वेलायतको साहित्य समाजद्धारा यस बर्षको पुरस्कार तथा सम्मान घोषणा

विश्वदीप,१७ अप्रिल २०१४, वेलायतको जेठो साहित्यिक संस्था मध्येको एक प्रवासी नेपाली साहित्य समाजले यस बर्षको पुरस्कार तथा सम्मान विजेताको नाम घोषणा गरेको छ । Pravasi4 यस बर्षको प्रवासी पुरस्कारको लागि संगीतकार तथा गीतकार राजकुमार बगर समाजको आन्तरिक निर्वाचन प्रकृयाबाट छनौट हुनुभएको छ भने सम्मानको लागि विएफविएस गोर्खा रेडियोका पूर्व प्रस्तोता के.बी. राई छनौटमा पर्नुभएको छ । पुरस्कृत स्रष्टाले नगद रु ३५ हजार सहित ताम्रपत्र प्राप्त गर्नुहुनेछ भने सम्मानित ब्यक्तित्वलाई ताम्रपत्रबाट सम्मान गरिनेछ । त्यस्तैगरि यस बर्ष भारतीय सेनामा रहेर साहित्यमा सक्रिय रहनु भएका साहित्यकार सुरेन्द्र पर्देर्शीलाई प्रसंसापत्र प्रदान गर्ने निर्णय भयो । Pravasi3 साहित्य समाजबाट प्रत्येक बर्ष देशविदेशका स्रष्टाहरु मध्ये उत्कृष्ट एकलाई पुरस्कार र सामाजिक तथा विविध कार्यमा महत्वपूर्ण योगदान पुरयाउनु हुने विशिष्ट ब्यक्तित्वहरु मध्ये उत्कृट १ लाई सम्मान प्रदान गर्दै आएको छ । यस समाजले शुसनवाला राई २०६२, शशि लुमुम्बु ०६३, रमेश पौडेल ०६४, कृष्ण धरावासी ०६६, गणेश रसिक ०६७ र तुलसी घिमिरे ०६९ लाई प्रदान गरिसकेको छ भने मेजर किसोर गुरुङ ०६२, नोर्देन तेन्जिङ भुटिया ०६३, रक्ष राई ०६४, तुलबहादुर पुन भि.सी. ०६४, गोरे गुरुङ ०६५, डि.बी. वम्जन ०६७ र रामबहादुर लिम्बु भि.सी. ०६९ लाई सम्मान गरिसकेको छ । Pravasi2 यस बर्षको पुरस्कार तथा सम्मान यहि बैशाक दोस्रो हप्ता काठमाडौमा एक समारोहको आयोजना गरि वितरण गरिने कुरा समाजका अध्यक्ष जितेन्द्र चेम्जोङले जनाउनु भएको छ । Pravasi1 सन् २००१ मा युकेमा स्थापित समाज युके र ब्रुनाईमा क्रियाशिल हुदै आएको छ । कला, साहित्य तथा विभिन्न कल्याणकारी कार्यमा सक्रिय यस समाजले युएईमा मृत्यू दण्डको फैसला सुनाईएका अनिस खालिङको जीबन रक्षार्थ केही दिन अघि मात्र खालिङ बचाउ अभियान समितिलाई ९ लाख रुपैया प्रदान गरेको थियो ।

6:55 AM | Posted in , , | Read More »

डिसीमा अर्थ मन्त्रि राम शरण महत संग अन्तरक्रिया

विजय थापा ,बैशाख १ ,भर्जिनिया
डिसी महानगर क्षेत्रको भर्जिनियामा अर्थ मन्त्रि राम शरण महत संग नेपाली नया बर्षको संघारको कार्यक्रम माथि कार्यक्रम जुधेको समय बाबजुद पनि डिसी बासीले छोटो समयको सूचनामा जानकारी पाएता पनि समय व्यवस्थापन गर्दै कार्यक्रममा सरिक भै अनौचारिक अन्तर्क्रिया कार्यक्रम भएता पनि अर्थ मन्त्री राम शरण महत संग कुरा राख्न भ्याएका छन् l

अर्थ मन्त्री महतले आफ्नो मन्तब्य राख्नु अगाडी पहिले जिज्ञाशा ,प्रश्न तथा केहि गुनासा सुने पछि मात्र सबै सवालको जवाफ दिदै आफ्ना भनाई राखेका थिए l अर्थ मन्त्रिलाई सबै भन्दा ज्यादा सवाल सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अभिव्यक्ति गरेको बिषयमा खुरन्दार रुपमा सवाल गरेका थिए भने मन्त्रि पण्डितले बोलेको कुरा सरकार को हो या कसको हो भनी जवाफ दिनु पर्यो भनि सहभागीले अर्थ मन्त्रि संग सवाल गरेका थिए l
​ ​

अर्थ मन्त्रीले यो सरकारको हैन र वहाको व्यक्तिगत हो भन्दै पण्डितले दिएको अभिव्यक्तिले कोहि सन्तोष नभएको उल्लेख गर्दै छापाले उचालेर र चढाएर यसो हुन् पुगेको पनि हुन् सक्ने अर्थ मन्त्रिले तर्क दिए l डीभीका लागि अनशन बस्नेलाई नारायणीमा बगाइदिए हुन्छ भन्ने मन्त्रि पण्डितको भनाई सस्तो प्रचार र प्रसारको लागि गरिएको हुन् सक्ने र यसको लागि राजनीति गर्नु नहुने महतले बताए l

साथै पण्डितको भनाईले विदेशमा बस्ने प्रवासीहरुको चित्त दुखेको गुनासो पोखेका थिए भने गैर आवाशीय नेपालीहरुको हकमा दोहोरो नागरिकता ,लगानीका कुरा ,संघियता ,स्थाई आवासीय पत्र (ग्रिन कार्ड /पी आर ), संबिधान कहिले सम्म बन्ने छ , स्थानीय चुनाब कहिले सम्भावना होला ? र अन्य थुप्रै सवालको जवाफ अर्थ मन्त्रिले दिएका थिए l प्रवाशी नेपालीहरुको हकमा राजनैतिक अधिकार बाहेक दोहोरो नागरिकतामा पनि सबै दलसंग छलफल गरि रहेको बताउदै गैर आवाशीय नेपालीले राजनैतिक अधिकारको कुरा गर्दा अलिक ज्यादा भएको जस्तो आफुलाई लागेको बताए l

कांग्रेस पनि कतै अल्मलिएको छ भन्ने सवालको जवाफमा कांग्रेस आधारभूत सिद्धान्तमा कहिले सम्झौता गर्दैन भन्दै देश विकासको लागि आर्थिक कार्यसूची अगाडी बढाउनु पर्ने अपरिहार्यता हुन्छ भन्दै अनुशासन र बिधि भएमा मात्र देशले विकास गर्ने कुरामा जोड दिएका थिए l कार्यक्रम जन सम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा गरिएको थियो भने कार्यक्रमको सभापतित्व केसब बरालले गरेका थिए l परिचयात्मक कार्यक्रमबाट सुरु गरिएको अन्तर्क्रियामा सभापति केशव बरालले खादा लगाई अर्थ मन्त्रिलाई स्वागत गरेका थिए भने धन्यबाद ज्ञापन उपाधक्ष्य राम शरण हुमागाईले गरेका थिए l

7:07 PM | Posted in , , | Read More »

कोलोराडो बासिले यसरि मनाए नया वर्ष २०७१

विजय थापा ,बैशाख १,भर्जिनिया
अमेरिकाको कोलोराडोमा नेपाली नया बर्ष २०७१ सयुक्त रुपमा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल र नेपाली घर नामक संस्थाको संयुक्त आयोजनामा भब्य उत्साह तथा उमंगको साथ मनाईएको छ  I निक्कै बाक्लो समुदायको उपस्थिति भएको उक्त कार्यक्रममा विभिन्न नेपाली संस्कृति झल्किने नृत्य तथा गीतहरु प्रस्तुत गरिएको थियो I 

सांगीतिक कोसेली प्रस्तुत स्वरुप नेपाली लोकगीत, नेपाली संस्कृतिका नृत्य ,कौडा नृत्य ,धिमाल नाच ,तामांग सेलो ,नेवारी संस्कृति झल्किने नृत्य तथा विभिन्न गीतहरु प्रस्तुत गरिएको टिका पौडेलले बताए l हाम्रा परम्परा तथा चाड पर्व हाम्रा पिढीहरु लागि भए पनि जोगाउनु पर्ने भन्दै नेपाली नया बर्षले मातृभूमिको सम्झना गराएको बताए । स्थानीय कलाकारहरु शरद आचार्य र समीर आचार्यले हास्यव्यंग्य नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरंजन दिलाएका थिए । नयाबर्षको लागि नेपाली नामबाट खोलिएको याक एंड यति नामक नेपाली चमेना गृहले विभिन्न परिकारहरु नेपाली खानाहरुको चाजो मिलाएको थियो l

