गजल

जनताको भलो शोच्ने नेता खै आज भोली
भाषण छाड्दा मात्र निस्किन्छ मिठो बोली

कस्तो होला नयाँ नेपाल शोच्दै थे नेपाली
गोली चल्दा लाखौ मरे रगत्ले माटो मोली

पुरानो बानी तिन्को अझै पनि झुक्याउने
झुटको खेती गर्दै कुम्ल्याए आफ्नै झोली


शान्ती ल्याउन खोज्दा कैयौ ति शहिद भए
उनैका रगतले थुक्क तिमी खेल्छौ होली

अब धेरै चल्न दिन्नौ तिम्रो या मनोमानी
खबरदारी गर्न जुट्दै छौ नयाँ टोली

 कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

7:09 AM | Posted in , | Read More »

मुक्तक

1- आंखाले तिर चलाउछन् कोही कोही चलन यस्तै छ यहांको ।
हांसी हांसी दिल जलाउछन् कोही कोही चलन यस्तै छ यहांको ।
खै किन मान्छे ले दम्व र घमण्ड गर्छ यती धेरै,
लाग्छ टुप्पा वाट पलाउछन् कोही कोही चलन यस्तै छ यहांको ।।

2- वेईमान जोडिएको त्यो इनाम लाई के भन्नुहुन्छ ?
जाजरकोटको भोकमरी र सुर्खेतको गोदाम लाई के भन्नुहुन्छ ?
सम्मान गर्नु त जिवितै हुंदा गर्नु उ देशभक्त हो,
विचरा मर्छ र पछि दिईने त्यो सलाम लाई के भन्नुहुन्छ ?

अशोक गौतम क्षितिज
तिनाउ 98.2 एफ एम
वुटवल, रुपन्देही

7:28 PM | Posted in , | Read More »

गज़ल

कति राम्री जन्मभूमि ! नामै प्यारो लाग्छ सधैँ
रीति- रिवाज संस्कृति र धामै प्यारो लाग्छ सधैँ

मुटु भरि छचल्किँदा सम्झना र माया मात्रै
आफ्नै घरका दलिन,निदाल थामै प्यारो लाग्छ सधैँ

आँखा भित्र नाचिराख्ने हिमालकै सेरो फेरो
सगरमाथा टल्किएको घामै प्यारो लाग्छ सधैँ

लोभै लाग्ने चाड पर्व सबै मिली मनाउँदा
आत्मीयता,आशिर्वाद र खामै प्यारो लाग्छ सधैँ


डाँडा काँडा उकाली र ओरालीमा हिंड्दा खेरि
चारै तिर हरियाली ठामै प्यारो लाग्छ सधैँ

  दिन रातै मिहेनतले झारा पर्म गर्दा पनि
"कोमल" मन बोकेका छन् कामै प्यारो लाग्छ सधैँ

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
१६ मार्च ,२०१३

5:52 PM | Posted in , | Read More »

गज़ल

सोझा सिधा जनतालाई नचाउन सक्छौ अब
निर्दलको हल्ला खल्ला मचाउन सक्छौ अब

जाली,झेली,कुकर्मी र अपराधी भए पनि
बन्धु बान्धव रैछन भने बचाउन सक्छौ अब

विरुद्धमा बोले भने गोर्खे लौरी उजायेर
प्रहार गर्दै ढाड सबको भँचाउन सक्छौ अब

रुघा मात्रै लागे पनि शाखासन्तान जम्मा गर्दै
बिदेश तिरै पुर्याएर जँचाउन सक्छौ अब

यो देशको महामात्य जे गर्न नि हुन्छ भन्दै
कोष जति रित्याएर पचाउन सक्छौ अब

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

1:17 PM | Posted in , | Read More »

गज़ल

सबै कुरा बिर्सिएर,पिऊँ जस्तो लाग्यो आज
नशासङ्गै हराउँदै,जिऊँ जस्तो लाग्यो आज

"काग जति कराए नि,पिना सुक्न छोड्ने होइन"
त्यसैले त आफ्नो मुख,सिऊँ जस्तो लाग्यो आज

अनगिन्ति तड्पाइले बारम्बार दुख्ने मुटु
टुक्र्याएर अन्तै फ्याँकी दिऊँ जस्तो लाग्यो आज

भावनामा बहकिंदै,टोल्हाउन छोड्छु भन्दै
भित्रि मनले बाचा कसम,लिऊँ जस्तो लाग्यो आज

हेर्दा हेर्दै बिलाउने,छोटो हाम्रो जिन्दगानी
घाम लाग्नु अगाडिको,हिउँ जस्तो लाग्यो आज   

