|

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं, भाद्र २८ - उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल बुधबार प्रकाशित गरेको छ । परिषद्का अनुसार यस वर्ष ४५ दशमलव ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परिषद्का अनुसार नियमिततर्फ २ लाख ३६ हजार ३ सय ३२ विद्यार्थीमध्ये एक लाख ५६ हजार ४ सय २५ विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ १ लाख १२ हजार ६ सय ५९ विद्यार्थीमध्ये ५० हजार ४ सय ८२ उत्तीर्ण भएका छन् । यस वर्षको उत्तीर्ण प्रतिशत गत वर्षभन्दा ४ दशमलव ५६ प्रतिशत बढी छ ।
गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमध्ये यसअघि नै विज्ञान विषयको परीक्षाफल प्रकाशित भएको थियो । शैक्षिक क्यालेन्डरअनुसार नजिता साउनमै प्रकाशित हुनुपर्ने भए पनि कर्मचारी पदपूर्तिका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
नतिजाको हेर्नको लागि यहाँ क्लिक गर्नुहोस 

Posted by Butwalonline on 5:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कक्षा १२ को परीक्षाफल प्रकाशित"

Leave a reply