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल अध्यक्ष शरद आचार्य र नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने स्वागत तथा धन्यबाद ज्ञापन समेत नया बर्षमा दिइएको थियो l

12:55 AM | Posted in , , | Read More »

प्रवासको दिल्लीमा पनि पढ्ने भए नेपाली दैनिक पत्रिका

बाबुराम थापा नई दिल्ली, चैत ३० ।
विगत सात बर्ष अगाडीदेखि हाम्रो नेपाल, नेपाल एक्सप्रेस र नेपाल दर्शन साप्ताहिकको रूपमा संचालन हुदै आएको नेपाली साप्ताहिक पत्रिका अव दैनिक पत्रिकाको रूपमा संचालनमा आउन लागेको हो। ’नेपाल आवाज’ दैनिक को नामले संचालनमा ल्याउन लागिएको सो पत्रिका वैशाख, १,२०७१

देखि आम प्रवासी नेपाली समुदाय तथा भाषा भाषी नेपालीहरूको बिचमा लैजाने उद्धेश्यले पत्रिकाको उद्घाटन राखिएको थियो। ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र कुवरले अध्यक्षता गरेको सो उद्घाटन समारोहमा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरू, नेपाली राजदुतावासका बिभिन्न ओहदाका पदाधिकारीहरू, नेपाल एअरलाईन्स तथा एभरेष्ट बैंकका प्रबन्ध संयोजक, आई एम ई ग्लोबल बैंक र प्रभु मनि ट्रान्सफरका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। प्रमुख सम्वाददाता गोबिन्द पोख्रेलले संचालन गरेको सो कार्यक्रम नया दिल्ली स्थित गान्धि शान्ति प्रतिष्ठानको हलमा सम्पन्न भएको थियो। दुई चरणमा राखिएको सो कार्यक्रममा पहिलो चरणमा नेपाली दुताबासको तर्फबाट प्रतिनिधित्व गर्दै पोलिटिकल मिनिस्टर तिर्थ वाग्ले र साँस्कृतिक विभाग प्रमुख अर्जुन पन्तले, प्रवासी नेपाली संघ भारतको तर्फबाट खेमचन्द्र ढकाल, अखिल भारत नेपाली एकता मंचको तर्फबाट आर.बि. खड्का, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तर्फबाट विन ब. कुवर, एभरेष्ट बैंक लिमिटेडको तर्फबाट चिफ रिप्रीजेन्टेटिभ दिपक कुमार चोपरा र पत्रिकाको तर्फबाट सम्पादक लोकेश शाह ’आर्यन’ ले बोलेका थिए भने दोस्रो चरणको कार्यक्रममा नेपाली जन सम्पर्क समिति-भारतको तर्फबाट बाल कृष्ण पाण्डे, एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईण्डष्ट्रिजका उपाध्यक्ष प्रमोद खरेल, लुम्बिनि गौतम बुद्ध चेरिटेबल ट्रस्टबाट दिपक जि.सी., मोर्डन इरा टुर एण्ड ट्रावल्सको तर्फबाट कृष्ण गैरे, हेल्प नेपाली मिशनको तर्फबाट कवि कार्कि, गुरूगं समाज सेवा समितिको तर्फबाट रन बहादुर गुरूगं, हाम्रो स्वाभिमान ट्रस्टको तर्फबाट प्रेम बहादुर क्षेत्री, लुम्बिनी अर्घाखाची सहकारी वचत समुहका जय प्रकाश खनाल र वल्र्ड गोर्खा फाउण्डेशनको तर्फबाट समिर प्रधानले बोलेका थिए।

कार्
यक्रम नेपाली दुतावासका वाग्ले र पन्त तथा ब्यवस्थापन समितिका उपाध्यक्ष खुम गुरूगं र सचिव बिके कृष्णद्वारा उद्घाटन गरीएको थियो भने ब्यवस्थापन समितिमा अध्यक्ष देवेन्द्र कुवर, उपाध्यक्ष खुम ब. गुरूगं, सचिव बिके कृष्ण, सह-सचिव बिष्णु के. सि. र कोषाध्यक्ष बि.बि. गुरूगं रहेका छन भने पत्रकारहरू र वितरकमा सम्पादक लोकेश शाह ’आर्यन’, प्रमुख सम्वाददातामा गोबिन्द पोख्रेल र विश्वास शाह, सम्वाददाताहरूमा बाबुराम थापा, भेषराज पौडेल र गणेश बि. क., प्राविधिक संयोजक बिरेन्द्र खड्का तथा वितरकमा राजेन्द्र सिंह रहेको कुराको उद्घाटन समारोहमा घोषणा सहित परिचय गराईएको थियो।

12:33 AM | Posted in , , | Read More »

दुबईमा गोरखा सेवा समाजको नँया बर्ष शुभ कामना तथा बनभोज कार्यक्रम सम्पन्न

बिनोद श्रेष्ठ" क्रान्ति"
दुबई, चैत्र ३०- गोरखा सेवा समाज यु.ए.ईले नव बर्ष २०७१ को पावन अबसरमा दुबईको मम्जार पार्कमा गत शुक्रबार शुभकामना अादान प्रदान तथा बिबिध मनोरन्जन सँगै बनभोज कार्यक्रम सम्पन्न गर्यो।
गोरखा सेवा समाजका अध्यक्ष भिम श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अथिति संस्थापक अध्यक्ष शुरेश ढकाल,अथितिहरूमा क्रमश गैर अाबासिय संमवय परिसद् मध्य पुर्ब संयोजक चन्द्र रोकाहा, नेपाली समाज यु.ए.ईका अध्यक्ष ज्ञानेन्द्र कार्की,नेपाली जनप्रगतिशील  मन्च यु.ए.ईका अध्यक्ष हेमन्त पैाडेल, एन.अार एन NCC का उपाध्यक्ष सुदिप कार्की,चितवन समाज यु.ए.ईका अध्यक्ष श्याम पोखरेल,हुनुहुन्थ्यो।

यसै गरी अन्य अथितिहरूमा पर्बत सेवा समाज यु.ए.ईका अध्यक्ष मणी भुर्तेल,स्याङ्जा सेवा समाज यु.ए.ईका उपाध्यक्ष कुल केसी,नेवा पुच यु.ए.ईका अध्यक्ष प्रमोद श्रेष्ठ,मगर संघ यु.ए.ईका उपाध्यक्ष उपेन्द्र रानामगर,अन्तराष्ट्रिय कलाकार मन्च यु.ए.ईका महासचिब गोपीकृष्ण पंगेनी,साथै यु.ए.ईका ख्याति प्राप्त कलाकारहरूको बिशेष उपस्थिति रहेको थियो।

नव बर्षको अागमन सँगै गत बर्ष झै यस बर्ष पनि बिबिध लोक साँस्कृतिक कार्यक्रम तथा नेपाली परिकारको भरपुर स्वाद रहेको उक्त कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि समाजसेवी, बुद्दिजिबी, पत्रकार, बिभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि साथै युएई बासी नेपाली दाजुभाई, दिदिबहिनीको उल्लेखनिय उपस्थित थियो।

अाउदै गरेको नयाँ बर्षले हामी प्रबासमा रहेका सम्पर्ण नेपालीहरूको सुस्वास्थ्य,उत्तरोत्तर प्रगतीको कामना सहित स्वागत गर्दै संस्थाका उपाध्यक्ष दिनेश पाण्डेले तँपाईहरूको साथ अनि हैासलाले हामी अाज सफल भएकोमा खुसी ब्यक्त गरे। अाँउदा दिनहरूमा पनि यहाँहरूको सहयोगको अपेक्षा रहने बताए। यसै गरी मन्तब्यै कै क्रममा नेपाली  समाज यु.ए.ईका अध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रबासमा नेपालीहरू बिच एक अापसमा भाइचाराको समन्ध अझै बडोस् भन्दै नयाँ बर्षको २०७१को शुभकामना ब्यक्त गरे। यसै गरी बिभिन्न अथितिहरूले शुभकामना ब्यक्त गरेका थिए।

यसै गरी प्रमुख अथिति शुरेश ढकालले उपस्थित सम्पुर्णलाइ नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै अझै यस्ता नयाँ कार्यक्रमहरू गर्दै एक अापसमा मिलेर प्रबासमा समस्या रहेका नेपालीहरूको यथाशिघ्र उद्दार गर्नु पर्नेमा जोड दिए। म अत्यान्तै खुसी छु। कार्यभारको पोहिलो कदम अत्यान्तै सफल अनि फलदाही भयो। यो नै एकताको जग हो, भन्दै संस्थाका अध्यक्ष भिम श्रेष्ठले भ्याकुता जति उफ्रे पनि काल्ला मुनी नै रहने दाबी गरे। निश्वार्थ समाज सेवाको भावना कसैले मार्न नसक्ने उनको भनाई छ।उनले फेसबुक स्ट्याटसबाट उक्त कार्यक्रममा महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्ण केन्द्रिय टिम, क्षेत्रिय समितिका प्रमुख तथा पदाधिकारीहरू साथै सम्पुर्ण यु.ए.इ बासी नेपाली दाजुभाइ,दिदिबहिनीहरू प्रति धन्यबाद ब्यक्त गरेका छन्।

