अपहरित महिला २४ घण्टापछि मुक्त
रौतहट, वैशाख १४-रौतहटको औरैया ९ पिपराटोलबाट गएराति अपहरणमा परेकी एक महिलालाई २४ घण्टापछि प्रहरीले सकुशल उद्धार गरेको छ । औरैया ९ की ५५ वर्षीया उषा झालाई विहीबार गौर नगरपालिका ७ बाट प्रहरीले उद्धार गरेको हो । बुधवार राति घरमा एक्लै रहेको मौका छोपेर १० जनाको समूहले घरबाटै अपहरण गरेको थियो । अपहरणकारीले शुरुमा घरबाट नगद तथा गहना लुटे पछि आफूलाई पनि घरबाट अपहरण गरेको महिलाले बताएकी छिन् । अपहरणकारीले उषा कै मोबाइलबाट परिवारसँग ५० लाख रुपैया समेत मागेका परिवारले बताएका छन् ।उषालाई परिवारको जिम्मा लगाइएको तथा अपहरणकारीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक चक्र बहादुर सिंहले जानकारी दिए ।
समाचार कारोबार दैनिक
समाचार कारोबार दैनिक