|

मुस्लीमहरुको तेस्रो प्रमुख चाड मुहर्रम कपिलवस्तुमा धुम -धाम सँग मनाए

कपिलवस्तु १० मंसिर,मुस्लीमहरुको तेस्रो प्रमुख चाड मुहर्रम कपिलवस्तुमा आईतवार मुस्लीम र हिन्दुहरुले संगै मनाएका छन् । एक आपसमा भाईचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गदै्र हिन्दु र मुस्लीमहरुले हर्षोल्लासका साथ मुहर्रम मनाएका हुन ।

यस अवसरमा मुस्लीमहरुले बिशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति तथा दलहरु बिच चाडै सहमति निर्माण भई मुलुकले छिट्टै निकासका लागि उनीहरुले कामना समेत गरेका थिए । मुस्लीम बाहुल्यता रहेको कपिलवस्तुमा यस अवसरमा बिद्यालयहरुमा विदा दिइएको छ ।

सो अवसरमा जिल्लाका सय भन्दा बढी स्थानमा लाग्ने करबला ( चिहान वा युद्धको मैदान ) मा मेला भर्न हजारौ श्रद्धालु भक्तजनहरु आएका थिए । यो पर्वमा हजरते ईमामे हुसैनको प्रतिकको रुपमा तहाजियालाई पुजाअर्चन गर्ने प्रचलन रहेको छ ।

१४ सय बर्ष पहिले ईमामे हुसैनले ईस्लाम धर्मलाई बचाउन आफू सहीत ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको संझना स्वरुप मुहर्रम मनाउदै आएको मुस्लीम धर्म गुरुहरु बताउछन् । अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक बर्ष मनाईन्छ । ईसलामिक नयाँ बर्ष हिजरी संबत्को एक देखि १० दिन सम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउछन् । मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै मस्दिमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए । दिन भाकल गरी तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संबृद्धि तथा मनोईच्छा पुरा हुने गरेको भक्तजनहरु बताउछन् । साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ ।

यो पर्वमा ढोल, तासा, नगाडा सहीतको परम्परागत बाजा बजाई नाचगान गर्ने प्रचलन रहेको छ । साथै मुहर्रमका दिन तरवार, लठ्ठी नचायर सहासिक प्रदर्शन समेत गरिन्छ । घरमा पूजा गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करवलामा लगेर बिर्सजन गरिन्छ । यो पर्वका दि पनि सरकारले सार्वजनिक बिदा दिनु पर्ने मुसिल्म समुदायको माग छ ।

Posted by Butwalonline on 7:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुस्लीमहरुको तेस्रो प्रमुख चाड मुहर्रम कपिलवस्तुमा धुम -धाम सँग मनाए"

Leave a reply