|

क्रसर उद्योग का कारण कृषकले उखुको राम्रो मूल्य पाए

किरणमान बज्राचार्य,कपिलवस्तु , ५ माघ-यहाँका कृषकहरुले चिनी मिलले उचित मूल्य नदिए पनि क्रसर उद्योगका कारण उँखुको राम्रो मूल्य पाएका छन् । पछिल्ला बर्षहरु भन्दा राम्रो दर उँखु विक्रि भए पछि कृषकहरु निकै उत्साहित भएका हुन् । गत वर्षको तुलनामा कम उँखु खेती गरिएपनि यसले बजार पाएपछि पुन उनीहरु यस तर्फ आर्कषित भएका छन् । भेली बनाउने क्रशर मिलले उँखुको उचित मूल्य दिएपछि कृषकहरुमा अझ उत्साह थपिएको छ । सरकारले दुई अघि बर्ष उखुको मूल्य प्रति क्यूटल ४०१ रुपैया कायम गरेको तथा ठाउ ठाउमा ४८३ रुपैया कायम भए पनि उखु मिलले त्यस अनुरुप खरिद गर्न अनाकानी गरेको कृषकहरु बताउछन् । उखु मिलले चार सय देखि देखि चार सय ५० रुपैया प्रति क्यूटलमा कृषकसंग उखु खरिद गर्ने गरेको छ ।

जिल्लाको एक मात्र महालक्ष्मी चिनी मिलले उँखुको उचित मूल्य नदिएको भन्दै लामो समय देखि कृषकहरुले खेतमै उखु नबेची राखेका थिए ।  मिल प्रशासनले किसानकोले मल्य बढाउन गरेको आग्रह नमाने पछि उनीहरुले बाध्य भई  भेली क्रशर उद्योगलाई बिक्री गरी रहेका छन् । जिल्लामा गत आर्थिक बर्ष सम्म १ सय २० को हाराहारीमा भेली क्रशर उद्योग दर्ता गरिएको भएपनि अहिले कच्चा पदार्थको अभावले ८० वटा मात्र सञ्चालनमा छन् । शिव गुण उद्योग बहादुरगञ्जका मालिक शिव प्रसाद गुप्ताले किसानले उचित मूल्य नपाउदा उँखुको उत्पादन कम भएको बताउनु भयो । “बजारमा भेली प्रतिकिलो ६० देखि ६५ रुपैया पुग्यो माग बढ्दो छ तर कच्चा पदार्थ छैन” उनले भने । “त्यसैले कृषकहरुको समस्यालाई ध्यानमा राख्दै भेली मिलहरुले यसको मूल्य साढे ४ सय ५० देखि पाच सय सम्म सम्म प्रति क्वीन्टल गरेका हौ” उहाले भन्नु भयो । उता लक्ष्मी गुण उद्योग शिवानगरका मालिक अवधेश शुक्लाले मूल्य बढाएपनि उँखुको अभावले यस पल्टको सिजनमा ३ महिना सम्म पनि मिल चलाउन गाह्रो भएको बताए । “गत वर्ष ७ महिना सम्म मिल चलेको थियो तर अहिले उँखु नै छैन” उहाले भन्नु भयो ।

पछिल्लो बर्षमा ५ हजार ७ सय हेक्टरमा लगाइने उँखु खेती यस बर्ष घटेर ५ हजार तीन सय हेक्टरमा सिमित भएको छ । गत बर्ष २ लाख ८० हजार मेट्रिक टन उखु उत्पादन भएको र भारतबाट ७० हजार मेट्रिक टन उखु नेपाल भित्रिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तर यस वर्ष भने उत्पादन कम हुदा १ लाख ६० हजार मेट्रिक टनको हाराहारीमा उखु उत्पादन हुने कार्यालयको भनाई छ ।

जिल्लामा खासगरि बि ओ ९१, ९२, पोषक ६७२५, बि.ओ ११४८, ११५६ प्रजातिका उँखु लगाउने गरिन्छ । कम उत्पादन भएपनि यस वर्ष उँखुमा रोगको प्रकोप नदेखिएको बालि विकास अधिकृत जगदम्बा प्रसाद पाठक बताउनुहुन्छ । उँखुमा खास गरि रेडरोड, ग्वारो नामक रोग लाग्ने गरेको छ । यस वर्ष पानी अत्याधिक परेको हुदा रोगको संक्रमण नरहेको उहाले बताउनुभयो ।

अन्य जिल्लाको तुलनामा आफूहरुले यस वर्ष क्रसर उद्योगका कारण उँखुको राम्रो मूल्य पाएको बताउदै कृषकहरुले अब चिनी मिलमा विक्रिका लागि धर्ना दिन नपर्ने बताएका छन् । बहादुरगञ्जका उँखु कृषक भरत लाल केवटका अनुसार गत वर्ष चिनी मिलमा विक्री गर्न लगिएको उँखु मिलले खरिद नगरेपछि त्यत्तिकै सुकेर गएको थियो भने कतिपय सस्तै दाममा बेच्नु परेको थियो । भेली उद्योगले आफूहरुलाई राम्रो मूल्य दिएपछि सबै उँखु उनीहरुलाई नै विक्रि गरेको उनले उहाले बताउनु भयो । तर केही भेली उद्योगले  आफ्नो आवश्यक्ता र स्टकका आधारलाई हेरेर आफू खुसी मूल्यमा उखु खरिद गर्ने गरेको उहाले गुनासे गुर्न भयो ।

महालक्ष्मी सुर्गस मिल जावभारीले उखु अभाव र यस वर्ष उँखु उत्पादन कम भएको भन्दै भारत तर्फ बाट उुख आयात गर्ने बताएको छ । भारतीय उँखुको मूल्य कम पर्ने हुदा आयात गरिने मिल प्रशासनले जनाएको छ ।

Posted by Butwalonline on 5:03 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " क्रसर उद्योग का कारण कृषकले उखुको राम्रो मूल्य पाए"

Leave a reply