दैनिक रु. ६ लाखको ब्रह्मलुट, प्रशासनको मौनतामाथि प्रश्नचिन्ह
रामग्राम, नवलपरासी,आश्विन ३० - -सीमावर्ती जिल्लाहरुमा उम्दा व्यावसायको रुपमा फस्टाएको भारतीय नोटको कालोबाजारी दशैंको मुखमा अत्यधिक बढेको छ ।
मासिक रु. १ करोड ८० लाख रुपिया सटहीको नाममा ब्रह्मलुट भैरहदा स्थानीय प्रशासन मौन बसेको छ । राज्यले नेपालमा चलनचल्तिका लागि प्रतिबन्धित गरेको रु ५ सय तथा १ हजार दरका भारतीय नोटहरु यीनै सटही काउन्टरहरुमा निर्वाध रुपमा प्रयोग गरिदा कुनै रोकटोक गरिएको छैन ।
घरबाट बजारमा निस्केको स्थानीय मोटुसाईकल चालकलाई ब्लुबुक छुटेको अवस्थामा अनिवार्य जरिवानाको व्यवस्था कार्यान्यवन गराईरहेको जिल्ला प्रशासन कार्यालयहरु प्रतिबन्धित नोट खुलेआम बिक्री वितरण भैरहदा कुनै जरिवाना नगर्दा राज्यले विभेद गरीरहेको मानवअधिकारकर्मीहरुको आरोप छ ।
नेपालीहरूको महान् पर्व दशैं तिहार र छठ नजिकिदै गइरहेको बेला सीमावर्ती जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायत पुर्व तथा पश्चिमका जिल्लाका वासीन्दाको जनजीवननै प्रभावित भएको छ । भारतको निचलौल, ठुठीबारी, सुनौली, नौतनवा, वाल्मिकीनगर लगायतका भारतीय बाजारमा किनमेल गर्न जाने अधिकांश नेपालीहरु भारतीय मुद्राको अभाव खेप्नुपर्ने बाध्यता छ , आवश्यकताका लागि विनिमय गर्दा परासी, भैरहवा, सुनौली, तौलिहवा लगायतका बजारमा सटही काउन्टर खोली बसेका व्यापारीहरु मनोमानी गर्दा कुनै हस्तक्षेप गरिएको छैन । १ सय भारुका लागि १ सय ६० को मुल्यमा रु १ सय ६६ भन्दा बढी पनि लिने गरेका छन ।
