|

नायिकाले टु पिस कपडा खोल्न नमानेपछि ‘प्ले गर्ल’ को छायांकन स्थलमा लफडा

सिनेमा चलाउनका लागि अहिले नग्नतालाई महत्व दिन थालिएको छ । यही सिद्धान्तलाई अवलम्वन गरी छायांकन भइरहेको चलचित्र ‘प्ले गर्ल’मा भने यही नग्नताले गर्नु गरेको छ ।
नायिका पेश्ला कटवाल र निर्देशक विजयविक्रम वस्नेतबीच टु पिसको केशले लफडा उत्पन्न भएको हो । धरानमा चलचित्रको एक दृश्य छायांकन गर्ने क्रममा नायिका पेश्लाले स्विमिंग पुल भित्र नाग्गिन नमानेपछि निर्देशक वस्नेत र उनीबीच लफडा भएको हो । चलचित्रको एक दृश्यमा टु पिस लगाएर पेश्ला स्विमिङ पुलमा पौडीनु पर्ने थियो । उनी पौडिरहेको समयमा चलचित्रका नायक केवल भुजेलले स्विमिङ पुल भित्र पसेर पेश्लाको टु पिस कपडा खोल्नु पर्ने थियो । तर, पेश्लाले यो दृश्य दिन नमानेपछि चलचित्रको छायांकन स्थलमा लफडा भएको हो ।
लफडा पछि यो दृश्यको छायांकन भने हुन सकेन । स्विमिङ पुलमा नायकले नायिकाको माथील्लो भागको कपडा खोलेर नायिकालाई टपलेस बनाउनु पर्ने सिनमा नायिकाले आपत्ति जनाएकी हुन् । निर्देशक वस्नेतले भने आफुले पहिले नै यो सिनको वारेमा पेश्लालाई जानकारी गराएको वताए ।
तर, नायिका पेश्ला भने आफुलाई टु पिस लगाएर स्विमिङमा जानेसम्म बताएपनि नायकले आफुलाई पानी भित्र टपलेस बनाउने भन्ने दृश्यको बारेमा निर्देशकले कुनै जानकारी नगराएको आरोप लगाउँछिन् ।
उनले, निर्माता समिर खड्काले जसरी पनि यो सिने दिनै पर्ने भनेर कर गरेको समेत बताएकी छिन् । तर, निर्देशक विजयविक्रमले भने-’नायिका अव लगभग कन्भिन्स भएको अवस्था छ । काठमाण्डौ आएर यो दृश्यको छायांकन गर्नेछौं ।’
यो दृश्यको छायांकन हुन नसकेपछि निर्माणपक्ष पूर्वका जिल्लाको छायांकन सकेर काठमाडौं फर्किदै छ । शनिबार सर्लाहीमा एक गीतको सानो अंश छायांकन गरी युनिट आइतबार काठमाडौं आउने जानकारीमा रहेको जानकारी प्राप्त भएको छ ।
यसरी, नायिका पेश्ला टपलेस हुन नमानेपछि छायांकन स्थगित गरी काठमाण्डौ फर्किएको यो युनिटले अव यो दृश्यको छायांकन गर्न का लागि नायिकालाई मनाउन सक्छ या सक्दैन यो भने काठमाडौं आएपछि मात्र थाहा हुनेछ ।
साभार ;ओनलाइन खबर 

Posted by Butwalonline on 7:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नायिकाले टु पिस कपडा खोल्न नमानेपछि ‘प्ले गर्ल’ को छायांकन स्थलमा लफडा"

Leave a reply