|

यौन दुर्व्यवहार गर्नेलाई २५ वर्ष कैद

गुलरिया, श्रावण ५ - जिल्ला अदालतले यौन दुर्व्यवहार गर्ने एक जनालाई २५ वर्ष कैद फैसला सुनाएको छ ।कालिका गाविस-५ का हरिकृष्ण भुजेललाई बलात्कार, हाडनाता करणी र नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा २५ वर्ष कैद सजाय सुनाएको हो । जबर्जस्ती करणी मुद्दामा १० वर्ष, नाबालिका करणीमा ५ वर्ष र हाडनातामा १० वर्ष गरी २५ वर्षे सजाय तोकिएको अदालतका श्रेस्तेदार सूर्यप्रसाद रेग्मीले बताए । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उक्त फैसला गरेको हो । अदालतका अनुसार बलात्कार अभियोगमा अरू व्यक्ति पनि सजाय भोगिरहेका छन् । शालिग्राम दमाईले बलात्कारको अभियोगमा ८ वर्ष कैद सजाय भोगिरहेका छन् । उनलाई एक नाबालिकामाथि जबर्जस्ती करणी अभियोग लागेको थियो । उनी जस्तै प्रेमबहादुर चौधरी र तुलबहादुर घर्ती मगरलाई पनि अदालतले एक महिनाअघि ६ वर्षे कैदको फैसला सुनाएको छ ।

Source:kantipurNews

Posted by Butwalonline on 6:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

2 comments for "यौन दुर्व्यवहार गर्नेलाई २५ वर्ष कैद"

  1. एस्तो अपराधी लाइ त फाँसी दिनु पर्ने हो / किन नेपाल सरकार ले कठोर कारवाही गर्न सक्दैन / यस्तै कारण ले गर्दा खेरी अपराधी हरुको मनोवल बढ्छ / अनि उनी हरु ले अपराध गरि रहन्छ्न म नेपाल सरकार संग के आग्रह गर्दछु भने कुनै पनी अपराधी होस तेस्लाई कठिन भन्दा कठिन कारवाही गर्ने गर्नु पर्छ / र बल्ल मात्र आउने दिन हरुमा एस्ता अपराधी हरु ले कुनै पनी अपराध गर्नु भन्दा पहिला सोच्नको लागी मजबूर हुनेछन /

  2. तुलसीराम जि तपाईको विचार एकदम राम्रो हो,जबसम्म अपराधीले कठोर सजायको भागी हुदैन तबसम्म उ अपराधिक कामहरु गरिरहन्छन,कडा सजायको बेबस्था गर्नुपर्छ,यसकुरा मा सरकारको ध्यान जानु पर्यो

Leave a reply