युएईको दुवईमा रुद्रावति संचय कोषको स्थापना
गिता मणी पाण्डेय युएई दुवई,पुस २३-एक थुकि सुकि सय थुकि नदि उखान भने झैं रोजगारको शिल शिलामा युएई पुगेका गुल्मि जिल्ला परमानन्द नगर चोरकाटे वजारका दाजु भाई दिदी वहिनीहरुले दु:खको कमाई सदुपयोगको लागि संचय कोषको तरिका बाट युएईको दुवईमा कार्यरत सवैले पैशा संकलन गर्न थालेका छन ।
यस संचय कोषमा मेनेजर देखि लेवर सम्मको पोष्टमा रहेका नेपालीवाट यस्तो पैसा संकलन अभियान थालिएको हो । रुद्रावति संचय कोष नाम राखिएको यो संस्थामा मासिक १०० दिराम युएई संकलन गरिन्छ । आवश्यक परेका वेला विरामि हुदा या अपर्झट घर जानु पर्दा परिस्थिति वुझेर रिन उपलव्ध गराईन्छ ।
हरि प्रसाद भण्डारीको अध्यक्षतामा १७ जनाको कार्य समिती गठन गरिएको जसमा संयोजक तथा कोषाध्यक्ष ओमप्रकाश भण्डारि उपाध्यक्ष मा तुल्सिराम राम भण्डारी र भक्त वहादुर केसि सचिव , विष्णु प्रसाद न्यौपाने सह सचिव गंगाधर अधिकारी सदस्यहरु क्रमश .छविलाल पौडेल , पितम्वर भुषाल , भिष्म थापा , लुम्विनी शर्मा ,झविन्द्र न्यौपाने ,हरि ढकाल,शिव पन्त ,सालिक राम पन्त ,राम प्रसाद ज्ञवाली , बाबुराम भण्डारी र नारायण घिमिरे रहेका छन ।
जसमा आफनो परिश्रमलाई एक ठाऊमा जम्मा गरि एक मुष्ट रकम घर परिवार सम्म पठाउने यस अभियानवाट कम तलव खाने मात्र होईन राम्रै तलव हुने हरुको लागि पनि फाईदा देखिन्छ । यो संचय कोषको स्थापना १०।०४।२०१० मा भएको र यसको प्रमुख उद्देश्य भनेको हामि नेपाली दाजु भाई दिदी वहिनि विच मित्रता कायम गर्नु हो भन्दै संस्थाका अध्यक्ष हरि प्रसाद भण्डारी ले जानकारि गराएका थिए ।