|

नेपाल पत्रकार महासंघले ५७ औ स्थापना दिवस मनाउने

बाँके ,चैत्र १६ - नेपाल पत्रकार महासंघले  बिहीबार   आफनो ५७ औ स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ । यसैगरि नेपाल पत्रकार महासंघ  बाँके   शाखाले पनि नेपालगन्जमा प्रभातफेरी गर्ने भएको छ । ‘१४ जेठभित्र शान्ति र संविधान’ भन्ने मुल नाराका साथ महासंघले भोली बिहान ८ बजे बिपी चोकबाट शुरु गर्ने प्रभातफेरी  सुर्खेतरोड हुदै धम्बोझी चोकमा पुगेर समापन गर्ने शाखा सचिव राकेश मिश्रले जानकारी दिनुभयो । महासंघले उक्त प्रभातफेरीमा सहभागिताका लागि शाखाका सम्पुर्ण सदस्य, संचारकर्मी, कानुन व्यवसायी, अधिकारकर्मी, उद्योगी व्यवसायी, नागरिक समाज लगायत सबैलाई आग्रह गरेको छ । महासंघको केन्द्रीय सर्कुलर अनुसार देशभरका जिल्ला शाखाहरुले आ आफनो जिल्लामा प्रभातफेरी तथा अन्र्तक्रिया लगायतका कार्यक्रम गरि महासंघको स्थापना दिवस मनाइने भएको छ । 

Posted by Butwalonline on 8:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल पत्रकार महासंघले ५७ औ स्थापना दिवस मनाउने"

Leave a reply