खेतमा एक किशोरको शव फेला पर्यो


सिरहा, वैशाख ३१ - गाढा ५ स्थित मनिकलाल यादवको खाली खेतमा आइतबार अपरान्ह एक किशोरको शव फेला परेको छ ।  उक्त शव महदेवा पोर्ताहा २ का दशैलाल महतोको १४ बर्षीय छोरा दिनेश महतोको रहेको प्रहरी निरीक्षक राजकुमार शाहीले बताए ।
मृतक महतो शुक्रबार साँझ दिसा गर्न गएको समयदेखि हराईरहेको र आज शव फेला परेको प्रहरी निरीक्षक शाहीले बताए । मृतक महतोको नाक र कानबाट रगत निस्केको र सोही कारण मृत्यु भएको हुनसक्ने उनले बताए ।
यसैबीच, इलाका प्रहरी कार्यालय महेशवारीका प्रहरी नायब निरीक्षक मित्र गुरुङ्गका अनुसार मृतक महतोले स्थानीय एक जना केटीलाई चिठ्ठी दिएको र सोही कारण शुक्रबार ११ बजे बिहान स्थानीय दशरथ यादवलगायत तीन जना ब्यक्तिले कुटपिट गरेको थियो । यादवलगायतका ब्यक्तिहरुको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजेशलाल कर्णले बताए ।

6:31 PM | Posted in | Read More »

गहना लुट्न हत्या गर्ने दुई हत्यारा सार्वजनिक

मुक्तिप्रसाद न्यौपाने,पाल्पा,वैशाष २९ - चिर्तुङधारा गाविस वडा नम्वर ८ निवासि ७० वर्षिय भुनिकला गाहा र ६५ वर्षिय कुमारी गाहाको हत्या गर्ने दुईजना हत्यारालाई शुक्रबार पत्रकार सम्मेलनबाट सार्वजनिक गरिएको छ ।

घर नजिकैको जंगलमा दिउसो गाइ बाख्रा चराउन निस्किएका दुई वृद्धालाई हत्या गर्ने तानसेन नगरपालीका भगवतिटोल बस्ने १७ वर्षिय रोहित शाही र अर्धाखाँची घर भई तानसेनमा डेरा गरी बस्ने तुलसी विक सार्वजनिक भएकाहुन् । दुवैजनाले मिलेर हत्या गरेको स्वीकार गरेको प्रहरी नायव उपरिक्षक मीरा चौधरीले बताईन् । उनीहरुको साथबाट लुटेका गहना बरामद गरिएको छ । 

सदरमुकाम तानसेनबाट पाँच किलोमिटर टाढा बाटोमा हत्या गरिएका अवस्थामा दुवै वृद्धाको लाश वैशाष २२ गते भेटिएको थियो। दुवै हत्यारालाई प्रहरी शुक्रबार विहान ४ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई हिरासतमै राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

2:13 PM | Posted in , , | Read More »

जन्मिने वित्तिकै जिउँदै छोरो फ्याक्ने आमा पक्राउ


नुवाकोट,वैशाख २९-अवैध गर्भधारणबाट जन्मिएको नवजात शिशुलाई फ्याक्ने नुवाकोट हल्देकालिका- ४ जामुनेकी १७ वषिर्या सरिता राई सहित चार जनालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ ।
आफ्ना दाजुसंगको अवैध सम्वन्धबाट जन्मिएको छोरालाई उनले जन्मिने वित्तिकै जिउँदै फ्याकेकी थिईन । शिशुको स्थानिय चुन्नु बेगमको सहयोगमा काठमाडौँमा उपचार भइरहेको छ ।
स्थानीय साहिला राइकी १७ वषिर्या छोरी सरिता राई र उनको माहिलो बाबुका छोरा १९ वषिर्य विकास राईको सम्वन्धबाट शिशु जन्मेको बताइएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
गत मंगलबार जन्मिएको बच्चालाई उनीहरुले स्थानिय गणेश उच्च माविको पछाडि रहेको रातो माटोको खाल्डोमा फालेर भागेका थिए ।
समाचार ओंलाइन खबर बाट

6:06 AM | Posted in , | Read More »

सामूहिक बलात्कारको अभियोगमा तीन जना पक्राउ

राजविराज, वैशाख २५- बलात्कारको अभियोगमा प्रहरीले सप्तरीबाट तीन जनालाई पक्राउ गरेको छ। पीडित महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक कुशबहादुर थापाको नेतृत्वमा खटिएको प्रहरीको गस्ती टोलीले तीन युवकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा रम्पुरा मल्हनिया–९ का २३ वर्षीय कपिल यादव, राजविराज–४ का २० वर्षीय विजय भन्ने दिवाकर दास र राजविराज–७ बस्ने २० वर्षीय मो. अनबारुल छन्। पीडित महिलाको सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीन जनासहित पाँच जनाले राजविराज–९ स्थित भलुवाही डिलमा गत वैशाख २२ गते ती महिलालाई सामूहिक बलात्कार गरेको भन्दै पीडितले गत शुक्रबार जाहेरी दर्ता गराएकी थिइन्। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका तीन जनामाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए। 