वैदेशिक रोजगारीको सिलसिलामा प्रवासको मरुभूमिमा रहेता पनि आफ्नै देशको नेपाली विभिन्न परिकारका स्वादसंगै नेपाली सांगीतिक माहौलमा रम्न पाउदा सबैजनाको चेहरामा खुसी झल्केको देख्न सकिन्थ्यो । दैनिक आ–आफ्नो काममा व्यस्त रहने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले त्यस दिन भने अलगै रमाइलो अनुभूति गरेका थिए ।बिभिन्न नेपाली स्वादिष्ट परिकार, सेल रोटी, छाला सहितको ताजा खसीको मासु, पोखरेली ध्युको स्वादमा खिर अनि भक्तपुरे नेवारी अचारले उपस्थित भिडलाइ थेक्न हम्मे हम्मे परेको देखिन्थ्यो।

कोही मादल त, कोही अाफ्नै तालमा नाच्दै थिए , कोही गाउनमा व्यस्त थिए । त्यसै पनि प्राकृतिक ध्वनिमा संगीतको आनन्द लिनेहरुको कमि थिएन । कतै फेरी दोहोरी खेल्नेहरुको जमघट देखिन्थ्यो। "गोर्खा मनकामना,, झाप्पै माया लाइहालैा भनेनी ठिक छैन जमाना"बोलको दोहोरीमा कम्मर मर्काउनेको दृश्य कता कता गाउँ घरको यादले दर्शकलाइ भाबुक बनाइ राख्थ्यो। सायद कसैलाई त खान पिउन भन्दा नाच्न र गाउनमा नै रमाईलो लागेको आभास हुन्थ्यो । अत्यान्तै रमणिय स्थानको नग्न तस्बिर लिनेहरूको भिड पनि कम्ति थिएन।
कार्यक्रम संस्थाका महासचिब बिनोद श्रेष्ठ क्रान्तिले संचालन गरेका थिए।

12:24 AM | Posted in , , | Read More »

नेपाली कलाकारहरुलाई युएईमा सम्मानित

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । नेपालीहरुको गौरव राष्ट्रि्रय झण्डालाई लिएर नेपालको कला र संस्कृतिलाई चिनाउदै “दुबई व्यापार महोत्सव २०१४” को विभिन्न देशको सांस्कृतिक कार्यक्रम अन्तर्गत सत्यवती कलाकेन्द्र ववरमहल काठमाण्डौबाट आएका कलाकारहरुलाई दुबईमा सम्मानित गरिएको छ । गएको ३१ जनवरी शुक्रबारका दिन दुबईको सिंध पंजाब रेष्टुरेण्टमा मगर समाज युएईले एउटा कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो ।

उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथिमा मगर संघ युएईका संरक्षक गिरमान थापा रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता मगर संघ युएईका अध्यक्ष हस्तराज दर्लामी मगरले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा उप संरक्षक तथा पत्रकार लालबहादुर ढेंगा र अन्य अतिथिमा कलाकार, केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरु रहेको कार्यक्रमलाई केन्द्रीय सचिव चन्द्र रोकाले संचालन गर्नु भएको थियो ।

सत्यवती कलाकेन्द्र ववरमहल काठमाण्डौको प्रस्तुति तथा डाईरेक्टर उदिराम खड्काको नेत्रृत्वमा १० जनाको टोली आउनु भएको हो । जसमा डाईरेक्टर उदिराम खड्का, सुरेश गुरुङ, तृप्ति खड्का, बुद्धि परियार, आस्तित्व मगर, बिना रुम्बा, बसन्ती मगर, ज्योति वली, भविश्य खड्का र छविलाल खड्का रहेका छन् ।

गत महिना २ जनवरीदेखि २ फेब्रुअरी एक महिनासम्म चलेको महोत्सवमा ६० देशले आ–आफ्ना देशका संस्कृति झलकाउने खालका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । जसमा नेपालको कौडा, शेर्पा, मयुर, झांकी, तामाङ, अपेरा नृत्य, झ्याउरे, थारु, भोजपुरी र सिंगारु रहेको थियो । विश्वको ६० देशमध्ये नेपालले टप ११ नम्बरको स्थान प्राप्त गर्नमा समेत सफलता पाएको छ ।

सो अवसरमा खजुराह–८, नेपाल गंजमा जन्म भई हाल विगत ४ बर्षदेखि काठमाण्डौंमा बसोबास गदैं आएकी लोक, आधुनिक र पप गायिका तृप्ति खड्काको एल्वम “तृप्ति आधुनिक दोहोरी कलेक्शन” भाग २ भिसिडीको विमोचन समेत गरिएको छ । पहिलो भाग १ भिसिडी नेपालमै विमोचन भएता पनि भाग २ भिसिडी प्रमुख अतिथि गिरमान थापा र गायिका तृप्ति खड्काले संयुक्त रुपमा विमोचन गरेको हो ।

परिचयत्मक कार्यक्रमबाट थालनी भएको कार्यक्रममा अध्यक्ष हस्तराज दर्लामीले खादा र प्रमुख अतिथि गिरमान थापाले प्रशंसापत्र दिएर सम्मान गरिएको थियो । सो अवसरमा आ–आफ्ना मन्तव्य राख्नेहरुमा उपाध्यक्ष राजु सिंजाली, उपाध्यक्ष ललितमान राना, अतिथि कलाकार उदिराम खड्का, प्रमुख अतिथि गिरमान थापा र अध्यक्ष हस्तराज दर्लामी रहेको थियो ।

7:08 AM | Posted in , , | Read More »

डिसी ल्होछार राजु लामाले घन्काए

विजय थापा,माघ १९ ,भर्जिनिया
डिसी महानगर क्षेत्रमा स्थापना भएको बृहत् वाशिंगटन तामांग समाजको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष २८५० औँ ‘सोनाम लोछार’  भव्यताको साथ मनाईएको छ l लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो । उक्त अवसरमा भेला भएका तामांग समुदायले एक आपसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्नुका साथै विभिन्न सांस्कृतिक  वेशभूषासहितको कार्यक्रम उत्साहजनक हुन पुगेको थियो l


उक्त ल्होछार पर्वलाई हौसला प्रदान गर्न  न्युयोर्कबाट डिसी आई पुगेका मंगोलियन हर्टका राजु लामाको प्रख्यात गीतले दर्शकहरुले मन थाम्नै सकेनन र  उनको गीत संगै कार्यक्रम स्थल नृत्यमय हुन पुगेको थियो l  केहि बर्ष अगाडी नै डिसी ल्होछारमा राजु लामाले प्रस्तुति देखाई सकेका थिए l

प्रारम्भिक चरणमा औपचारिकताबाट सुरुवात भएता पनि बिभिन्न कार्यक्रमहरु गरिएको उक्त उत्सबमा बिभिन्न राज्यबाट अतिथिहरुको सहभागिता रहेको थियो l बिगत केहि दिन देखि सुन्य तापक्रम भन्दा निक्कै पनि मुनि मौसम पुगेता पनि आफ्ना प्यारा र आदर्श कलाकारलाई भेट्न र सांगीतिक कार्यक्रममा सरिक हुन् पर्वाह नगरी अन्त्य सम्म साथ दिएका थिए l

वरिष्ठ लोक गायक प्रेम राजा महत ,वरिष्ठ गायिका मिरा राणा ,प्रख्यात गायक तथा गीतकार संजोक लामा ,नेपाली चलचित्रका कलाकार तथा निर्माता अमृत लामा ,अमेरिकामा बसोबास गरि रहेका नव प्रतिभाशालि गायक श्याम सुन्दर आचार्य ,सागर मोक्तान तथा स्थानीय कलाकारहरुको गीत ,नृत्य ,तामांग सेलो र बिभिन्न प्रस्तुतिले वातावरण निक्कै मनोरंजनपूर्ण हुन् पुगेको थियो l र सांस्कृतिक साँझ सगै डिजे कार्यक्रमको निरन्तरता पछि मध्य रातमा सम्म कार्यक्रम चलेको थियो l

6:47 AM | Posted in , , | Read More »

डिसीमा जासुसी उपन्यासकार निरोलाका ‘लजाएका परेलीहरु'' विमोचित’


विजय थापा,माघ १८,भर्जिनिया
डिसी महानगर क्षेत्रमा दुई दशक भन्दा बढी समय देखि बसोबास गर्दै आएका,विसं २०२६-२०२९ को समयमा ११ जासुसी उपन्यास प्रकाशित गर्न सफल भएका उपन्यासकार तथा कवि शरद निरोला द्वारा लिखित'लजाएका परेलीहरु' कविता संग्रह एक भब्य कार्यक्रम बिच विमोचित गरिएको छ l

