भगवान बुद्धको जन्म नेपालमै भएको हो
कपिलवस्तु , चैत्र २१ - कोरियाका प्रतिष्ठित भन्ते सुनमुखले हेजा कोरियनले बुद्ध जन्मस्थल भनेर नेपाललाई जानेको बताएका छन् । त्यस कारण नेपाल र नेपालीको सम्मान गर्दै बिश्वशान्तिका लागि आफूहरुले लुम्बिनीमा शान्ति बाटिका बनाएको जनाए ।
दक्षिण कोरियास्थित पुरानो बिहार होस्ट अफ पिल्गि्रमेज बल्र्ड पिसका प्रमुख भन्ते हेजाले बुद्ध बचन र शिक्षालाई व्यवहारमा उतार्न सकेमात्र विश्वमा शान्ति फैलने बताए । त्यस्तै उनले करुणा र प्रेमको भावना जगाउन सकेमात्र मान्छे हिंसात्मक नभई सादा जीवन र उच्च विचारको भई शान्तिका लागि लाग्ने बताए ।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् २००८ मा लुम्बिनी भ्रमण निमन्त्रणा दिएपछि आफु औपचारिक रुपमा आएको बताए । त्यसपछि कोइरालाकै आग्रहमा लुम्बिनी बिकास गुरुयोजनालाई सहयोग पुग्ने काम गर्न आग्रह गरेपछि शान्ति बाटिका बनाएको उनले स्पष्ट पारे । आफ्ना ८ हजार बढी शिष्यसँग चन्दा उठाएर लुम्बिनीमा बाटिका बनाएको जानकारी दिए । उनले कपिलवस्तुका बुद्धस्थलहरुको बिकासका लागि सडक सञ्जाल बिस्तार गरेर बुद्ध परिपथ बनाउनुपर्नेमा जोड दिए । बाटोघाटो हुन सक्यो भने मात्र बढी भिक्षु र पर्यटक आएर यसको विकास हुने उनको कथन थियो । उनले आइतबार र सोमबार कपिलवस्तुको बुद्धस्थल तिलौराकोट, गोटिहबा, सगरहबा, निग्लिहबा र अरौराकोटको अबलोकन गरे ।
स्रोत :कान्तिपुर दैनिक

