सुशासन मुख्य एजेण्डा–ठकुरी
अन्तरवार्ता - हेमराज भट्ट
भनिन्छ समस्या तथा चुनौतीसँग डटेर सामना गर्ने मान्छे मात्रै सफलताको शिखर चुम्न सक्छ । हो त्यस्तै सानै देखि समस्या तथा चुनौतीसँग लड्दै हाल सामाजिक क्षेत्रमा क्रियाशिल प्रभात कुमार ठकुरी भर्खरै सम्पन्न गैर सरकारी सँस्था महासंघ बाँकेको अधिबेशनबाट निर्वाचित अध्यक्ष हुन् ।नवलपरासिको दुम्यौलीमा २०२५ साल साउन २९ गते जन्मिएका ठकुरीको सानैं देखि समाजसेवा गर्ने रुचि थियो । सम्पन्न परिवारमा जन्मिएका ठकुरी बिद्यार्थी हँुदा देखि नैँ राजनितिमा सक्रिए थिए । कक्षा ७ मा पढ्दै गर्दा अनेरास्वियुमा आबद्ध भई राजनितिक क्षेत्रमा प्रबेश गरेका उनी अनेरास्वियुको अञ्चल कोषाध्यक्ष सम्मको जिम्मेवारी सम्हाली सकेका छन् । उनको पढाई तथा राजनितिक यात्रा निकै दु्रत गतिमा अगाडी बढिरहेको तत्कालीन अवस्थामा एकाएक राज्यद्धारा उनी गिरफ्तार भए । बि.स.२०४० सालमा उनी गिरफ्तार हँुदा १० कक्षामा अध्ययनरत थिए । गिरफ्तारीबाट छुटेपछि उनी नेपालमा बस्ने अवस्था सिर्जना नभएको भन्दै भारतको बनारसमा गएर बस्न थाले उनी बनारसमा गएर चुप भने बसेनन् । राजनितिक नसा र युवा जोस दुबै भएका कारण उनमा निकै जोस जाँगर र हौसला बढ्दै गएको थियो जुन हौसलाका कारण उनले बनारसमा बस्दा अखिल नेपाल प्रवासि नेपाली संघ नगर कमिटीको सदस्य भएर काम गर्न थाले । प्रबासि नेपाली संघमा आबद्ध भए पश्चात उनको हिमचिम भारतीय नेताहरु तथा नेपालबाट भारत गएका नेपाली नेताहरुसँग बढ्दै गयो । उनले बनारसमा बस्दै गर्दा हाईस्कुल पास गरे भने ईलाहाबाद युनिर्भसिटीबाट स्नातक समेत पुरा गरे । तत्कालिन समयमा नेपालमा चलेको २०४६ सालको जनआन्दोलन चर्की रहेको थियो भने उनको नेपाल र भारतका ठुला नेताहरुसँग भेटघाट तथा उठ्बस बढेका कारण भारतमा निकै लोकप्रिय भएका थिए । नेपालमा शुरु भएको आन्दोलनको बिषयमा उनी भारतमा बसेर भएपनि नजिक देखि नियाली रहेका थिए ।
भनिन्छ अर्काको घर जति राम्रो भएपनि आफ्नो घरकै माया बढि हुन्छ यहि भयो ठकुरीलाई पनि । उनी २०४७ सालको चुनावमा नेपाल फर्किए । उनी भारतमा बस्दा राजनितिक क्षेत्र निकै नंै फराकिलो भईसकेको थियो भने उनले थुप्रै अनुभवहरु समेत सँगालि सकेका थिए । उनले सोचेका थिए नेपालमा गएर अब राजनितिलाई अगाडी बढाउँछु तर सोचेको कुरा कहाँ पुरा हुन्छ र ? उनलाई पनि त्यस्तै भयो हिजो सम्म भारतमा जाँदा उनीसँगै बस्ने उनलाई नैँ राम्रो मान्ने नेपाली नेताहरुले उनी नेपाल फर्किसकेपछि त्यति सहज रुपमा ग्रहण गरेनन् । नेपालमा आएर राजनिति गर्ने उद्धेश्यका साथ उनी फर्के पनि उनको त्यो ईच्छा पुरा हुन सकेन् ।
निकै मेहेनत गरेर काम गर्ने व्यक्तिले आत्म सम्मान पाएन भने काम गर्न सक्दैन यस्तै भयो उनलाई पनि । उनी २०४७ सालतिर राजनितिक क्षेत्रलाई बिट मार्दै युनेस्को क्लब बाँकेको उपाध्यक्ष भई सामाजिक क्षेत्रमा लागे । उनी सामाजिक क्षेत्रमा प्रबेश गरेपछि उनले युनेस्को सँगै प्याक नेपाल नामक संस्थामा काम गर्न थाले । प्याकमा काम गर्दा उनी देशका ७३ जिल्लामा तालिम दिनका लगि पुगेको अनुभव उनले सँगालेका छन् । छोटो समयमा नँै सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ठकुरी अहिले पनि प्याकका एक जना बिदेसी डेबिट वाकर र दिर्घ बिक्रम शाहले दिएको योगदानलाई सम्झिन्छन् । काम गर्दै गर्दा उनले २०५२ सालमा बहुमुखि सेवा केन्द्र नामक संस्था दर्ता गरेर सामाजिक क्षेत्रमा अझै सक्रिय भएर काम गर्न थाले ।
