|

About Nawalparasi District

 नवलपरासी जिल्ला-संक्षिप्त परिचय

नेपाल अधिराज्यका ५ विकास क्षेत्र मध्ये पश्चिमााचल विकास क्षेत्र महामानव शान्तिका दूत भगवान गौतम बुद्धको जम्मस्थलको रुपमा विश्व परिचित लुम्बिनी अाचलका ६ वटा जिल्लाहरु मध्ये नवलपरासी पनि एक हो । करिब २१६२ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको यस जिल्लाको पूर्वमा चितवन पश्चिममा रुपन्देही उत्तरमा पाल्पा र तनहु जिल्ला र दक्षिणमा मित्रराष्ट्र भारतको उत्तर प्रदेश र विहार प्रान्त पर्दछन् । समुन्द्रि सतहबाट करिब ९१ मि। देखि १९३६ मि। सम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व-दक्षिण भागमा नवलपुर पश्चिम-दक्षिण भागमा तराई उत्तर-पूर्व र उत्तर-पश्चिम भागमा महाभारत पर्वत श्रृङखलाको चुरे पहाडी क्षेत्र पाइन्छ ।

नवलपरासी जिल्ला भौगोलिक रुपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रुपमा सुपरिचित रहेको छ । यहाँ पहाडी प्रदेश भित्री मधेश र तराई प्रदेश रहेका छन् । यसै भौगोलिक विविधताका कारण नेपाल अधिकाराज्य भरिकै हावापानी वातावरण र संस्कृति यहाँ पाइन्छ । यहाँको न्यूनतम तापक्रम ५ डिग्री से_िल्सयस र अधिकतम तापक्रम ४४ डिग्री से_िल्सयस सम्म रहेको पाइन्छ ।

कालीगण्डकी करिडोर अन्र्तगत नारायणी नदीको कंचन जलप्रवाहबाट सदियौं देखि िसंचित यस जिल्लामा विविध जातजाति भाषाभाषी धर्म संस्कृतिको सम्श्रिण पाइन्छ । यहाँ जनगणना २०५८ अनुसार ५६२८७० जनसंख्या रहेकोमा नेपाल अधिराज्यमै सबै भन्दा बढी कुमाल र रजभार जातिको बसोबास समेत रहेको पाइन्छ ।

भौगोलिक रुपमा यस जिल्लाको सम्पूर्ण भू-भागलाई दाउन्नेडाडाले करिब बीचबाट चिरी पूर्व तर्फ नवलपुर क्षेत्र र पश्चिम तर्फ परासी क्षेत्रको रुपमा जिल्लालाई दुई खण्डमा विभाजन गरेकॊ छ । नेपाल अधिराज्यको एक मात्र पूर्व पश्चिम राजमार्गले यस जिल्लाको करिब ९९ कि।मी। लम्बाई समेटेको छ भने सो राजमार्गको शिलान्यास स्थल र मध्यविन्दु समेत यहि पर्दछ ।

धरातलिय रुपमा करिब १९३६ मि। उचाईको देवचुली १७६५ मि। को बडचुली महलपोखरी धौवादी एवं दाउन्ने जस्ता प्रख्यात टाकुराहरु जिल्लाका शिरका रुपमा रहेका छन् । यहाँ गिरुवारी अरुणखोला केरुङे तुरिया धनेवा झरही जस्ता खोलानालाले निरन्तर रुपमा जलप्रवाह गरिरहेका छन् । त्यसै गरी करिब ८४ विघा क्षेत्रफलमा फैलिएको ऐतिहासिक नन्दन ताल गैडाताल पिपरपाति नाला बुटाहा र सुसिहवा तालले थुप्रै जलचरहरुलाई बास स्थान प्रदान गरी जिल्लाको गरिमालाई निरन्तर बडाइ रहेका छन् ।

नवलपरासी जिल्ला सम्वन्धी विवरण



पाल्पाबाट गाभिएका गा.वि.स.हरु
हुप्सेकोट
मिथुकरम
रकुवा
बुलिङ्टार
रुचाङ
बेणिमणिपुर
धौवादी
कोटथर
अर्खला
जौवारी


