बुटवल र पाल्पाको असुरक्षित यात्रालाई सहज बनाउंन सुरुङ मार्ग
बिनोद परियार,बुटवल,असोज ७ - बुटवल पाल्पाको सडकलाई सहज, छिटो र छरिटो बनाउंन सुरुङ मार्ग खोल्नु नैं उत्तम विकल्प हुंने यस क्षेत्रका अगुवाहरुले बताएका छन् । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल र पाल्पाको असुरक्षित यात्रालाई दीर्घकालिन रुपमा सहज बनाउंन सुरुङ मार्ग नै विकल्प हुंन सक्ने तर्क अगाडि सादै त्यसका लागि सामुहिक प्रयासको खांचो पनि औल्याएका छन् । सुरक्षित यात्रा अभियान,नेपालले आज बिहान बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने नेताहरुले उक्त कुरामा जोड दिएका हुंन् । कार्यक्रममा बोल्दैं नेकपा एमाले सचिव विष्णु पौडेलले बुटवल पाल्पा अन्तरगत सिद्धबाबाको असुरक्षित यात्रालाई सहज तुल्याउंन सुरुङ मार्ग उपयुक्त विकल्प हुंन सक्ने बताउंनु भयो । उहाले सबैको प्रयासबाट यो समस्यालाई हल गर्न सकिने बताउंनु भयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांणले सिद्धबाबानिर रहेको खतरालाई तार्न तत्काललाई टर्नेलको आवश्यकता रहेको बताउंनुभयो । कार्यक्रममा सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनियर अर्जुन थापा,पाल्पाका पूर्व जिविस सभापति झपेन्द्र जी.सी.,पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारी,उद्योगी नवराज श्रेष्ठ लगायतले बुटवलको बेलबास,नुवाकोट हुंंंदैं झुम्सा वा देबदहको चरङे हुंदैं झुम्सा पुग्ने गरि बैकल्पिक बाटो निर्माण गरिए पनि असुरक्षित यात्रालाई सुरक्षित गर्न सकिनेमा जोड दिएका थिए ।