मुख्य अतिथि तथा अमेरिकाका लागि कार्यबाहक राजदूत श्री ऋषि राम घिमिरेले उक्त कविता संग्रह पुस्तक विमोचित गर्दै आयोजक खसखस डटकम (साहित्यिक बिधुतिय संजाल )लाई धन्यबाद दिदै केहि कबिताहरु मार्मिक र संदेश मुलक रहेको आफुले पाएको भन्दै कविताहरु राष्ट्रियता र राष्ट्र प्रेमले भरिएको लागेको बताए l

जासुसी उपन्यासकार शरद् निरोलाले उनका कविता संग्रह पुस्तक बारे समिक्षा गर्ने क्रममा उपन्यासकारबाट अमेरिकामा आई उदाउदो कवि हुनु भएका भन्ने सवालमा प्रस्ट पर्दै आफु पहिला कबि भएको भन्दै ८ कक्षामा अध्ययन गर्दा भारतमा पश्चिम बङ्गालमा पहिलो पटक आफ्नो कविता छापिएको चर्चा गरेका थिए l उपन्यासकार बन्ने प्रेरणाका श्रोत मामाले जहिले पनि हिन्दी जासुसी उपन्यास पढेको देखेर १० कक्षाको परीक्षा पछि पहाडबाट तराई झरे देखि दिनमा १० वटा जति जासुसी उपन्यास पढेको र यसरी आफु जासुसी उपन्यासकार बन्न पुगेको चर्चा गरे l निरोलाले आफुले जेम्स बोन्ड प्रकारका जासुसी उपन्यास लेखेको बताएका थिए l

लजाएका परेलीहरु' कविता संग्रह हालसालै प्रकाशित भएको छ भने उक्त कविता संग्रह पुस्तक डिसी महानगर क्षेत्रमा लामो समय देखि संचालनमा रहेको साहित्यिक बिधुतिय संजाल खसखस डट कम प्रकाशक रहेको छ l उक्त साहित्यिक संजालबाट पहिलो आपको रुख र दोश्रो लजाएका परेलीहरु प्रकाशन भएको जानकारी संचालक तथा साहित्यकार बासु श्रेष्ठले गराए l


सो कृतिमा वरिष्ठ समालोचक तथा साहित्यकार डा. तारानाथ शर्माले नया संदेश साप्ताहिकमा हिरण्य कशिपु भएर निक्कै रमाईला हास्य व्यंग्यात्मक टिप्पणीहरु युक्त लेखहरु लेखि पाठकहरुको मन तान्न सफल शरद् निरोला अति नै सरस ,सरल र चित्ताकर्षक भाषामा जासुसी उपन्यासहरु लेख्दा लेख्दै एक्कासी मातृभूमिलाई चटक्कै छाडेर पातालतिर भासिई हाम्रो साहित्यबाट बिलाउदा हामीलाई नियास्रो लागेको बताएका छन् l

उक्त कविता संग्रह बारेमा बोल्दै साहित्यकार बसन्त श्रेष्ठले भाषा र साहित्य प्रति निरोलाको समर्पणताको प्रसंशा गर्दै उपन्यासकारबाट किन निरोलाले कबितामा हात चलाउनु पर्यो भन्दै त्यसको जवाफ आफुले दिदै कवितामा आत्मियता हुन्छ भन्दै कविताले जागरण ल्याउने बताए l अर्का समालोचक कबि तथा पत्रकार गोविन्द गिरि प्रेरणाले कविताहरु पठनीय भए मात्र दिर्घजीवि हुने समिक्षा गर्दै निरोलाका कवितामा कडा शब्द प्रयोग गरिएको बताए l अर्का समालोचक पत्रकार गुणराज लुईटेलले निरोलाका कविताहरु दार्शनिक भावना झल्किएको उल्लेख गर्दै प्रगतिवादका अक्षर कतै न झुल्किएको बताए l

उक्त कविता संग्रहमा ४२ वटा कविताहरु रहेका छन l उपन्यासकार तथा कवि शरद निरोला द्वारा लेखिएका प्रसिद्ध जासुसी उपन्यासहरु ,सुलसुले पस्दा(पहिलो ),फ़ुश्रे तारा ,नर्कदुत तथा बिदेशी गुप्तचर आदी गरि कूल ११ वटा प्रकाशित गरेको जानकारी दिए l कबि तथा उपन्यासकार निरोला अध्यापन पेसामा संलग्नता रही सकेका र रासस ,नेपाल टेलिभिजन तथा केहि पत्रिकामा सम्पादनको भूमिका निर्वाह गरी सकेका छन् l

कार्यक्रममा स्वागत मन्तब्य मंजु निरोलाले गरेकी थिइन भने कार्यक्रम संचालन तथा धन्यबाद ज्ञापन कबि ,साहित्यकार तथा खसखस डटकम साहित्यिक बिधुतिय संजालका संचालक बासु श्रेष्ठले गरेका थिए l

6:30 AM | Posted in , , | Read More »

प्रवासी थारु समाज युएईले माघे संक्रान्ती तथा नयां बर्ष धुमधामसंग मनायो

लालबहादुर ढेंगा, युएई दुबई ।
नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा विश्वको जुन देशमा बसोबास गरेता पनि आ–आफ्नो कला, संस्कृति र चाड पर्वलाई जर्गेना गरेको पाईन्छ । युएईस्थि रहेका नेपालीहरुले माघे संक्रान्ती पर्वलाई शुभकामना आदानप्रदान संगै विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् । प्रवासी थारु समाज युएईको दोस्रो भेला तथा माघे संक्रान्ती पर्वको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको हो ।

गएको २४ जनवरी शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा “थारु कला संस्कृति हाम्रो पहिचान यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ थारु समुदायको महान चाड माघे संक्रान्ती पर्व, नयां बर्ष तथा दोस्रो भेला विधिवत रुपमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङ रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रवासी थारु समाज युएईका अध्यक्ष नेत्र थनेतले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा सोही समाजका सल्लाहकार घनश्याम चौधरी रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।

सो कार्यक्रममा थारु जातिहरुको मौलिक भाषा, भेषभुसा र संस्कृतिलाई नजिकबाट देख्न र बुझ्न सकिन्थ्यो । प्रवासको ठाउंमा भएता पनि आ–आफ्नो ड्यटीको बावजुद समय दिएर गरेको योगदानलाई छिट्टै भुल्न सकिदैन । थारु दाजुभाई तथा दिदीबहिनीहरुले लगाएका थारु पहिरनले थारुहरुको संस्कृतिलाई प्रत्यक्ष रुपमा झलकाएको देखिन्थ्यो ।

थारुहरुको मौलिक भाषाको गीत र नृत्यले थारु संस्कृतिलाई सुनमा सुगन्ध थपिदिएको थियो । विभिन्न तथा विविध सांगीतिक प्रस्तुतिले दर्शकलाई निक्कै मनोरञ्जन दिएको थियो । सो अवसरमा विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तिहरुलाई खादा ओढाई प्रशंसापत्र दिएर सम्मान समेत गरिएको थियो ।

3:37 PM | Posted in , | Read More »

अमेरिकाको साहित्य सम्मेलनमा सम्मानित हुने सामाजिक नायकहरुको नामावली सार्बजनिक

विजय थापा ,भर्जिनिया ,अमेरिका ,मंगसिर ४ नोवेम्बर ३० र डिसेम्बर १ तारिखको दिन डिसीमा महानगर क्षेत्रमा हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विभिन्न विधामा विशिष्टता हासिल गरि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने दश जना नेपाली तथा नेपाल र नेपालीहरुलाई विशिष्ट रुपमा सहयोग गर्ने तीन जना विदेशीहरुलाई सम्मान गरिने पूर्व सूचना अनुसार उनीहरुको नामावली सार्वजनिक गराउदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को ईतिहासमा पहिलो पटक यस्तो विधामा सम्मानित गर्न लागेको कुरा सम्मेलन संयोजक सीता पाण्डेले बताईन l

साहित्यिक सम्मेलनमा सम्मानित हुने नेपालीहरुमा अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मा (बिद्या वारिधि ) ,सी एन एन नायक (हिरो )पुष्पा बस्नेत तथा क्यानाडाकी महिला अधिकारकर्मी तथा समाज सेवी राधा बस्नेत परेकी छिन l यसै गरि गैर आवासीय नेपाली संघका वर्तमान अधक्ष्य तथा अस्ट्रलिया कै धनाड्य ब्यबसायी शेष घले ,नेपाल खेलकूद परिषदका महा सचिब युवराज लामा तथा लक्ष्मी प्रतिष्ठान नेपालका संस्थापक तथा आफ्ना दुई पुत्रहरु नौ महिनाको अन्तरालमा सडक दुर्घटनामा गुमाएका बिष्णु गौतम ,जुन प्रतिष्ठानले यातायात सचेतना कार्यक्रम तथा महिला चालक तालिममा अभूतपूर्व काम गर्दै आएकोले सम्मान गरिने भएको छ l