पक्राउ परेका तीनैलाई अनुसन्धानका लागि आज सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी नियन्त्रणमा राखिएको र अन्य फरार दुईको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ। 
- रासस

8:34 PM | Posted in , | Read More »

गुल्मीको हस्तिचौरमा बृद्ध दम्पत्तिको अज्ञात समूहद्वारा हत्या


गुल्मी, वैशाख २५ - अज्ञात समूहले आइतबारराति गुल्मीको हस्तिचौरमा बृद्ध दम्पत्तिको हत्या गरेको छ ।प्रहरीका अनुसार हस्तिचौर गाविस-६ राम्चेका ७७ वर्षीय झविलाल वि.क. र उनकी ७४ वर्षीया श्रीमती सेती वि.क.का. हत्या भएको हो । एक विवाहित छोरी मात्र रहेकी बृद्ध दम्पत्ति अत्यन्तै विपन्न परिवारका हुन् ।
घरमा दुई जना मात्र भएको र दैनिक आरनी पेशाबाट ज्यान पाल्दै आएका थिए । घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारका अनुसार दुवै बृद्धको टाउको र कन्चटमा फलाम कुट्ने हथौडाले हानेर हत्या गरिएको छ ।
हत्या किन र कसले गर्‍यो भन्ने बारेमा अनुसन्धान भै रहेको बैदवारले जानकारी दिए भएका छन् । हस्तिचौरको एकान्तमा घर भएको र झबिलाले धामीझाँक्रीको पनि काम गर्ने भएकाले आज विहान झारफुकका लागि गएकाहरुले बोलाउँदा भित्र कोही नबोलेपछि खोज्दा हत्या गरेको अवस्थामा फेला पारेको स्थानीय राममल्ल ठकुरीले जानकारी दिए । प्रहरीले घटनास्थल पुगेर थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
समाचार कांतिपुर दैनिक बा

5:21 PM | Posted in , | Read More »

मलेसियामा फेरी एक नेपालीद्वारा आत्महत्या


क्वालालम्पुर,मलेसिया, वैशाख १५ - पेनाङस्थित जावेल कम्पनीमा कार्यरत खगेन्द्र बहादुर लिम्बुले बिहीबार साँझ झुण्डिएर आत्महत्या गरेका छन् । झापा घर भएका उनले ट्वाइलेटमा रहेको  झ्यालमा डोरी लगाई झुण्डिएर आत्महत्या गरेको त्यहाँ कार्यरत अनिश राईले बताए । 
उनका अनुसार आत्महत्याको कारण अझै खुलेको छैन । शवलाई हाल पोस्टमार्टमका लागि एक स्थानीय अस्पतालमा राखीएको छ । शवलाई नेपाल पठाउनेबारे प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
बिहीबार बिहानमात्र कोतारायस्थित परदेशी रेष्टुरेण्ट अवस्थित चारतले भवनमाथिबाट हाम फालेर साशेरबहादुर लिम्बुले आत्महत्या गरेका थिए ।
समाचार कान्तिपुर दैनिक बाट 

7:48 AM | Posted in , , | Read More »

अपहरण पछि व्यवसायीको हत्या

काठमाडौं, वैशाख १५ - एक महिनाअघि काठमाडौंबाट अपहरणमा परेका गोरखाका व्यवसायी प्रकाश पन्तको हत्या भएको छ। अपहरणकारीले बेहोस हुने ट्याबलेट खुवाएर हत्या गरेको प्रहरी निष्कर्ष छ। पक्राउ अभियुक्तको बयानका आधारमा प्रहरीले पन्तको शव बिहीबार ककनीमा गाडिएको अवस्थामा फेला पार्‍यो।प्रहरीले अपहरण र हत्यामा संलग्न अभियोगमा भिम तामाङ, सोम श्रेष्ठ, कामानन्द खड्का र रत्न लामालाई पक्राउ गरेको छ। भिम काठमाडौंमा पक्राउ परेका हुन्। अन्य तीन अभियुक्तलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतमा समातेको थियो।

अनुसन्धान स्रोतका अनुसार दाङको सिमेन्ट कारखानालाई चुनढुंगा बेच्दै आएका ५० वर्षीय पन्त चैत १२ गते अपहरणमा परेका थिए। उनी पूर्वसैनिक हुन्। उनलाई अपहरणकारीले युवती प्रयोग गरेर चाबहिलको ग्रिनल्यान्ड क्याबिन पुर्‍याएका थिए। अपहरण सजिलो पार्न पेय पदार्थमा बेहोस हुने औषधि मिसाएर खुवाए। डोज बढी भएकाले उनको मृत्यु भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए। त्यसै रात १० बजे उनीहरूले पन्तको शव ककनी पुर्‍याएर गाडेको खुलेको छ।
सेनाबाट अवकाश पाएका पन्त हराएको जानकारी महानगरीय प्रहरी अपराध महाशाखामा आएपछि विशेष टोली परिचालित भएको थियो। उक्त टोलीले केही दिनअघि काठमाडौंमा भिमलाई पक्राउ गरेपछि अपहरणकै दिन हत्या भएको खुलेको हो।


अनुसन्धान क्रममा अपहरणमा संलग्न केही व्यक्ति नेपाल-भारत सीमाबाट करिब ४० किलोमिटरभित्र मध्यपुरामा रहेको सूचनाका आधारमा काठमाडौंबाट टोली गयो। टोलीले बुधबार सोम, कामानन्द र रत्नलाई त्यहीँ पक्राउ गरी काठमाडौं ल्याएको थियो। 

प्रहरी अधिकारीका अनुसार भिम पटकेचोर हुन्। उनी यसअघि चोरी अभियोगमा पक्राउ परी तीन वर्ष कारागार बसेका थिए। सोम पूर्वसैनिक रहेको विश्वस्त स्रोतले बतायो। पक्राउ अभियुक्तहरूले सुरुमा पन्तको पैसा लुट्ने र बेहोस बनाएर गेस्ट हाउसमा बन्धक राखेपछि परिवारका सदस्यसँग फिरौती असुल्ने योजना बनाएको बयान दिएका छन्।पन्तसँग प्रशस्त पैसा भएको र धादिङमा होटल चलाएर बसेकी उनकी श्रीमतीबाट पनि राम्रो फिरौती असुल्न सक्ने ठानेको अभियुक्तहरूले बताएका छन्। 'औषधि खुवाएर बेहोस बनाउने मात्र योजना थियो,' कामानन्दको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'औषधिको डोज धेरै भएछ, बेहोस भएपछि उठ्दै उठेन।'अपहरणमा संलग्न अन्य अभियुक्त खोजीकै क्रममा रहेको भन्दै महाशाखाका अधिकारीले घटनाबारे केही बताउन चाहेनन्। 
समाचार नागरिक न्युज बाट 

7:32 AM | Posted in , | Read More »

अपहरित महिला २४ घण्टापछि मुक्त

रौतहट, वैशाख १४-रौतहटको औरैया ९ पिपराटोलबाट गएराति  अपहरणमा परेकी एक महिलालाई २४ घण्टापछि प्रहरीले सकुशल उद्धार गरेको छ । औरैया ९ की ५५ वर्षीया उषा झालाई विहीबार गौर नगरपालिका ७ बाट प्रहरीले उद्धार गरेको हो । बुधवार राति घरमा एक्लै रहेको मौका छोपेर १० जनाको समूहले घरबाटै अपहरण गरेको थियो । अपहरणकारीले शुरुमा घरबाट नगद तथा गहना लुटे पछि आफूलाई पनि घरबाट अपहरण गरेको महिलाले बताएकी छिन् ।  अपहरणकारीले उषा कै मोबाइलबाट परिवारसँग ५० लाख रुपैया समेत मागेका परिवारले बताएका छन् ।उषालाई  परिवारको जिम्मा लगाइएको तथा अपहरणकारीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका  प्रहरी नायब उपरीक्षक चक्र बहादुर सिंहले जानकारी दिए ।
समाचार कारोबार दैनिक 

8:35 PM | Posted in , | Read More »

अपहरण गरी भारत पुर्‍याइएका युवक सकुशल मुक्त,तीन अपहरणकारी पक्राउ

 काठमाडौँ, वैशाख १३-  अपहरण गरी भारत पुर्‍याइएका काठमाडौँ सतुङ्गलका युवक सुरेश महर्जनलाई प्रहरीले सकुशल मुक्त गरी तीन जना अपहरणकारीलाई पक्राउ गरेको छ। घुम्न जाने बहानामा भारत, रुपइडिहा पुर्‍याएर बन्धक बनाइएको थियो। चैत १९ गते अपहरणमा परेका महर्जनको रिहाइका लागि अपहरणकारीले तीन करोड फिरौती रकम माग गरेका थिए। महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले भारतीय प्रहरीसँग समन्वय गरी बुधबार उनलाई भारतीय भूभागबाट अपहरण मुक्त गरेको हो। 

महाशाखाका प्रमुख देवेन्द्र सुवेदीका अनुसार अपहरणमा संलग्न तीन जना नेपाली पक्राउ परेका छन्। अपहरणमा अन्य व्यक्ति पनि संलग्न रहेको देखिएको उनले बताए। पक्राउ परेका अपहरणका अभियुक्त र पीडितलाई प्रहरीले काठमाडौँ ल्याउँदैछ।
समाचार नागरिक न्यूज बाट 

