|

पश्चिमान्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिता बुटवलमा शुरु

बुटवल,पुस १ - बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा आजदेखि बुटवलमा दोस्रो पश्चिमान्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।  बुटवल १३ पवित्रनगरस्थित नव दिलिप कभर्ड हलमा पुस ३ गतेसम्म चल्ने प्रतियोगिताको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले उद्घाटन गर्नुभएको हो ।  सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले मानव स्वास्थ्य र शारिरीक तन्दुरुस्तीका लागि ब्याडमिन्टन खेल निकै उपयोगी भएको चर्चा गर्दै राजयले गर्नुपर्ने काम क्लबले निजी स्तरबाट गरेर ब्याडमिन्टन खेलको विकासका महत्वपुर्ण योगदान पुराएको बताउनुभयो ।

उद्घाटन समारोहमा क्लबका अध्यक्ष  श्यामबहादुर पुन, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष एवं उद्योगी ध्रुवकुमार श्रेष्ठ, ब्याडमिन्टनका वरिष्ठ प्रशिक्षक धर्मलाल प्रधान, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, प्रतियोगिताका  प्रायोजक जीप्पर क्लोथिङ स्टोरका संचालक दीपक श्रेष्ठ,क्लबका सल्लाहकार होमबहादुर गलामी लगायतले सरकार र स्थानीय निकायले ब्याडमिन्टन खेललाई उपेक्षा गरेको गुनासो गर्दै सबै खेललाई समानरुपमा हेर्नुपर्ने र लगानी गर्नुपर्नेमा जोड दिएका थिए । प्रतियोगिताका संयोजक प्रतिक पोखरेलको स्वागत तथा क्लबका सचिव रमेशबहादुर थापाको संचालनमा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष इन्द्रलाल श्रेष्ठले बुटवलमा ब्याडमिन्टन खेलको विकास र प्रतियोगिताका विषयमा प्रकाश पार्नुुभएको थियो ।   प्रतियोगितामा पश्चिमान्चलका १६ जिल्लाका साथै चितवन र मकवानपुरबाट समेत गरी एक सय १५ टिमका २ सय बढी खेलाडीले भाग लिएको प्रचार प्रसार संयोजक दिलिप गौचनले जानकारी दिनुभयो ।  प्रतियोगिता अन्तर्गत मेन्स डबल, मेन्स सिंगल र  भेट्रान्स समुहमा खेल खेलाइएको छ ।

करिब १० लाख रुपैयां खर्च हुने प्रतियोगिताको  मेन्स डबलतर्फ विजेताहरुलाइ ३० हजार र उपविजेतालाई २० हजार,,मेन्स सिंगलतर्फ विजेतालाई २० र उपविजेतालाई १० हजार तथा  भेटान्स तर्फ विजेतालाई ३० र उपविजेतालाई २० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।



Posted by Butwalonline on 3:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पश्चिमान्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिता बुटवलमा शुरु"

Leave a reply