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
मार्च १२ ,२०१३

7:47 AM | Posted in , | Read More »

गज़ल

गल्ति छ कि तिम्रो पनि,जमानालाई दोष नदेऊ
 जाती माया घाती हुन्छ, भावनालाई चोट नदेऊ ।।

वोरि पोरी तिम्रै छायाँ, सपनी र विपनिमा
 साँचो माया दिंदा खेरि,मायालुलाई खोट नदेऊ ।।

भविष्यको गति हेर, प्यारो रति पिरतिमा
 जून तारा झुक्लान् फेरि,जवानीलाई नोट नदेऊ ।।

शहरिया नौलो चलन्,डेटिङ् सेटिङ् डिभोर्स् भन्छन्
 ख्याल राख्नु बैंश जोवन्, भमरालाई ओंठ नदेऊ ।

धड्कन् तिम्रो मुटु मेरो, जिबनको प्रीत हाम्रो
 हजारौंमा तिम्लाई पाएँ,जुनकिरीलाई रोष नदेऊ ।।

7:48 AM | Posted in | Read More »

गजल

आधा संसार ढाकी सकेका छौ नारी हामी
धैर्यता स्नेह र ममताका हौ धारी हामी

माकुराको जालो जस्तै समस्यामा जेलिएर
डुब्छौ बरु सागरमा आश्रित तारी हामी

आफन्तको सुख सुबिधा ख्याल गर्दा गर्दै
बाच्छौ अरुको लागिनै आकांक्षा मारी हामी


त्याग र बलिदानको कुनै सिमा नराखी
युग देखी बोक्दै जिन्बेवारीको भारी हामी

आमा छोरी बुहारी  धेरै रुप निभाउदै
जित्नु पर्ने सबैको मन सधैं हारी हामी

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

6:57 PM | Posted in , | Read More »

गज़ल

जाग नारी ज्ञानचक्षु बाल्दै बाल्दै अघि बढ
कुरीतिका बोटहरु ढाल्दै ढाल्दै अघि बढ

घर भित्रै पिल्सिएर कति पीडा भोग्छ्यौ अझै
सडेका ती कुमान्यता फाल्दै फाल्दै अघि बढ

दिनहुँका अपहरण,बलात्कार र हत्या सबै
रण चण्डी बनेर नि गाल्दै गाल्दै अघि बढ

आफ्नो पौरख देखाएर सक्नु पर्छ देशै हाँक्न
पाखुरामा जोश,जाँगर हाल्दै हाल्दै अघि बढ

दिदी ,बहिनी,जननी र प्रेयसीलाई पुरुष पनि
सम्मानको शुभकार्य थाल्दै थाल्दै अघि बढ

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

7:53 PM | Posted in , | Read More »

गज़ल

आफ्नै देशका व्यथाहरू सुनिदिने कोही छौ कि ?
च्यातिएको हृदयलाई तुनिदिने कोही छौ कि ?

अन्याय र अत्याचारले ढाकेको छ जताततै
कुकर्मका बाटाहरु थुनिदिने कोही छौ कि ?

रोग,भोक,अशिक्षा र बेरोजगारी बढ्यो धेरै
सर्वसुलभ अवसर त्यो चुनिदिने कोही छौ कि ?

रुनेहरू रोएकैछन् कोही खित्का छोडछन् सधैं
सबले हाँस्न पाउन भनी गुनिदिने कोही छौ कि ?

परस्परका भेदभाव र बैमनश्य हटाएर
एकताको एउटै माला उनिदिने कोही छौ कि ?

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
4th March,2013

2:54 AM | Posted in | Read More »

गजल

भबिस्यको पिर र् भयमा बित्ने भयो जिबन
सधैं भरी आफ्नै निर्णयमा बित्ने भयो जिबन

परिवारको लागि भौतिक सुख जुटाउदा म
रोदनै रोदनको लयमा बित्ने भयो जिबन

केही पाउनलाई केही गुमाउनु पर्छ भन्ने
उखानको झुटो आसयमा बित्ने भयो जिबन

भित्री मनमा पिडा कती छ देखाउन नमिल्ने
खोक्रो प्रसम्शाको जयजयमा बित्ने भयो जिबन

योगदानमा साच्चैको आत्म सन्तुस्टी मिल्दो रैछ
तेसैले त बिना सन्चयमा बित्ने भयो जिबन