5:56 PM | Posted in , | Read More »

८ वर्षीय बालिकाको बलात्कारपछि हत्या

धनगढी, चैत २७ - कैलालीको खैरला गाविस १ की८ वर्षीय  बालिकाको बलात्कारपछि हत्या गरिएको छ। बालिका कृष्ण नेपालीलाई १३ वर्षीय नरबहादुर सावदले वलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ।कैलाली प्रहरी उपरीक्षक वसन्त पन्तका अनुसार घर नजिकैको खोलामा नुहाउन गएको समयमा बालिकाको वलात्कार भएको थियो। बालिकाले घरमा भनिदिने बताएपछि घाटी थिचेर मारेको अभियुक्त सावदले स्वीकार गरेको पन्तले जानकारी दिए। बालिकाको शब आज बिहान ४ बजे भेटिएको हो।
स्रोत :नागरिक न्यूज 

7:22 AM | Posted in , | Read More »

ठिमुरे हत्याकाण्डका आरोपी ताराबहादुर बलामीलाई जन्मकैद

पाल्पा, चैत्र २६ - ठिमुरे हत्याकाण्डका आरोपी ताराबहादुर बलामीलाई जिल्ला अदालत पाल्पाले आइतबार जन्मकैदको फैसला सुनाएको छ । २०६७ माघ २६ गते पाल्पाको ठिमुरेमा चार जनाको ज्यान लिने गरी भएको हत्याकाण्डका आरोपी बलामी गत वैशाखदेखि पुर्पक्षका लागि थुनामा थिए । आरोपी चार जना सैनिक भए पनि तीन जनालाई भने अहिलेसम्म कानुनी दायरामा ल्याइएको छैन । अभियोग मागदाबी बमोजिम मुख्य अभियुक्त बलामीलाई मुलुक ऐन ज्यानसम्वन्धी महलको १३ (१) बमोजिम जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजालसले जन्मकैदको फैसला सुनाएको हो । ठिमुरेका प्रेमबहादुर बगाले समेतको जाहेरीले कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । नेपाल सरकारका तर्फबाट तत्कालीन जिल्ला न्यायाधिवक्ता खडानन्द गौतम र बहालवाला जिल्ला न्यायाधिवक्ता तोयनाथ पौडेलले बहस गरेका थिए । प्रतिवादीतर्फबाट कानुनव्यवसायी बुद्धबहादुर थापा र डिल्लीबहादुर कार्कीले बहस गरेका हुन् । हत्यकाण्डमा आरोपितलाई घर जाने बाटो देखाउने अर्की प्रतिवादी सिर्जना परियारलाई २० रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । गत वैशाखमा परियारलाई मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय ५ (१०ं) बमोजिम सय रुपैयाँ धरौटीमा अदालतले छाडेको थियो । फैसलामा तत्कालीन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवीन भण्डारी र पाल्पाका प्रहरी नायव उपरीक्षक पवन गिरीलाई उचित अनुसन्धान नगरेकाले सचेत गराउन भनिएको श्रेष्तेदार विश्वप्रसाद रेग्मीले बताए । स्रोत :कान्तिपुर दैनिक

6:12 PM | Posted in , | Read More »

टयाक्टरमा लोड गरिएको काठमा मोटरसाइकल ठोक्किदा दुईको मृत्यु


टीकापुर, चैत्र २४ - सुदुर पश्चिम स्तरिय एमालेको आम सभाबाट र्फकने क्रममा एमालेका दुई जना कार्यकर्ताको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
कैलालीको अत्तरियाबाट लम्की र्फकदै गर्दा बलिया गाविस-८ का सन्तोषकुमार शाह र जंग विक सवार से १ प ६२१६ नम्बरको मोटरसाइकल बलिया गाविसको भल्का नजिक विहिबार साढे १० बजे दुर्घटना भएको हो ।
कैलालीको बलचौरबाट मुक्त कमैयालाई उपलव्ध गराएको काठ चिरानका लागि सःमीलमा लैजादै गरेको से १ त २६३२ नम्बरको टयाक्टरमा लोड गरिएको काठमा ठोक्किदा उनीहरुको घटनास्थलमै मृत्यु भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मृतक जंग विक एमाले कैलाली क्षेत्र नं २ का क्षेत्रिय उपाध्यक्ष र सन्तोषकुमार शाह एमाले गाउ समिति सदस्य रहेका जनाइएको छ ।एमाले कार्यकर्ता तथा उनीहरुका आफन्तले पुर्वपश्चिम राजमार्गको लम्की सडक खण्डमा चक्का जाम गरेका छन् । 
स्रोत :कान्तिपुर न्युज 

11:05 AM | Posted in , | Read More »

