|

पुस २६ देखि रत्ननगर महोत्सव शुरू हुंदै

चितवन,पुस २३ -रत्ननगर महोत्सोव–२०६८ तथा मध्यमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला यही पसु २६ गत देखि चितवनमा शरू हुंदैछ । जिल्लाको रत्ननगर नगरपालिकाको टिकौली चौरमा सम्पन्न हुने महोत्सव माघ ५ गतेसम्म चल्नेछ । समग्र चितवनको आर्थिक सम्भावनाका खोजी गर्दै कृषि, पयर्ट न, शिक्षा, स्वास्थ्य, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रको पव्र द्धर्न तथा विकास गर्न उदेश्यले यो महत्सोब को  आयोजना गरिएको आयोजक समितिले बताएको छ ।

महोत्सवका लागि ४ सय ७ ओटा स्टल राखिनेछन् । रत्ननगर उद्योग वाणिज्य सङ्घ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजना २०५७ सालदेखि शुरू भएको महोत्सव प्रत्येक २ वर्षमा हुने गरेको छ ।

चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बीसहजारी ताललगायतको प्रचारप्रसार गर्नु पनि महोत्सवको उद्देश्य रहेको छ । महोत्सवमा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ–संस्था तथा पर्यटकीय होटल तथा लजको स्टल राखिनेछ । पोल्ट्री परिसर, घरजग्गा व्यवसायीहरूको आवास तथा घरजग्गा परिसर, आईटी तथा इलेक्ट्रोनिक व्यवसायसँग सम्बन्धित छुट्टै सूचनाप्रविधि परिसर र अटो व्यवसायसँग सम्बन्धित अटो परिसर महोत्सवको अर्को आकर्षण हुनेछ ।

रेष्टुराँ तथा बाल उद्यान परिसरले यस वर्ष पनि निरन्तरता पाउनेछ । साथै, चित्र तथा मूर्तिकला प्रदर्शनी, थारू, चेपाङ, गुरुङ, मगर, तामाङ, दराई, कुमाल, बोटे, मुसहरका संस्कृति झल्किने घरहरू र लुमन्तीद्वारलगायत न्यूनतम मूल्यमा निर्माण गर्न सकिने ‘नमूना घर’ महोत्सवमा प्रदर्शनीमा राखिनेछन् । महोत्सवको उद्घाटन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गर्ने बताइएको छ । महोत्सवको रौनक बढाउन स्थानीय तथा राष्ट्रियस्तरका कलाकार पनि निम्त्याइएको छ ।


प्रमुख पर्यटकीय गन्तव्य सौराहा, पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बीसहजारी ताललगायतको प्रचारप्रसार गर्नु पनि महोत्सवको उद्देश्य रहेको छ ।
                                                                                                                                  स्रोत :आर्थिक अभियान 

Posted by Butwalonline on 8:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पुस २६ देखि रत्ननगर महोत्सव शुरू हुंदै"

Leave a reply