कल्याणकारीको अध्यक्षमा अर्याल यमलाल भुसाल
बुटवल, पुस १ - कल्याणकारी वहुउद्देश्य सहकारी संस्था लिमिटेडको बाह्रौ साधारणसभा तथा पाचौ अधिवेशनबाट डोलप्रसाद अर्याल अध्यक्ष रहेको नया कार्य समिति निर्विरोध चयन भएको छ ।
समितिको उपाध्यक्षमा रामप्रसाद पाण्डे, सचिवमा लक्ष्मण आचार्य क्षत्री र कोषाधयक्षमा दोलप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ ।
समितिको कार्य समतिको सदस्यहरुमा नुमा थापा, विमला श्रेष्ठ, ज्ञानप्रसाद अर्याल,दिलाराम राना,देउप्रसाद पुन र टंककुमार खड्का निर्वाचित हुनुभएको छ।
त्यस्तै लेखा संयोजकमा ज्ञानेन्द्र न्यौपाने र सदस्यमा बाबुराम अर्याल,कमला ज्ञवाली चयन हुनुभएको छ । संस्थाको मुल्याङ्कन समितिमा भरथ गिरी संयोजक र गोमा ज्ञवाली, यज्ञ पंगेनी र प्रकाश गिरी सदस्यमा चयन हुनुभएको छ । त्यस्तै शिक्षा उपसमितिमा रामचन्द्र रिजाल र अनिता अधिकारी चयन हुनुभएको छ । समितिको अतिरिक्त क्रियाकलाप उपसमितिमा काशीराम न्यौपाने संयोजक र मोहनीलाल रिजाल,केशरी भण्डारी र विकास श्रेष्ठ सदस्यमा चयन हुनुभएकोछ । निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिमा जीवनारायण अधिकारी, निर्वाचन आयुक्त र यमलाल भुसाल र पवित्रा गैरे सदस्य रहनुभएको थियो ।