ट्रकको ठक्करबाट आमाछोरीको मृत्यु


नेपालगन्ज, चैत्र २४ - ट्रकको ठक्करले बिहीवार राति आमाछोरीको मृत्यु भएको छ । आमाको घटनास्थलमा र ४ वर्षीया छोरीको उपचारका क्रममा राति पौने १२ बजेतिर मृत्यु भएको हो ।
नेपालगन्जको प्रहरी तालिम केन्द्र नजिक साढे ६ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकले किच्दा कारकादो ९ वस्ने २० वर्षीया माधुरी मिश्राको घटनास्थलमै मृत्यु भएको थियो । उनकी ४ वर्षीया छोरी मधुको नेपालगंज नर्सिङ्गहोममा उपचारका क्रममा राति पौने १२ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उदय तामाङले बताए । पैदल हिडिरहेका आमा छोरीलाई ना.२ ख. ९२७४ नं. को ट्रकले ठक्कर दिएको थियो ।
प्रहरीले ट्रक चालक सल्यान धनवाङ्ग किमुचौर १ का २४ वर्षीय बाबुराम बुढालाई पक्राउ गरेको छ । नेपालगंज देखि कोहलपुर तर्फ जादै गरेका बेला ट्रकले बटुवालाई ठक्कर दिएको थियो । घटनाको बिरोधमा राती स्थानीयले केहि समय नेपालगन्ज-कोहलपुर सडक खण्ड अबरुद्ध पारेका थिए र राती नै सडक खुलाईएको पनि प्रहरीले जनायो ।
स्रोत :कान्तिपुर दैनिक 

7:33 AM | Posted in , | Read More »

विश्वविद्यालयमा पूर्वविद्यार्थीले गोलीहानी नेपालीसहित सात जनाको हत्या

काठमाडौं, चैत २२ - अमेरिकाको क्यालिफोर्नियास्थित एउटा विश्वविद्यालयमा पूर्वविद्यार्थीले जथाभावी गोली चलाउँदा नेपालीसहित सात विद्यार्थी मारिएका छन्।ओकल्यान्डको ओइकोस विश्वविद्यालयमा भएको उक्त गोलीकान्डमा नेपाल, कोरिया, फिलिपिन्स, नाइजेरियाका विद्यार्थी मारिएको त्यहाँका प्रहरी प्रमुख जोन हवार्डलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।  प्रहरीका अनुसार कोरियाली मूलका अमेरिकी नागरिक वान गो ले सोमबार बिहान कक्षा कोठामा छिरेर जथाभावी गोली चलाउँदा पाँचजनाको घटनास्थल र दुईको अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार तीन विद्यार्थी घाइते भएका छन्। गोली चलाएर भागेका आक्रमणकारीले पछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। आक्रमणकारी विश्वविद्यालयको प्रशासकसँग असन्तुष्ट रहेको र बदला लिने मनसायले यस्तो गरेको प्रहरी प्रमुख जोर्डनले बताए। 

प्रत्यक्षदर्शीहरूका अनुसार उनले कक्षामा छिरेर सबैलाई भित्तामा घोप्टिन लगाएर एकएक गर्दै गोली हानेका थिए। 'उनले कक्षामा छिरेर म तिमीहरूलाई मार्न आएको हुँ, भित्तातिर फर्केर लाइन लाग भन्यो,' एक प्रत्यक्षदर्शी विद्यार्थीले स्थानीय सञ्चार माध्यमसँग भनेकी छन्, 'हामीले सुरुमा जिस्केको ठानेका थियौं।'
स्रोत :नागरिक न्यूज 

7:43 AM | Posted in , , , | Read More »

श्रीमतीको गुप्तांगमा भालाप्रहार गरि हत्या


ताप्लेजुङ , चैत्र २१ - श्रीमानले गरेको भाला प्रहारबाट घाइते चाँगे गाविसकी एक महिलाको उपचार क्रममा मृत्यु भएको छ । चाँगे ८ की अमृता लिम्बुको विराटनगरबाट धरान लैजाने क्रममा आइतबार निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लामा उपचार सम्भव नभएपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार नहुने भन्दै रेफर गरेपछि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । शनिबार विवाद हुँदा नरबहादुर साँवाले सुँगुर मार्न प्रयोग गरिने फलामको भाला गुप्तांगमा प्रहार गरेका थिए ।

प्रहरी नियन्त्रणमा रहेका साँवाका अनुसार उनले प्रहार गरेको भाला अमृताको गुप्तांगभित्र पसेको थियो । छोराछोरीले झगडा भएको हल्ला गरेपछि उनलाई उपचारका लागि चाँगेको दोभान पुर्‍याइएको थियो ।

'मैले सिक्किम जानका लागि पैसा मागेँ, उसले गुन्यू उचालेर देखाई, रिस उठेर त्यहीबेला छेवैमा रहेको भाला उचालेर हान्दा भित्र पस्यो,' साँवाले भने । तुरुन्तै रगत नआएको र सामान्य अवस्थामा रहेकाले उनको मृत्यु भएको हुन नसक्ने दाबी साँवाले गरेका छन् । १ देखि २६ वर्षसम्मका ५ छोराछोरीका बाबु उनले दाजुकामा जान ३ हजार मागेको बताए ।
स्रोत :कांतिपुर दैनिक 

