विश्व बौद्ध समुदायको केन्द्र बन्ने भारतीय आकांक्षालाई चुनौती


हङ्कङ, वैशाख २५ -हङकङमा अघिल्लो साता आयोजना गरिएको तेस्रो विश्व बौद्ध सम्मेलनमा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जिया चिङलिन देखिएका भए चीनको सांस्कृतिक रुपान्तरणबारे नयाँ बहस शुरु हुने थियो। 

तर नौ सदस्यीय स्थायी समितिका शक्तिशाली नेता जिया बुद्धका तीन वटा मूर्ती र खप्परको अवशेष अगाडि झुकेर उद्घाटन समारोहमा मन्तव्य दिनेगरी प्रत्यक्ष उपस्थित भएनन्। 'वृहत् सामाजिक सद्भाव र विश्व शान्तिका लागि बौद्ध शिक्षाको भित्री अर्थ खोज्न' आग्रह गरिएको उनको बधाई सन्देशमा चीनको बौद्ध रणनीतिक आकांक्षा झल्किन्थ्यो। दलाई लामा पछिका दोस्रो उच्च तिब्बती बौद्ध नेता पञ्चेन लामालाई पहिलो पटक मुख्यभूमी चीनबाट हङकङसम्म ल्याएर बेइजिङले आफ्नो रणनीतिक यात्रा शुरु गरेको छ। पञ्चेन लामाका अनुसार अब उनको विश्व यात्रा मकाउ, ताइवान, सिंगापुर हुँदै अगाडि बढ्नेछ।
छ दशकदेखि कम्युनिष्ट शासन व्यवस्था अपनाएको चीनका चौथो उच्च नेताले बौद्ध दर्शनलाई सामाजिक सद्भाव र शान्तिको माध्यम ठान्नु चिनियाँ कम्युनिष्ट पार्टीको धर्मसम्बन्धी परम्परागत विचारमा आएको परिवर्तनको संकेत पनि हो। बेइजिङका लागि धर्मप्रति उदार हुँदै जानु पर्ने आन्तरिक दबाब र भूरणनीतिक बाध्यता छन्। त्यसले नै धर्म सम्बन्धी पुरानो मान्यता भत्काएर कम्युनिष्ट पार्टीलाई राजनीतिक सुधारको बाटोमा अग्रसर हुन उत्पे्ररित गरेको छ। दलाई लामाको अभियानलाई सिमित गरी तिब्बतका बौद्ध समुदायको विश्वास जित्ने, विश्व बौद्ध समुदायको केन्द्र बन्ने भारतीय आकांक्षालाई चुनौती दिँदै हिमालय क्षेत्रमा 'सफ्ट पावर' विस्तार गर्ने र चीनमा क्रिश्चिय धर्ममार्फत् आउने पश्चिमा प्रभावलाई रोक्ने रणनीति अन्तर्गत माओको 'लाल चीन' बौद्धमार्गतिर अग्रसर भएको छ।
नेपालको लुम्बिनीमा जन्मेर बुद्धले भारतको बोधगयामा ज्ञान प्राप्त गरे तर उनका धेरै अनुयायी चीनमा छन्। त्यो संख्या निकै बेगले बढिरहेको छ। एक अर्ब तीस करोड जनसंख्यामध्ये करिब ४० प्रतिशत चिनियाँ बौद्धमार्गी छन्। चिनियाँ कम्युनिष्ट पार्टीको अँग्रेजी दैनिक पत्रिका 'ग्लोवल टाइम्स' ले बिहीबार प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार ८५ प्रतिशत प्रौढ चिनियाँ कुनै न कुनै धार्मिक गतिविधिमा संलग्न हुन्छन् तर उनीहरूमध्ये धेरै आफु आध्यात्मिक भएको खुलासा गर्दैनन्। कम्युनिष्ट सरकारको अनुदार धार्मिक नीतिका कारण धेरै नागरिकले आफ्नो आस्था लुकाउने भएकाले सरकारी आँकडामा दश करोड मात्र बौद्धमार्गी देखिए पनि गैरसरकारी प्राज्ञिक अध्ययनहरूले करिब चालिस करोड चिनिया बौद्धमार्गी रहेको उल्लेख गर्दै आएका छन्।
चीनकै हुरुन एण्ड एण्डस्ट्रियल बैंकले अघिल्लो महिना सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनले धनी र नीजि व्यावसाय अँगालेका चिनियाहरू कसरी आध्यात्मिक बन्दैछन् भन्ने रोचक तथ्यहरू अगाडि ल्याएको छ। पूर्वी चीनका व्यापारिक केन्द्र झेजियङ र फुजियान प्रान्त बौद्ध र क्रिश्चियन धर्मका गढ मानिन्छन्। कतिपय व्यापारी विगतमा गरेको भ्रष्टाचारको पाप पखाल्न समेत बौद्ध पुजामा लिन हुन्छन् भन्ने तथ्यले त्यहाँका मानिसको जीवन र व्यावसायमा धर्म अभिन्न रुपमा जोडिएको पुष्टी हुन्छ। त्यस क्षेत्रमा ३० वर्ष मुनिका ११ प्रतिशत युवा क्रिश्चियन धर्मप्रति आकर्षित देखिएको भन्दै यसलाई चीनमा पश्चिमा संस्कृतिको बढ्दो प्रभावका रुपमा अर्थ्याउन खोजिएको छ। युवा वर्गमा बढ्दो पश्चिमा प्रभाव चीनको कम्युनिष्ट शासनका लागि नै चुनौती हुने चेतावनी दिँदै राष्ट्रपति हु जिन्ताओले केही महिनाअघि पार्टी मुखपत्रमा प्रकाशित लेखमा सांस्कृतिक सुधारमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका थिए।
तीब्र गतिमा भइरहेको बौद्ध स्तुपा, विश्वविद्यालय तथा बुद्धका ठूला मूर्तीहरूको निर्माणले चीनमा नयाँ 'बौद्ध जागरण' आइरहेको भान हुन्छ। चीनमा बौद्ध धर्मको प्रवेशद्वार मानिने हेनानमा अघिल्लो साता चीनकै पहिलो आधुनिक बौद्ध विश्वविद्यालय उद्घाटन गरियो। धेरै देशका बौद्ध भिक्षु र अध्येताहरू आमन्त्रण गरिएको उद्घाटन समारोहमा चीनको राज्य प्रशासनको धार्मिक मामिला विभागका उपाध्यक्ष झाङ लेविनले योग्य बौद्ध नेताको कमीले आधुनिक चीनमा बौद्ध धर्मले चुनौती समाना गर्नु परेको भन्दै 'बुद्धिजमको तीव्र विकासका लागि विश्वविद्यालयको स्थापना महत्वपूर्ण हुने' उल्लेख गरेका थिए। शाक्यमुनि बुद्धको विश्वकै अग्लो एक सय २८ मिटरको मूर्तीसहित करिब पाँच सय बौद्ध गुम्बाले हेनान चीन र पूर्वी एसियाको बौद्ध केन्द्र बनेको छ।
आफ्नो बौद्ध रणनीति अनुसार २००६ को अप्रिलमा चीनले झेजिङमा आयोजना गरेको पहिलो विश्व बौद्ध सम्मेलन करिब दुई हजार वर्ष पुरानो चिनिया बौद्ध इतिहासमै महत्वपूर्ण पाइला थियो भने गैरकम्युनिष्ट विश्वका लागि आश्चर्यको विषय। २००९ मार्चमा पूर्वी चीनको जिङसु प्रान्तको उसीमा दोस्रो र अघिल्लो साता विशेष प्रशासनकि क्षेत्र हङकङमा तेस्रो विश्व बौद्ध सम्मेलन गरी चीनले सांस्कृतिक रणनीतिलाई आक्रामक बनाउँदै लगेको छ। हङकङ सम्मेलनको निर्णय अनुसार अब पूर्वी चीनको जाङ्सु प्रन्तस्थित लिङसानमा स्थाई रुपमै विश्व बौद्ध सम्मेलन आयोजना हुनेछ।
