|

फेवा फाइनान्स अब बुटवलमा

बुटवल, वैशाख १४ - पोखरामा प्रधान कार्यालय रहेको फेवा फाइनान्स लिमिटेडले रुपन्देहीको बुटवलमा १२ औं शाखा कार्यालय संचालनमा ल्याई कारोबार शुरु गरेको छ । शाखा कार्यालयको  संस्थाका सञ्चालकद्वय देवीराज गुरुङ्ग र राजेन्द्र लिगलले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । बुटवलसहित संस्थाले एकै दिन ललितपुरको पाटन,झापाको दमक र गुल्मीको तम्घासमा पनि शाखा विस्तार गरेको जनाएको छ । सो अवसरमा संचालक लिगलले शहरसंगै ग्रामीण क्षेत्रमा पशुपालन,कृषि,एवं लघु उद्योगहरुलाई लक्षित गरी कर्जा प्रवाह गर्ने बताए ।
अधिकृत पूँजी ७० करोड तथा चुक्ता पूँजी रु. ३० करोड ३ लाख  रहेको  संस्थाले हाल सम्म २ अर्ब २० करोड निक्षेप संकलन गरी करिब  २ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।   
समाचार  कारोबार दैनिक बाट

Posted by Butwalonline on 8:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेवा फाइनान्स अब बुटवलमा"

Leave a reply