7:40 AM | Posted in , | Read More »

विदेशका आफन्तको ठेगाना दिँदा लागू औषध मुद्दा


काठमाडौ, चैत्र १७ - परिचित कसैले सामान पठाउन विदेशस्थित आफन्तको ठेगाना मागे होस पुर्‍याउनुहोला । तपाईंले दिएको ठेगानामा लागूऔषध पुगेर विदेशमा रहेका आफन्त जेल पर्न पनि सक्छन् । लागूऔषध कारोबारीले चिनजानका व्यक्तिको विदेशमा रहेका आफन्तको ठेगानामा लागूऔषध पठाएर कारोबार गर्ने गरेको पाइएको छ ।

सामान पठाउने नाममा चरेस पठाइदिएका कारण गत फेब्रुअरीमा जापान र क्यानडामा दुई नेपालीले लागूऔषध कारोबारीको अभियोग खेप्नु पर्‍यो । नाता पर्ने राजकुमार चौहानको अनुरोधमा सामान बुझेकै कारण जापानको फुकुओकामा बस्ने राजीव छेत्री -नाम परिवर्तन) झन्डै २ महिना त्यहाँको प्रहरी हिरासतमा बस्नु पर्‍यो । लागूऔषधको कारोबारमा उनको कुनै संलग्नता नरहेको प्रमाण नेपाल प्रहरीले दिएपछि उनी आइतबार तारेखमा छुटेका छन् ।

क्यानडाको एउटा विश्वविद्यालयमा प्राध्यापन गर्ने एक नेपालीको घरमा कुरियरमार्फत २१ किलो चरेस पुगेपछि उनी अनुसन्धानको घेरामा छन् । त्यहाँको प्रहरीले उनको पासपोर्ट जफत गरेको छ । लागूऔषध कानुन कार्यान्वयन इकाईका अनुसार एउटा गिरोहले दिल्लीबाट कुरियर गरी चरेस ओसारपसार गर्ने गरेको खुलेको छ । उक्त गिरोहले नेपालबाट दिल्ली पुर्‍याइएको चरेस कुरियर गरी गन्तव्यमा पुर्‍याउने गरेको छ ।

गिरोहका सदस्यले चिनजानका व्यक्तिको विदेशमा रहेका आफन्तको खोजी गर्छन् । लागूऔषध पुर्‍याउनुपर्ने गन्तव्यमा चिनजानका व्यक्तिको कोही आफन्त रहेछ भने जरुरी सामान पठाउनु छ भनेर ठेगाना माग्छन् । 'कुरियरबाट आएको बुझेर सघाउन अनुरोध गरी तिनले चरेस पठाउने गरेको खुलासा भयो,' इकाईका डीआईजी यादव अधिकारीले भने, 'विदेशमा सामान पुगेपछि सुरक्षा निकायले थाहा नपाएको विश्वस्त भए मात्र तिनले सामान लिन आफ्ना मान्छे पठाउँछन् ।'

नाता पर्ने राजकुमारले साथीले कुरिअर गरी पठाएको सामान बुझिदिनु उसको मान्छेले सम्पर्क गरी लैजान्छ भनेपछि राजीवले हुन्छ भने । फेब्रुअरीको पहिलो दिन भारतको दिल्लीबाट कुरियर गरेको सामानको पोको उनको घरमा पुग्यो । तर पाँचौं दिन जापानी प्रहरीले खानतलासी गर्दा चार किलो चरेस फेला परेपछि उनी हिरासतमा पुगे ।

इकाईका एसएसपी नवराज सिलवालका अनुसार विकसित मुलुकका विमानस्थलमा कुरियरबाट प्रतिबन्धित वस्तु फेला परे पनि प्रहरीले गिरोहसम्म पुग्न ती वस्तुलाई गन्तव्यसम्म पुग्न दिन्छन् । फुकुओकामा राजीवको घरमा भित्रिएको चरेस लिन आउनेलाई समात्न प्रहरीले पाँच दिन निगरानी गरेको थियो । तर कोही नआएपछि पाँचांै दिन चरेस बरामद गर्‍यो । 'यसबीचमा उक्त चरेस बुझ्न आउनुपर्ने व्यक्तिले राजीवको घरमा टेलिफोन गरेका थिए,' सिलवालले भने, 'तर प्रहरी निगरानीको आशंकामा सामान लिन गएनन् ।'