हङकङ सम्मेलनमा चीनको बौद्ध रणनीतिका प्रतिक बनेका थिए- २२ वर्षीय पञ्चेन लामा। चीनमा बस्ने ११ औँ पञ्चेन लामा दलाई लामापछि दोस्रो उच्च तिब्बती बौद्ध नेता मानिन्छन्। १९८९ मा दशौँ पञ्चेन लामाको मृत्युपछि दलाई लामाले घोषणा गरेका पञ्चेन लामालाई अस्वीकार गर्दै बेइजिङले १७ वर्षअघि ६ वर्षीय ग्याल्ट्सेन नोर्बुलाई ११ औँ पञ्चेन लामा बनाएको थियो। बेइजिङको यो निर्णयलाई ७६ वर्षीय १४ औँ दलाई लामा तेञ्जिङ ग्यात्सोको मृत्युपछि नयाँ दलाई लामा घोषणा गर्ने पूर्व अभ्यासका रुपमा हेरिएको छ। तर दलाई लामा समूहले 'बौद्ध धर्ममा विश्वास नगर्ने कम्युनिष्ट सरकारले पुनर्जन्मप्रति चासो देखाउनु आश्चर्य भएको' भन्दै पञ्चेन लामालाई मान्यता दिएको छैन। चीनको बौद्ध रणनीतिलाई खासगरी तिब्बतसँग सम्बन्धित नयाँ दलाई लामाको पुनर्जन्म वा घोषणासँग जोडेर हेर्ने गरिन्छ।
चीनको रणनीतिको अर्को पाटो बुद्धलाई एसियाको प्रतिकका रुपमा उभ्याएर बोधगयालाई विश्व बौद्ध केन्द्र बनाई 'सफ्ट पावर' विस्तार गर्ने क्षेत्रीय प्रतिस्पर्धी भारतको योजनालाई सन्तुलन गर्नु हो। बोधगया नजिकै भारतले त्यहाँ ११ औँ शातब्दीको नालन्दा बौद्ध विश्वविद्यालय पुनस्थापना गरिरहेको छ। पुनस्थापना समितिका अध्यक्ष अमर्त्य सेनका अनुसार अर्को वर्षबाट सञ्चालनमा आउने नालन्दा विश्वकै राम्ा्रा विश्वविद्यालयमध्ये एक हुनेछ। दलाई लामा सहित तिब्बती र विश्वका बौद्धमार्गीको केन्द्र बन्ने बोधगया र नालन्दा भारतको 'सफ्ट पावर' विस्तारको राम्रो माध्यम बन्ने सम्भावना छ। चीनले यसलाई संास्कृतिक चुनौतीका साथै तिब्बतको सुरक्षा चासोसँग पनि जोडेर हेरेको छ।
बौद्धमार्गीबीच आफ्नो प्रभाव विस्तार गर्ने मामिलामा चीन र भारत खुला प्रतिस्पर्धामै उत्रिएका छन्। चीनले विश्व बौद्ध सम्मेलन गरी पञ्चेन लामालाई तिब्बती बौद्ध नेताका रुपमा स्थापित गर्ने प्रयास गरेपछि भारतले त्यसलाई चुनौती दिँदै दलाई लामालाई संलग्न गराएर छ महिनाअघि दिल्लीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्‍यो। सम्मेलनलाई सम्बोधन गर्न दलाई लामालाई निम्त्याइएपछि बेइजिङले त्यही समयमा दिल्लीमा तय गरिएको चीन-भारत सिमा वार्ता नै खारेज गर्‍यो। निर्वासित तिब्बतीले सम्मेलनलाई चीनको विरोध गर्ने मञ्चका रुपमा प्रयोग गर्न सक्ने भन्दै बेइजिङले दलाई लामालाई स्थान नदिन आग्रह गरेको थियो। सम्मेलनले दिल्लीलाई विश्वका बौद्धमार्गीको राजधानी बनाउने प्रस्ताव समेत पारित गर्‍यो।
लगत्तै बोधगयामा कालचक्र बौद्ध पुजा आयोजना गरियो। दश दिन लामो पुजामा करिब आठ हजार तिब्बती सहित दशौँ हजार बौद्धमार्गीलाई दलाई लामाले प्रवचन दिए। यता चीनले कालचक्रमा सहभागी हुने क्रममा दलाई लामा समूहले तिब्बतीहरूलाई आत्मदाहका लागि उक्साएको आरोप लगाउँदै आएको छ। एक वर्षमा दलाई लामा समर्थक करिब ३० जना तिब्बतीले आत्मदाहको प्रयास गरेको घटनाले बेइजिङ अप्ठेरोमा छ।
बुद्धसँग जोडिएको चीन र भारतबीचको 'शीतयुद्ध' एसियामा प्रभाव र शक्ति विस्तार गर्ने रणनीतिमा आधारित छ। एसियामा आफ्नो रणनीति हासिल गर्न बुद्धलाई कसरी उपयोग गर्ने भन्ने विषयमा दुई शक्ति राष्ट्रबीच मन्द युद्ध चलिरहेको छ, जुन एसिया महाद्वीप र यसको आसपासको समुद्री रणनीतिसँग पनि सम्बन्धित छ। एसिया प्यासेफिक एक्स्चेन्ज एण्ड कोअपरेसन फाउण्डेसन (एपेक) मार्फत् चीनले लुम्बिनीलाई 'विशेष आर्थिक क्षेत्र' का रुपमा विकास गर्न तीन अर्ब अमेरिकी डलर लगानी गर्ने प्रस्ताव गरेपछि दुई वर्षदेखि संयुक्त राष्ट्रसंघमा दुई राष्ट्रबीच द्वन्द्व चलिरहेको छ। लुम्बिनीमा लगानी गरी नेपालमा 'सफ्ट पावर' विस्तार गर्ने चीनको रणनीति तिब्बतको सुरक्षा चासोसँग सम्बन्धित छ। अमेरिकाको तिब्बत केन्द्रित रणनीतिले गर्दा पनि चीनले नेपालमा आफ्नो प्रभाव विस्तार गर्ने अवसर खोजिरहेको छ। तर नेपाल-भारत सिमा क्षेत्र लुम्बिनीमा चीनको उपस्थितिलाई भारतले अस्वीकार गर्दै आएको छ।
भारतले चाहेको भए धेरै पहिले नै नेपालसँग मिलेर एक विशेष सांस्कृतिक योजनाद्वारा आफ्नो सिमाक्षेत्र लुम्बिनीको विकास गरी काठमाडौँ र विश्वका बौद्ध समुदायको भावना जित्न सक्थ्यो। त्यस विपरित आफ्नै भूभागमा नक्कली लुम्बिनी खडा गर्न भारतीयहरू किन अग्रसर भए भन्ने प्रश्न लुम्बिनीको विकासको क्रममा अझ बढी उठ्नेछ। चीनको चासोपछि लुम्बिनीको रणनीतिक महत्व निकै बढेको छ। बुद्धलाई एसियाको प्रतिक बनाएर 'सफ्ट पावर' विस्तार गर्ने चीन र भारतको बौद्ध रणनीति लुम्बिनी विकासका लागि राम्रो अवसर हो। दुवै छिमेकी राष्ट्रको चासोमा धक्का नपुग्ने गरी लुम्बिनी विकासमा राष्ट्रसंघलाई अग्रसर गराउन सक्नु नेपालका लागि एउटा चुनौती हो। तर त्यसले नै लुम्बिनीलाई 'शीतयुद्ध' बाट टाढा राखेर बुद्धलाई विश्व शान्तिका प्रतिकका रुपमा उभ्याउन मद्दत गर्नेछ।
साभार  नागरिक न्यूज बाट(पूर्ण बस्नेत)

