|

एन प्यावसन रुपन्देहीको वैठक वुटवलमा सम्पन्न

बुटवल, माघ १२- एन प्यावसन रुपन्देहीको वैठक अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा वुटवलमा सम्पन्न भएको छ । वैठकले एन प्यावसनमा आवद्ध विद्यालयहरुको सदस्यता अनुमोदन गरेको छ । साथै पुर्व निधारीत कार्यक्रम अनुसार माघ २७ गते देखी खेल सप्ताह सम्पन्न गर्ने निर्णय समेत गरेको छ । वुटवल देवीनगर स्थित फिफा टेक्नीकल सेन्टरमा हुने खेलमा जिल्ला भरीका संस्थामा आवद्ध विद्यालयहरुको सहभागिता रहने अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनु भएको छ ।

विभिन्न विधामा हुने खेल सप्ताहको उद्घाटन वुटवलको ट्राफिक चोक देखि वाजागाजा सहितको र्‍याली तथा झााकी सहित गरिने बताईएको छ । वैठक एन प्यावसनका सचिव तिलक केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 5:29 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एन प्यावसन रुपन्देहीको वैठक वुटवलमा सम्पन्न"

Leave a reply