|

मुक्तकको शुभारम्भ शृङ्खला

बुटवल, माघ १२- नेपाली साहित्यको मुक्तक विधालाई प्रवर्धन गर्ने उदेश्यले रूपन्देहीमा मुक्तक सम्बन्धी ‘मुक्तक मण्डप’ शृङ्खला सुरु भएको छ । हरेक महिनाको दोस्रो शुक्रबार आयोजन गर्ने गरि सुरु भएको नियमित शृङ्खलाको पहिलो शृङ्खला शुक्रबार बुटवलस्थित ज्ञानज्योति पुस्तकालयमा सम्पन्न भएको हो ।

आयोजक संस्था राष्ट्रिय मुक्तक मण्डप नेपालका अध्यक्ष ओम क्षितिजको अध्यक्षता र संरक्षक डा. मुरारि पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखााची, म्याग्दी लगायतका जिल्लाका स्रष्टाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा श्यामकृष्ण शर्मा, कृष्ण पहारी, शंकर भण्डारी, छवि ज्ञवाली, असोक गौतम, सुनिता चादाली, सन्ध्या भण्डारी, मीना पन्थी, संगीता कुावर, तारा मिलन छन्त्याल सरिता खनाल, राज क्षेत्री, संगीत न्यौपाने लगायतका दुई दर्जन बढी स्रष्टाहरुले आ–आफ्ना मक्तकहरु वाचन गरेका थिए । कार्यक्रम संस्थाका सचिव शेखर विकल्पको सञ्चालनमा सम्पन्न कार्यक्रममा डा. पराजुलीले मुक्तकको सैद्धान्तिक पक्षबारे प्रकाश पारेका थिए ।

Posted by Butwalonline on 5:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुक्तकको शुभारम्भ शृङ्खला"

Leave a reply