7:12 AM | Posted in , | Read More »

भ्रमण वर्षले अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीप्रति राम्रो सन्देश


२५५६ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीको केन्द्रीय नहरमा साढे 
आठ लाख रुपैयाँ खर्चेर पानी भरिँदै । तस्बिरः माधव/कान्तिपुर
लुम्बिनी, वैशाख २४ - प्रधानमन्त्री बाबुराम भट्टराईले मंसिर १५ मा 'लुम्बिनी भ्रमण वर्ष २०१२' को घोषणा गर्दा रमझम बेग्लै थियो । डेढ किमिभन्दा लामो केन्द्रीय नहरमा लाखौं रुपैयाँ खर्चेर भरिएको सफा पानी, बीचमा फोहरा, नहरमाथि बनाइएको आकर्षक मञ्च, रंगीचंगी आकाशमा उडेका बेलुन, स्वदेशी र विदेशी आमन्त्रित पाहुना । 
राष्ट्रपति रामवरण यादवले पुस ३० मा  कार्यक्रम उद्घाटन र नेपाल पर्यटन वर्ष २०११ को समापन गर्दा पनि लुम्बिनीको केन्द्रीय नहर परिसरलाई पहिलाको भन्दा अझ धेरै खर्चेर सजावट गरिएको थियो । अघिल्लो दिन केन्द्रीय नहरमा सञ्चालित बोटिङ 'नौका बिहार' को संस्कृतिमन्त्री गोपाल किराँतीबाट लुम्बिनी विकास कोषले उद्घाटन गराएको थियो ।
एउटै कार्यक्रम घोषणा र उद्घाटन भन्दै पन्ध्र दिनको अन्तरालमा ५० लाख रुपैयाँभन्दा बढी  खर्चिएर गरिएको तामझाम धेरै दिन भने टिक्न सकेन । दुई पटक गरेर करिब साढे ५ लाख रुपैयाँ खर्चेर भरिएको नहरको पानी प्रदूषित हुँदै सुक्न थाल्यो । नौका बिहार पनि बन्द भयो । केही दिनपछि नहर सुनिहार -स्यालजस्तै जनावर) र जंगली बँदेलको क्रीडास्थल बन्यो । कोषका कर्मचारी नहरबाट जनावर लखेट्नमै व्यस्त बने ।  नहरमा २५५६ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउने पर्यटकलाई देखाउन फेरि साढे ८ लाख रुपैयाँ खर्च गरेर मोटरले तानेर पानी भर्न र डुंगा सञ्चालन गर्न थालिएको छ । १० लाख पर्यटक भित्र्याउने उद्देश्यले सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्षले ४ महिना पूरा भएको छ । तर उद्घाटनबाहेक लुम्बिनीमा उल्लेखनीय केही हुन सकेको छैन । लुम्बिनीमा पर्यटक भित्र्याउने अभियानको थालनी र बुद्ध जन्मस्थलको अन्योलतालाई हटाउन थालिएको लुम्बिनी भ्रमण वर्षलाई सरकारबाट जसरी प्राथमिकता दिइनुपथ्र्यो, नदिँदा सोचेअनुरूपका कार्यक्रम कार्यान्वयनमा ल्याउन नसकिएको लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्र थापा मगरले बताए । 'लुम्बिनी भ्रमण वर्षलाई सरकारले दिएको डेढ करोड रुपैयाँको बजेटले क्यालेन्डर, टिसर्ट, मायादेवी मन्दिरको पोस्टर, रेडियो, टेलिभिजनबाट सामान्य घरेलु प्रचारप्रसारबाहेकका अन्य कार्यक्रम गर्न पुग्दैन,' उनले भने ।
भ्रमण वर्षको अवसरमा १०८ स्थानमा लुम्बिनीलाई चिनाउने दूरीसहितको 'माइल स्टोन' राख्न सुरु गरिएको बताउँदै उनले भ्रमण वर्षको चार वटा महत्त्वपूर्ण कार्यक्रम उद्घोष, उद्घाटन, बुद्ध जयन्ती र समापनबाहेक एक-दुई महिनापछि अन्तर्राष्ट्रियस्तरको सेमिनार गरिने योजना रहेको बताए । 'भ्रमण वर्षले अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीप्रति राम्रो सन्देश गए पनि आन्तरिक रूपमा प्रभावकारी कार्यक्रम आउन सकेन,' उनले भने ।

3:59 PM | Posted in , , | Read More »

भगवान गौतम बुद्धको आज २५ सय ५६ औ जन्मजयन्ती


काठमाण्डौ वैशाख २४-भगवान गौतम बुद्धको २५ सय ५६ औ जन्म जयन्ति आईतबार बौद्ध धर्माबलम्बीहरुले नेपाल लगायत विदेशमा पनि धुमधामका साथ मनाउदै छन । गौतम बुद्धको जन्म र मृत्यु भएको विश्वासका साथ हरेक बर्षको वैशाख पुणर्ीमाको बिशेष महत्व रहेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विहानै देखी स्वदेशी तथा विदेशी वौद्ध धर्माबलम्बीको बाक्लो उपस्थिती रहेको छ । बुद्ध जयन्तिकै अबसर पारेर सरकारले आज सार्बजनिक विदा समेत दिएको छ । गौतम बुद्धको शाक्य बंशमा इशापूर्ब पाँच सय बर्ष अगाडि जन्म भएको हो ।

यसैबीच सरकारले सन २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरि लुम्बिनी भ्रमणबर्ष पनि मनाईरहेको छ । बुद्ध जयन्तीको अबसरमा महायानी, बज्रयानी र थेरबादी बौद्ध गुरु तथा भिक्षु लामाहरुले पुजा पाठ गरीरहेका छन् । कार्यक्रममा भाग लिन बुद्ध जन्मस्थल लुम्बिनीमा दक्षिण कोरीयाली बरिष्ठ भिक्षु सनमक हेजा, विभिन्न देशका राजदुतहरु, विशिष्ट पाहुनाहरु, नेपाल सरकारका सचिव, सभासदहरु, दलका नेताहरु, बौद्ध धर्मालम्बीहरु, संघ संस्थाका प्रतिनिधीहरु लुम्बिनी पुगेको विकास कोषले जनाएको छ ।
यसैबीच राष्ट्रपति डा रामवरण यादवले महामानव गौतम बुद्धको २५ सय ५६ औँ जन्म जयन्तीको उपलक्ष्यमा एक शुभकामना सन्देश दिँनुहुदै आजको यस पवित्र दिनले नेपालका सम्पूर्ण धर्माबलम्वी, जातजाति, भाषाभाषीलाई एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्न र देशमा शान्ति तथा सुव्यवस्था गर्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति परमानन्द झाले पनि शान्ति र अहिंसाका प्रतिमूर्ति एवम् अग्रदूत भगवान गौतम बुद्धले देखाउनुभएको सद्मार्ग सबैका लागि सदैव अनुकरणीय र मननीय रही आएकोभन्दै शुभकामना दिनु भएको छ ।
यसैबीच प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नुभएको बोधीज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको बताउनुभएको छ । २५ सय ५६ औँ बुद्धजयन्तीका अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री डा भट्टराईले बुद्धको दर्शन कुनै एक सम्प्रदायको लागिमात्र नभई सम्पूर्ण मानव कल्याणका लागि भएको र यस दर्शनले भविष्यमा पनि मानव कल्याणमै योगदान दिइरहने विश्वास व्यक्त गर्नुभएको छ ।

बुद्व जयन्तीको अवसरमा बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि छुट्टाछुट्टै शुभकामना सन्देश दिनुहुँदै बुद्धले दिएको ज्ञान र सन्देश अहिले पनि आम नेपालीले अनुसरण गर्नुपर्ने बताएका छन् ।
समाचार ओंनलाइन खबर 

7:04 AM | Posted in , | Read More »

लुम्बिनी भ्रमणवर्ष घोषणा गरेको ६ महीनासम्म पनि बजेट उपलब्ध भएन


 काठमाडौं  वैशाख २,- सरकारले सन् २०१२ लाई ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा गरेको ६ महीनासम्म पनि बजेट उपलब्ध गराउन नसक्दा यसको प्रवद्र्धनात्मक कार्य प्रभावित भएको छ । सरकारले अहिलेसम्म आवश्यक बजेट उपलब्ध नगराउँदा भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्य अभै हुन सकेको  छैन । लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्र थापा मगरका अनुसार  ‘लुम्बिनी भ्रमण वर्षका लागि बजेट दिनेतर्फ सरकारले अहिलेसम्म चासो देखाएको छैन ।’ 
नेपाल पर्यटन वर्ष २०११ का लागि भने सरकारले दुईपटक गरी रू. २३ करोड विनियोजन गरेको थियो । १० लाख विदेशी पर्यटक भित्र्याउने उद्देश्यसहित सरकारले गत कात्तिक २ गते सन् २०१२ लाई ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा गरेको थियो । सो वर्षको उद्घाटन नेपाल पर्यटन वर्षको समापनसँगै गत पुस ३० गते भएको थियो । 

थापाका अनुसार लुम्बिनी भ्रमण वर्षको घोषणालगत्तै कोषले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रचारप्रसारका लागि सरकारसँग रू. ११ करोड बजेटसहितको कार्यक्रम पेश गरेको थियो । तर, सरकारी बेवास्ताका कारण अहिलेसम्म कार्यक्रमसमेत स्वीकृत हुन सकेको छैन । कोषले त्यसपछि पुनः रू. ५ करोड रकमसहितको कार्यक्रम बनाएर संस्कृति मन्त्रालयमार्फत बजेट मागेको थियो । सो रकमसमेत अस्वीकृत भएपछि कोषले पुनः रू. २ करोड माग गरेकोमा सो रकम पनि अहिलेसम्म पाउन नसकेको थापा बताउँछन् । 

बुद्ध जन्मस्थल लुम्बिनीको अन्तरराष्ट्रिय रूपमा प्रवद्र्धन गर्दै बौद्ध धर्मावलम्बीलाई नेपाल भिœयाउने अभियान बजेटकै कारण रोकिन नहुने संस्कृति मन्त्रालयका सचिव ताना गौतमले बताए । उनका अनुसार कोषको प्रस्तावलाई संस्कृति मन्त्रालयले अर्थ मन्त्रालयमा पठाए पनि अर्थले रकम दिनेतर्फ भने वास्ता गरेको छैन । लुम्बिनी भ्रमण वर्षको घोषणासँगै प्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा १ सय ८ सदस्यीय मूल समिति र संस्कृतिमन्त्री गोपाल किराँतीको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरिएको थियो । भ्रमण वर्षकै निर्देशक समितिको अध्यक्षता भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । सचिव गौतमले भने, ‘संस्कृति मन्त्रालयले त सरकारसँग बजेट माग गर्ने मात्र हो । अहिले पनि अर्थ मन्त्रालयसँग गैरबजेटरी कोषबाट २ करोड रुपैयाँ विनियोजन गरिदिन आग्रह गरेका छौं ।’ उनले बजेट नभएको भन्दै अर्थ मन्त्रालय डेढ करोड रुपैयाँ निकासा गर्न सकारात्मक भएको जानकारी पनि दिए । 

भ्रमण वर्षमा भारत, चीन, जापान, थाइल्याण्डलगायतका देशबाट लक्षित बौद्धमार्गी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । सरकारले कोषलाई बजेट नदिए पनि आप्mनै स्रोतबाट भ्रमण वर्षको उद्घाटन र अन्य आन्तरिक गृहकार्यका लागि अहिलेसम्म २० लाख खर्च गरिसकेको सदस्य सचिव थापाले बताए । उनका अनुसार हाल विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)को रू. ५ लाख र लुम्बिनीस्थित होटल कसाइको रू. १० लाखको सहयोगमा लुम्बिनी क्षेत्रभित्रका १ सय ८ स्थानमा दिशानिर्देशका लागि ‘माइलस्टोन’ बनाउने काम भइरहेको छ । सो कार्यको कुल लागत २२ लाख रुपैयाँ भएकाले ७ लाख अपुग हुने पनि उनले बताए । लुम्बिनीमा पर्यटकका लागि आवश्यक पर्ने पूर्वाधार विकास गर्न सकिए मात्र धार्मिक पर्यटक भित्र्याउन सकिने कोषको भनाइ छ । सोका लागि सरकारले सहयोग गर्नुपर्ने थापाले बताए । नहुँदा

8:10 PM | Posted in , , | Read More »

भगवान बुद्धको जन्म नेपालमै भएको हो


कपिलवस्तु , चैत्र २१ - कोरियाका प्रतिष्ठित भन्ते सुनमुखले हेजा कोरियनले बुद्ध जन्मस्थल भनेर नेपाललाई जानेको बताएका छन् । त्यस कारण नेपाल र नेपालीको सम्मान गर्दै बिश्वशान्तिका लागि आफूहरुले लुम्बिनीमा शान्ति बाटिका बनाएको जनाए ।

दक्षिण कोरियास्थित पुरानो बिहार होस्ट अफ पिल्गि्रमेज बल्र्ड पिसका प्रमुख भन्ते हेजाले बुद्ध बचन र शिक्षालाई व्यवहारमा उतार्न सकेमात्र विश्वमा शान्ति फैलने बताए । त्यस्तै उनले करुणा र प्रेमको भावना जगाउन सकेमात्र मान्छे हिंसात्मक नभई सादा जीवन र उच्च विचारको भई शान्तिका लागि लाग्ने बताए ।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् २००८ मा लुम्बिनी भ्रमण निमन्त्रणा दिएपछि आफु औपचारिक रुपमा आएको बताए । त्यसपछि कोइरालाकै आग्रहमा लुम्बिनी बिकास गुरुयोजनालाई सहयोग पुग्ने काम गर्न आग्रह गरेपछि शान्ति बाटिका बनाएको उनले स्पष्ट पारे । आफ्ना ८ हजार बढी शिष्यसँग चन्दा उठाएर लुम्बिनीमा बाटिका बनाएको जानकारी दिए । उनले कपिलवस्तुका बुद्धस्थलहरुको बिकासका लागि सडक सञ्जाल बिस्तार गरेर बुद्ध परिपथ बनाउनुपर्नेमा जोड दिए । बाटोघाटो हुन सक्यो भने मात्र बढी भिक्षु र पर्यटक आएर यसको विकास हुने उनको कथन थियो । उनले आइतबार र सोमबार कपिलवस्तुको बुद्धस्थल तिलौराकोट, गोटिहबा, सगरहबा, निग्लिहबा र अरौराकोटको अबलोकन गरे ।
स्रोत :कान्तिपुर दैनिक 

7:53 AM | Posted in , , | Read More »

बौद्ध सम्मेलन हङकङमा, बुद्धको अवशेष प्रदर्शन गरिने

पूर्ण बस्नेत,हङकङ, चैत २०- चीनले पहिलो पटक आफ्नो विशेष प्रशासनिक क्षेत्र हङकङमा विश्व बौद्ध सम्मेलन आयोजना गर्ने भएको छ। १३ वैशाखदेखि हुने तीन दिने विश्व बौद्ध सम्मेलनको क्रममा दुई वर्षअघि पूर्वी चीनमा उत्खनन गरिएको शाक्यमुनि बुद्धको खप्परको अवशेष प्रदर्शन गरिने कार्यक्रमसमेत छ। 


बुद्धिष्ट एसोसिएसन अफ चाइना र चाइना रिलिजियस कल्चर कम्युनिकेसन एसोसिएसनले हङकङ बुद्धिष्ट एसोसिएसनसँग मिलेर सम्मेलन आयोजना गरेका हुन्। १९९७ मा चीनको विशेष प्रशासनिक क्षेत्र बनेयता हङकङमा हुन लागेको यो स्तरको अन्तर्राष्ट्रिय धार्मिक कार्यक्रम पहिलो हो। आयोजकका अनुसार नेपाल, दक्षिण कोरिया, जापान, भारत, थाइल्याण्ड, अमेरिकालगायत् ५० राष्ट्रका हजारभन्दा बढी बौद्धमार्गी, अध्येता र विज्ञ सम्मेलनमा सहभागी हुनेछन्। 

बुद्धिष्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्ष तथा चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्स (सपिपिसिसि) का सदस्य स्वये चेङका अनुसार तेस्रो विश्व बौद्ध सम्मेलनकै क्रममा १३ वैशाखदेखि पाँच दिनसम्म शाक्यमुनि बुद्धको खप्परको अवशेष हङकङमा प्रदर्शन गरिनेछ। चीनको जियाङसु प्रान्तको नानजिङस्थित बाओन गुम्बामा २०१० जुनमा अप्रत्यासितरुपमा उत्खनन् गरिएको बुद्धको अवशेष हङकङमा पहिलो पटक प्रदर्शन गर्न लागिएको हो। 

चेङका अनुसार निकै दुर्लभ मानिएको बुद्धको अवशेष निजी जेट विमानमा राखेर हङकङ ल्याउने र प्रदर्शनमा राखुन्जेल बौद्ध भिक्षुहरूले सुरक्षा दिने कार्यक्रम छ। यसअघि चीनबाट १९९९ मा बुद्धको दाँत र २००४ मा शरीरको अवशेष हङकङ ल्याएर प्रदर्शन गरिएको थियो। 

मुख्य भूमि चीनसँग हङकङको सांस्कृतिक निकटता रहेको जनाउँदै चेङले दशौँ हजारले बुद्धको अवशेष हेर्ने अनुमान गरे। हङकङ बुद्धिष्ट एसोसिएसनका अध्यक्ष भेन कोक कोङले दुवै अवसर हङकङका बुद्धिष्टहरूका लागि गौरवको विषय भएको बताए। हङकङका करिब सत्तरी लाख जनसङ्ख्यामध्ये दश प्रतिशत बुद्धिष्ट छन् भने सहरमा छ सय बौद्ध गुम्बा छन्। 

पूर्वी चीनको हान्झाओमा २००६ मा पहिलो विश्व बौद्ध सम्मेलन गरेर बुद्ध राजनीतिमा प्रवेश गरेको चीनले हङकङमा गर्न लागेको सम्मेलन तेस्रो हो। २००९ मा पूर्वी चीनको उसीमा आयोजना गरिएको दोस्रो विश्व बौद्ध सम्मेलनमा बेइजिङले दलाई लामालाई किनारा लगाउने प्रयासअन्तर्गत एघारौँ पञ्चेन लामालाई प्रस्तुत गरेको थियो। विश्वका करिब एक अर्ब बौद्धमार्गीमध्ये आधा चीनमा रहेको अनुमान छ।  

'विश्व समुदाय खासगरी पश्चिमाहरु चीनको आर्थिक विकासबारे जान्दछन् तर यहाँको सांस्कृतिक पक्ष बुझ्दैनन्', चीनको सरकारी अङ्ग्रेजी पत्रिका चाइना डेलीले चेङलाई उद्धृत गर्दै लेखेको छ- बुद्धिजम चिनिया संस्कृतिको एक महत्वपूर्ण पक्ष हो, जसले विश्वमा चिनिया संस्कृति विस्तार गर्ने उद्देश्य पूरा गर्छ।
स्रोत :नागरिक न्युज 

2:48 PM | Posted in , , | Read More »