संचार क्षेत्रको लागि न्युजर्सी अमेरिकाबाट संचालित युएस नेपाल अनलाइन डटकमका सम्पादक प्रदीप थापा ,नर्थ कारोलिना ,अमेरिकाकाका विश्व बिद्यालयका प्राध्यापक तथा साहित्यकार हरिहर प्रसाद भट्टराई (बिध्या वारिधि ),नेपाली साहित्य विकास परिषद ,बेलायतका अधक्ष्य खगेन्द्र नेपाली तथा भारत सिक्किमका नेपाली मूलका सु-प्रसिद्ध कवि राजेन्द्र कुमार भण्डारी ,जस्को कविता संग्रहलाई नोवल पुरस्कारको लागि पनि सिफारिस गरिएको थियो भने वहाहरुले बिबिध क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरिने भएको छ l

 सम्मानित हुने तीन जना विदेशी सामाजिक नायकहरुमा अमेरिकाको फ्लोरिडा राज्यबाट अमेरिकी प्रतिनिधि सभाका सदस्य तथा एनडर क्रेनसह ,सह-अधक्ष्य नेपाल कांग्रेसनल ककस छन भने यसै गरि कोलोराडो अमेरिकी प्रतिनिधि सभाका सदस्य जरेड पोलिस ,सह-अधक्ष्य नेपाल कांग्रेसनल ककस वाशिंगटन डिसीलाई पनि अभिनन्दन गरिने भएको छ l अर्की बिदेशी युवती ,न्युजर्सी अमेरिकामा जन्म भै हाल सुर्खेतमा जनयुद्ध ताका सडक तथा अनाथ बन्न पुगेका बालबालिकाहरुको निम्ति पाठशालाको संचालन गर्दै आएकी म्यागी डोयेंनलाई पनि अभिनन्दन गरिने भएको जानकारी गराईएको छ l म्यागी अमेरिकामा आफुले बच्चा हेरेर संचित गरेको पांच हजार डलरबाट सुरु गरेकी थिईन l सम्मानित हुनेहरुको नामावलीको सिफारिस र अनुसन्धान गर्ने जिम्मेबारी समाजसेवी राजा घलेको संयोजकत्वमा भएको छ l घलेको सिफारिस समितिमा बोस्टन हार्वड विश्व विद्यालयका सह-प्राध्यापक डा शिव गौतम, न्यु योर्कका कानुन व्यवसायी विनोद रोका तथा कनेक्टिकट विश्वविद्यालयकी विद्या रंजित (बिध्या वारिधि )रहेका छन् l सिफारिस समितिका संयोजक राजा घलेले छोटो समयको अवधिमा यो काम फत्ते गर्नु चुनौती थियो भने अवसर पनि उत्तिकै भएकोले अहोरात्र मेहनत गरि सामुहिक रुपमा मिलेर काम गरि सिफारिस गरेका छौ भने l

 यसै गरि कनेक्टिकट विश्वविद्यालयकी विद्या रंजित (बिध्या वारिधि ) बिश्वभरिबाट बिभिन्न नाम छनौट गर्नु कठिन भएता पनि यहि समाजका गतिबिधिको नजदिकबाट अवलोकन गर्ने भएकोले नाम जुटाउन निक्कै कसरत गर्नु परेको बताईन l सिफारिस समितिले अत्यन्तै कडा मेहनत तथा गम्भीरता पूर्वक काम गरेकोमा हर्ष व्यक्त गर्दै अनेसासका संस्थापक तथा साहित्यकार होमनाथ सुबेदीले सिफारिस समितिको तारिफ गरे l बिदेशीहरुको नाम सिफारिसमा अमेरिकी राजदूतावासमा विगत धेरै बर्ष कामगरि हाल वाशिङ्गटन डि.सी.मा नेपाली समुदाय बीच गहिरो अध्ययन भएकी अनुभवी नताशा बासले राजदूत शंकर प्रसाद शर्मासंग समन्वय गरि नाम आयोजक समिति समक्ष प्रस्तुत गरिएको जनाईन l

सम्मानित हुनेहरुको नामावली सिफारिस समितिले आयोजक समिति पठाए पछि वहाहरु जस्ता दिग्गजहरुले गरेको कार्यलाई सर्वसम्मतिले पारित गरेको जानकारी सम्मेलन संचार निर्देशक खेम भट्टचनले बताए l नेपाली भाषा, साहित्यका साथै कला ,संस्कृति, खेलकुद, कलाकार, पत्रकारिता, व्यवसाय आदि समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरु तथा संस्थालाई सम्मेलनमा विशेष सम्मान प्रदान गरिने यो सम्मेलनको मुख्य अभिप्राय रहेकोले यो काम भएकोमा आफुलाई हर्ष लागेको केन्द्रिय अधक्ष्य गीता खत्रीले बताईन l

7:56 AM | Posted in , | Read More »

एनआरएन मध्यपूर्व सम्योजकमा यूएईबाट चन्द्र रोकाहको उम्मेदवारी

उमाकान्त पाण्डे ’गाउांले’भाद्र २१, दुबइ ­ गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकालको लागि उम्मेदवारी दिने क्रम बढेको छ । मध्यपुर्वका खाडीमुलुकमा कार्यरत नेपालीको नेत्रित्व गर्दै यूएईबाट चन्द्र बहादुर रोकाहले मध्यपुर्व सम्योजकको उम्मेदवारी घोषणा गरेका छन । रोकाह एनआरएन यूएईका वर्तमान कार्यसमितिका अध्यक्ष हुन । दुबइको याक एन्ड यती रेस्टुरेन्टमा आज शुक्रबार पत्रकार सम्मेलन गरि रोकाहले उम्मेद्वारीको घोषणा गरेका हुन् । उम्मेद्वारी दिने घोषणा गर्दै रोकाहले गैर आवासीय नेपालीहरुको समस्या समाधानको लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता जनाए । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्यपूर्वी मुलुकमा रहेका नेपाली कामदारमाथि हुने उत्पीडनको घटना न्यूनीकरण आफ्नो प्राथमिकतामा पर्ने उनले बताए । वैदेशिक रोजगारको सुरक्षित कार्यचयन, सुसूचित गमन, मर्यादित आगमन र सम्मानजक पुनअस्थापनामा जोड दिदै एनआरएन एनसीसीमा रहेर काम गर्दाका अनुभबका आधारमा आफु अघि बड्ने उनले वताए । ’युरोपमा बस्ने नेपाली मात्र एनआरएन होइनन, उनीहरुको बर्चस्व धेरै भयो भनेर गरिने गुनासोलाई आफ्नो उम्मेदवारी ’जबाफ’ हो,’ उनले भने । Chandra Rokaha पत्रकार सम्मेलनमा उपस्थित बिभिन्न संघसस्थाका प्रतिनिधी तथा पत्रकारले सोधेको जिज्ञासाको जबाफ दिदैं उनले यूएई तथा समग्र मध्यपूर्वमा रहेका नेपालीको बिषयलाई अख्तियारी पाएको निकाय सगं समन्वयब गर्दै अघि बड्ने बताए । एनआरएन यूएईको नेत्रित्वमा रहेर गरेका कामको मुल्यांकन गर्दै सबै सहकर्मीहरुको सुझाब तथा सहयोग बाट उल्लेख्य काम गर्न सकिने उनको भनाइ थियो । यस अघि एनआरएन यूएईको उपाध्यक्ष हुादै वर्तमान कार्य समितिमा अध्यक्ष रहेका रोकाहको कार्यकाल आगामी शुक्रबार सकिदै छ । आगामी अक्टोबरमा नेपालमा हुने विश्व सम्मेलनले नयाा कार्य समिति गठन हुने छ । रोकाहको उम्मेदवारी खाडी मुलुक बाट पहिलो हो । यसअघि यूएईमै काम गरि हाल नेपालमा रहेका रामेश्वर शाहले एनआरएन केन्द्रिय अध्यक्षको रुपमा उम्मेदवारी सार्वजनिक गरेका छन । त्यस्तै एनआरएनको प्रमुख पदमा अष्ट्रेलियाको दाबी रहेको छ । अध्यक्ष,महासचिवपछि अष्ट्रेलियाबाट उपाध्यक्षका लागि समेत उम्मेदवारी घोषणा भएको छ । जसमा शेष घलेले अध्यक्ष र पूर्वएनआरएन अष्ट्रेलिया अध्यक्ष ध्रुव सुवेदीले केन्द्रिय महासचिवमा र एनआरएनको अन्तराष्ट्िरय कमिटीको विधान संशोधन समितिमा रहेर काम गरिसकेका भवानी ओलीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

2:22 PM | Posted in , | Read More »

