स्नातक दोश्रो वर्षको परीक्षामा चिट चोर्ने १७ विद्यार्थीलाई परीक्षबाट निस्कासन
जुम्ला, पुस २४ - जुम्ला बहुमुखी क्याम्पसमा हाल सञ्चालित स्नातक दोश्रो वर्षको परीक्षामा चिट चोर्ने १७ विद्यार्थीलाई क्याम्पसले आज परीक्षबाट निस्कासन गरेको छ। परीक्षाको मर्यादा उल्लंघन गर्दै नक्क गरेकाले उनीहरुलाई निस्कासन गरिएको क्याम्पस प्रमुख रुद्र तिमलसेनाले जानकारी दिए। यस अघि पुस २० गते पनि उक्त क्याम्पसले ४३ विद्यार्थीलाई निस्कासन गरेको थियो।
आज निस्कासित भएका कतिपय विद्यार्थीहरु २० गतेको परीक्षामा पनि निस्कासित थिए। परीक्षा दिनेक्रममा उत्तर पुस्तिका अगाडि किताव नै राखेर लेखिरहेको अवस्थामा केन्द्राध्यक्ष सहितको अनुगमन टोलीले भेटाएछि विद्यार्थीलाई निस्कासन गरिएको हो। क्याम्पस प्रमुख तिमिल्सिनाले निस्कासित विद्यार्थीहरुको नाम गोपनियताका कारण दिन नमिल्ने बताए। तर उनीहरुको नाम भने परिक्षा नियन्त्रण कार्यालय बल्खुमा पठाइने बताए। निस्कासित विद्यार्थीहरुको आजको परिक्षा रद्ध हुनेछ। विद्यार्थीहरु आज मनोविज्ञान र पुरानो कोर्षको जनसंख्या शिक्षा विषयको परीक्षा दिँदै थिए। आजको परीक्षामा २ सय ६४ विद्यार्थी सहभागी थिए।
स्रोत :नागरिक