|

नर्मदेश्वर खैरिया प्रा.वि.को. सेवाक्षेत्र खूल्ला दिसामुक्त क्षेत्र घोषणा

ईश्वरी प्रसाद आचार्य,रुपन्देही (पौष १,२०६९) । टिकुलीगढ गा.वि.स.वडा नं. ८ मा रहेको नर्मदेश्वर खैरिया प्रा.वि.को सेवा क्षेत्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । उक्त विद्यालयको सेवा क्षेत्रका ४३५ घरधुरीमा शौचालय निर्माण भए पछि खूल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । यस घोषणावाट टिकुलीगढ गा.वि.स.को वडा नं. ८ पुरै खुल्ला दिसामुक्त क्षेत्र घोषण भएको छ भने वडा नं. १ को केही भाग र वडा नं. ६ को मदाहा पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । टिकुलगिढ गा.वि.स.मा विद्यालय सेवा क्षेत्रलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने पहिलो विद्यालय दुर्गा मा.वि. पछि यो विद्यालय दोश्रो हुन पुगेको छ ।

घोषणा सभाको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अष्ठभूजाप्रसाद चौधरीेले गर्नु भएको थियो भने प्रमुख अतिथि ख्(ध्ब्क्ज्(ऋऋ का अध्यक्ष विनोद ज्ञवाली हुन ुहुन्थ्यो । विशिष्ट अतिथि नेपाल रेडक्रश सोसाईटी रुपन्देहीका उपाध्यक्ष दिपक क्षेत्री न्यौपाने रहनु भएको थियो । अतिथिहरुमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईश्वरी प्रसाद आचार्य तथा गा.वि.स. भित्रका विद्यालयको प्रधानाध्यापकहरु रहनु भएको थियो । प्राय सवै वक्ताहरुले सवै घरमा शौचालय निर्माण गरी टिकुलीगढ गा.वि.स. लाईनै खूल्ला दिसामुक्त गा.वि.स. वनाउनु पर्नेमा जोड दिएका थिए भने खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका ईश्वरी प्रसाद आचार्यले राष्ट्रले सन् २०१७ सम्म देशलाई नै खुल्ला दिसा घोषणा गर्ने अठोट गरेको सन्दर्भमा टिकुलीगढको यस विद्यालयले गरेको प्रगति सराहनीय छ भन्दै आयोजकलाई धन्यवाद र वधाई व्यक्त गर्नु भएको थियो ।

विशिष्ट अतिथि तथा रेडक्रश रुपन्देहीका उपाध्यक्ष दिपक क्षेत्री न्यौपानेले नर्मदेश्वर खैरिया प्रा.वि.र दुर्गा मा.वि. खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुन  सफल भएकोमा  दुवै विद्यालयलाई  दश— दश  हजारको चेक हस्तान्तरण गर्नु भएको थियो । नर्मदेश्वर प्रा.वि.को हाता भित्र भएको यस कार्यक्रमको संचालन सोहि विद्यालयकी शिक्षक राधा ढकालले गर्नु भएको थियो ।

Posted by Butwalonline on 3:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नर्मदेश्वर खैरिया प्रा.वि.को. सेवाक्षेत्र खूल्ला दिसामुक्त क्षेत्र घोषणा"

Leave a reply