प्रौढ तथा अशक्तलाई हिँडडुल गर्न सहयोग गर्ने रोबोट सुट बन्यो
टोकियो, फाल्गुन २८ - प्रौढ तथा अशक्तलाई हिँडडुल गर्न सहयोग गर्ने रोबोट सुटलाई बुधबार जापानमा विश्वव्यापी सुरक्षा प्रमाणपत्र दिइएको छ । यो सुट अब विश्वबजारमा आउने भएको छ ।हाइबि्रड एसिस्टिभ लिम्ब (हल) नाम गरेको यस सुटमा जापानी रोबोट निर्माता साइबरडाइनले विकास गरेको खुट्टा राखिएको छ । यसै संस्थाले यस्तै रोबोट हात पनि विकास गरेको थियो । व्यक्तिगत रोबोटका लागि तयार भएको अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डको मस्यौदाअनुसार जापानको गुणस्तर आश्वासन संस्थाले यस प्रकारको प्रमाणपत्र दिएको हो । यो मापदण्ड यस वर्षको अन्त्यतिर पारित हुने अपेक्षा गरिएको छ । उक्त जानकारी जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयले दिएको हो ।
यस मस्यौदाअनुसार धातु तथा प्लास्टिकको ढाँचा तयार गरिएको उपचार सहायक रोबोटलाई पहिलोपटक यस्तो प्रमाणपत्र प्रदान गरिएको मन्त्रालयका अधिकारीले बताए ।
ब्याट्रीको सहयोगमा चल्ने हलले मानिसको मांसपेसीको तरंग पहिचान गर्छ । यसैको आधारमा यसको प्रयोगकर्ताको शरीरको चाललाई सहयोग गर्छ । यस सुटले प्रौढ व्यक्तिलाई हिँडडुल गर्न तथा अस्पताल तथा स्वास्थ्य सहयोगीहरूलाई बिरामीलाई उचाल्न सहयोग गर्छ ।स्रोत : कान्तिपुर
Posted by Butwalonline
on 8:02 AM. Filed under
Technology
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response