गजल
जनताको भलो शोच्ने नेता खै आज भोलीभाषण छाड्दा मात्र निस्किन्छ मिठो बोली
कस्तो होला नयाँ नेपाल शोच्दै थे नेपाली
गोली चल्दा लाखौ मरे रगत्ले माटो मोली
पुरानो बानी तिन्को अझै पनि झुक्याउने
झुटको खेती गर्दै कुम्ल्याए आफ्नै झोली
शान्ती ल्याउन खोज्दा कैयौ ति शहिद भए
उनैका रगतले थुक्क तिमी खेल्छौ होली
अब धेरै चल्न दिन्नौ तिम्रो या मनोमानी
खबरदारी गर्न जुट्दै छौ नयाँ टोली
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल