|

अबुधाबीमा नेपाली र पाकिस्तानीबीच कुटपिट हुंदा करिब २० घाइते


काठमाडौं, भाद्र २६ - संयुक्त अरब इमिरेट (यूएई) को राजधानी अबुधाबीस्थित एक निर्माण कम्पनीमा कार्यरत नेपाली र पाकिस्तानीबीच खाना खाने विषयमा भएको कुटपिटमा नेपाली र पाकिस्तानी गरी करिब २० घाइते भएका छन् ।

कुटपिटको घटनाले हिंसात्मक रूप लिन थालेपछि अबुधाबीको हमिमस्थित दोर्सल कम्पनीले आफ्नो क्याम्पबाट २ सय ३० भन्दा बढी नेपालीलाई राजधानीबाट २ सय किमिभन्दा टाढा ४ वटा क्याम्पमा स्थानान्तरण गरेको छ । एउटै कम्पनीमा कार्यरत नेपाली र पाकिस्तानीबीच खाना खाने बेला लाइन -क्यु) बस्ने विषयलाई लिएर झगडा सुरु भएको हो । कम्पनीमा कार्यरत नेपालीका अनुसार शुक्रबार दिउँसो क्यान्टिनमा क्यु बसेको बेला एक पाकिस्तानीबीचमा घुस्दा नेपालीले आपत्ति जनाएपछि ती पाकिस्तानीले हातमा समातेको रित्तो थालले हान्दा घटनाले उग्र रूप लिएको थियो ।

उक्त घटनाको भोलिपल्ट नेपाली मिलेर पाकिस्तानीलाई कुटेका र त्यसपछि पाकिस्तानी मिलेर नेपालीलाई कुटपिट गरेका थिए । कम्पनीले घटनामा १४ देखि १६ पाकिस्तानी र करिब ५ नेपाली घाइते भएको बताएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर विस्तृत विवरण प्राप्त भएको छैन ।
कांतिपुरमा प्रकाशित 

Posted by Butwalonline on 5:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अबुधाबीमा नेपाली र पाकिस्तानीबीच कुटपिट हुंदा करिब २० घाइते "

Leave a reply