प्रवासी नेपाली युवा संघ यूएइको अधिबेसन अप्रिल १२ मा हुने
उत्तम अधिकारी - अबुधाबी १७ मार्च २०१३ -रोजगारिका शिलसिलामा बिदेसिएका नेपाली युवाहरूलाई सँगठित गर्दै युवाहरूको हितका लागि प्राप्त अबसरहरूको सामुहिक उपयोग गर्दै युवा जोश , जाँगर र उत्साहलाई साँगठनिक कार्यमा सदुपयोग गर्ने उद्देस्यका साथ २ बर्ष अघि यूएइमा स्थापित प्रवासी नेपाली युवा संघ यूएइले आफ्नो पहिलो कार्यकाल सम्पन्न गरि आगामी १२ अप्रिल २०१३ शुक्रबारका दिन दोस्रो केन्द्रिय अधिबेसन गर्ने भएको छ । २०१० को डिसेम्बर १० का दिन स्थापित संघले २२ डिसेम्बर २०१० मा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतको बिशेष उपस्थितिमा आफ्नो पहिलो अधिबेसन सम्पन्न गरेको थियो ।युवाहरुलाई लक्षित गर्दै कार्यक्रमहरू गरिरहेको संघले आफ्ना संगठन बिस्तारका क्रममा क्षेत्रिय कमिटीहरूको निर्माण गरि प्रशस्त मात्रामा युवाहरूलाई संगठनमा आबद्ध गरेको छ । संघका केन्द्रिय अध्यक्ष महेश गिरीका अनुसार हालसम्म संघको मातहतमा अबुधाबी , दुबइ , अलऐन , बिदा जायेद र आसाब क्षेत्रमा क्षेत्रिय कमिटीहरू सक्रिय रहेका छन् ।
नेपाली नयाँ बर्षको अबसर पारी अप्रिल १२ मा आयोजना गर्न लागिएको उक्त अधिबेसनको पहिलो भागमा संगठन सम्बन्धी आन्तरिक क्रियाकलापहरू हुने र दोस्रो भागमा नयाँ बर्षको शुभकामना आदान प्रदान सहितको साँस्कृतिक कार्यक्रम समेत समाबेश हुने जानकारी संघका महासचिब बुद्धी प्रसाद सुबेदीले गराए । संघले जनाए अनुसार उक्त कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतको बिशेष उपस्थिती रहनेछ ।
अबुधाबीको केरला सोसियल सेन्टरमा ३० चैत्र २०६९ ( १२ अप्रिल २०१३ ) का दिन साँझ ४:३० बाट शुरु हुने उक्त शुभकामना आदान प्रदान सहितको साँस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि यूएइ प्रवासमा कार्यरत सम्पुर्ण नेपाली दाजु भाई दिदि बहिनिहरुलाई संघका सचिव राजु भुजेलले अनुरोध गरेका छन् ।
