शान्ति सुरक्षाका साथै संस्थागत भ्रष्टाचार न्युनिकरणमा प्रतिबद्ध
ज्ञानु गौतम,बाँके बाट जानुको पिडा आफु साग भएको भएपनि आफ्नो पन्ध्र महिने कार्यकालमा भ्रष्टाचार न्यूनीकरणको महसुस आम जनतामा गराउन सफल भएको बााकेका प्रहरी प्रमुख बिक्रम सिंह थापाले बताउनुभएको छ । बासको आयोजनामा आज बास केन्द्रिय कार्यालयमा सम्पन्न एसपी थापाको बिदाई कार्यक्रममा बोल्दै उहााले यस्तो धारणा राख्नु भएको हो । भ्रष्टाचार अन्त्य नभई सुशासन कायम गर्न नसक्ने कुरालाइ महसुस गर्दै भ्रष्टाचार बिरुद्ध शुन्य सहन शिलता लिएको जिल्ला प्रहरी कार्यालय केही हद सम्म सफल भएको उहाको भनाई थियो । भ्रष्टाचारको क्षेत्र निकै फराकीलो भएकोले एकै पटक समाप्त पार्न नसकिने भन्दै बाँकेमा भ्रष्टाचार नियन्त्रणको शुरुवात भईसकेको उनले बताए । उनले आफ्नो कार्यकालमा शान्ति सुरक्षा मात्र नभई संस्थागत भ्रष्टाचार तथा तस्करी नियन्त्रणलाई कडा रुपमा लिएको बताए । बासले चालेको अभियानलाई जोड दिदै परिवर्तन युवाहरुबाट मात्र सम्भव हुने भएकाले बास त्यसको उदाहरण भएको उनको भनाई थियो ।
जिल्लामा रहदा सम्म सुशासन स्थापनाका लागि उनले चालेका कदम तथा कार्यहरुको सम्मान गर्दै बासले अबिर, खादा सहितको मायाको चिनो हस्तान्तरण गरेको छ । बासका सल्लाहकार पूर्णलाल चुकेले एसपी थापालाई मायाको चिनो हस्तान्तरण गरेका थिए भने कार्यबाहक अध्यक्ष सुरेन्द्र शाही, पूर्वाञ्चल उपाध्यक्ष रमेस सिटौला र बास पश्चिमाञ्चल उापध्यक्ष मन भण्डारीले माला तथा खादा ओडाएर सम्मान गरेका थिए । बासका महासचिब हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा दुई दर्जन युवाहरुको सहभागीता रहेको थियो । बााकेबाट सरुवा भएका एसपी थापा दंगा नियन्त्रण प्रहरी गण रुपन्देही जाने भएका छन् भने उनको ठााउमा भुपाल कुमार भण्डारी नयाा प्रहरी प्रमुखको रुपमा बााके आउने भएका छन् ।