|

नवजात शिशु हत्याको अभियोगमा एक नेपाली महिलालाई दश बर्ष जेल


न्युयोर्क, चैत्र १६ - नवजात शिशु हत्याको अभियोगमा अमेरिकाका एक नेपाली महिलालाई दश बर्ष जेल सजाय तोकिएको छ । न्युयोर्कको क्वीसमा बस्दै आएकी २३ बर्षीया दावा लामालाई क्वीन सुप्रिम कोर्टका न्यायाधीश लेनोरा जेराल्डले उक्त सजाय सुनाएका छन् । झण्डै एघार महिना अघि स्थानीय अलमोष्ट हस्पिटलको इर्मजेन्सी वार्डको शौचालयमा छोरी जन्माएर फोहर थुप्राने कन्टेनरमा फालेर लामा घर र्फकेकी थिईन् । त्यसको दुई घण्टापछि आफनो अपार्टमेन्टमा सुतिरहेको अवस्थामा उनलाई प्रहरीले पक्रेको थियो । हस्पिटलको सुरक्षाकर्मीले शौचालयमा रगतका दागहरु देखेपछि खोजनिती गर्दा बच्चा जिवित अवस्थामै फेला परेको थियो । उपचारको क्रममा भोलिपल्ट बच्चाको मृत्यु भएको थियो । 
नवजात शिशुको हत्याको अभियोगमा लामा माथि मुद्दा दायर भएको थियो । सोमबारको अदालतको निर्णय अनुसार लामाले १० बर्ष जेल सजाय भोग्नु पर्नेछ । सजायपछि उनीलाई नेपाल सुपुदर्गी गरिनेछ । चार बर्ष अघि आफ्नी आमा सँग अमेरिकामा आएकी लामा ब्युटिशिसनको काम गर्थिन् ।
स्रोत :कान्तिपुर दैनिक 

Posted by Butwalonline on 2:59 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवजात शिशु हत्याको अभियोगमा एक नेपाली महिलालाई दश बर्ष जेल"

Leave a reply