साईन रेसुङ्गा बैंक पश्चिमाञ्चलकै ठुलो बैकं बन्ने
शिबलाल सुबेदी,गुल्मी चैत्र ४, मर्ज पछि साईन रेसुङ्गा बिकास बैंकले पश्चिमाञ्चलमा बर्चस्व कायम गर्ने दावी गरेको छ । आज गुल्मीको सदरमुकाम तम्घासमा रेसुङ्गा बिकास बैंक र शाईन डेभलपमेन्ट बैंकको बिधिवत एकिकृत उद्घाटन कार्यक्रममा यस्तो दावी गरिएको हो ।
२०६५ साल फागुनमा पश्चिमाञ्चलको औद्योगिक क्षेत्र रुपन्देहिको वुटवलमा स्थापन भएको शाईन र २०६४ साल आश्विनमा निजी क्षेत्रबाट गुल्मीमा पहिलो पटक स्थापना भएको रेसुङ्गा बिकास बैंक बिच आज मर्ज भएपछि पश्चिमाञ्चलमा आफ्नो बर्चश्व कायम गराउने उद्देश्य लिईएको रेसुङ्गा बिकास बंकका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।
रेसुङ्गा बिकास बैंकको गुल्मीमा ६ वटा शाखा रहेका छन् । त्यस्तै शाईन डेभलपमेन्ट बैंकको प्रधान कार्यालय बुटवल, अर्घाखााचीको सन्धिखर्क, रुपन्देहीको यागिकुटि, मंगलापुर, रुद्रपुर, नवलपरासिको भुमही, अर्घाखााचीको अमराईमा शाखा कार्यालय रहेका छन् । नेपाल निर्माणमा राज्यको परिकल्पना बोमजिम सर्वसाधारण जनतामा बैंकिङ सेवाको सहज पहुाचको लागी ग्रामिण क्षेत्रलाई उच्च प्राथमिकता दिई बित्तिय सेवा प्रदान गर्नु बैंकको मुख्य उदेश्य रहेको बताईएको छ ।
बैंकले ग्राहकहरुको आवश्यक्ता अनुसार चल्ती, बचत तथा मुद्दती खात खोल्ने सुविधा तथा बिभिन शिर्षकमा सुलभ कर्जा सुबिधा, बैंक जमानतको सुबिधा, निकट भविस्यमा एटिएम सुविधा, ईन्टरनेट बैंकिङ, मोबाईल बैंक सुबिधा लगायतको सेवा प्रदान गर्ने उद्घाटन समारोहमा बताईएको छ । बैंकको अधिकृत पुजि ६४ करोड रहेको छ । जारी पुाजी ३१ करोड ९८ लाख ६३ हजार ६ सय रहको छ । त्यस्तै चुक्ता पुाजी ३१ करोड ९८ लाख ६३ हजार ६ सय, संस्थापक शेयर धनी ६२. ६८ प्रतिशत रहेको र सर्वसाधारण शेयर धनी ३७. ३२ प्रतिशत रहेको छ ।
उद्घाटन समारोहालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले यि दुवै बैंकहरु मर्ज संगै ग्रामिण भेगका सर्वसाधारण जनतालाई सहज बित्तिय सेवा प्रदान गर्ने उदेश्य प्रति धन्यबादको साथै शुभकामना दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल लगायतका सरकारी कार्यालयका प्रमुखहरु, राजनैतिक दलका प्रमख तथा प्रतिनिधी, बिभिन्न बित्तिय संस्थाका प्रतिनिध तथा ृउद्योगी, ब्यवसायीहरुको सहभागिता रहेको थियो । मर्ज पछि रेसुङ्गा बिकास बैंकका अध्यक्ष राजेन्द्र श्रेष्ठको स्थानमा साईन बैंकका थानेश्वर पौडेल रहने भएका छन् । साजन भट्टराई पं्रमुख कार्यकारी निर्देशक रहेको स्थानमा साईनका प्रकाश पौडेल प्रमुख कार्यकारी निर्देशक र भट्टराई नायव प्रबन्धक रहने बताईएको छ ।