दुई दशक देखि नेपालगन्जमा बसि सामाजिक क्षेत्रमा क्रियाशिल रहेका ठकुरी गैर सरकारी संस्थाहरुको छाता संगठन गैसस महासंघ बाँकेमो अध्यक्षमा हालै निर्वाचित भएका छन् । बाँकेमा गैरसरकारी संस्था महासंघ शाखाले बिगतमा गरेको काम प्रति उनी त्यती सन्तुष्ट छैनन् ।
विगत अढाई बर्षको अवधिमा महासंघ बाँके शाखा सिथिल अवस्थामा गईरहेको भन्दै अब चलायमान बनाउने उनको योजना छ । उनको बिचारमा महासंघले संस्थाहरुको हकहित तथा कानुनी दवाव मात्र दिने भएकाले केही सँघ—सँस्थाहरुले महासंघलाई गलत रुपमा बुझेको बताउँछन् । अध्यक्ष भईसकेपछि सुशासन र
पारदर्शिता भन्ने महासंघको नारालाई आत्मसात गर्दै अगाडी बढ्ने उनको योजना छ । बाँके जिल्लामा धेरै सँघ—सँस्थाहरु दर्ता भएको भएपनि अहिले महासंघ बाँके शाखाको निर्बाचनमा जम्मा ३५ सँस्थाहरुले मात्र भागलिए तर त्यो सहभागीतालाई ठकुरी भने धेरै भएको बताउँछन् । संस्थाहरुको महासंघ प्रतिको आकर्षण तथा महासंघको सक्रियतालाई हेर्दा धेरै सहभागीता यस पटक रहेको उनको भनाई छ । अहिले सम्म महासंघले के ग¥यो ?, संस्थाहरुको आकर्षण के हो ?, महासंघलाई सस्थाहरुले किन चाहेनन् ? छलफलको बिषय भएको उनको भनाई छ । संस्थाहरुको पारदर्शिता र नविकरण गर्ने ब्यवस्था एकद्धार रुपमा हुनुपर्ने उनको बुझाई छ । महासंघलाई परिचीत गराउन र चलायमान बनाउन निकै चुनौतीपूर्ण रहेको बताउँदै अहिलेको कार्य समिति सक्षम समिति चयन भएकाले त्यो चुनौती पार गर्ने विश्वास बढेको उनले बताए ।
महासंघमा राजनिति कत्तिको हावी छ नि ? भन्ने प्रश्नमा अध्यक्ष ठकुरीले पहिले जे जस्तो भएपनि महासंघ एउटा छाता सँगठन हो र यसमा राजनिति हावी हुन दिन नहुने तर्क राख्दछन् ।
सँघ— सँस्थामा सुशासनको अवस्था दयनिय भएको आभाश भएको बताउँदै ठकुरी अबको समिति सक्षम भएकोले सुशासन कायम गर्न सफल हुने बताउँछन् । अबको तिन बर्षे कार्यकालमा महासंघलाई नमुनाको रुपमा प्रस्तुत गर्ने, स्थानीय सरकार र महासंघ बिचमा समन्वय तथा सहकार्यलाई बृद्धि गर्ने र आफ्नो कार्यकालमा महासंघ बाँकेको छुट्टै कार्यालय खोल्ने उनको योजना छ । कक्षा ७ मा अध्ययन गर्दा देखि नै राजनितिमा प्रबेश गरेका ठकुरीले लामो समयको राजनितिक यात्रा पछि दुई दशक भन्दा बढि समय सामाजिक क्षेत्रमा बिताई सकेका छन् ।
श्रीमती एउटा छोरा र आफु गरि तिन जनाको सानो परिवारका साथ नेपालगन्जको धम्बोझिमा बस्दै आएका प्रभात एक सम्पन्न ठकुरी परिवारका सदस्य भए पनि उनको सोच सरल र उच्च छ । बाल्यकाल देखिनंै उनको सोच सेनामा भर्ना हुने थियो उनले आफ्नो उद्देश्य पुरा गर्नका लागि ब्रिटिस आर्मिमा भर्नाका लगि आबेदन समेत दिए तर उनी सफल हुन सकेनन् । सेनामा जागिर खाने उनको चाहना पुरा नभएपछि उनी बिद्यार्थी राजनिति हँुदै सामाजिक क्षेत्रमा सक्रिय रहेर काम गरिरहेका छन् । आफ्नो भावी जीवन सामाजिक क्षेत्रमा नै बिताउने योजना बनाएका ठकुरीको आगामि लक्ष्य पुरा होस् शुभकामना ।