड्न प्रलोभन जगाउने सम्भावना पनि छ ।
समाचार कांतिपुर बाट 

7:30 PM | Posted in | Read More »

अब नेपलमा पनि नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र

काठमाडौं, मंसिर १३ - आगामी मंसिरभित्रै नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र वितरण थालिसक्ने गरी सरकारले प्राविधिक तयारी अघि बढाएको छ।

सबै नागरिकको व्यक्तिगत विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समावेश गर्दै परिचय नम्बर प्रदान गर्ने गरी राष्ट्रिय कार्ड वितरण गर्न लागिएको हो। सरकारले मेसिनले पढ्न सक्ने (मेसिन रिडेबल) कार्डका रूपमा राष्ट्रिय परिचयपत्र छाप्ने उपकरण खरिदको टेन्डर प्रक्रिया थालिसकेको छ।

फोटो, हस्ताक्षर, औंठाछापलगायत सम्पूर्ण व्यक्तिगत विवरणसहितको 'एटिएम कार्ड' आकारकै कार्डको नमुना गृहमन्त्रालयले मन्त्रिपरिषदमा पठाइसकेको छ।तीन चरणमा पाँच वर्षभित्र देशभरका १६ वर्ष उमेर पूरा भएका सबैलाई विद्युतीय कार्ड वितरण सकिनेछ । नेटवर्किङ सिस्टमबाट उक्त कार्ड देशभरका तोकिएका सरकारी कार्यालयमा प्रयोग हुनेछ। हाल राष्ट्रिय परिचयपत्रका लागि सरकारले सबै जिल्लामा नेटवर्किङ, क्षेत्रीय, जिल्ला र केन्द्रमा आवश्यक यन्त्र एवं उपकरण जडान, व्यक्तिगत विवरण प्रशोधन केन्द्र निर्माणको काम भइरहेको छ। गृह प्रवक्ता शंकर कोइरालाका अनुसार यो परिचयपत्र जारी भएपछि अर्काको नाउँमा हुने जालसाजी, करछली नियन्त्रणमा सघाउ पुग्ने बताए। 'बाहकको औंठाछाप नै भएपछि अर्काको नाउँमा जालसाजी गर्ने डर हुँदैन,' कोइरालाले भने, 'परिचय नम्बरमा उसले देशका सबै ठाउँबाट लिएको सेवा अपडेट हुने भएकाले कसले के गर्‍यो कार्डबाटै सजिलै पत्ता लगाउन सकिन्छ।'
 स्रोत :नागरिक

7:29 AM | Posted in , | Read More »

आबाजकै भरमा चल्ने कम्प्युटर

एक पटक कल्पना गर्नुस् त, यस्तो एउटा एक कम्प्युटर, जो तपाईको टेवलमा डिब्बा आकारमा ठडिने छैन, त्यहाँ माउस र किबोर्ड पनि हुने छैन । मोटरसाइकलको हेल्मेटजस्तै तपाईको टाउकोमा बाध्न सकिन्छ र आबाजकै भरमा चलाउन सकिन्छ ।

यो कुनै कल्पना हैन, बास्तविकता हो । यस्तो कम्प्युटर आगामी बर्ष बजारमै आउने भएको छ । यसको नाम एचसी १ हो र यसलाई मोटोरोला सोलुसनले बनाएको हो । यो मोटोरोला मोबिलिटी नामको कम्पनीबाट अलग छ र यसलाई गुगलले केही समय अघिमात्र किनेको छ ।

हेर्दा यो कम्प्युटर ठूलो आकारको टेलिफोन हेडसेट जस्तै लाग्छ । झट्ट हेर्दा साइकल हेलमेट र ग्यास मास्क जस्तै देखिन्छ । यसलाई तपाई आफ्नो टाउकोमा बाध्न सक्नु हुनेछ र कम्प्युटर धातुको एक डिब्बामा हुन्छ र जसलाई तपाईको टाउकोमा घेरेर राख्न मिल्छ ।

यस्तो अनौठो कम्प्युटरको अनुहार अगाडी एक सानो स्क्रीन हुन्छ । हेर्नलाई टाउको भने केही झुकाउनुपर्छ । तपाईले आदेश दिएपछि यसमा भनेको फाइल खुल्छ । इमेल चेक गर्नुस या अगाडी रहेको बस्तुलाई जुम गरेर नजिकबाट हेर्न सकिने छ ।