त्यसपछि राजीवको यहाँस्थित परिवारले खबर गरेपछि इकाईले सुरुमा राजकुमारसँग सोधपुछ गर्‍यो । राजकुमारले दिल्लीमा बस्ने साथी सुवास अधिकारीको अनुरोधमा जापानमा कुरा गरी ठेगाना दिएका रहेछन् । भारतीय प्रहरीमार्फत अधिकारीसँग सोधपुछ गर्दा उनले आफ्नो जिल्ला नुवाकोटका दिल्ली बस्ने साथी रेमबहादुर तामाङले अनुरोध गरेकाले सामान पठाउन सघाए पनि चरेस पठाउन थालेको थाहा नभएको बताए । रेमलाई पनि उक्त सामान नुवाकोटका अनिल तामाङ र चाम्ले तामाङलाई दिएको खुल्यो । 'तर पोकोमा लागूऔषध छ भन्ने कुरा रेमलाई चाहिँ थाहा थियो,' डीआईजी अधिकारीले भने । तर सुवास पक्राउ परेको भोलिपल्टदेखि मोबाइल अफ गरेका अनिल र चाम्ले पक्राउ परेका छैनन् ।

यसबीचमा नेपालबाट एकजनाले राजीवको घरमा टेलिफोन गरी सामान पुगे नपुगेको सोधेपछि चरेस पठाउने सञ्जालको थप गहिराइमा प्रहरी पुगेको छ । उक्त टेलिफोन गर्ने नुवाकोटकै जोक्ते तामाङ थिए । जोक्तेलाई नियन्त्रणमा लिएपछि उक्त सामान सोमबहादुर तामाङले पठाएको पत्ता लाग्यो । सोमबहादुर लागूऔषध मुद्दामा २०५९ सालमा पक्राउ परी जेल सजाय काटेपछि दिल्लीबाट कारोबारमा सक्रिय भएको डीआईजी अधिकारीले बताए । गिरोहले जापानमा बस्ने रेशम तामाङले पाउने गरी उक्त चरेस पठाएको खुलेको छ ।

अनुसन्धान टुंगोमा पुगिनसकेका कारण क्यानडामा प्राध्यापन गर्ने नेपालीकहाँ कसरी चरेस पुग्यो भन्ने जानकारी प्रहरीले गराएको छैन । फेब्रुअरी ७ मा ती प्राध्यापक बस्ने विश्वविद्यालयको क्वार्टरमा २१ किलो चरेसको कार्टुन पुगेको थियो । प्रहरीले तत्काल छापा मारेर उक्त चरेस बरामद गरेपछि विश्वविद्यालयले उनलाई क्वार्टरबाट निकालेको छ । 'अब कसैले सामान पठाउन विदेशका आफन्तका ठेगाना मागे नदिनु वेश,' अधिकारीले भने, 'विदेश ओहोरदोहोर गर्दा कसैले सामान पुर्‍याइदिनु भने सामान हेरेपछि मात्र बोक्नुपर्ने भयो ।'
स्रोत :कांतिपुर दैनिक 


5:28 AM | Posted in , | Read More »

राजधानीबाट बिहीबार एक किशोरीको 'फिल्मी' शैलीमा अपहरण


काठमाडौं, चैत्र १६ - राजधानीबाट बिहीबार एक किशोरीको 'फिल्मी' शैलीमा अपहरण भएको छ ।
भाइसँग कोटेश्वर महादेवस्थानमा इभिनिङ वाकमा निस्किएकी १४ वर्षीया सनम भण्डारी अपहरणमा परेकी हुन् । सेतो र‌ंगको भ्यानमा आएका अपहरणकारीले उनीसँगै रहेका १२ वर्षीय भाइलाई धकेलेर सनमलाई लगेका थिए । कालो सिसाको गाडीमा २ जना रहेको सनमका भाइले बताए । सनम ललितपुर एभिएम स्कुलमा कक्षा ८ मा पढ्दैछिन् ।
तिनकुने सुविधानगर परिवारसँगै बस्दै आएकी सनम अपहरणको खबर पाए लगत्तै प्रहरीले आफ्नो काम सुरु गरिसकेको छ । बुधबारमात्रै आमाले सनमले चलाउने गरेको मोबाइल अनावश्यक फोन आएको भनी खोसेर राखेकी थिइन् । प्रहरीले २-३ दिन यता आएका फोनको अध्यन गरेको छ । एएमएस धेरै चलेको र एएमएसमा के छ भन्ने थाहा भएपछि अनुसन्धान गर्न सजिलो हुने प्रहरीले बताएको छ ।
स्रोत :कान्तिपुर दैनिक 

4:51 PM | Posted in , | Read More »