विश्वको नासो लुम्बिनी

शाक्यमुनि सिद्धार्थ गौतम जन्मेको लुम्बिनी बाटिका नेपाल राज्यको भूभागभित्र पर्छ। हाम्रो लागि यो सांस्कृतिक संयोग हो, इतिहासको सौगात नेपालीवासीलाई। शाक्यमुनि गौतम प्राचीनकालको गङ्गा मैदानका अन्य ऐतिहासिक बुद्धमध्ये सबैभन्दा परिचित बन्न पुगे। उनको जीवनसँग सम्बन्धित चार स्थान (लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर) मध्ये तीन स्थान आजको भारतमा पर्छन् भने जन्मस्थान नेपालमा। सम्राट अशोकले लुम्बिनीमा स्तम्भ स्थापना गरेर यसलाई प्रमाणित गरेका छन्। 
लुम्बिनीबाहेक कपिलवस्तु, गोटीहवा, निगलिहवा, रामग्राम आदि नेपाली भूभागमा अवस्थित हुनाले हाम्रो सांस्कृतिक गरिमा बढाएका छन् भने तीर्थाटन र पर्यटनद्वारा पुरै अर्थतन्त्रलाई समृद्धि दिलाउन सक्छन्। लुम्बिनी र कपिलवस्तु आसपासमा बसोवास गर्ने मुस्लिम तथा अन्य विपन्न समुदायलाई यो आर्थिक सम्भावनाले सुन्दर भविष्यतर्फ लैजान सक्छ। काठमाडौं उपत्यका तथा पहाडहिमालका महायान र हीनयान बौद्धमार्गी तथा अनेक आस्था राख्नेका लागि लुम्बिनीको महत्वको कुरै गर्नु परेन।
नेपालीको लागि ठूलो आर्थिक, सांस्कृतिक र धार्मिक सम्भावना बोक्दाबोक्दै लुम्बिनी सम्पूर्ण संसारको जायजेथा पनि हो। विश्वभरका एक अर्ब बौद्धमार्गी तथा आध्यात्मिक लगाव भएका र मानवीयताका पक्षधर सबैका लागि यो पवित्र स्थल हो। नेपाली जनता तथा राज्यले नासोका रूपमा लुम्बिनीलाई पाएका छन्। शाक्यमुनिको जन्मथलो र वरिपरिको क्षेत्रलाई संरक्षण गर्ने र यसको पवित्रतामा कुनै पनि खालको हमला हुन नदिनु हामी नेपालीको कर्तव्य हो।
अपशोच, लुम्बिनीको 'प्रयोग' गर्दै आफु र आफ्नो दललाई फाइदा हुने गरी एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले एकपछि अर्को कदम चाल्दै छन्। शान्तिकामी नेपाली जनताको मनोभावना एकातिर छ भने अर्कोतिर धाक, धम्की, द्रव्य तथा राज्य संयन्त्रको प्रयोग गर्दै माओवादी आफुले चाहेको समाज निर्माण गर्न प्रयासरत छ।
अध्यक्ष दाहालले लुम्बिनीमा धावा बोलेका छन्, र उनको अपवित्र आकाङ्क्षा सायद कसैबाट लुकेको छैन। तर जनसाधारण नतमस्तक छन् र तिनको लुम्बिनीबारेको मनोभावनाप्रति विचार निर्माता, बौद्धिक र नागरिक अगुवाहरूबाट प्रतिनिधित्व भइरहेको छैन। प्रायः सबैको साहसहरण भएको छ।
बुद्धको वाणी
माओवादी खुला राजनीतिमा आएपछि जनतासँग गरेका कबुलअनुसार लोकतन्त्र र शान्तिपूर्ण राजनीतिमा आस्था राख्ने दलमा परिणत हुन्छ भन्ने आशा थियो। यसो भएको छैन, र पुष्पकमल दाहाल अझै विद्रोहकैे कुरा गर्छन्, शान्ति प्रक्रियामा तीन-तीन वर्ष बखेडामा अल्झाएका छन् र नेपालीको भविष्यलाई भासमा पार्ने गैरलोकतान्त्रिक संविधानलाई जबर्जस्ती पस्कन खोज्दैछन्।
यस्तो पृष्ठभूमिमा १४ हजारको मरणको उत्तरदायित्व तथा जवाफदेहीलाई लत्याएर उम्कन खोज्ने कोसिस हो, गत वर्षभरिको लुम्बिनी प्रयोगको कसरत। शान्ति प्रक्रियामा हलो अड्काउने, संविधान बन्दुकको आडमा निर्माण गर्न खोज्ने अनि आफु 'चोखिन' लुम्बिनीको आपत्तिजनक प्रयोग गर्ने। आफ्नो राजनीतिक शासकीय महत्वाकाङ्क्षाका लागि उनले नेपाली बौद्धमार्गी र बाँकी सबै जनतालाई प्रयोग गर्न सक्षम देखिए। र, अन्तर्राष्ट्रिय सम्पदा लुम्बिनीमाथि धावा बोल्दा पनि कसैले नबोलुन् भन्ने उनको अपेक्षा देखिन्छ। कतिसम्म भने संयुक्त राष्ट्रसंघका महासचिव बान कि-मुनसम्मलाई प्रयोग गर्ने धृष्टता राखिसके दाहालले।
गौतम बुद्धको वाणी थियो- शान्ति, सौहार्द, ध्यान, अन्तरात्माको पहिचान तथा एउटा मानवद्वारा अर्काको सह-अनुभूति। तर पुष्पकमल दाहाललाई भने लुम्बिनी प्रयोगको आफ्नो यात्रामा निजी अग्रगमनलाई सहयोग गर्नेबाहेक यस्ता भावनाले छुँदैनन्।
उनलाई आफ्नो राजनीति गर्न शान्ति अपनाएको नेताका रूपमा प्रस्तुत हुनु छ, तर द्वन्द्वका औजारहरू आफ्नो हातमै लिएर। लुम्बिनी गएका छन् दाहाल तर हिंस्रक भावना नत्यागीकन। उनको यस्तो निजी अभियानले लुम्बिनीको आध्यात्मिक र धार्मिक गरिमालाई असर त पर्छ नै तर यसको राजनीतिक र आर्थिक क्षति कसैले अनुमान गरेभन्दा ठूलो हुन्छ। नेपाली जनता र राज्यले शाक्यमुनिको पवित्र जन्मस्थललाई एउटा हिंसा नत्यागेको नेतालाई प्रयोग गर्न दिएको कुरा संसारभर फैलनेछ र इतिहासले पनि बिर्सने छैन। लुम्बिनीमा दाग लाग्नेछ जसको भौतिक, सांस्कृतिक र आध्यात्मिक क्षति मापनभन्दा बाहिरको विषय हुनेछ।
अध्यक्ष दाहाललाई अर्बौं डलरको कुरा गरेर जनतालाई फकाउन सकिन्छ भन्ने लागेको हुनसक्छ तर यस सम्पदास्थलबाट हुनसक्ने आम्दानीबारे नागरिकलाई सिकाउनुपर्दैन। मात्र शान्ति र लोकतान्त्रिक स्थायित्व होस् नेपालमा, लुम्बिनीले अर्बौंको आम्दानी स्वतःस्फूर्त रूपमै दिनेछ। यसैले हिंसा, धम्की, त्रास र झुटबाट लुम्बिनीलाई चोखै राखौँं।
महसचिव आगमन
शान्ति प्रक्रिया नटुंगिदै, संविधानलेखन अड्किएको बेला किन नेपाल आउन लागेका हुन् बान कि-मुन यो कौतुहलको विषय हो। पुष्पकमल दाहालसँग एउटै पोडिएमबाट सह-अध्यक्ष भई लुम्बिनीको विकासको लागि उद्घोष गर्ने योजना रहेको बुझिएको छ। यसो हो भने संयुक्त राष्ट्रसंघका महासचिवले लोकतान्त्रिक शान्तिकामी दलमा परिणत नभएको शक्तिलाई सहयोग पुर्‍याउनेछन्। संयुक्त राष्ट्रसंघको 'डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स' को सुझावमा महासचिव बान कि-मुन आउन लागेका हुन् भने उही अनमिनको गल्ती दोहोर्‍याउने कर्मचारीहरूको सुझावमा यसो भएको हुनुपर्छ।