यस्तो कम्प्युटर एकै समयमा धेरै काम गर्नका लागि निर्माण गरिएको उत्पादकले बताएको छ । मोटोरोलाका अनुसार कम्प्युटर हेडसेट ३ देखि ४ हजार डलरसम्ममा पाइन्छ । यो उपकरणले ठूलो बजार लिनेमा भने शंका छ ।

यसैवर्ष गुगलले एक चस्माको परिकल्पना गरेको थियो, जसमा इन्टरनेट कनेक्सन, क्यामरा र एक डिस्प्ले हुने बताएको थियो । तर, त्यो घोषणा अहिलेसम्म पुरा भएको छैन ।
साभार : ऑनलाइन खबर 

8:36 PM | Posted in | Read More »

लुम्बिनी अञ्चलमा पहिलो पटक थ्रीजी सीडीएमए सेवा सञ्चालन


नेपाल टेलिकमले लुम्बिनी अञ्चलमा पहिलो पटक थ्रीजी सीडीएमए सेवा सञ्चालनमा ल्याएको छ । भैरहवामा अन्तरक्रिया तथा प्रदर्शनी कार्यक्रमको आयोजना गरी सेवाको शुभारम्भ गरिएको हो ।

यो सेवा काठमाडौ, बनेपा, वीरगञ्ज, चितवन र पोखरामा सञ्चालनमा आइसकेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकका अन्य प्रमुख व्यापारिक केन्द्र तथा शहरी क्षेत्रमा यो सेवाको पहुँच पुर्‍याउने टेलिकम वायरलेस सेवा निर्देशनालयका निर्देशक अनुपरञ्जन भट्टराईले जानकारी गराउनु भयो ।

स्काई प्रो ब्राण्डमा सञ्चालन गरिएको सेवाबाट मोबाइल ब्रोड ब्याण्ड इन्टरनेटका साथै भ्याइस सेवा पनि पनि उपभोग गर्न सकिन्छ ।
स्रोत :ऑनलाइन खबर

8:10 PM | Posted in | Read More »

काँखमा राखेर ल्यापटप चलाउँदा नपुंसक बन्ने खतरा

एजेन्सी, कार्तिक २२ । यदी तपाई ल्यापटपको प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो काँखमा राखेर ल्यापटप नचलाउनु होस् । कि त टेवलमा राखेर मात्रै ल्यापटप चलाउनुहोस् कि त अन्यन्त्रै राखेर मात्रै । काँखमा राखेर ल्यापटप चलाउँदा तपाईंको शुक्राणुमा असर पर्नसक्ने देखिएको छ ।

डेलिमेलको रिपोर्ट अनुसार बेलायतका एक व्यक्ति लामो समयसम्म पिता बन्ने प्रयास गर्दा पनि असफल भए । जब उनले चिकित्सकलाई त्यस विषयमा जानकारी गराए तब चिकित्सकले काँखमा राखेर ल्यापटप चलाउने उनको बानीले शुक्राणुको नष्ट गरिदिएको बताए ।

पेशाले इलेक्ट्रिसियन रहेका ३० वर्षीय स्कट रिड नामक व्यक्तिले आफ्नी पत्नीलाई गर्भाधारण गराउन धेरै हण्डर खेप्नु प¥यो । जब उनले चिकित्सकसँग त्यस समस्याका विषयमा परामर्श गरे, त्यसपछि रिडले काँखमा राखेर ल्यापटप चलाउन बन्द गरे । जसको ३ महिनापछि नै उनकी पत्नी लौरा गर्भवती भइन् ।

स्रोतका अनुसार रिड राति घन्टौंसम्म काँखमा राखेर ल्यापटप चलाउने गरेको उनकी पत्नीले बताएको दाबी गरिएको छ । त्यस घटनापछि रिडको धेरैथरि परिक्षण भयो, जसबाट पत्ता लाग्यो कि रिडको शुक्राणुले काम गर्न सकिरहेको थिएन ।

स्थानीय क्वीन एलेक्जेन्ड्रा अस्पतालका चिकित्सक सू केनवर्थीले ल्यापटपको तापक्रमले शुक्राणुमा असर पर्ने कुराको पुष्टी गरेको स्रोतले दाबी गरेको छ ।
स्रोत :इमेज च्यानल

8:26 AM | Posted in | Read More »

नेपाल टेलिकमले तिहारलगतै ‘वाइम्याक्स’ प्रविधिमार्फत इन्टरनेट सेवा वितरण गर्ने

काठमाण्डौँ कात्तिक २० - नेपाल टेलिकमले तिहारलगतै ‘वाइम्याक्स’ प्रविधिमार्फत इन्टरनेट सेवा वितरण गर्ने भएको छ ।राजधानी र बुटवल दुई जिल्लाका ग्रामीण क्षेत्रलाई लक्षित गरेर टेलिकमले तारबिहीन द्रुत गतिको इन्टरनेट उपलब्ध गराउने प्रविधि ‘वाइम्याक्स’ मार्फत दुई लाख लाईन वितरण गर्न लागेको हो ।

पहिलो चरणमा टेलिकमले काठमाडौँमा एक लाख र बुटवलमा एक लाख लाइन वितरणका लागि मुख्य पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको कम्पनीका सहप्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । उहाँले काठमाडौँमा प्रविधि जडान कार्य सकिएर परीक्षण सुरु भएको र बुटवलमा भने यहाँको परीक्षण सकिएपछि जडान कार्य सुरु गरीने उल्लेख गर्दै यस प्रविधिका लागि आवश्यक पर्ने उपकरणहरू(एन्टेना) ल्याइएको बताउनुभयो ।

यस प्रविधिबाट सेवा लिँदा अधिकतम २० एमबिपिएस र न्यूनतम २५६ केबिपिएससम्म उपलब्ध गराउन सकिने छ । २५६ केबिपिएस भन्दा तलको गतिका सेवा लिन चाहने नेपाल टेलिकमका ग्राहकहरूका लागि भने एडिएसएल प्रयोग गर्न सकिने प्रवक्ता जोशीले बताउनुभयो । उहाँका अनुसार नयाँ प्रविधि वाइम्याक्स र एडिएसएलको सेवामा ठूलो अन्तर हुने छैन ।

वाइम्याक्सबाट अधिकतम् ३५ किलोमिटरसम्म लिज लाईन(दुईवटा कार्यालयबीचको लाइन) प्रयोग गर्न सकिने र यस प्रविधि प्रयोग गरिएको सिमित क्षेत्रमा वाइफाइ चलाउन सकिनेछ । रासस
स्रोत :ऑनलाइन खबर

7:22 AM | Posted in , | Read More »

धान स्याहार्ने आधुनिक मेशिन कम्बाईन हारबेस्टरको प्रयोग बढ्यो

किरणमान बज्राचार्य,कपिलवस्तु, १५ कार्तिक, कपिलवस्तुमा धान स्याहर्ने आधुनिक कम्बाईन हारबेस्टरको प्रयोग बढदै गएको छ । खर्च भारी मात्रामा कटौती भए पछि कपिलवस्तुका कृषकहरु आधुनिक मेशिनबाट धान सयाहार्न आकर्षित भएका हुन । झञ्झट बाट मुक्त भई आधी भन्दा बढी बचत हुने भए पछि कृषकहरु आधुनिक मेसिनले धानबाली स्याहार्न आकर्षित भएका हुन ।

पैसा पनि कम लाग्ने र समय पनि बचत हुने भए पछि धेरै कृषकहरुले मेसिनबाटै धानबाली स्याहारी रहेका छन् । चार बर्ष अघि प्रयोगबाट प्रयोग गरिएको कम्बाईन मेशिन अहिले जिल्लामा २० बढी रहेको कृषि कार्यालयले जनाएको छ । जिल्लामा यो प्रबिधि भित्रिए पछि कृषकहरुले आफुहरुलाई निकै सजिलो भएको बताउछन्  ।  मेसिनले एक घण्टामै ६ देखि ८ बिगहा सम्म खेतको धान काटेर मेसिन भित्रै दाई गरेर धानका गेडा बाहिर फाल्ने गर्दछन् । मेसिनमा रहेको उपकरणले दाई गरे पछि धान सोझै टयाक्टर ट्रली र गोरु गाडामा राख्ने गरेकाले थप सुबिधा पुर्‍याएको छ ।

खेताल खोज्नु पर्ने, धान काट्ने र दाई गर्ने लगायतका झञ्झटबाट मुक्त हुने र श्रम तथा पैसाको समेत बचत भएकाले मेशिनबाट धान स्याहार्दा आफूहरुलाई फाईदा भएको कृषकहरु बताउछन् । यसरी कृषकले मेसिनले काटेको धान सोझै लगेर भण्डार गर्न सक्ने र बिक्री पनि गर्न सक्ने कपिलवस्तु नगरपािलका– १३ मलपरवाका कम्बाईन हारबेस्टर मालिक देबेन्द्र मिश्र बताउछन् । ‘ हिलो र पानी नभए सबै ठाउमा गई धान काटन सकिन्छ, त्यसैले यस्को माग बढेको छ भन्छन् उनी । मेशीनको माग बढे पछि आफुहरुलाई भ्याई नभ्याई भएको मिश्राको भनाई छ । मेशीनले अहिले दिन रात नै धान स्हार्ने गरीरहेको छन् । आफुले सो मेशीन एक बर्ष अघि भारतको पंजाबबाट खरीद गरी ल्याएको उनले बताए ।