जनप्रगतिशिल मन्च बहराइद्धारा नयाँ सालको भित्तेपात्रो बितरण गर्दै

calendar2निमकान्त पाण्डे,अप्रिल १५ - नयाँ बर्ष बि.स. २०७० सालको नेपाली भित्तेपात्रोलाई नेपाली जनप्रगतिशिल मन्च बहराईनले एक कार्यक्रमबिच बिमोचन तथा नव बर्ष शुभ कामना आदान-प्रदान कार्यक्रम सहित बैदेशिक रोजगारीका निम्ति बहराईनमा कार्यरत नेपाली माझ बितरण गरिने भएको मंचका महासचिब नारायण रपाल विश्वाकर्माले जानकारी दिनु भएको छ। २०७० बैशाख १ का दिन नव बर्षको सु-अवसरमा शुभ कामना स्वरुप मन्च द्वारा प्रकासित क्यालेन्डर बिधिबत रुपमा बिमोचन गरिएको छ। मन्चका अध्यक्ष धर्म राज भट्टराइको सभापतीत्वमा भएको उक्त कार्यक्रमको सन्चालन महासचिब नारायण रपाल विश्वाकर्माले गर्नु भएको थियो। शुभ-कामना अदान प्रदान कार्यक्रममा मंचका केन्द्रिय समितीका पदाधिकारीहरु तथा क्षेत्रिय,ऐरिया समितीका प्रतिनिधिहरु सहित उल्लेखनियको उपस्थिती रहेको थिए । देस र जनताको हक-अधिकार र बर्गिय मुक्तीका लागि बिभिन्न कालखन्डमा भएका आन्दोलनहरु मा ज्यानको बलिदानी दिनुहुने महान सहीदहरु प्रती हार्दिक श्रदान्जली स्वरुप मौनधारणा गर्दै सुरु भएको कार्यक्रममा नेपाली जनप्रगतिशिल मन्च बहराईन का अध्यक्ष धर्म राज भट्टराई,सस्थापक दितिय उपाध्यक्ष नारायण रपाल विश्वाकर्मा 'हाल महासचिब' र महिला सदस्य गीता सापकोटा 'स-कोषाध्यक्ष' बाट सयुक्त्त रुपमा ''नेपाली भित्तेपात्रो २०७०'' को अनाबरण गरी उदघाटन गरिएको थियो। कार्यक्रममा मन्चका केन्द्रिय दितिय उपाध्यक्ष लक्ष्मी तमाङले उपस्थित जनसमुदायलाई शुभ कामना मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो भने मन्चका पदाधिकारीहरु प्रथम उपाध्यक्ष क्षेत्र देबकोटा, त्रितिय उपाध्यक्ष सालीकराम गौतम,कोषाध्यक्ष लाल बहादुर पाठक,मानमा क्षेत्रका क्षेत्रीय अध्यक्ष करन थापा,अस्कर क्षेत्रका क्षेत्रीय अध्यक्ष रत्न लिम्बु तथा अलदुर क्षेत्रका क्षेत्रीय अध्यक्ष गेहराज घर्ती मगरले आफ्नो मन्तब्य राख्ननु भएको थियो। पाप्त जानकारी अनुसार बहराईनमा यसकिसिमको पहिलो प्रयास भएकोले केही त्रुटीहरु भएमा आगामी दिनहरुमा सच्याउदै जनमानसमा लैजाने बाचा सहित कार्यक्रमको समापन गरिएको थियो। calender

10:36 PM | Posted in | Read More »

माया जालमा परि नेपालीले नेपाली माथि खुकरी प्रहार

भाईराम चौलागाई कुवैत सिटी २० मार्च । बैदेशिक रोजगारीको सिलसिलामा कुवैतको तन्जिब कम्पनीमा कार्यरत धनुषा जिल्ला जनकपुर निबासी कमलेश राउत माथि खुकुरी प्रहार भएको छ।

शनिबार उनलाई जिलिव सोयखको गल्फमार्ट पछाडी  नेपालीले नै खुकरी प्रहार गरी सक्त घाइते बनाएका छन। हाल उनको  कुवैत स्थित फरवानिया हस्पिटल  उपचार भै रहेको छ। हस्पिटलका अनुसार हाल राउत खतरा मुक्त रहेका छन्। प्रहरीले केहि सहकर्मी साथीहरुलाई पक्राउ गरि सोध पुछ जारी रहेको  जानकारी प्राप्त भएको छ।

कुवैतको नेपाली समाजमा देखिएको असहज परिस्थितिमा  भएको यस्ता घटनाले सम्पूर्ण नेपाली दु:खी भएका छन्। घटना हुनुको कारण भने भिन्नै रहेको छ श्रोतका अनुसार माया प्रेमको  चक्रमा यो घटना भएको भुझिएको छ। आफ्नो प्रेमिका सग राउतको सम्बन्ध रहेको संकाका कारण उक्त व्यक्तिले राउत माथि हमला गरेको जानकारी पाप्त भएको बुझिएको छ ।

8:05 PM | Posted in , | Read More »

प्रवासि ग्रुप युएईले सास्कृतिक कार्यक्रम सहित भेला सम्पन्न गरेको छ

गिता मणि पाण्डे युएई दुवई - गत सुक्रवार युएईको दुवईमा रहेको एभरेष्ट ईन्टरनेसनल होटलमा प्रवासि ग्रुप युएईले सास्कृतिक कार्यक्रम सहित भेला राम प्रसाद महतोको सभापतित्वमा प्रमुख अतिथी नेत्रनारायण थनेत विशेष अतिथी गिरमान थापा मगर र अतिथीहरु यमलाल शर्मा पगेनि , किशोर चौधरि , दिपेन्द्र चौधरि ,भुवन राई , डि आर गुरुङ , सिता भुर्तेल , युव राज भुषाल , कृणा भुषाल , राजु गुरुङ ,उत्तम अधिकारि तथा अन्य सघ सस्थाका प्रतिनिधी , वुद्धिजिवी ,समाज सेवि , पत्रकार हरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन मान वहादुर महतोले गरेका थिए ।

प्रवासि गुप युएईले चार वर्ष अगाडि प्रवासि थारु गुप राम प्रसाद महतोको संयोजकमा स्थापना गरेको थियो जसले आज आएर सम्पुर्ण नेपालीहरुलाई समेटने गरि नाम चेन्ज गरेर प्रवासि ग्रुप युएई वनाएको हो जसले याहा रहेका सम्पुर्ण नेपालीहरुलाई आवद्ध हुन पनि अनुरोध गरेको छ । उक्त्त कार्यक्रममा नेपालीहरुको सस्कृति झल्कने नाचहरु तथा गितहरुको प्रस्तुति गरेको थियो जसले गर्दा नेपाली दाजु भाई दिदि वहिनीहरुले भरपुर्ण रुपमा नाच्दै मनोरन्जन लिएका थिए भने स्थापना देखि काम गर्दै आएका राम प्रसाद महतोलाई प्रवासि थारु समाज युएईका नेत्रनारायण थनेत  ले प्रमाण प्रत्र र जनजाति महासघ युएईका गिरमान थापा मगरले खादा ओढाएर सम्मान गरेका थिए ।
     
तेहि दिन पारेर नया कार्य समिती  राम प्रसाद महतोको अध्यक्षतामा १३ सदस्यिय कार्य समिती चयन गरेको छ भने विशिष्ट सल्लाहकार नेत्रनारायण थनेत उपाध्यक्ष नेत्रप्रसाद महतो कोषाधयक्ष भिमवहादुर महतो सचिव मान वहादुर महतो व्यवस्थापनमा जितेन्द्र थनेत सदस्यहरुमा होमनारायण थनेत , होमनाथ महतो , धर्मराज महतो , ललितमान थनेत , अनिल थनेत , लेमवहादुर मल्ल , कुमार थापा मगर लाई सर्वसहमतिले चयन गरेको हो । अन्तमा सभापति द्धारा उपस्थित सवैलाई कार्यक्रम सफल वनाउन  सहयोग गर्ने सवैलाई धन्यवाद दिदै कार्यक्रम अन्त भएको घोषणा गरेका थिए । 






10:39 PM | Posted in , , | Read More »

अबुधावीमा बनभोज कार्यक्रम गरिने

लालबहादुर ढेंगा, युएई-दुबई । आगामी २२ मार्च शुक्रबारका दिन अबुधावीको मुश्रीफ कर्नेश पार्कमा नेपाली लोक संगीत तथा विभिन्न नेपाली परिकारका स्वादसंगै वनभोज कार्यक्रम गरिने भएको छ । उक्त वनभोज कार्यक्रम मगर संघ युएईको अबुधावी क्षेत्रीय समितिको आयोजनामा हुन लागेको हो ।

सो निर्णय गत १५ मार्च शुक्रबारका दिन केन्द्रीय संगठन विभाग प्रमुख चन्द्रबिक्रम सारुको प्रमुख आतिथ्यता, मगर संघ युएईका अबुधावी क्षेत्रीय समितिका अध्यक्ष सोमबहादुर थापा र सचिव सुरेन्द्र रोकाको संचालनमा अबुधावीमा बसेको बैठकले गरेको हो । वनभोज कार्यक्रमलाई बृहत् तथा रोचक बनाउनको लागि आयोजकहरु व्यावस्थापनमा लागिपरेका छन् ।