स्रोत: जिविस, २०५८
पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लाहरु मध्ये नवलपरासी पनि एक हो । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलको रुपमा प्रख्यात लुम्बिनी अञ्चलमा पर्ने यस जिल्लाको सम्पूर्ण
भू–भागलाई दाउन्ने डाडाले करिब बीचबाट चिरी पूर्व तर्फ नवलपुर क्षेत्र र पश्चिम तर्फ परासी क्षेत्र गरी दुई भागमा विभाजन गरेको छ । जिल्लाको लगभग मध्य भागबाट ९९ कि.मि. लामो महेन्द्र राजमार्गद्वारा काटिएको यो जिल्ला २०१६.१६ट्ट वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको छ । परासी जिल्लाको सदरमुकाम हो । पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभी २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो । त्यस भन्दा अघि यस जिल्लालाई बुटवल जिल्लाको पाल्ही माझखण्ड भनिन्थ्यो । तालिकामा देखाइएका गाविसहरु २०३२ सालमा पाल्पाबाट यस जिल्लामा गाभिएका हुन् भने गैंडाकोट गा.वि.स. तनहुँबाट गाभिन आएको हो ।

१.१.१ भौगोलिक विभाजन

भौगोलिक दृष्टिकोणले नेपाल जस्तै पहाड, तराई र भित्रीमधेसको संगमवाट वनेकोले यसलाई विविधताले भरिएको जिल्लाका अतिरिक्त नेपालकै प्रतिकको रुपमा लिन सकिन्छ । जिल्लाको पूर्वी–दक्षिणी भागमा नवलपुर,
पश्चिम–दक्षिणी भागमा तराई, उत्तर, उत्तर(पूर्व र उत्तर पश्चिममा पहाडी भेग अवस्थित छ । दाउन्नेडाडाले जिल्लालाई झण्डै आधा पारेर दुई भागमा विभाजित गरेको छ । जिल्लाको भौगोलिक स्वरुपका आधारमा जिल्लालाई देहाय वमोजिम विभाजन गर्न सकिन्छ ।

क. पहाडी प्रदेश

जिल्लाको बीचमा पर्ने महाभारत लेकको उत्तरी एवं दक्षिणी ढाल र महाभारत लेक हुदै दक्षिणतिर फैलिइ नारायणी नदीको किनारसम्म पुगेको चुरेको श्रृंखलालाई पहाडी प्रदेश मानिएको छ । यो क्षेत्र ५०० मी. देखि १९३६ मि.सम्मको उचाईमा छ । यस प्रदेशका अग्ला टाकुराहरुमा देवचुली (१९३६ मि.), बडचुली (१७६५ मि.) र महलपोखरी (१०२३ मि.) उल्लेखनीय छन् । यस क्षेत्रबाट गिरुवारी, अरुण, झरही, केरु·े, तुरिया, धनेवा आदि खोलाहरु दक्षिण तर्फ बगी नारायणी नदीमा र देउसत, फुलमादी, निरन्दी र बुङ्दी खोलाहरु उत्तर तर्फ बगी कालिगण्डकीमा मिसिएका छन् । यो क्षेत्र खास गरी फुस्रो माटो तथा ढुंगाले बनेको छ भने कतै–कतै बलौटे माटो पनि पाइन्छ । सिंचाई सुविधाको प्रयाप्त व्यवस्था हुननसक्दा यस क्षेत्रमा उल्लेखनीय रुपमा खाद्यान्न उत्पादन हुदैन । यहां प्रायश: मकै, कोदो, जौ र खोलाका फांटहरुमा धानको खेती गर्ने गरिन्छ । अमिलो जातका फलफुल विशेषत: सुन्तला खेती र पशुपालनका लागि चरनको राम्रो सम्भावना भएतापनि आधारभूत पूर्वाधारको अभावका कारण यस क्षेत्रका बासिन्दा उक्त व्यवसाय प्रति आकर्षित हुनसकेका छैनन । जिल्लाको यस क्षेत्रमा खोरिया फडानी सामाजिक एवं आर्थिक समस्याको रुपमा लामो समय देखि विद्यमान रहिआएको छ । यस प्रदेशको उच्च भेगमा लालिगुरांस, ठिंग्रे सल्लो, गोब्रे सल्लो तथा तल्लो भेगमा साल, सिसौ आदिका रुखहरु पाइन्छन् । जिल्लाका कुल ७३ गा.वि.स. मध्ये १७ गा.वि.स.हरु यस क्षेत्रमा
पर्दछन् । डेढगाउं, बुलिङ्टार, अर्खला, नगरडाडा, व्याघन यहांका प्रमुख बस्तीहरु हुन् ।