बान कि-मुनकी बौद्धधर्मी आमाको लगावका कारण तथा लुम्बिनी उत्थानका लागि केही गरौँ भन्ने हेतुले महासचिव आउन आँटेका हुन् भने मध्य वैशाख २०६९ कै बेला किन भ्रमण पारेको? नेपालको शान्ति प्रक्रिया तथा संविधानलेखनको लागि बान आउन लागेका हुन् भने यति ढिलो आएर 'मद्दत' गर्न खोज्नुको फल माओवादी दलले मात्र चाख्न पाउनेछ। यति ढिलो आएर अन्तर्राष्ट्रिय दबाबमा लोकतान्त्रिक संविधान बन्छ भन्ने ठान्नु नै भ्रम हो।
संयुक्त राष्ट्रसंघको सफलताको उदाहरण पेस गर्न नेपाल आएर चमत्कारिलो ढङ्गले शान्ति प्रक्रिया र संविधानलेखन आफुद्वारा सफल गराएको देखाउन महासचिव बानले चाहेको हुनसक्छ। उनका सल्लाहकारको यो सल्लाह थियो भने नेपाली जनतालाई सफल नहुने प्रयोगमा 'गिनी पिग' बनाउन खोजेको मान्नुपर्छ।
अध्यक्ष दाहालले बान कि-मुनको छेउमै उभिएर जेजस्तो घोषणा गरे पनि शान्ति र संविधानका लागि त्यो विश्वसनीय हुनेछैन। किनभने उनले जति कुरा आज अन्तर्राष्ट्रिय समुदायसामु कटिबद्धता गरे तिनको कार्यान्वयन भएन। शक्तिखोर शिविरमा डेढ वर्षअघि संयुक्त राष्ट्रसंघका पदाधिकारी र पुरै कूटनीतिक गणसामु 'पीएलए' को झन्डा उतार्ने काम त भएकै हो तर माओवादीले शान्ति प्रक्रिया पूरा गरेन।
तसर्थ बान आगमनले माओवादीमाथि दबाब पर्छ भन्ने कुरा गलत हो। घरीघरी हामीले देखिसक्यौँ बिना सङ्कोच, मान्यताविहीन अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय 'गुडविल'लाई आफ्नो पक्षमा ल्याइछाड्नेछन्। बानको नेपाल यात्रा 'जनयुद्ध' शुरु गरेदेखि आजसम्म जनतालाई दुःख दिएकोमा अन्तर्राष्ट्रिय जगतबाट 'इनाम' को रूपमा लिइनेछ।
आलो घाउ
'जनयुद्ध' मा मानिस मार्न लगाएकोमा कम्तीमा पनि पछुतो हुनुपर्नेमा पुष्पकमल दाहालले खुला राजनीतिमा आएपछि बीबीसी नेपाली सेवाद्वारा घोषणा गरे - 'हामीले यातना नदिईकन हत्या गर भनेर निर्देशन दिएका थियौँ।' कस्तो 'महान्' मानवीयता। यिनै व्यक्तिले बालकहरूलाई योद्धाको रूपमा प्रयोग गरे। सम्पूर्ण जनतालाई त्रासमा राखे, आफ्नो दस्ताको विस्तारका लागि शिक्षक, स्थानीय नेता, सामुदायिक जुझारुको हत्या गर्न निर्देशन दिए, ज्यादती गर्ने राज्यलाई मौदानमा ओराले। तर आजैसम्म पनि एक शब्द ग्लानि, एक शब्द पछुतो, एक शब्द पुनर्मूल्याङ्कन, एक शब्द आत्मालोचना भएको हामीले सुनेका छैनौं।
आफूले जनतालाई दुःख दिएकोमा माफी माग्नु त परैको कुरा, अझै पनि अध्यक्ष दाहाल द्वन्द्वकालका पीडकहरूलाई आममाफी र उन्मुक्ति दिने पहलमा छन्। राज्यद्वारा पीडित माओवादी समर्थकप्रति समेत उनको संवेदनशीलता रहेन, बरु राज्य र माओवादी दुवैतर्फका पीडकहरूलाई छुट्कारा दिन पाए उनलाई पुग्छ।
उदाहरण त अनगिन्ती छन् तर बालकृष्ण ढुङ्गेलको सन्दर्भ मात्रै यहाँ उठाए पनि पुग्छ। माओवादी अध्यक्षले ढुङ्गेललाई आफ्नै हेलिकप्टरमा ओखलढुङ्गा उडाए गत साता, अनि भाषण गर्न लगाए आफ्नै छेउबाट। जनतालाई आतङ्कित पार्ने पुरानै शैली र कुनै पनि तरिकाले पीडकलाई कानुनबाट बचाउ गर्नेे अभीष्ट! अनि यस्तो व्यक्तिसँग मञ्चमा सहअध्यक्ष भएर लुम्बिनीमा उद्घोष गर्ने महासचिव बानले?
स्वर्ण गङ्गा
बान कि-मुनलाई आफ्नो प्रस्तावित नेपाल भ्रमणको खाका र समयबारे पुनरावलोकन गर्न सुझाव दिन सकिन्छ। पवित्र लुम्बिनीमा निजी भ्रमण तथा दर्शनका लागि त नेपालको ढोका सदा खुला रहेकै छ र लुम्बिनी उत्थानको लागि पाइला चाल्ने संयुक्त राष्ट्र संघका दोस्रा महासचिव उ थान्टको पथमा चल्न महासचिव बानलाई एक एक नागरिकले स्वागत गर्नेछन्। तर हिंसा त्याग नगरेको दलका नेता पुष्पकमल दाहालसँग लुम्बिनीमा सहकार्य गर्नु भने मानवीयताको मापदण्ड विपरीत देखिन्छ।
दाहालको पहलमा भूराजनीतिको गन्ध आएको हुनाले पनि अहिले महासचिव बान वैशाखमा आउनु उपयुक्त देखिँदैन। नेपालको शान्ति प्रक्रिया र संविधानलेखनका लागि आउने भनी नयाँ सूचना सञ्चार भइरहेछ पछिल्ला दिन दाहालतर्फबाट तर अन्निमनले गरेको माओवादी पक्षीय गल्तीमाथि अर्को गल्ती थप्नु बुद्धिमानी होइन। माओवादी अध्यक्षद्वारा भ्रमणलाई आफ्नो स्वार्थमा प्रोपोगण्डाका रूपमा प्रयोग हुने हुनाले महासचिव र उनका सल्लाहकार सचेत हुनुपर्छ।
लुम्बिनीलाई संयुक्त राष्ट्रसंघको संरक्षण चाहिएको छ। जापानी वास्तुविद् केन्जो टाँगेको परिकल्पना तथा योजनाले एउटा लिक बनाइदिएको छ, यसै बाटोमा जान लुम्बिनी विकास कोष छँदैछ। यसका साथसाथै बौद्धधर्मी मुलुकहरूको सदस्यता रहेको एउटा 'अन्तर्राष्ट्रिय लुम्बिनी विकास समिति' संयुक्त राष्ट्रसंघ सचिवालय न्युयोर्कमा पनि छ। अरू कुनै सम्पदास्थलको सन्दर्भमा यस्तो उचाइको अन्तर्राष्ट्रिय समिति छैन, तर करिब दुई दशकदेखि यो समितिलाई निष्त्रि्कय राखिएको छ।
उक्त समितिलाई बिउँताउने काम नगरेर, लुम्बिनी विकास कोषलाई स्वायत्तता तथा व्यवसायीकरणतर्फ नलगेर प्रधानमन्त्री भट्टराईले पुष्पकमल दाहाललाई अध्यक्ष बनाएर अलग्गै 'राष्ट्रिय निर्देशक समिति' बनाउन पुगे लुम्बिनीको 'शत्रु' खडा गर्ने गरी। प्रम भट्टराईको योजना आफ्ना अध्यक्षलाई न्युयोर्कको भुलभुलैयामा अलमल्याइदिनुथियो भने दाहाललाई बिना प्रायश्चित लुम्बिनीको स्वर्ण गङ्गामा आफ्नो पापको भारी पखाल्नु थियो। त्यसैले जनतालाई भार र आफूलाई लाभ हुने महासचिव बानको भ्रमण योजना उनले बुने।
एक जना व्यक्तिले आफ्नो निजी राजनीतिक यात्राको लागि यसरी विश्वको सम्पदास्थल र अर्बौं जनमानसको आस्थाको केन्द्रमा धावा बोल्न सक्नु नेपालको राजनीतिक बिचल्लीको सङ्केत हो। महासचिव बान कि-मुनलाई ज-जसले सुझाव दिनुपर्ने हो, दिनेछन् भन्ने आशामा....।
- कनकमणि दीक्षित 
साभार :नागरिक 

