सहभागीतामुलक योजना निर्माण प्रकृयामा युवा सहभागीता विषयक कार्यशाला सम्पन्न
बिनोद परियार,बुटवल ,मंसिर २२- युवाहरुलाई वस्ती स्तर वाटै योजना छनौट प्रकृयामा सहभागी गराउन सके उनीहरुको सशक्तीकरणमा सहयोग पुग्ने वुटवलमा आयोजीत एक कार्यक्रममा औल्याइएको छ । एलाइन्स फर पिस काठमाण्डौको सहयोगमा चादनी नेपालले वुटवलमा आज आयोजना गरेकोस्थानीय सरकारको सहभागीतामुलक योजना निर्माण प्रकृयामा युवा सहभागीता तथा युवामुखी कार्यक्रमको सान्र्दभीकता विषयक कार्यशालामा वोल्ने युवा नेताहरुले आफनो लागी आफै वोल्नुको विकल्प नरहेको वताएका हुन । युवाहरुलाई राज्यले सामुहीक रुपमै उपेक्षा गर्नु दुखदायी भएको वताउदै युवाका सवाल र आवश्यकतालाई प्राथमीकीकरण नगर्दा सम्म दिगो विकास हुन नसक्ने उनीहरुले वताएका थिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला विकास समिति रुपन्देहीका कार्यक्रम अधिकृत उपेन्द्र ज्ञवालीले युवाहरुलाई योजना निर्माणको चरणमै आफनो अर्थपुर्ण सहभागीता जनाउन आग्रह गर्नुभयो । सो अवसरमा सेमलार गाउ विकास समितिका सचिव दुर्गाप्रसाद खनाल र पश्चिम अमुवा गाउ विकास समितिका सचिव शेषनारायण अर्यालले युवाहरुले विना योजनाको वजेट माग गर्ने गरेको वताउदै आवश्यकता र माग को आधारमा कार्यक्रम तय गर्न आफुहरु तयार रहेको वताउनु भयो ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य यमराज पाण्डे , अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कल्पना भाट , नेपाल तरुण दलका रुपन्देही सदस्य भवानीप्रसाद सर्मा ,अखिल नेपाल महिला संघ क्रान्तिकारीका अवध राज्य समितिका संयोजक लक्ष्मी कोइराला , अखिल क्रान्तिकारीका रुपन्देही अध्यक्ष रश्मी वश्याल , युवा सञ्जालका सदस्यहरु शिव वानीया,चादनी नेपालका अध्यक्ष भवानीप्रसाद पाण्डेले वोल्दै युवा मैत्रि सोचाईले मात्र युवाका लागी काम गर्ने वताउनु भयो ।