विगतमा जस्तै यसपालिको वनभोज कार्यक्रममा पनि विभिन्न नेपाली परिकारका खानाका साथै सेलरोटी, चिउरा र अचारको मुख्य आकर्षक रहने छ भने नेपाली नाचगानको पनि प्रस्तुतिहरु रहने भएको छ । अबुधावीस्थित समुन्द्रको किनारमा रहेको मनोरम सुन्दर पार्कले प्रकतिको अदभुूत नजारासंगै यस वनभोज कार्यक्रमलाई सुनमा सुगन्ध थपिदिने छ ।

युएईमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई यस अवसरमा उपस्थित हुनको लागि आयोजक समितिले आग्रह समेत गरेको छ । अधिक जानकारीको लागि सम्पर्क नम्बर सोमबहादुर थापा ०५२ ७६००४५९, चुमानसिंह सारु ०५५ ८०६३३५४, सुरेन्द्र रोका ०५५ ६२८७६४२ र रिजन थापा ०५५ ४५१६६९१ रहेको छ ।

6:13 AM | Posted in | Read More »

प्रवासी नेपाली युवा संघ यूएइको अधिबेसन अप्रिल १२ मा हुने

उत्तम अधिकारी - अबुधाबी १७ मार्च २०१३ -रोजगारिका शिलसिलामा बिदेसिएका नेपाली युवाहरूलाई सँगठित गर्दै युवाहरूको हितका लागि प्राप्त  अबसरहरूको सामुहिक उपयोग गर्दै युवा जोश , जाँगर र उत्साहलाई साँगठनिक कार्यमा सदुपयोग गर्ने उद्देस्यका साथ २ बर्ष अघि यूएइमा स्थापित प्रवासी नेपाली युवा संघ यूएइले आफ्नो पहिलो कार्यकाल सम्पन्न गरि आगामी १२ अप्रिल २०१३ शुक्रबारका दिन दोस्रो केन्द्रिय अधिबेसन गर्ने भएको छ । २०१० को डिसेम्बर १० का दिन स्थापित संघले २२ डिसेम्बर २०१० मा युवा संघ नेपालका  अध्यक्ष महेश बस्नेतको बिशेष उपस्थितिमा आफ्नो पहिलो अधिबेसन सम्पन्न गरेको थियो ।

   
युवाहरुलाई लक्षित गर्दै  कार्यक्रमहरू  गरिरहेको संघले आफ्ना संगठन बिस्तारका क्रममा  क्षेत्रिय कमिटीहरूको निर्माण गरि प्रशस्त मात्रामा युवाहरूलाई संगठनमा आबद्ध गरेको छ । संघका केन्द्रिय अध्यक्ष महेश गिरीका अनुसार हालसम्म संघको मातहतमा अबुधाबी , दुबइ , अलऐन , बिदा जायेद र आसाब क्षेत्रमा क्षेत्रिय कमिटीहरू सक्रिय रहेका छन् ।

    
नेपाली नयाँ बर्षको अबसर पारी अप्रिल १२ मा आयोजना गर्न लागिएको उक्त अधिबेसनको पहिलो भागमा संगठन सम्बन्धी आन्तरिक क्रियाकलापहरू हुने र दोस्रो भागमा नयाँ बर्षको शुभकामना आदान प्रदान सहितको साँस्कृतिक कार्यक्रम समेत समाबेश हुने जानकारी संघका महासचिब बुद्धी प्रसाद सुबेदीले गराए । संघले जनाए अनुसार उक्त कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतको बिशेष उपस्थिती रहनेछ ।

     
अबुधाबीको केरला सोसियल सेन्टरमा ३० चैत्र २०६९ ( १२ अप्रिल २०१३ ) का दिन साँझ ४:३० बाट शुरु हुने उक्त शुभकामना आदान प्रदान सहितको साँस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि यूएइ प्रवासमा कार्यरत सम्पुर्ण नेपाली दाजु भाई दिदि बहिनिहरुलाई संघका सचिव राजु भुजेलले अनुरोध गरेका छन् ।


10:42 PM | Posted in | Read More »

गुल्मी सेवा समाज, यूएईको बैठक तथा समिति बिस्तारहुने

खेमराज खनाल— शारजाह, यूएई -१६ मार्च २०१३ गुल्मी सेवा समाज, यूएईको बैठक आगामी २२ मार्च २०१३ का दिन यूएईको बरदुबईमा बस्ने भएकोछ । समाजका अध्यक्ष शंकर ज्ञवालीले दिएको जानकारी अनुसार समाजको नियमित बैठक आउदो शुक्रबारका दिउसो १ बजे देखि बस्ने भएकोछ । साथै सोही दिन बेलुका ४ बजे देखि शारजाह क्षेत्रिय समितिको बैठक तथा समिति बिस्तार गर्ने भएकोछ ।

गुल्मेलिहरुको साझा सास्था गुल्मी सेवा समाज, यूएईले आफ्नो स्थापनाकाल देखि नै बिभिन्न उद्धारका काम तथा आफ्नो क्षेत्रिय समिति बिस्तार र बिभिन्न सामाजिक एवं मनोरंजनात्मक कामहरु गर्दै आएकोछ । यूएईमा रहका सम्पुर्ण गुल्मेलीहरुलाई समाजमा आवद्धगराई सास्थालाई बलियो तथा सक्रिय रुपमा अगाडी बढाउदै नेपाल र नेपालीको हित एवं बिकाशमा पहलगर्ने, आपत बिपत्मा परेका पिडीतलाई सक्दो सहयोग पुरयाउदै भैपरी आउने आपत्कालिन अबस्थामा सहयोग पुऱ्याई देशको हरेक क्षेत्रमा टेवा पुऱ्याउने लक्ष्य लिएकोछ ।

यस सास्थाले यूएईमा रहेका बिभिन्न साघ सास्थाहरु साग समन्वय तथा सहकार्यगर्ने नेपालको कला सास्कृतिको बिकाश एवं बिस्तारगर्ने र बिदेशि मुलकमा नेपाल र नेपालीको पहिचान बढाउन पहल गर्ने जस्ता उद्धेश्यहरु बोकेको समाजका सल्लहकार लक्ष्मण भण्डारीले जानकारी गराएकाछन् । थप जानकारीकालागि शंकर ज्ञवाली ०५०,२०१३०३५ लक्ष्मण भण्डारी ०५५,३८३९६१६ मा सम्पर्कगर्न आग्रह गरेकाछन् ।

साथै समाजले शारजाह, आजमान क्षेत्रमा रहेका गुल्मेली दाजुभाई तथा दिदी बहिनीहरुले शारजाह क्षेत्रिय समितीका अध्यक्ष ओमप्रकाश भण्डारी ०५०,१७०९३५५ लाई सम्पर्कगरी आगामी शुक्रबार २२ मार्च २०१३ का दिन शारजाहको मजास पार्कमा बेलुका ३ बजे देखि उपस्थितहुन अनुरोध गरेकोछ ।

7:10 PM | Posted in , | Read More »

नेपाली समाज, यूएईको साधारण भेला हुने

रबिन्द्र फुयाल— दुबई, यूएई-१५ मार्च २०१३ नेपाली समाज, यूएई तदर्थ समितीको आह्वानमा यही आगामी २९ मार्च २०१३ का दिन सास्थाको बिधान पासगरी नयाा कार्य समिति चयनगर्न का लागि साधारण भेला हुने भएकोछ ।

समितिका सायोजक राजु गुरुङ्गले दिएको जानकारी अनुसार नेपाली समाज, यूएईलाई आगामी दिनमा चुस्त, पारदर्शि, बिवाद्रहीत र साझा साास्थाकोरुपमा अगाडी बढाउन यूएईमा रहेका हरेक साघ सास्थाहरुलाई मान्य हुनेगरी नेपाली समाजको बिधान तयार पार्न तिन सदस्सीय बिधान शासोधन समिती निर्माण भए अनुसार बिधान तयार भैसकेको र उक्त बिधान अनुसार कामगर्न सर्बप्रथम समाजको बिधान पासगनुपर्ने भएकोले नेपाली समाज, यूएईका सास्थापक सदस्य, आजिवन सदस्य र यूएईमा रहेका बिभिन्न साघ सास्थाहरुलाई उपस्थितिका लागि निमन्त्रणागरी साधारण भेलाको आयोजना गरिएकोछ ।

उक्त भेलाले समाजको शासोघित बिधानलाई अध्ययनगरी पास गर्ने र सोही बिधानले निर्देश गरेअनुसार समाजको बिवाद रहित किसिमबाट नयाा कार्य समिती चयनगरी सास्थाका सम्पुर्ण काम कारबाही अगाडी बड्ने बिस्वास तदर्थ समितिले लिएकोछ ।