7:21 AM | Posted in , | Read More »

कोरियामा बुद्ध बोर्न इन नेपाल नामक डकुमेन्ट्री प्रदर्शन

दक्षिण कोरियामा देखाइएको ‘बुद्ध बोर्न इन नेपाल’ डकुमेन्ट्री हेर्दै दर्शकहरु
सोल, फाल्गुन २८ - भगवान गौतम बुद्धको जन्मस्थलबारे विभिन्न देशमा रहेका भ्रमलाई हटाउने उद्देश्यले कलाकार सरोज महतोद्वारा निर्माण गरिएको बुद्ध बोर्न इन नेपाल नामक डकुमेन्ट्री आइतबार सोलमा प्रदर्शन गरिएको छ । जोङगाक स्टेशनमा रहेको जोगेसा गुम्बाको सभाहलमा प्रदर्शन गरिएको उक्त डकुमेन्ट्रीमा शान्तिका अग्रदूत भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने विषयलाई इतिहास, शिलालेख र पुरातात्विक वस्तुको प्रमाणसहित प्रस्तुत गरिएको छ । कोरिया तथा नेपालको लुम्बिनी क्षेत्रमा एक वर्षसम्म छायाङ्कन गरिएको उक्त डकुमेन्ट्रीमा पूर्व मन्त्री उपेन्द्र यादव, नेपाल पर्यटन बोर्डका प्रचण्डमान श्रेष्ठ, लुम्बिनी विकास कोषका उपाध्यक्ष कर्मा साङबो शेर्पा, कोरियाका लागि पूर्व नेपाली राजदूत कमलप्रसाद कोइराला, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, गायिका आनी छोइङ डोल्माका साथै विभिन्न मुलुकका नागरिकहरूको बुद्धसम्बन्धी विचार र कोरियामा वार्षीक रूपमा मानिने बुद्ध जयन्तीका दृश्यहरु लाइभ राखिएका छन् ।

१५ हजार अमेरिकी डलरको लागतमा निर्माण गरिएको एक घण्टा दस मिनेट लामो यस डकुमेन्ट्रीमा छायाङ्कनका क्रममा नेपाली र अंग्रेजी भाषा प्रयोग गरिएको भए पनि कोरियाली, फ्रेन्च, स्पेनिस भाषामा समेत अनुवाद गरिसकिएको छ भने चिनियाँ, जापानी र डचमा पनि अनुवाद भइरहेको निर्माता महतोले जानकारी दिए । कोरिया नेसनल विश्वविद्यालयबाट मास्टर अफ फाइन आर्टमा स्नातकोत्तर गरेका महतोले डकुमेन्ट्री बनाउनुको कारण खोतल्दै भने- कोरियामा धेरै देशका नागरिकले बुद्ध नेपालमा होइन अन्तै जन्मेको हो भन्ने तर्क गर्दा म सारै दुःखी भएको थिएँ त्यसपछि नै यो निर्माण गर्ने सोच बनाएँ जुन आज प्रदर्शन हुँदै छ उनले थपे यो तथ्यको प्रचार प्रसार नेपाल र अन्य मुलुकहरुमा पनि चाँडै नै गर्ने छु। एनआरएन कोरियाले आफ्नो वार्षिक कार्ययोजना बुद्ध नेपाल अभियान स्वरुप प्रयोजन गरेको यस प्रदर्शनीमा कोरियाली बौद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, बौद्ध मार्गी, विभिन्न क्षेत्रका सञ्चारकर्मी लगायत २०० भन्दा बढी कोरियाली दर्शकको उपस्थिति रहेको थियो ।
स्रोत :कान्तिपुर 

6:32 AM | Posted in , , | Read More »

लुम्बिनी भ्रमणमा छुटाउन नहुने  गन्तव्य

मायादेवी मन्दिर, पदचाप चिह्न र पवित्र कुण्ड

विश्व शान्तिकेन्द्र लुम्बिनीमा रहेको मुख्य वस्तु भनेको बुद्ध जन्मस्थल मायादेवी मन्दिर हो । मायादेवी मन्दिरलाई करिब नौ वर्षअघि पुनर्निर्माण गरी वर्तमान रूपमा ल्याइएको हो । मायादेवी मन्दिरमा गौतमबुद्ध जन्मको प्रमाणका रूपमा रहेको मार्कर स्टोन अर्थात पदचाप चिह्न राखिएको छ । पदचाप चिह्न भन्नाले गौतमबुद्ध जन्मनासाथ सात पाइला चालेको र त्यहीमध्ये पाइला चालेको एक ढुंगा हो । सन् १९९६ मा मायादेवी मन्दिर उत्खनन् गर्दा पदचाप चिह्न फेला परेको हो । उक्त पदचाप चिह्नलाई मायादेवी मन्दिरभित्र बुलेटपु्रफ बक्समा सबैले अवलोकन गर्न मिल्ने गरी राखिएको छ ।
इसापूर्व ६२३ को मे महिनाको पूर्णिमाका दिन कपिलवस्तु राज्यका राजा शुद्धोधनकी रानी मायादेवी कपिलवस्तुको तिलौराकोटबाट माइतीघर देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी नाम गरेको बगैंचामा रहेको पवित्र कुण्डमा नुहाएपछि प्रश्रववेदनाले छटपटाउन पुग्दा कुण्डनजिकै रहेको रूखको हाँगाको आड लिई राजकुमार सिद्धार्थलाई जन्म दिएकी हुन्, जो पछि भगवान् बुद्धको नामले संसारभर प्रसिद्ध भए ।
बुद्ध जन्मस्थललाई आधार मानी पछि मायादेवी मन्दिरको निर्माण भएको हो । मायादेवी मन्दिरभित्र पदचाप चिह्न रहेको ठाउँमाथि पट्टि पवित्र भित्तामा गौतम बुद्धको जन्म हुने समयमा प्रश्रव वेदनाले छटपटाएको समयमा आमा मायादेवीले एक हातले रूखको हाँगो र अर्को हातले आफ्नी बहिनी गौतमी प्रजापतिलाई समाएको मूर्ति छ ।
मायादेवी मन्दिरको दक्षिण भागमा सानो कुण्ड छ, जसलाई पवित्र कुण्ड भनिन्छ । भगवान् गौतमबुद्धको जन्म हुनुभन्दा केही समयअघि यसै कुण्डमा मायादेवीले स्नान गरेको भन्ने भनाइ रहेको छ । आमा मायादेवीले भगवान गौतमबुद्धलाई जन्म दिएपछि यसै कुण्डको पानीले बुद्धलाई नुहाइदिएको बताइन्छ र यसै कारणले यो कुण्ड र यसको पानीलाई पवित्र कुण्डका रूपमा हेरिएको छ ।
अशोक स्तम्भ (पिलर)
अशोक स्तम्भ (पिलर) बुद्ध जन्मको प्रमाणका लागि महत्वपूर्ण तत्वका रूपमा रहेको छ । मायादेवी मन्दिरको पश्चिमपट्टि यो स्तम्भ खडा छ । सन् १८९६ मा पुरातात्विक सर्भेको प्रक्रियामा त्यहाँ पुगेका राणाकालीन जनरल खड्गशमशेर राणा र पुरातत्वविद् डाक्टर एलोइस फुहेररले लुम्बिनीमा अशोक स्तम्भ पत्ता लगाएका हुन् । इसापूर्व २४९ मा मौर्यकालीन बादशाह अशोकले लुम्बिनी भ्रमण गरेका थिए । सोही भ्रमणका क्रममा उनले स्तम्भ खडा गरी अशोक स्तम्भ नामांकन गरेका हुन् । बादशाह अशोकको त्यतिबेलाको भ्रमणले लुम्बिनीलाई पुनस्र्थापित गरेको हो ।
उन्ले खडा गरेको स्तम्भमा ब्राह्मण लिपिमा ‘हिडा बुधे जाते शाक्यमुनीति’ लेखिएको छ, जसको अर्थ शाक्यमुनि बुद्धको जन्म यहाँ भएको हो । स्तम्भ खडा गरेर बादशाह अशोकले नजिकैको रूखमा प्रार्थना गर्नुका साथै त्यहाँको पोखरीमा स्नान र वरपरका अन्य बुद्धसँग सम्बन्धित स्थल कपिलवस्तु, रामग्राम र निग्लिहवाको भ्रमण गरेका थिए ।
विश्व शान्तिदीप
विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थली लुम्बिनी विश्वभरिका बौद्धमार्गीका लागि मात्र नभई शान्तिप्रति विश्वास राख्ने हरेक मानिसका लागि महत्वपूर्ण स्थल हो । अझ लुम्बिनी क्षेत्रमा रहेको विश्व शान्तिदीपले लुम्बिनीको महत्व अझै बढाएको छ विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मस्थली लुम्बिनी क्षेत्रमा रहेको शान्ति दीप आफैंमा महत्वपूर्ण रहेको छ । लुम्बिनी भ्रमणमा आउने स्वदेशी हुन् वा विदेशी सबै पर्यटक सो शान्तिदीपको अवलोकन गर्न पुग्छन् । वर्षा होस् वा प्रचण्ड गर्मी या त हावाहुरी, जति बेला पनि अनवरत रूपमा यो शान्तिदीप बलिरहन्छ ।
 अन्तर्राष्ट्रिय शान्ति वर्ष १९८६ को शुभ अवसरमा लुम्बिनी विकास कोषका तत्कालीन अध्यक्ष तथा नेपालका पूर्वराजा ज्ञानेन्द्रले शान्तिको प्रतीकका रूपमा यो अखण्ड ज्योति प्रज्वलित गर्नुभएको हो । २ हजार ४३ साल कात्तिक १५ गतेबाट हालसम्म अनवरत रूपमा बल्दै आएको यो अखण्ड ज्योति अन्तर्राष्ट्रिय शान्ति वर्षका अवसरमा प्रज्वलित हुन गएको हुँदा नाम पनि सोहीअनुसार विश्व शान्तिद्वीप राखिएको हो । लुम्बिनी विकास कोषको गुरु योजनाअनुसार मायादेवी मन्दिरको सम्मुखमा रहेको अशोक स्तम्भ तथा केन्द्रीय नहरको बीच भागमा १ सय ८० डिग्रीको कोणमा पर्ने गरी रहेको ठाउँमा विश्व शान्तिदीप राखिएको छ । विश्व शान्तिदीप रहेको स्थानबाट दक्षिणतर्फ मायादेवी मन्दिर र अशोक स्तम्भ तथा उत्तरतर्फ केन्द्रीय नहर र जापानले बनाएको विश्व शान्ति स्तूप एउटै सीधा रेखामा देख्न सकिन्छ ।
 लुम्बिनी भ्रमणमा आउने स्वदेशी अथवा विदेशी पर्यटक यो विश्व शान्तिद्वीपको आफ्नै महत्व रहेको र यसको प्रकाशले विश्वभर शान्ति फैलाउन मद्दत पुग्ने बताउँछन् । घाम पानि हावा, हुरी, बतास केही नभनी अनवरत रूपमा बलिरहेको विश्व शान्तिदीपको विशिष्ट महत्व रहेको छ । शान्तिदीपले शान्तिको प्रकाश छरेजस्तै नेपालमा मात्र नभई विश्वभरि नै शान्तिमय वातावरण बन्न सके भगवान् गौतम बुद्धले दिएको उपदेश सार्थक हुने थियो ।
 