ख. भित्री मधेश

महाभारत लेकको दक्षिण र चुरे पर्वतमालासंग जोडिएको पहिले ओलिया प्रदेश भनी चिनिएको समथर भू–भागलाई भित्री मधेश भनिन्छ । जिल्लाको पूर्व–दक्षिणमा रहेको नवलपुर क्षेत्र नै भित्री मधेशको रुपमा रहेको छ । यो क्षेत्र पूर्वतिर सांगुरिएको र दक्षिण–पश्चिमतिर निकै फुकेको छ । यो क्षेत्र समुन्द्री सतहबाट करिब ३०० देखि ५०० मि. सम्मको उचाईमा पर्दछ । यो क्षेत्र ३५ बर्ष अघिसम्म घनाजंगलले ढाकिएको र औलोको प्रकोपले ग्रसित क्षेत्रको रुपमा चिनिन्थ्यो । यहांको सालको जंगल नेपाल अधिराज्यमा सबभन्दा राम्रो मानिन्थ्यो । यस क्षेत्रको माटो दोमट, बलौटे दोमट र चिम्टाइलो भएकोले यहां खाद्यान्न बाली राम्रो हुने गर्छ । यस क्षेत्रमा विशेष गरी धान, मकै र गहँु जस्ता खाद्यान्न बाली तथा तरकारी, तोरी र सुर्ति जस्ता नगदेवालीको खेती हुन्छ । यस क्षेत्रमा २० गा.वि.स. रहेका छन् । गैंडाकोट, रजहर, प्रगतिनगर, कावासोती, शिववस्ती, आरुङखोला, चोरमारा र दुम्किवास यहांका प्रमुख बस्तीहरु
हुन् ।

ग. तराई प्रदेश

चुरे पहाडको पश्चिम(दक्षिणी क्षेत्र परासी खण्डको समथर भू–भागलाई तराई भन्ने गरिन्छ । यो क्षेत्र दक्षिण(पूर्वमा नारायणी नदी, दक्षिणमा भारतीय सिमाना र पश्चिममा रुपन्देही जिल्लाको पूर्वी सिमानासम्म फैलिएको छ । यहाँको माटो चिम्टाइलो भएकोले यहां उखु, धान, गहुँ, दलहन र तेलहनको अतिरिक्त तरकारी खेती पनि राम्रो हुने गर्दछ । यो क्षेत्र समुद्र सतहबाट करिब ३०० मी. सम्मको उचाईमा रहेको छ । यस क्षेत्रमा ३६ गा.वि.स. र १ नगरपालिका रहेका छन् ।

