घाँटीमा खुकुरी प्रहारगरि प्रेमिकाको हत्या
ललितपुर, चैत्र १६ - प्रेमिकाको हत्या गरेको अभियोगमा ललितपुर प्रहरीले २१ वर्षीय युवक सौगात ढकाललाई पक्राउ गरेको छ । कपिलबस्तुको तौलिहवा स्थायि ठेगाना भएका सौगातले ५ हप्ताकी गर्भवती प्रेमिका भावना कार्कीको हत्या गरेका हुन् । बानेश्वरस्थित एक कलसेन्टरमा कार्यरत भक्तपुर गट्ठाघरकी कार्की ज्वागलमा डेरा गरी बस्थिन् ।
एक सातादेखि कोठामा ताला लागेको र अप्रत्याशित दुर्गन्ध फैलिएको थाहा पाएपछि सोधखोज गर्दा घरधनीले सोधखोज गर्दा कार्कीको शव भेटिएको हो । घाँटीमा खुकुरी प्रहारबाट हत्या गरिएको कार्कीको शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेको ललितपुरका प्रहरी उपरीक्षक भोगबहादुर थापाले बताए । ‘परिचित व्यक्तिले नै हत्या गरेको हुनसक्ने आशंकाका साथ अनुसन्धान गर्दै जाँदा सौगातको संलग्नता भेटिएको हो,’ थापाले भने ।
घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार, भावनासँग नियमित भेटघाट र सम्पर्कमा रहेका सौगातले उनी पाँच हप्ताको गर्भवती भएको र आफूले विवाह गर्नैपर्ने स्थिति आएपछि हत्याको योजना बनाए । यसविचमा सौगातले एक नयाँ युवतीस“ग प्रेम सम्बन्ध अघि बढाइसकेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । ‘भावनाले मलाई जसरी पछि विहे गर्नुपर्छ भनेर प्रेमी सौगात र उसको आमालाई समेत दवाव दिन थालेपछि घटना भएको देखिन्छ,’ प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक अवधेश विष्टले भने ।
स्रोत :कान्तिपुर दैनिक