विश्वशान्ति धर्म घण्ट
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थली लुम्बिनीमा, जहाँ रहेको छ दक्षिण एसियाकै ठूलो धर्म घण्ट, जसलाई विश्वशान्ति घण्ट पनि भन्ने गरिन्छ । वर्षको एक दिनमात्र बजाउने गरिएको यो घण्टमा अन्य समय भने ताला लगाएर राख्ने गरिएको छ । गौतम बुद्ध जन्मथली लुम्बिनीमा अवस्थित विश्वशान्ति द्वीपबाट करिब १० मिटर जति पूर्वपट्टिको दिशामा यो बडेमानको शान्ति घण्ट राखिएको छ । तिब्बतमा रहेका बौद्ध अनुयायीहरूले प्रदान गरेको यो घण्टलाई लुम्बिनी विकास कोषले त्यहाँ सन् २००५ अर्थात् २०६२ सालमा स्थापना गरेको हो । यो घण्टको उद्घाटन ०६२ सालको बुद्धजयन्तीका दिन तत्कालीन शाही मन्त्रिमण्डलका उपाध्यक्ष कीर्तिनिधि विष्टले गरेका हुन् । शाक्य वंशका राजा शुद्धोधन तथा रानी मायादेवीको कोखबाट भद्रकल्पका चौथो शाक्यमुनि बुद्ध दिव्य उद्यान लुम्बिनीमा जन्म भएको हो । त्यसैले धर्मघण्ट पनि पवित्र उद्यानदेखि नजिकै राखिएको छ । बुद्ध वचनकै रूपमा चिनिने यो महान धर्मघण्ट बज्दा भित्री हृदयदेखि निस्किएको सूत्र मन्त्र तथा प्रार्थनाले भरिपूर्ण शब्दहरूको आवाज अनायासै गुन्जन थाल्छ । बुद्धजयन्तीका अवसर पारेर स्थापित सो घण्ट भने त्यसपछि निरन्तर रूपमा त्यहाँ बज्न सकेन । लुम्बिनी विकास कोषले बारम्बार त्यो घण्ट बजाउँदा त्यसको महत्व घट्ने हुँदा वर्षको एकपटक मात्र बुद्धजयन्तीका दिन बजाउने व्यवस्था गरेको छ ।
  एक टनभन्दा बढी तौलको यो घण्टको बाहिरी भागमा बुद्ध दर्शनसम्बन्धी तिब्बतीयन भाषामा जानकारी गराइएको छ । यस धर्मघण्टबाट प्रतिध्वनित भएको मंगलध्वनिले श्रवण गर्ने सबैको भित्री मन नै छुने तथा उसले सुख–शान्तिको अनुभव गर्न गर्न थाल्ने बताइएको छ । नेपाल अधिराज्यको सम्मानमा जम्बुद्वीपमा विराजमान तथा संरक्षकका रूपमा रहेका सबै बुद्धको सम्मानमा यशस्वी शाक्यवंशको सम्मानमा तथा नेपालको धर्म–सस्कृति र इतिहासप्रति ठुलो आदर राख्दै श्रद्धा धर्म राख्ने सबै तिब्बतिवासीका तर्फबाट  शान्तिको प्रतीकका रूपमा यो घर्मघण्ट प्रदान गरिएको हो ।
 स्वदेशी तथा अन्तर्राष्ट्रिय (विदेशी) बिहारहरू
लुम्बिनी गुरुयोजनाअनुसार बनेका र बन्दै गरेका स्वदेशी तथा (अन्तर्राष्ट्रिय) विदेशी बिहारहरू अहिले लुम्बिनीका मुख्य आकर्षणका रूपमा रहेका छन् । लुम्बिनी गुरु योजनाअनुरूप अन्तर्राष्ट्रिय बिहार क्षेत्रमा बौद्ध बिहार निर्माण भएको हो ।
गुरुयोजनामा लुम्बिनीको मध्यभागलाई अन्तर्राष्ट्रिय बिहार क्षेत्र निर्माण गर्न छुट्याइएको छ । लुम्बिनीको केन्द्रीय नहरदेखि पश्चिमतर्फ महायानी सम्प्रदायका लागि २९ वटा र पूर्वतर्फ थेरावादी सम्प्रदायका लागि १३ वटा बिहार निर्माण गर्ने गरी जमिनको व्यवस्था गरिएअनुरूप विदेशी बिहार निर्माण भएका हुन् ।
विदेशी अन्तर्राष्ट्रिय बिहारमा जापानीज, बर्मा (म्यानमार), चीन, तिब्बत, थाईल्यान्ड, तारा फाउन्डेसन जर्मनी, महाबोधी सोसाइटी भारत, भियतनाम, श्रीलंकन, कोरियनलगायतका रहेका छन् भने केही बिहार बन्दै गरेका छन् । त्यस्तै गरी विभिन्न नेपाली संघ–संस्थाले पनि बिहारहरू बनाइसकेका र बनाउने क्रममा छन् । लुम्बिनी आउने तीर्थयात्रीलाई विभिन्न कला–शैलीका बिहार गुम्बाहरू भ्रमण गर्दा शान्तिको अनुभूति होस् र वास्तवमै स्वर्ग पुगेको महसुस होस् भन्ने उद्देश्यका साथ गुरुयोजनाले अन्तर्राष्ट्रिय बौद्ध बिहारलाई प्राथमिकता दिएको हो ।
बुद्ध जीवनीसँग सम्बन्धित अन्य क्षेत्रहरू
राजा शुद्धोधनको राजधानीका रूपमा कपिलवस्तुको तिलौराकोट रहेको छ । तिलौराकोटमा राजकुमार शिद्धार्थले २९ वर्ष बिताएका थिए । पछि बुद्धत्व प्राप्तिपछि गौतम बुद्ध त्यहाँ पुगेको बुद्धकालीन इतिहासमा उल्लेख छ । त्यस्तै बुद्ध मावलीघर देवदह, बुद्धको सानीआमा अर्थात् मायमादेवीकी बहिनी प्रजापतिको घर रहेको ठाउँ कुमारवर्ती मन्दिर, गौतमबुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्ना पिता महाराज शुद्धोदनसँग पहीलो पटक भेट भएको ठाउँ कुदान, गोटीहवा, निग्लिहवा, सग्रहवा, औरोराकोट, रामग्रामलगायत रहेका छन् । लुम्बिनीमै रहेको बौद्ध जीवनीमा आधारित विभिन्न वस्तु तथा फोटोहरू संग्रह गरी राखिएको बौद्ध संग्रहालय, बौद्धदर्शन अध्ययन गर्न चाहनेका लागि अन्तर्राष्ट्रिय पुस्तकालय रहेका छन् ।




KarobarDaily

1:18 AM | Posted in | Read More »