१.१.२ प्रशासनिक विभाजन

नवलपरासी जिल्ला वि.सं. २०५२ साल भन्दा पहिले ७७ गा.वि.स.मा विभाजित थियो । २०५२ सालमा जिल्लाको सदरमुकाम परासी सहित चार गा.वि.स. रामग्राम नगरपालिकामा परिणत भएपछि ७३ गा.वि.स. र १ नगरपालिका कायम भएका छन् । बि.सं. २०३८ सालसम्म ५१ गाउं पञ्चायत रहेको यस जिल्लामामा २०३९ मा सिमाना हेरफेर र थपघट गरी ७७ गाउं पञ्चायत बनाइएको थियो । पञ्चायत कालमा जिल्लालाई ९ वटा इलाकामा विभाजन गरिएको थियो भने बहुदलीय व्यवस्थाको पूनस्र्थापना पछि १५ ईलाकामा विभक्त गरिएको छ । विकेन्द्रीकरण ऐन, २०३९ र त्यसपछिको विकेन्द्रीकरण कार्यव्यवस्था नियमावली, २०४१ लागु भएपछि प्रत्येक जिल्लामा ९ वटा ईलाका र प्रत्येक इलाकामा एक सेवाकेन्द्र रहने व्यवस्था भए बमोजिम यस जिल्लामा पनि ९ वटा इलाकामा ९ वटा सेवाकेन्द्र स्थापना गरिएको थियो । पछि जनसंख्याको बृद्धि तथा सेवाको माग समेतलाई दृष्टिगत गरी १५ वटा इलाकामा १५ वटै सेवाकेन्द्रको स्थापना गरिएको छ । यसको अलावा कावासोतीमा इलाका प्रशासन, वन, मालपोत, खानेपानी, नापी, इलाका प्रहरी, विद्युत प्राधिकरण जस्ता कार्यालयहरु संचालित छन् ।

१.१.३ राजनैतिक विभाजन


नवलपरासी जिल्ला १ नगरपालिका, ७३ गा.वि.स. र १५ ईलाकामा विभाजित रहेको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनको दृष्टिकोणले यस जिल्लालाई ४ संसदीय निर्वाचन क्षेत्रमा विभाजन गरिएको भएता पनि हाल संविधान सभा निर्वाचनका लागि नवलपरासी जिल्लालाई ६ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ 
 

सि.नं.
             विवरण
  एकाई
     मान
कैफियत
    १
           महिलाको जनसंख्या
जना
२८४६१३

पुरुषको जनसंख्या
जना
२७८२५७

जम्मा जनसंख्या
जना
५६२८७०

परिवार संख्या
संख्या
९८३४०

औषत परिवार संख्या
जना
५.७२

वार्षिक जनसंख्या वृद्धि
प्रतिशत
२.५५


१.१.४ जलवायु

उत्तर तर्फको जलबायु महाभारत र चूरे पर्वत श्रृखलाबाट प्रभावित भएकोले यस क्षेत्रमा हिउदमा बढी जाडो र गर्मीको समयमा शितल र भित्री मधेश तथा तराई प्रदेशमा हिउदमा सामान्य जाडो अनुभव भएता पनि गर्मीमा अत्याधिक गर्मी हुन्छ । यस जिल्लाको सरदर तापक्रम अधिकतम ३६ सेल्सियस र न्यूनतम तापक्रम ५ से. भएको पाइन्छ । गर्मी याममा कहिले कांही तातो हावा अर्थात् लु र हिउंदमा कहिलेकाही शीतलहर समेत चल्ने गर्छ । यस जिल्लामा सामान्यतया दक्षिण पूर्वबाट बगेर आउने मनसुनी वायुले बर्षा गराउंछ । यस जिल्लामा औसत बार्षिक बर्षा २१४५ मि.मि. भएतापनि आषाढ, श्रावण र भदौमा भारी बर्षा हुने गर्छ । यस जिल्लामा मुलत: दूई प्रकारको हावापानी पाइन्छ ।



(क) समशितोष्ण हावापानी

नवलपुर क्षेत्रको उत्तरमा पर्ने महाभारत प्रदेशमा यस प्रकारको हावापानी पाइन्छ । यहां बायुको औषत तापक्रम अधिकतम ३० से. र न्युनतम १५ से. पाइन्छ । यस भेगमा प्रायजसो मनसुनी वायुले बर्षा हुने गर्दछ ।

(ख) उष्ण तथा अर्ध–उष्ण हावापानी

भित्री मधेश, चुरे क्षेत्र तथा तराईमा यस प्रकारको हावापानी पाइन्छ । यहां गर्मी याममा निकै गर्मी र जाडोमा विहान बेलुकि जाडो हुने गर्छ । तराई र नवलपुर क्षेत्रमा गर्मी याममा उच्चतम तापक्रम ४४ से. र न्युनतम तापक्रम ५ से. सम्म पाइने गरेको छ ।