कल्पना पौडेल "जिज्ञासु"
 गैंडाकोटअ,४,नवलपरासी
 हाल:इजरायल

4:49 AM | Posted in , | Read More »

गज़ल

स्वाभिमानी नेपाली म झुक्न सकिन
इमान्दारी बिकायेर चुक्न सकिन

सबै सँग मायाँ लाएँ भेद नराखी
निमुखालाई दपेटर भुक्न सकिन

कुर्नु सम्म कुरें मैले स्वच्छ बिहानी
आधा उमेर बितेपछि ढुक्न सकिन

डाँडा काटी कहाँ कहाँ पुग्नु परे नि
पारदर्शी मात्रै बनेँ लुक्न सकिन

आफ्नो श्रम बेचेको छु सधैं बिदेशमा
धान्नै पर्यो जीवन यो सुक्न सकिन

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

6:10 AM | Posted in , | Read More »

गजल

नियतिको प्रहारले गिरेकी नारी हुँ म
समयले हर पल पिरेकी नारी हुँ म

रोजगारी नहुँदा आफ्नो देसमा अनी त
प्रबासमा काम खोज्दै फिरेकी नारी हुँ म
सन्तान र श्रीमानको उज्जल भबिस्यको
चाहनाले इज्रायल छिरेकी नारी हुँ म
मार खेप्न नसकेर गरीबिमा धनको
बद्लामा खुन पैचो तिरेकी नारी हुँ म

स्वाबलम्बी हुँदा पनि बाध्यतामा अल्झेर
आफ्नै हात्ले स्वाभिमान चिरेकी नारी हुँ म
प्रदेसमा छुर पनि देसकै माया प्रेम
हिर्दयको कुना भित्र भिरेकी नारी हुँ म
 कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

2:36 PM | Posted in , | Read More »

गज़ल

संसारमा सबै भन्दा,देश आफ्नै प्यारो
मीठो लाग्ने भाषा अनि,भेष आफ्नै प्यारो

लगाएनी बिदेशका,चिल्ला चिप्ला लुगा
चोखा हातले बनाएको,खेस आफ्नै प्यारो

रङ्गाएर खैरा,सेता, राता, नीला भन्दा
प्रकृतिले देको कालो,केश आफ्नै प्यारो

डाँडा काँडा उकाली र ओरालीमा झर्दा
सधैँ भरी लागे पनि,ठेस आफ्नै प्यारो

परचक्री रीति रिवाज प्रक्रियालाई देख्दा
जहाँ सुकै पुगे पनि पेश आफ्नै प्यारो

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

5:10 AM | Posted in , | Read More »

ग़ज़ल

हाम्रो सम्वन्धको कथा नलेखेकै राम्रो सानु ।
भेट्नु कुनै अर्थ छैन नभेटेकै राम्रो सानु ।

सारा संसार अंधेरो भो देख्नु अव कता कता,
सधै रसाउने यी आंखाले नदेखेकै राम्रो सानु ।

हारी संके जिवन वाट अव हार्नु केही छैन,
जानी जानी प्रेमको जुवा नखेलेकै राम्रो सानु ।

रित्तीई सक्यो जिवन मेरो सवै कुरा जाने वुझें,
आशै आशाको स्वार्थी जालमा नजेलेकै राम्रो सानु ।

विस्वास् घात् र धोका सधै यथार्थको चौरहटमा,
साहाराको घाती लौरी नटेकेकै राम्रो सानु ।


अशोक गौतम क्षितिज
तिनाउ 98.2 एफ एम
वुटवल, रपन्देही
फोन - ९८५७०३३२६१, ९८०७५९०२४४

5:58 AM | Posted in , | Read More »

गज़ल

कसरी ब्यक्त गरौँ ? यहाँ अत्याचार भएको छ
कसैको स्वच्छ भावनामा बलात्कार भएको छ

विकृति र विसंगति,बढेका छन् दिन दिनै
पवित्र विचारधारा पनि, निराधार भएको छ

 बदमाशहरु मस्त सँग घुम्दै छन् जताततै
सोझा र सज्जनमाथि,सधैँ तलवार भएको छ

बेसरम र नकच्चर्याइले पराकाष्ठा नाघ्दा
गहिरो मित्रतामा अब वारपार भएको छ

सिर्जनामा हस्तक्षेपले,प्रतिभाहरु भन्दै छन्
"आफ्नो परिश्रममा अर्कैको फलाहार भएको छ"