दाङ्ग देउखुरी पुगेर खेताला खोज्नु पर्दथ्यो त्यस माथी भनेका बेलामा नपाईने समस्या थियो मेसिन आए पनि यो समस्याबाट मुक्त भएको छु भन्छन् धरमपनीयाका कृषक बालमुकुन्द चौधरी । उनले आफनो १० बिगहा खेतको धान मेसिनबाट कटाई एक दिनमै स्याहारेर आराम गरिरहेको बताए । उता पकडी गाबिसका कृषक मधुसुदन कुर्मीले पनि धान काटदा न पानी पर्ला भन्ने डर न खेतालाको समस्या भन्दै मेसिनले धेरै सजिलो गरेको बताए । उनले मेसिनबाट धान काटदा आधी बढी सस्तो र समयको बचत भएको बताए । खेताला राखेर धान काटदै एक बिगहालाई करिब रु एक हजार ५ सय खर्च पर्ने भए पनि मेसिनबाट काटदा ७ सय मै पुग्ने दोहनी गाबिसका कृषक ओमप्रकाश चौधरीले बताए । अहिले यहा मेसिनबाट धान काटन भ्याई नभ्याई छ । धान काटने, मुठा बनाउने, आर्सार्ने, दाई गर्ने काम लबेरबाट गराएको भए पैसा पनि बढी लाग्ने लेबर खोज्न भौतारिनु पर्ने झञ्झटबाट आफु मुक्त भएके कृषकहरुको भनाई छ ।

सुतेको धान काटन भने मेशीन लाई अली बढी समय लाग्ने तथा हीलो र पानी भएको धान भने मेशीनबाट काटन नमिल्ने तथा पराल नहुने कृषकहरु बताउछन् । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिएको कृषि कार्यालयले जनाएको छ ।

7:33 PM | Posted in , | Read More »

तेस्रो विश्वयुद्ध जमिनमा नभएर इन्टरनेट(साइबर स्पेस) मा


न्युयोर्क , कार्तिक ५ - अमेरिकाले तेस्रो विश्वयुद्ध जमिनमा नभएर इन्टरनेट (साइबर स्पेस) मा हुने जनाएको छ । यसबाट जनभन्दा पनि धन र स्रोतको क्षति यसअघिका विश्वयुद्धहरूमा भन्दा निकै ठूलो हुनेछ । अमेरिकी रक्षामन्त्री लियोन प्नेटाले आक्रमणकारीले बैंक तथा वित्तीय संस्थालाई निसाना बनाउन थालेकाले भविष्यमा युद्धको मैदान साइबर स्पेस हुने बताएका छन् । आतंकवादीले पावर गि्रड र सरकारी प्रणालीलाई नष्ट गर्ने क्षमता विकसित गरिरहेको उनले बताए । सबभन्दा बढी सैन्य प्रतिष्ठान भएको अमेरिकाको भर्जिनिया सहरको नोरफोकको एक कार्यक्रममा उनले यो ताजा धारणा सार्वजनिक गरेका हुन् । उनले मुलुकको अगाडि साइबर स्पेसको रूपमा युद्धको नयाँ चुनौती तेर्सिएको बताए । 'यतातिर ध्यान दिनु आवश्यक छ किनकि भविष्यको युद्ध साइबर स्पेसमा हुनेछ,' उनले भने । शंकास्पद इरानी हयाकरले त्यहाँको वित्तीय संस्थानमा लगातार आक्रमण गरिरहेका छन् । आफूले यो वक्तव्य दिइरहेको बेला पनि

अमेरिकामा साइबर आक्रमण जारी रहेको उनले बताए । प्नेटाले यो क्रममा कसैको नाम लिएका छैनन् । साइबर स्पेसमाथिको आक्रमण पत्ता लगाउनलाई अमेरिकाले साइबर फोरेनसिकमा उल्लेखनीय लगानी गरिरहेको उनले बताए । 'हामी उनीहरूलाई समाउन र कानुनी दायरामा ल्याउन सक्षम छौं,' उनले साइबर आतंकवादीलाई चेतावनी दिँदै भने ।
साभार :कांतिपुर 

5:49 PM | Posted in | Read More »