अनिश्चितकालिन नारायणी अञ्चलको यातायात बन्द फिर्ता
१६ भदौ, चितवन। एक हप्ता पहिला यातायात व्यवसायी संघ चितवन अन्तरगत पोखरा बसपार्क शाखाका इन्चार्ज सन्तोष श्रेष्ठको हत्या भएको विरोधमा व्यवसायीहरुले अनिश्चितकालिन नारायणी अञ्चलको यातायात बन्द घोषणा गरेका थिए ।जिल्ला प्रशासन कार्यालय चितवनमा आज भएको छलफलमा हत्यामा संलग्न हुने व्यक्तिहरुलाई १५ दिन भित्र पक्राउगरि कारबाही गर्ने स्थानिय प्रशासनको प्रतिवद्धतापछि यातायात व्यवसायीहरुले बन्द फिर्ता लिएका छन| श्रेष्ठको गत हप्ता अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट गम्भीर घाइते भै उपचारको क्रम मा मृत्यु भयको हो |