साथै समितिले सबै साघ सास्थाहरुलाई निमन्त्रणा पठाइरहेकोले यदी कसैले प्राप्त नगरेकोभए यसै समाचारलाई सूचनामानि उपस्थितीकालागि नेपाली समाज, यएईका सास्थपकहरु, आजिबन सदस्यहरु, बिभिन्न साघ सास्थाका प्रमुखहरुलाई र समाजसाग सम्बन्धित सबैलाई अनुरोध गरेकोछ । साथै कार्यक्रम हुने स्थान एभरेष्ट ईन्टरनेशनल होटल बरदुबई मिति २९ मार्च २०१३ समय दिनको ठिक २:०० बजे देखि बिस्तृत जानकारीकालागि सायोजक, राजु गरुङ्ग ०५५, ४५४२५१० मा सम्पर्क गर्न आग्रह गरेकोछ ।

स्मरणरहोस यस अगाडी कृष्ण बहादुर ढकाल अध्यक्ष रहेको कार्य समिती बिवादित् भई नेपाली समाज यूएईका पार्षद सदस्य तथा बिभिन्न साघसास्था प्रमुखहरुको उपस्थितीमा पार्षद भेलाद्वारा समाजलाई गतिदिन तदर्थ समिती चयन भएकोथियो ।

7:06 PM | Posted in , | Read More »

मगर सघ यु ए ई ले ३१ औं मगर दिवसको समिक्षा ग–यो

गिता मणि पाण्डे युएई -मगरहरुले हरेक वर्ष मनाउदै आएको मगर दिवस रोजगारिको सिलसिलामा यु ए ई मा रहेका मगरहरुले पनि २२ फेव्रेवरी सुक्रवारको दिन पारेर ३१ औं मगर दिवस हर्सौल्लाका साथ अतिनै सभ्य भव्य सानदार रुपमा दुवईको होटल ईम्पेरियलमा मनाएका थिए । सोहि अवसरमा नेपालवाट जनजाति अग्रज मगर वुद्धिजिवी नेपाल मगर सघका केन्द्रिय वरिष्ठ सल्लाहकार भुपु मन्त्रि गोरेवहादुर खपाङगी र नेपाल महिला सघकी वर्तमान अध्यक्ष सु – श्री गंगा खासु मगर विषेश अतिथीको रुपमा आमन्त्रित हुनु हुन्थ्यो भने याहाका मगर तथा अन्य स्थानिय कलाकारहरुले वेजोड ढङगले आफनो सक्रिती झल्कने गित तथा न्त्य प्रस्तुत गरेका थिए सोहि मगर दिवसको कार्यक्रमको अवधिभर भए गरेका सम्पुर्ण कुराहरुको समिक्षा गर्न दुवईको सफा पार्कमा यहि ८ मार्चका दिन वृहत भेला भई समिक्षा गरियो ।

 समिक्षा वैठको सभापत्वि मगर सघ युएई को अध्यक्ष नुनप्रसाद सोमै मगरले गरेका थिए भने प्रमुख अतिथीको रुपमा आदिवासि जनजाती महासघ युएईका वर्तमान अध्यक्ष तथा मगर सघ का सल्लाहकार गिरमान थापा रहेका थिए । वैठकका सञ्चालन महा सचिव भरत रानाले गरेका थिए । वैठकमा उपस्थित सवै सहभागिहरुले कुनै पनि कार्यक्रम नापे जस्तो तौले जस्तो जोखे जस्तो नहुने भन्दै साना तिना कमि कमजोरिहरु देखिए पनि
आउदा दिनहरुमा सुधार गर्दै जानु पर्ने वताएका थिए । समग्रतामा पुर्णत कार्यक्रम ऐतिहासिक रुपले सफल भएको निस्कर्ष वैठकले गरेको छ । वैठकमा प्रमुख अतिथी गिरमान थापाले जति पनि कमि कमजोरि छन त्यसलाई सवैले मनन गर्दै सुधार गर्दै जानु पर्ने युएईमा भएका लगभग ३५ हजार मगरहरुलाई अज ससक्त ढङगले गोलवन्द गर्दै जागरुप गर्दै आगामि दिनहरुमा अझ प्रभावकारी वनाउदै लानु पर्नेमा जोड दिदै सल्लाह सुझाव दिएका थिए ।

यसै गरि वैठकका सभापतिले ३१ औं मगर दिवसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सवैलाई धन्यवाद दिदै विशेष गरि नेपाली राजदुतावास अवुधावि नेपालवाट आउने अतिथी, स्पोन्सर , कलाकार , वुद्धिजिवी , पत्रकार तथा तनमन धनले सहयोग गर्ने तथा उपस्थिीत सम्पुर्ण सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सवै पक्ष वाट सहयोग अपेक्षा राखिएको थियो भने अन्तमा केन्द्रिय कमिटी तथा क्षेत्रिय कमिटीले  मगर सास्क्रितीक टोलिका सदस्य भुपु जित वुर्जा लाई प्रशंसा पत्र तथा खादा खादा ओढाएर  विदाई गर्दै समिक्षा वैठको समापन गरिएको  कुरा पत्रकारलाई  जानकारि मगर सघ युएई केन्द्रिय कमेटीका प्रवक्ता खुमवहादुर आले मगरले गराएका थिए ।

7:48 AM | Posted in , , | Read More »

विश्व साइकल यात्री ढाकेश्वर क्षेत्रीलाई दुबईमा सम्मान तथा आर्थिक सहयोग

लालबहादुर ढेंगा, दुबई, युएई-दुबई । विश्वमा शान्तिको नारा बोक्दै विश्व साइकल भ्रमणमा निस्केका सापलाखु–५, ताप्लेजुङका निवासी ५७ बर्षीय ढाकेश्वर क्षेत्रीलाई दुबईमा सम्मानका साथ आर्थिक सहयोग गरेका छन् । युएईको मुतु मानिने दुबई सहरमा नेपाली परिकारका स्वादहरु पस्कदै आइरहेका सिल्भर स्पून नेपाली रेष्टुरेण्ट तथा नेपालीको सगरमाथा रेष्टुरेण्टले नेपालको राष्ट्रिय झण्डा र नेपालीको पहिरनलाई विदेशमा पनि चिनाएको भन्दै सम्मान तथा आर्थिक सहयोग गरेको हो ।

गत १२ मार्च मंगलबारका दिन दुबईस्थित संचालनमा रहेको सिल्भर स्पून नेपाली रेष्टुरेण्टले एउटा कार्यक्रमको आयोजना गरि साइकल यात्री क्षेत्रीलाई सम्मान तथा आर्थिक सहयोग गरेको छ । अहालिया एक्सचेन्जका नेपाल कोर्डिनेटर बेनी ढकालको प्रमुख आतिथ्यता, सिल्भर स्पून नेपाली रेष्टुरेण्टकी संचालिका दिपा पाण्डेको अध्यक्षता र चर्चित मोडल तथा कलाकार आशिष पुरुषको संचालनमा भएको सम्मान कार्यक्रममा दिपा पाण्डेले खादा ओढाई सम्मान–पत्रका साथ नगद रकम दिएर सम्मान गरेकी छिन् ।

त्यस्तैगरी गत १३ मार्च बुधबारका दिन दुबईस्थित संचालनमा रहेका नेपालीको सगरमाथा रेष्टुरेण्टले पनि एउटा कार्यक्रमको आयोजना गरि सम्मानका साथ आर्थिक सहयोग गरेको छ । विभिन्न क्षेत्रबाट उपस्थित भएका अतिथिहरु रहेको सम्मान कार्यक्रममा नेपालीको सगरमाथा रेष्टुरेण्टका संचालक ईश्वरीप्रसाद उपाध्यायले साइकल यात्री क्षेत्रीलाई पैसाको माला लगाई सम्मान गरेका छन् । रेष्टुरेण्टकी सहसंचालिका मंजु गौली पौडेलले विश्वमा शान्तिका दूत भएर विश्व साइकलको भ्रमणमा निस्केका क्षेत्रीलाई शुभकामना समेत दिइन् ।
 
सुरुमा मेचीदेखि महाकालीसम्म साइकल यात्रा गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा भारत, बंगलादेश र भुटान हुंदै जर्मनी, स्वीट्जरल्याण्ड, स्वीडेन, अष्ट्रलिया, वर्मा, थाइल्याण्ड, जापान र हङकङ्ग गरि जम्मा ५८ देशमा भ्रमण गरिसक्नु भएको छ भने अब उहां ५९ औ देशको साइकल यात्रामा दुबईबाट कतारतिर प्रस्थानको लागि तयारीमा लाग्नु भएको छ ।

विश्व साइकल यात्राको क्रममा दुबई आउदा युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको माया र सहयोग पाएर साइकल यात्री क्षेत्री निकै खुशीमा देखिन्छन् । आगामी शुक्रबारका दिन युएईमा क्रियाशिल रहेका विभिन्न सामाजिक संघ संस्थाहरुद्धारा सम्मान गरिने योजना रहेको खबर प्रकाशमा आएको छ ।

7:40 AM | Posted in , , | Read More »