१.१.५ जलभण्डार

(क) नदी, खहरे र खोला


यस जिल्लामा रहेका प्रमुख नदीमा नारायणी, तुरिया, झरही, गिरुवारी, विनयी, अरुणखोला र धनेवालाई लिन सकिन्छ । चुरे पहाडबाट निस्कने अन्य कतिपय खहरेहरु बर्षा याममा बाढीको रुपमा आउने र हिंउदमा सुक्ने हुनाले यिनीहरुबाट खासै लाभ लिन सकिएको छैन ।

(ख) ताल तथा पोखरीहरु

तालहरु

नन्दन ताल करिब ६० हेक्टरमा फैलिएको छ । यसले हकुई, सनई र सुक्रौली गा.वि.स.लाई समेटे तापनि यसको ठूलो भाग सनई गा.वि.स.मा पर्दछ । स्थानीय व्यक्तिहरुले यसलाई “दलका” ताल पनि भन्दछन् । यस बाहेक १.६७ हेक्टरमा फैलिएको कावासोतीको गैंडाताल, नर्सहीको नारायणी नदीको ठूलो घोल, गूठीप्रसौनीको करिब १०० हेक्टरमा फैलिएको पिपरपाति नाला, माकरको १० हेक्टरमा फैलिएको बुटाहा ताल र तिलकपुरको ३ हेक्टरमा फैलिएको सुशिहवा ताल जिल्लाका प्रमुख ताल तलैया हुन् ।

पोखरीहरु :

जिल्लाका विभिन्न कृषि सेवाकेन्द्र तथा उपकेन्द्रहरु अन्तरगत रहेका पोखरीमा जहदामा २७, बन्जरियामा ५२, रामनगरमा २६, अग्यौलीमा २, मनरीमा १८, शिवमन्दिरमा १, कुश्मामा ६१, जमुनियामा १४ र तम्सरियामा १ गरी जिल्ला भित्र २०२ वटा सामुहिक पोखरीहरु छन् । त्यस्तै गरी रजहरमा १४, तम्सरियामा ४९, जमुनियामा ४५, भुजहवामा १, कुश्मामा ६६, गुठीप्रसौनीमा ११, शिवमन्दिरमा ४६, मनरीमा ८९, अग्यौलीमा ३७, रामनगरमा ४५, बन्जरियामा ६६ र जहदामा ६४ गरी जिल्लामा ५३३ वटा निजी पोखरीहरु छन् ।

स्रोत: जि.बि.स.  नवलपरासी

Posted by Butwalonline on 12:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

2 comments for "About Nawalparasi District"

  1. मलाई दुख लाग्यो अर्खला गबिशमा रहेको पोखरी मा रहेको ताल को कुनै नामै लिईयको छैन । किन यसो गरियो ?

  2. नीलकंठ जी तपाईलाई धेरै धन्नेबाद हाम्रो कमजोरी औल्याएर सच्याउने अबसर दिनु भाकोमा ,कतिपय कुराहरु यी तत्थ्यंकमा त्रुटीहुन सक्छन,पूर्ण नहुन पनि सक्छन,यसमा हामी क्षमा चाहन्छों |सकेसम्म हामी सच्याउने प्रयास गर्नेछौं| यदि तपाईहरुसंग भएका बिषय-बस्तुसंग सम्बंधित जानकारी उपलब्ध गराउनु भएमा अझै आभारी हुने थियों |तपाईहरुले दिने माया,प्रेम र सदभाव प्रति हामी गौरवान्वित हुनेछौ । हामी हाम्रा आदरणीय पाठकवर्गहरुलाई प्रतिक्रिया ,सुझाब ,जिज्ञासाका लागि सदा सहभागी भइरहन हार्दिक आमन्त्रण गर्दछौं । धन्यबाद !!

Leave a reply