|

युएईमा "बिसौनीमा बर ढलेको" सार्वजनिक

उमाकान्त पाण्डे गाउंले,आबुधाबी,फाल्गुन १२ - सम्युंत्त अरब ईमिरेट्स युएईको अबुधाबीमा "बिसौनीमा बर ढलेको" लोक गिती एल्बम सार्वजनिक भएको छ । गत शुक्रबार अबुधाबीमा रहेको इन्डियन सिसियल सेण्टरमा आयोजित एक सास्कृतिक कार्यक्रमका बिच लोक गायक चुमान काउचा मगरको छैठौ एल्बम बजारमा ल्याइएको हो ।

नेपालको पश्चिमी भेगमा चर्चित लोक भाकालाई सागींतिक एल्बम मार्फत बजारमा ल्याएर सर्वसाधारणको मन जितेका काउचा पेशाले अहिले युएईमा ट्याक्सी ड्राइभरको रुपमा कार्यरत छन । सार्वजनिक भएको एल्बम "बिसौनीमा बर ढलेको" उनको छैठौ कोशेली हो । गुल्मीमा जन्मेका लोक गायक  काउचा बाल्यकाल देखीनै रक्तिम लगयत अन्य जनवादी गीत सगिंतमा झुकाव राख्ने गर्थे । विगत ८ बर्ष देखी युएईमा कार्यरत उनले सुरुसुरुमा यहाँ रहेका संघसस्थाका बिभिन्न कार्यक्रमहरुमा जनवादी गीत गाउँने गर्थे । त्यसैले उनलाई यहाँ रहेका अधिकाशं नेपालीले जनवादी गायक भनेर पनि चिन्ने गर्छन् ।
 
मिनी म्युजिक प्रा.ली.सँग समन्ययब गरी बजारमा ल्याइएको यस् एल्बमलाई देश बिदेशमा रहेका नेपालीले मन पराउने दावी गायक काउचाको छ । उनको स्वरमा लोक गायिका टिका पुनले साथ दिएकी छन । यधपी कार्यक्रममा गायक काउचा मात्र उपस्थित थिए । 
  
गुल्मी सेवा समाज युएईको अबुधाबी क्षेत्रिय समितिले आयोजना गरेको बिशेष सास्कृतिक कार्यक्रममा उनको एल्बमलाई सार्वजनिक गरिएको हो । कार्यक्रमका अतिथिहरुले सयुत्त रुपमा दियो बाली,दर्शक लाई क्यासेटको सम्युत्त रुप प्रदशन गर्दै अडियो आवाज सबैलाई श्ववण गराएर सार्वजनिक गरिएको थियो ।

गायक काउचा मगर गुल्मी सेवा समाज युएईका कोषाध्यक्ष समेत हुन ।

गायक मगरले यस् अघी पनि युएईको अबुधाबीमै २ वटा गिती एल्बम सार्वजनिक गरी सकेका थिए । रेसुङगाको भिर मनमा सधैं पिर र दाउन्नेको डाँडै काटेर नामक गिती एल्वमलाई उनले युएईमै सार्वजनिक गरेका थिए । यस् अघीका उनका गिती भाकालाई युएई तथा देश बिदेशमा रहेका नेपालीले अत्यन्तै रुचाएको पाईन्छ ।

एल्बम सार्वजनिक पछि लोक गायक मगरले एल्बममा रहेको 'बिसौनिमा बर ढलेको, कहाँ देख्न सक्छु र म माया पिरतीको घर ढलेको',मायाले बोलायो भने " र "पोहोर साल यस्तै भो" बोलको पन्चे बाजाको तालमा गीत गाएर उपस्थित दर्शकहरुलाई नचाए । दर्शक दिर्घा बाट धेरै दर्शकहरु स्टेजमा आइ गायक संगै छम छमी नाच्दा कार्यक्रम स्थलको वातावरण अत्यन्त मनोरन्जक बनेको थियो ।

कार्यक्रममा नेपाली कलाकारहरुको सँस्था नेपाली प्रतिभा मंच् युएइको औपचारिक घोषणा गरिएको थियो । दीपक कुँवर संयोजक, किशोर सुनुवार महासचि र प्रेम लुहाँगन कोषाध्यक्ष सहित ७ सदस्यिय तदर्थ समिति निर्माण गरिएको हो । प्रतिभा मंचका पदाधिकारी तथा सदस्यहरुलाइ खादा ओढाइ स्वागत तथा सम्मान गरिएको थियो ।

सोही समुहबाट सन्चालित प्रवासी अनलाइन रेडियोका नियमित कार्यक्रमहरुको बारेमा तयार गरिएको प्रोमो बजाएर सो अनलाइन रेडियो तथा प्रवासी अनलाइन डटकम नामक सुचना तथा मनोरन्जनात्मक अनलाइन पत्रिकाको समेत उद्घघाटन गरिएको थियो । कार्यक्रममा स्थानिय कलाकार किशोर सुनुवार , सुर्य केसी , आशिष राई ,बुनु उप्रेती, सबिता आचार्य, सीता ठकुरी लगायतले आफ्नो सांगितिक कोशेली प्रस्तुत गरेका थिए भने न्रित्यांगना सुमी लामाले रोमान्चक न्रित्यु प्रस्तुत गरेकी थीइन ।

प्रतिभामन्चका कलाकारले अभिनय गरेको "कलियुगको स्वस्थानी कथा " नामक नाटक प्रदशनले युएईको ईतिहासमा फरक स्वादको मनोरन्जन प्रदान गर्न सफल भयो । चार अध्यायमा बाँडिएको सो स्वस्थानी कथाको पहिलो अध्यायमा सामाजिक सन्जाल फेसबुकमा भित्रिएको छाडापन र आधुनिकता संगै बिग्रदो पारिवारिक सम्बन्धहरु , दोस्रो अध्यायमा राजनीतिक ब्यगं तथा तेस्रो अध्यायमा समयको परिवर्तन संगै स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको तडक भडकपुर्ण जिवनशैली प्रती तिखो ब्यंग प्रहार गर्दै गर्दै चौथो तथा अन्तिम अध्यायमा ६०१ सभासदहरुलाई नेपाल आमाका जिम्मेवारी पुरा गर्न नसक्ने सन्तानका रुपमा चित्रण गरिएको थियो ।'तिते करेलीले, मनै लठै बनायो झिमझिम परेलीले' बोलको  प्रत्यक्ष दोहोरी प्रस्तुत गरेर स्थानीय गायक दीपक पछाइ तथा गायिका श्रीजना राइ र अन्य सहयोगी कलाकारले आफ्नो मौलिकता झल्काएर सबैको वा वा बटुलेका थिए ।

कार्यक्रमका सभापती कृष्ण गौतमले उपस्थित सम्पुर्णलाइ धन्यबाद दिदै आगामी दिनमा गुल्मी सेवा समाजले बिबिध किसिमका कार्यक्रमहरु तथा समाज सेवाका कार्यहरु संग संगै अघी बढाउने जानकारी दिए । कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको कार्यक्रमको सन्चालन पत्रकार उमाकान्त पाण्डे गाउंले र प्रेम लुहागुनले सम्युत्त रुपमा गरेका थिए ।

Posted by Butwalonline on 12:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएईमा "बिसौनीमा बर ढलेको" सार्वजनिक"

Leave a reply