भैरहवा भन्सार कार्यालयमा ६ महिनामा २.०९ प्रतिशतले राजस्व वृद्धि
सलमान खांन,भैरहवा, १९ माघ ।
मुलुककै दोस्रो ठुलो नाकाको रुपमा चिनिने भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७०/०७१को ६ महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्त सम्म कुल गरी १० अर्ब १७ करोड १ लाख ४ हजार ३२ रुपैयाा राजस्व संकलन गरेको हो ।
भन्सार कार्यालय भैरहवाले चालु आर्थिक बर्षको ६ महिनामा कुल जम्मा ९ अर्ब ९६ करोड ३ लाख ५ हजार ६७ रुपैयाा राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर कार्यालयले २० करोड ७८ लाख ६५ हजार रुपैयाा अर्थात २.०९ प्रतिशत उक्त लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत तेज मणि काफ्ले जानकारी दिए । उनल भने–“विभागले गत आर्थिक वर्ष को ६ महिनामा संकलन भएको राजस्व भन्दा चालु आ.वमा ४६ प्रतिशत बढी राजस्व उठाउन लक्ष्य दिएको थियो र यस कार्यालय त्यो लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।”
कार्यालयले साउन महिनामा १५ लाख १० हजार ९ सय ५९ रुपैयाा ८६ पैसा राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । त्यसैगरी भदौ महिनामा १७ लाख ४१ हजार २ सय ९३ रुपैयाा ५३ पैसा राजस्व संकलन भएको छ । असोजमा १६ लाख ३५ हजार २ सय ८९ रुपैयाा ९१ पैसा, कार्तिकमा १६ लाख ११ हजार ३ सय ४५ रुपैयाा २ पैसा, मंसिरमा १७ लाख ६४ हजार १ सय ७८ रुपैयाा ६७ पैसा, यसैगरी पुस १९ लाख ८ हजार ३ सय ७२ रुपैयाा ५ पैसा राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालय भैरहवाले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७०/०७१ मा भैरहवा नाका बाट औद्योगिक कच्चा पदार्थ, सवारी साधन र पेट्रोलियम पदार्थ आदि जस्ताको आयात बढी भएको हुदाा राजस्व संकलनमा वृद्घि भएको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत तेज मणि काफ्ले जानकारी दिए ।