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

5:13 AM | Posted in | Read More »

गज़ल

अज्ञानी छौं ज्ञान दिनोस सरस्वती माता
विद्या बुद्धि दान दिनोस सरस्वती माता

कुभावना हटोस् सबको सन्मार्गमा लाग्दै
इज्जत अनि मान दिनोस सरस्वती माता

निरक्षरले पढ्न सकुन प्रेम बढाई मनको
फोहर मैला जान दिनोस सरस्वती माता

प्रतिभाको मूल फुटी ढाकोस समाजमा
प्रतिष्ठा र शान दिनोस सरस्वती माता

कर जोडी फूलको थुँगा अर्पण गरेँ आज
भक्ति भाव लान दिनोस सरस्वती माता

श्री पञ्चमी
४ फाल्गुन,२०६९
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

4:34 AM | Posted in , | Read More »

गज़ल

जति चोट खपेर नि गंगाजी भै बह्यौ आमा
बाँचुन्जेलै अभाव र असन्तुष्टि सह्यौ आमा

रातोदिन डोको,नाम्लो,घाँस सँग प्रेम गाँस्दै
यिनैलाई आफ्ना दर्द सधैँ भरी कह्यौ आमा

सन्ततिलाई हुर्काउन दुखै दु:ख र पीडा झेल्यौ
जिन्दगीमा कयौँ दिन भोकै नाङ्गै रहयौ आमा

नखाइ नखाइ काम गर्दा निम्तियेर रोगहरू
शोक सुर्ता बढ्दै गए साह्रै जीर्ण भयौ आमा

 ज्वलन र छटपटीले दुख्न थाल्यो प्यारो मुटु
 टुहुरो नै बनाई हाल्यौ चट्टै छोडी गयौ आमा

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

3:19 AM | Posted in , | Read More »

गज़ल

मिलाएर हातै गरौँ प्रेम साँचो
बिते बित्छ रातै गरौँ प्रेम साँचो

नजर क्यै झुकाई लजाएर घुम्टो
उघारेर बातै गरौँ प्रेम साँचो

पिई प्रीत धारा अधिक लट्ठ पर्दै
बढाएर मातै गरौँ प्रेम साँचो

उदाई बिहानी चरी चिर्र गर्दा
बनी फेरि तातै गरौँ प्रेम साँचो


अपूर्वै मिलनले मधुर जिन्दगीको
रची गीत खातै गरौँ प्रेम साँचो

दिवस प्रेमको यो बनोस दिव्य धारा
 न होस् तुच्छ घातै गरौँ प्रेम साँचो

( भुजङ्गप्रयात छन्द )
 गण :- य   य   य   य
सूत्र:- ISS ISS ISS ISS
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

3:15 AM | Posted in , | Read More »

गजल

असहज बाटाहरु अनगिन्ती छन!
जिवनका पाटाहरु अनगिन्ती छन!

रमाउन गाह्रो रैछ मन दुखे पछी
कलेजीमा खाटाहरु अनगिन्ती छन!

नाफा नोक्सान् हिसाब् गर्दा माया पिरतीमा
नदेखिने घाटाहरु अनगिन्ती छन!

मन् भित्रको सफा पर्दा नियालेर हेर्दा
कुरुप ती टाटाहरु अनगिन्ती छन!


पछि बाट छुरा हानि निर्दोषी हु भन्ने
देखावटी लाटाहरु अनगिन्ती छन्!

-धर्म सन्देश
चुलाचुली,इलाम
हाल-साउदी अरेबिया

11:54 PM | Posted in , | Read More »

गज़ल

कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ
कति दुख्छन चोटहरू पर्नेलाई नै थाहा हुन्छ

बाध्यता र विवसताका कथा व्यथा जति सबै
अभावमा सधैँ आँसु झर्नेलाई नै थाहा हुन्छ

सतहलाई नियालेर देखिंदैनन भित्री कुरा
जङ्घारको गहिराई तर्नेलाई नै थाहा हुन्छ

गाह्रो छ कि सजिलो छ विछोडमा जिउनु पर्दा
प्रत्येक पला तड्पिएर मर्नेलाई नै थाहा हुन्छ


कसले लुट्यो सुख,शान्ति,रमाइलो र हाँसो अनि
जिन्दगीका सारा खुसी हर्नेलाई नै थाहा हुन्छ

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
31January,2013

9:46 AM | Posted in , | Read More »