घाँटीमा खुकुरी प्रहारगरि प्रेमिकाको हत्या


ललितपुर, चैत्र १६ - प्रेमिकाको हत्या गरेको अभियोगमा ललितपुर प्रहरीले २१ वर्षीय युवक सौगात ढकाललाई पक्राउ गरेको छ । कपिलबस्तुको तौलिहवा स्थायि ठेगाना भएका सौगातले ५ हप्ताकी गर्भवती प्रेमिका भावना कार्कीको हत्या गरेका हुन् । बानेश्वरस्थित एक कलसेन्टरमा कार्यरत भक्तपुर गट्ठाघरकी कार्की ज्वागलमा डेरा गरी बस्थिन् ।
एक सातादेखि कोठामा ताला लागेको र अप्रत्याशित दुर्गन्ध फैलिएको थाहा पाएपछि सोधखोज गर्दा घरधनीले सोधखोज गर्दा कार्कीको शव भेटिएको हो । घाँटीमा खुकुरी प्रहारबाट हत्या गरिएको कार्कीको शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेको ललितपुरका प्रहरी उपरीक्षक भोगबहादुर थापाले बताए । ‘परिचित व्यक्तिले नै हत्या गरेको हुनसक्ने आशंकाका साथ अनुसन्धान गर्दै जाँदा सौगातको संलग्नता भेटिएको हो,’ थापाले भने ।
घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार, भावनासँग नियमित भेटघाट र सम्पर्कमा रहेका सौगातले उनी पाँच हप्ताको गर्भवती भएको र आफूले विवाह गर्नैपर्ने स्थिति आएपछि हत्याको योजना बनाए । यसविचमा सौगातले एक नयाँ युवतीस“ग प्रेम सम्बन्ध अघि बढाइसकेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । ‘भावनाले मलाई जसरी पछि विहे गर्नुपर्छ भनेर प्रेमी सौगात र उसको आमालाई समेत दवाव दिन थालेपछि घटना भएको देखिन्छ,’ प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक अवधेश विष्टले भने ।
स्रोत :कान्तिपुर दैनिक 

4:47 PM | Posted in , | Read More »

नवजात शिशु हत्याको अभियोगमा एक नेपाली महिलालाई दश बर्ष जेल


न्युयोर्क, चैत्र १६ - नवजात शिशु हत्याको अभियोगमा अमेरिकाका एक नेपाली महिलालाई दश बर्ष जेल सजाय तोकिएको छ । न्युयोर्कको क्वीसमा बस्दै आएकी २३ बर्षीया दावा लामालाई क्वीन सुप्रिम कोर्टका न्यायाधीश लेनोरा जेराल्डले उक्त सजाय सुनाएका छन् । झण्डै एघार महिना अघि स्थानीय अलमोष्ट हस्पिटलको इर्मजेन्सी वार्डको शौचालयमा छोरी जन्माएर फोहर थुप्राने कन्टेनरमा फालेर लामा घर र्फकेकी थिईन् । त्यसको दुई घण्टापछि आफनो अपार्टमेन्टमा सुतिरहेको अवस्थामा उनलाई प्रहरीले पक्रेको थियो । हस्पिटलको सुरक्षाकर्मीले शौचालयमा रगतका दागहरु देखेपछि खोजनिती गर्दा बच्चा जिवित अवस्थामै फेला परेको थियो । उपचारको क्रममा भोलिपल्ट बच्चाको मृत्यु भएको थियो । 
नवजात शिशुको हत्याको अभियोगमा लामा माथि मुद्दा दायर भएको थियो । सोमबारको अदालतको निर्णय अनुसार लामाले १० बर्ष जेल सजाय भोग्नु पर्नेछ । सजायपछि उनीलाई नेपाल सुपुदर्गी गरिनेछ । चार बर्ष अघि आफ्नी आमा सँग अमेरिकामा आएकी लामा ब्युटिशिसनको काम गर्थिन् ।
स्रोत :कान्तिपुर दैनिक 

2:59 PM | Posted in , , | Read More »

रक्सी सेवन गरी आफ्नै श्रीमतीलाई खुकुरी प्रहार

नुवाकोट (त्रिशूली), चैत १४- रक्सी सेवन गरी रसुवाका एक व्यक्तिले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी मरणासन्न अवस्थामा पुर्‍याएका छन्। 


रसुवाको धैबुङ-८ घर भई नुवाकोटको विदुर नगरपालिका-४ बट्टारमा डेरा गरी बस्दै आएका लयुल तामाङले आफ्नी श्रीमती ४० वर्षीया कान्छीलाई रक्सी सेवन गरी आज मध्याह्न खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घाइते कान्छीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा गम्भीर चोट लागेकाले सात टाँका लगाइएको छ। 

उनलाई थप उपचारका लागि काठमाडौँ 'रिफर' गरे पनि कोही पनि आफन्त अस्पतालमा नआएको कारण उनलाई मङ्गलबार साँझसम्म पनि काठमाडौँ लगिएको छैन। 
रक्सी सेवन गरी आएका लयुलले श्रीमतीले भैंसीको स्याहार राम्रोसँग नगरेको विषयमा झगडा हुँदा खुकुरी प्रहार गरेको उनले प्रहरीसमक्ष वयान दिएका छन्। रासस

7:33 PM | Posted in , | Read More »

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु