"कथा " सम्पादक नं. ४२०

सागर ‘मणि’ थापा-मैले प्रतीक्षा गरेको त्यो अंक पनि कोपिला नबन्दै उखेलेर फालेको फूलको बिरूवाझैँ हुन पुग्यो । कुरा के भने साथी गजेन्द्र अकेलाकी एउटी प्रेमिका थिइन् । उनको नाम सविना थियो । उनलाई पनि साहित्यिक हावाले मज्जैसंग छोएको थियो । चालीसेले विकल उपनाम झुण्ड्याए । त्यसैगरी कसैले प्यासी राखे । अनि कसैले अन्जान । सविनालेचाहिँ नामको पछाडि अंकित गरिन् निर्मोही भनेर । त्यत्ति गतिली लेखिका त होइनन् तर केही संपादकहरूलाई उनले आफ्नो ब्यागमा राखेर हिँड्ने गर्दथिन् । कुरा उही हो, बुझे भइगो । मलाई उनै सविना निर्मोहीसंग साथी अकेलाले एउटा कार्यक्रममा परिचय गराएको थियो । त्यो हाम्रो प्रत्यक्ष भेटघाट थियो । खासै भन्ने हो भने त्यो लुच्चाले प्रख्यात साहित्यिक पत्रकार तथा प्रकाशक गजाधर पथिकसंग मिलन गराउने कसम खाएको थियो । परन्तु, उसकी पे्रमिकाको अनुहारलाई पो दर्शन गरायो । घनिष्ट प्रेम परेको प्रमाण दिन खोजेको रहेछ । युवती, त्यसमाथि कवयत्री ! मभित्र भावनाका छालहरू उत्पातसंग उर्लिन थालिहाले । अटेसमटेस किसिमले प्रश्नका पर्राहरू क्रमशः छुट्न थाले—‘अँ त निर्मोहीजी, मेरा कृतिहरूमा पनि दृष्टि लगाउनु भएकै होला । मन विचरण गराउनु नै भएको होला । कस्तो लाग्यो तपाईँलाई ? केही टिप्पणी सुन्न पाए...।’

— ‘मैले तपाईँका दुई–चार थान कविता पढेकी थिएँ । खासै गतिला लागेनन् ।’ मेरो आशक्तिको विरूवालाई उनले यसरी निमोठेर फालिदिइन्, मैले ऐया पनि भन्न सकिनँ । उनी धक्कू लगाउँन थालिन-‘मैले तपाईँका अन्य कृतिहरूतिर आँखा लगाउनै पाएकी छैन । आफ्नो रचना लेख्दैमा फुर्सद छैन । संपादकहरूले रचना मागेर हैरान पार्छन् । आज पनि एकजना प्रकाशक तथा संपादकलाई नभेटी भएको छैन ।’ उनको प्रेमी गजेन्द्रले आग्रह ग¥यो- ‘तिमीले पथिक सरको कुरा गरेकी होइनौ ? यो मित्रसंग पनि परिचय गराइदेऊ न है ?’ उनको भागै खोस्न आएकोजस्तो गरेर सहमति जनाउन गाह्रो मानिन् सिकारू कवयत्री सविना निर्मोहीले ।

पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ कविले साहित्यिक दर्शनबारे विवेचना गरिराखेका थिए तर कतिपय लेखकहरूलाई मतलवै थिएन । उनीहरू आ–आफ्नै तालमा मस्त थिए । संपादक गजाधर पथिक पनि पकेटका केही महिला कविहरूलाई जम्मा पारेर गफ चुटिरहेका थिए । सविनाले उनीसंग हात मिलाइन् । नरम हात, चाँडै छोड्ने त कुरै थिएन । मेरो साथी अकेलालाई द्विविधा भैरहेको थियो, प्रेमी आफू हो कि पथिक सर ? उसले मलाई अघि सार्दै परिचय गरायो— ‘पथिक सर, यो मेरो लेखक साथी । के.के. विराग क्या त ।’ उसले नाम र उपनाममा किन पनि जोड दियो भने, कृति पढेको हुन सक्छ तर भौतिक देह नदेखेको होला । संपादकले चासो दिएकै हुन् । नत्र यस्तो जिज्ञासा प्रकट्याउँदैनथे— ‘विराग त टाइटल रहेछ, त्यो मैले बुझेँ । तर..।’ उनको जिज्ञासा मेरो नामबारेमा थियो । मैले नै अथ्र्याइदिएँ— ‘कृष्णकान्त । अर्थात् के.के. विराग । मैले हात मिलाउन अघि बढाएँ तर उनको उत्सुकता हराइसकेको थियो, जति अघि निर्मोहीको हात मिलाउँदा थियो ।

त्यहाँ १÷१ प्रति विमोचित किताब उपहार दिन थालिएको थियो । सवितासहित महिला कविहरू यसरी कुदे, लाग्थ्यो म्याराथन भइरहेछ । किताब पाएपछि दर्शकहरू किन बसिरहन्थे र । उद्देश्य पूर्ण भैहाल्यो । तताए आ–आफ्नो बाटो । मेरो साथीकी प्रेमिकाले उसलाईभन्दा बढी  माया आगामी अंकमा छापिने गजललाई गरिरहेकी छिन् भन्ने भान पर्ने व्यवहार गरिरहेकी थिइन् ।

अर्को दिन म एक्लै गजाधर पथिकको कार्यालय पुगेँ । पहिला त काउन्टरमा बस्ने केटीले लफडा झिकिन् अप्वाइन्टमेन्टको । मैले भिजिटिङ कार्ड देखाइदिएँ । उनले जाने अनुमति दिइन् । संपादक गजाधर पथिक दुईजना नारीरत्नहरूको बीचमा सोफामा बसिरहेका रहेछन् । गिद्धले पँखेटा फिजाएसरी आफ्ना कर्मठ बाहुहरू उनीहरूकोे कुम–कुममा अड्याइराखेका थिए । सायद अन्यको पालो पुगेर हो कि, अर्को सोफासेटमा बसेर गफ मारिरहेका थिए । मलाई देख्नासाथ सबैजना सम्हालिए । पथिक सर उठेर घुम्ने मेचतिर सरे । उनको वक्रदृष्टि पनि मतिर प¥यो । मैले मेरा कृतिहरू उनको टेबुलमा राखिदिएँ । उनले एउटा कृति उठाएर कभर निहारे । म सामुन्नेको मेचमा बसेको थिएँ । पुलिसले चोरलाई केरेझैँ मसंग वयान लिन थाले उनले— ‘मैले दिएको समयभन्दा किन पहिल्यै आउनुभयो भन्नोस् त ?’ उनी आफू निकै व्यस्त भएको वयान गर्दै नारी कविहरूसंग साहित्यिक भलाकुसारी चलिरहेको गफ दिन थाले । उनी पैसाका मामिलामा निकै कन्चुस र आशामुखी छन् भन्ने कुरा मलाई थाहा थियो । अतः म पूर्वतयारी गरेर गएको थिएँ । मैले पथिक सरको साहित्यिक पत्रिकामा आफ्नो कार्यालयको विज्ञापन छपाउन हाकिमबाट स्वीकृति पत्र लगेको थिएँ । त्यो पत्र उनको हातमा दिएँ । व्यहोरा अवगत भएपछि एकाएक उनको अनुहारमा चमक देखाप¥यो । उनले वास्तविकता खुलाउँदै लेक्चर छाँट्न थाले— ‘ हेर्नोस्  विराग भाइ, यो साहित्यिक पत्रिका चलाउनु भनेको त आकाशे खेतीजस्तै रहेछ । कहिले सप्पै बिक्छ । कहिले त एउटा पनि बिक्तैन । खालि वार्षिक सदस्यहरूको भरमा चलाउनुपर्छ । वास्तवमा भन्ने हो भने यी नारीरत्नहरूको मदतमै निर्भर छ मेरो पत्रिका ।’ मैले उनको आशय बुझिसकेको थिएँ । तसर्थ आफ्नो दर्शन छाँट्न थालेँ— ‘नोकरी भएको मान्छेले लेखकस्वप्रति ¥याल चुहाउनु हुन्न । म पनि लेखकस्व माग्नेवाला छैन ।’ — ‘उत्तम, अत्युत्तम ।’ पथिक सर खुसी देखिए ।

मैले संपादक तथा प्रकाशक गजाधर पथिकलाई सक्दो सहयोग गर्दै गएँ । उनले मेरा थोरै कविताहरू मात्र छाप्न थालेका थिए । उनी यस्तो लोभी र कन्चसु थिए, रचना छापिनासाथ महँगो रेष्टुराँमा लगेर मासुभात र स्कच ख्वाउनु पर्दथ्यो । अति भएपछि मैले भन्दिएँ— ‘पथिक सर, मैले नोकरी छोडेँ । अब त तलब पनि दिँदैनन् अनि विज्ञापन पनि दिँदैनन् ।’ त्यो समयदेखि हाम्रो सम्वन्धमा दरार पैदा भयो । निकै लामो समयसम्म मेरा रचना प्रकाशित नभएपछि मैले कड्केर सोधेँ— ‘संपादकज्यूले मेरा रचनाहरू किन रद्धीको टोकरीमा फालिदिनु भयो ? त्यो मेरो ‘ढलेको श्रीपेच’ शीर्षकको कविता किन छाप्नु भएन भन्नोस् त ? अब त देशमा लोकतन्त्र स्थापना भैसक्यो नि होइन र ? फेरि किन सामन्तहरूलाई खुसी पार्न चाहनुहुन्छ तपार्इँ ?’ —‘जाबो एउटा, दुइटा कृतिको मालिक भइटोपल्दैमा सबै कुरामा निपूर्ण छु भन्ने घमण्ड नगर्नोस् न विराग । संपादकको टेबुलमा आएजति सबै रचना छाप्नैपर्छ भन्ने वाध्यता छैन । उपयुक्त र राम्रो भए छापिन्छन् । नभए..।’ संपादकले आफ्नो अधिकारको धमास देखाउँदै भने । मैले बहसलाई अझै जटिल बनाइदिएँ—‘त्यसोभए राम्रो रचनाको परिभाषा दिनोस् न त संपादक महोदय । मेरो “मलाई पनि महाराज बन्न मन लाग्यो” शीर्षकको कवितामा के खोट देख्नुभयो यहाँले ? स्पष्ट बताइदिनु भए आभारी हुने थिएँ ।’ अहँ, उनीसंग जवाफ थिएन । नालायक नेपाल सरकारका उच्च अधिकारीहरू भूतपूर्व राजाको चाकरीमा सारा राष्ट्रिय शक्ति खर्चिरहेका थिए । उनका आसेपासेहरूले श्री ५ कै हैसियतमा ठाउँठाउँमा अभिनन्दन गरिरहेका थिए । धनको बलमा जयजयकार खाइरहेका थिए भू. पू. राजाले । लोकतन्त्र आए पनि हामीजस्ता साधारण लेखकलाई तिनै पूर्वशासकहरूको शक्तिरूपी हाउगुजी देखाएर स्वतन्त्रताको काफलगेडी खानबाट वञ्चित गराइयो । मेरो त्यो महाराजवाला कविताको भाव के थियो भने, यदि हामी सबैले आफूलाई महाराज घोषणा गरिदिने हो भने ती भूतपूर्व महाराजको भ्रम टुट्ने थियो र उनी आफ्नो औकातमा बस्ने थिए । तर पथिकजस्ता केही पतित पत्रकारहरूको चाकरीले चौथो अङ्गको धज्जी उडिरहेको थियो ।
एकदिन मलाई संपादक पथिककै डेक्सगर्लले उनका विरुद्वका सूचना र सामग्रीहरू उपलब्ध गराइदिइन् । संपादक गजाधर पथिक त पतित मान्छे भएको प्रशस्तै प्रमाण फेला परेको थियो । मैले गणतन्त्रवादी पत्रकार चरित्रमान नेपालीलाई गोप्यरूपमा भेट गरेँ । मैले पथिकसंग सम्बन्धित सबै फोटाहरू देखाएँ । तर उल्टै मैलाई उल्लू बनाउने तर्क गर्न थाले नेपालीजीले—‘के काम दिन्छ यस्ता तस्विरले ? जमाना अहिले कम्प्युटरको छ । कसैलाई बदनाम गराउन “ट्रिकफोटाहरू” जति पनि बनाउन सकिन्छ ।’ —‘यसको मतलव यहाँले त्यो गजाधर पथिकलाई असल पत्रकार र लेखक भन्ठान्नु भएको हो ?’ एक्कासी मेरो कम्पारो तातिहाल्यो । म अलि उत्तेजितिँदै बोलेँ—‘तपाईँले वर्गीय स्वार्थ हेर्ने कि विकृतिविहीन वर्ग निर्माण गर्ने पत्रकारज्यू ? गजाधर पथिकजस्तो कलङ्गलाई राष्ट्रको चौथो अङ्गमा लुकाएर राख्न चाहनुहुन्छ तपाईँ ?’ अहँ, उनले अरू स्पष्टीकरणको आवश्यकता देखेनन् ।

पथिकजी निवन्धकारकोरूपमा पनि परिचित थिए तर करिब दशवटा किताबबाट चोरेर लेखेको प्रमाण मैले भेटेको थिएँ । ती दशैजना मूर्धन्य लेखकहरूलाई साक्षीकोरूपमा उपस्थित गराउन सफल भइयो । उनका कालाकर्तुतजन्य सबै तस्विरहरू विभिन्न पत्रिकाहरूमा छापिए । ओहो ! पत्रकार बन्न इच्छुक व्यक्तिले समेत तीनपल्ट सोच्नुपर्ने स्थिति देखियो । अन्ततः साहित्यिक पत्रकार एवं संपादक गजाधर पथिक जेल परे । उनको प्रकाशन सँस्था “बाङ्मय सेवा” पनि खारेजीमा प¥यो ।

म र साथी अकेला उनै पथिक सरलाई जेलमा भेट्न पुगेका थियौँ । सन्जोगवश उसकी पूर्वप्रेमिका सविना निर्मोहीसंग जम्का भेट भयो । देख्नासाथ साथीले मुख बिटुल्याइहाल्यो—‘थुइक्कः नकचरी । यस्तो फटाहा र ४२० चोरको संगतमा लागेर मेरो पवित्र प्रेमको हत्या गरिस् होइन ?’ —‘गजेन्द्र । बढ्ता मुख नचलाऊ तिमी ।’ निर्मोहीले राम्रै मुखले चेतावनी दिइन्—‘मलाई तिमी मन परेन, प्रेम गर्न छाडिदिएँ ।’ उनलाई गजेन्द्र मन नपर्नुको कारण एउटै थियो । एक समय ऊ निकै बिरामी प¥यो । टाइफाइडले करिब बाईस दिन सुतायो अस्पतालको बेडमा । एकातिर प्रेमी इन्तु न चिन्तु भएर लडिराखेको थियो । अर्कोतिर प्रेमिका भनाउदीचाहिँ संपादक पथिकको पछि लागेर साहित्यिक गोष्ठी र कविसंम्मेलनतिर रमाइरहेकी थिइन् । पछि लाग्दालाग्दै पथिकसंग निर्मोहीको ‘ऊ’ भएछ । अनि त उनकै निर्देशनलाई शिरोपर गरिकन निर्मोहीले गजेन्द्रलाई आठ हरफे प्रेमत्यागपत्र दिएकी थिइन् । त्यही बखतबाट उसले आफ्नो नाम पछाडि टाइटल राख्यो, ‘अकेला’ । प्रेमिकाको रिसले एकदिन उसले मेरो कविताको समेत दाहसँस्कार गरिदिएको थियो । एउटै पानामा उनको गजल र मेरो कविता छापिएका थिए । साथीले त मैँबाट लगेको पत्रिका...!
त, जेलको भेटमा उनले हाकाहाकी भन्दिइन्—‘तिमीसंग प्रेम न गरेकी थिएँ, बिहे त होइन नि । अबदेखि मसंग यस्तो कुव्यवहार नगर ।’ —‘बरू बिहे गरेपछि छोडेकी भए भन्न सजिलो पथ्र्यो— स्वास्नी थिई, पोइल गई । तर यो विछोडको परिभाषा के भनेर गर्ने मैले ?’ अकेला वहकिँदै थियो । उनी बाटो लागिसकेकी थिइन् । उनको रिस ‘जारप्रेमी’ माथि खन्यायो । डण्डीबाट हात छिराएर पथिकको कठालो समातिसकेछ । मुखमा थुकिदिएछ । उनी गार्डसंग सहायता माग्दै कराउन थाले—‘गुहार..गुहार । मलाई बचाऊ । मलाई...।।’


मितिः २०६९।७।०२
किर्तिपुर-१८ काठमाडौ

6:38 PM | Posted in , | Read More »

सहिदकि आमा

रबि खडका ‘‘एटम”‘
धिक्कार गरीबलाई त मासेरै छाड्ने भो ! असार माशमा पनि के को जुन लागेर बसेको हो ?रोपेको कोदो पनि सोरे भो अब । पोहोर साल पनि यस्तै भो मेला जान पाईएन । पछि सामालको जो हुन नसक्दा सिस्नो खोज्न जानु पर्ने भो । यसपाली पनि त्यस्तै हुने भो ।’ढाड कुप्रिएको, लफ्रक्कै भिजेकोे फरिया र रंग उडेको मझेत्रो ओडेकी जुनेली रछ्नमा रोपेको कोदो हेर्दै आकाश तिर फर्किन् । ‘दिउँसो त ठूलै पानी पर्ला जस्तो थियो अहिले त आकाशमा बादलको चिनै छैन् । टहटह जुन पो लागेको छ ।’

‘आमै अझै सुत्नु भएको छैन्’ । नजिकैबाट चिनेको आवाज आयो । ‘ए मास्टर पो बोलेका रहेछन्, अँ बाबु राती पानी आउँछकी भनेर आकाश तिर हेर्न लागेको बादलको त टुक्रै पो छैन्, गरीबलाई मार्ने भो बाबु यसपाली ।’ जुनेलीले एक्कै स्वाँसमा बोली । ‘अनि यो राती कता, भोली गैरीखेत रोप्ने भनेको होईन बाबु त्यही भएर खेतमा पुगेर आको ?’‘अँ काकी खेतमा पुगे, कुलामा पानी थोप्पै छैन् । त्यही भएर काकीलाई भोली मेलामा आउनु पर्दैन पनि भनौं भनेर आको थिए । काकी त सुत्नु भो होला भनेको अझै सुत्नु भएको रहेनछ् ।’ मास्टरले मेलामा नआउन भन्यो ।

‘अब के गर्नु पानी नै नभए पछि केको मेला आउनु र बाबु’ । आँगनको डिलमा उभिएकी जुनेलीले भनिन् । ‘ए काकीले त कोदो पनि रोपि सक्नु भएछ । एक्लै मान्छे कति छिटो काम सकेर बसेको । कति वर्षको हुनु भो काकी’ उसले स्वाँसै नफेरी भन्यो । ‘खेतबाट आएको होला बस न बाबु नुनपानी पकाउछु खाएर जानु ।’ मास्टरले मुन्टो हल्लायो । ‘प्राय तिमी त हाम्रो घरमा छोरो बितेपछि आएकै छैनौं । खाली मास्टरनी आँउछे त्यो पनि कहिले काँही । हिजो रबि नाती आको थियो मेलामा आउनु रे हजुरआमा भन्थ्यो । छोरो त खुब असल रहेछ, तिमी जस्तै मिठो बोल्छ, जहिल्यै हजुर आमा भन्छ । त्यत्ति सानो छ खुब विवेकी रहेछ । म कोदो रोप्दै थिए । अलिक बेर बस्यो । अलिकति बारी खनिदियो र अन्तिममा जाने बेलामा मेला आउन भन्यो मैले त हार्नै सकिन् ।’

‘मास्टरनी आउँदा पनि त्यसै गर्थि । परिवार चाही तिम्रो खुब राम्रो छ है बाबु । छोरो खुब मिजाएस्को लाग्यो । पहिला पहिला तिमी पनि त्यस्तै थियौं । काकी आमा  भन्थ्यौं । के गर्नु बाबु आफ्नो त कर्मै यस्तै रहेछ । उमेरमा पनि एक्लै भईयो । बुढेस कालमा त झन एक्लो भईयो । नुनपानी हो समात ।’ कपमा चिया दिँदै जुनेली भन्न लागिन ‘के गर्नु चिनीको भाउ पनि कत्ति बढेको हाम्रो मास्टर गए पछि त !’ बुढी चिनी ल्याईदिने मान्छे कोही भएनन् मनमनले भनेझै गरी टक्क बोल्न अडिन् । मास्टरले चिया समाते । घर धुवाँले भरिएकाले मास्टरले माथि हे¥यो ‘माथ्लो तलमा बुहारी बस्छिन काकी अनि भ¥याङ टालेको ?’‘अँ बाबु छोरा बितेको केही वर्ष त बुहारीसँग मिलियो । ससुरा पनि बितेपछि त उसको साहरा कोही भएन । माईत गएर बसेकी थिई । पोहोर साल राज्यले सहिदहरुलाई पैशा दिने भए पछि आएकी थिईन् । म बुढी उनीभर्खरकी कुरा मिल्ने कुरा भएन । अनि भिन्नो भईन बाबु अहिले त फेरी माईतै गएर बसेकी छन् । असारमा पनि आईनन् । खेतबारी बाँझो राखिदिनु पनि भएन । त्यही भएर तल्ला घरे काईलालाई खेत रोपिदिन भनेको छु बाबु । के गर्नु एक हलको मेलो मात्रै भए पनि रोप्नै प¥यो ।’

मास्टरले जुनेलीलाई रोक्दै भन्यो । ‘आमा अनि त्यो पैशा कसका नाममा राखेको छ । जे भए पनि हरिकै अनुहारको त्यो अभागी आकाश छ । उमेर पुगेपछि त्यसैको नाममा निकाल्न पाउने गरी राखिदिएको छ बाबु । म आमा भएपनि अस्ताउँदी घाम हुँ, उमेरकी बुहारीको के भरोसा । पछि त्यो बिथला पर्ला भनेर नाती कै नाममा राखुँ भनिदिएँ बाबु ।’‘हेडमास्टर आएका थिए । उनले पनि त्यसै भने । अध्यक्ष बुढा पनि आएका थिए बुहारीको नाममा पैशा राख्नु हुन्न नाती कै नाममा राख्नु पर्छ भने । पार्टीका मान्छेहरुले चाही पैशा बैंकमा राख्नु हुन्न कुनै आयआर्जन हुने ठाउँमा लगाउनु पर्छ भनेका थिए, मन मानेन् । छोरो नभए पनि छोरो जस्तै नाती छ । त्यसको मुख पनि हेरिदिनै प¥यो । मैले त मेरो सास नगइन्जेल यो खेतबारीको लालपूर्जा समेत बुहारीलाई नदिने निर्णय गरेको छु । सक्छे कमार खानु प¥यो । न सके के गर्नु ?’

मास्टरले चिया खाईसक्यो । ‘काकी आमा भोली मेलामा नआउनुस् है म अहिले हिडे ।’ मास्टर हिड्यो । बुढीले ढोका लगाईन् । र खाटे ओछ्यानमा लगाएको ओछ्यानमा गएर पल्टिन । जस्केलामा बाँधेका बाख्राहरु बाहेक बुढीको साथी ठूलो पानासोनिक रेडियो थियो । कति बजो होला बुढिले रेडियो खोलिन् । रेडियो नेपालले नौ बजेको समाचार भन्दै थियो । बत्ति निभाएर सुत्नु प¥यो भनेर बुढी स्वीज थित्न उठिन । स्वीजकै छेउमा पार्टीले बनाएर पठाएको छोराको सहिद क. हरि लेखिएको फोटो थियो । निधारमा रातो टिका, गलामा माला पहिरिएको सेनाको कपाडा लगाएर हातले लाल सलाम गरेको हँसिलो अनुहारलाई उनी जहिल्यै सुत्ने बेलामा हेरेर मात्रै सुत्थिन् । आज पनि फोटो हेरेर सुत्न आँटेकी थिईन् ।

उनकोहातअनायासै नजिकै रहेको रातो भेस्टमा गयो । भेस्ट समातेकी मात्र के थिएन । आँखाबाट आँशू थोपाहरु बग्न थालेछन् । मुजा परेका गालाबाट झरेका आँशुका थोपाहरु मुखमा पर्न थाले । उनी भेस्ट लिएर ओछ्यानमा पुगिन् । उनलाई खोकिलामा भेष्ट हालेर सुत्न मन लाग्यो । उनलाई हरि ७ वर्षको हुँदा बाले गान्टुकबाट ल्याएको रातो भेष्ट लाएर आफूसँग सुत्न लागेको गोरो, चुचो नाक भएको, पातलो ज्यानको नयाँ भेष्ट लाएर खुसीले साँझमै सुतेको हरिको याद आयो । उनि कोल्टे फर्किन । १० वर्ष अगाडि उही अगि भेट्न आएको हर्के मास्टर र छोरालाई भेट्न आएका पार्टीका मान्छेको याद आयो । झण्डै आफ्नै छोराका उमेरका ७ जना लोग्ने मान्छेर ४ ओटी छोरी मान्छेहरु असारमा उनीहरुका घरमा आएका थिए ।

उनीहरुले २ दिनसम्म खेत रोपि दिएका थिए र असार पन्घ्र गते बेलुका पूर्णिमाको दिनमा यस्तै टहटह जुनलागिरहेको बेलामा गाँउलेहरुलाई भेला गराएर साँस्कृतिक कार्यक्रम गरेका थिए । सोही दिन बेलुका उनको हरि पनि तिनीहरुसँगै पार्टीमा हिडेको थियो । दिनभरि कोदो रोपेर बेलुका कार्यक्रममा के–के गीत तिनीहरुले गाएका थिए तर जुनेलीले मात्र ‘यो सरिर ढल्यो साथी हो लाल झण्डा झुक्न नदिनु क्रान्तिका लागि मरेर गयो आमालाई भन्दिनु, आमाले आँशु बगाउनु होला नरुनु भन्दिनु, पार्टीलाई मेरो यो कमिज दिनु सहिद भो भन्दिनु’ भनेर गाएको गीत मात्रै याद छ । जब छोरो तिनीहरुसँगै हिड्यो अनि जुनेलीले त्यो छोराले खेत रोप्दा लाएको रातो भेष्ट धोएर राखेकी थिईन् ।

छोरो बीचमा धेरै पटक घरमा आएको थियो ।उनले पार्टीमा नजान घरमा बस्न भनेकी हुन् । धेरै पटक उनी हरिसँग रोएकी पनि थिईन् । ‘बाबु यदि तिमी केहि भई हाल्यौं भने बाबु बुढा भएका छन् । बुहारी भर्खरकी छ । छोरा १ वर्षको मात्रै भो । तिमी नजिकै स्कुलमा मास्टर पनि भएका छौं, पार्टीमा नजाउ’ भनेकी थिईन् । ‘तर हरिले आमा म अहिलेसम्म तपाईको मात्रै छोरो थिए तपाईले मलाई माया गर्नु हुन्छ । आज भोलि आम नेपालीको छोरो भएको छु, तपाईका हिजोसम्म म र दिदीमात्रै छोरा छोरी थियौं अब तपाईका छोरा छोरी धेरै भएका छन् तपाईले आँशू नझार्नु होला । देशका लागि हिडेको छोरो केही भए हाले पनि नरुनुस् आमा  म केही भईहाले भने पनि तसाथीहरुले सबै व्यवस्था मिलाउँछन् पिर नमान्नु’ भनेर आफैले आँशु पुछि दिएर हिडेको थियो ।

पार्टीका मान्छे जति खेर आउँदा पनि उनले आफ्नै छोरा सम्झेर पनि खाना खान दिने, राम्रो हेरचाह गर्ने गर्थिन । ‘गाँउलेले तेरो छोरो मर्छ, यो बुढी आतंककारीकी आमा हो’ भन्दा पनि चुप लागेर सहेर बसेकी थिईन् । छोरो हिडेपछि मात्रै हर्क मास्टरले हरिकै ठाँउमा गणित पढाउन पाएको थियो । हरि गाँउमा बसिन जेल गाँउका बुढा बुढी जम्मा पारेर परोढ पढाउँथ्यो । गाँउमा जाँड रक्सी नियन्त्रण भएको थियो । उ बेलुका बेलुका गाँउका भुराभरी जम्मा पारेर टिउसन पढाउँथ्यो । पढाउँदा पढाउँदै भुरा भुरीले नाँचगान गर्ने भने भने आफै हारमोनियम निकालेर बजाउँथ्यो । गाँउका सबैले हारमोनियम, मादल बजाउन हरिबाटै सिकेका थिए । हरि भनेपछि के बुढाबुढी के केटाकेटी सबै मरिहत्ते गर्थे । हरि पार्टीमा हिडेपछि हेडमास्टरले समेत आएर ‘गाँउनै सुन्ने भयो’ भनेका थिए । गाविस अध्यक्ष बुढाले आएर ‘हरि नभएको दशै नै आएन’ भनेर प्रत्येक दशैमा भन्ने गर्थे । दशै आउँदा हरि १५ दिन देखिनै साँस्कृतिक कार्यक्रमको तयारीमा हुन्थ्यो । केटा केटीहरुले त पोहोरको दशैमा समेत हरिदाई नभएर दशै नै आएन आमा भनेर घरमा नै आएर भनेका थिए । ‘हरि गयो की गाँउकै सह गयो आमा’ भनेर अस्ति मात्रै उसको केटाकेटी देखिको साथी  हर्क मास्टरले पनि भनेको थियो ।

०५९ सालको असार ११ गते बेलुका पनि यस्तै जुन लागेको रात जुनेली रेडियो नेपाल सुनिरहेकी थिईन् । नौ बजेको समाचारले नै हो । सिमबेसी चौकी आक्रमण गर्न आएका आतंककारीहरु मध्ये ५ जना आतंककारीको घटना स्थलमै मृत्यू दर्जनौं घाईते, आक्रमण निस्तेज पारियो भन्ने समाचार भनेको । आमाको मन प्रत्येक घटना हुँदा आत्तिने गर्थियो । यो घटनामा झन बेसी आत्तियो । किनकी हरि त्यही क्षेत्रमा काम गर्ने गरेको खबर अलिक अगाडि मात्रै उनले थाहा पाएकी थिईन् । उनले रात्ति सपनामा छोरो रगतले लिथु्रकै भिजेर पानी पानी भनेको देखिन । विहान भालेको डाकमा उठ्ने उनले आमा पानी भनेर छोरो रोएको देख्दै गर्दा तल्ला घरेको भालेको डाकले उनलाई उठाएको थियो । तत्कालै उनले ‘हरिका बा’ भनेर सँगै सुतेका श्रीमानलाई बोलाएर सबै सपना सुनाएका थिइन् । हरिको बाले उनलाई हाम्रो छोरालाई केही हुँदैन् । ‘जनताको लागि हिडेको छोरालाई इश्वरले हात थाप्छन् ढुक्क हो’ भनेर सम्झाएका थिए । नभन्दै तीन दिन पछि त्यही एरियामा काम गर्ने एरिया सेक्रेटरी निमार्ण र त्यही आज आउने हर्क सर् आएर लामो फेहरिस्त सुनाएर अन्तममा ‘क. हरिले देश र जनताका लागि जीवन अपर्ण गरी आफ्नो मरणलाई पहाड भन्दा गरौं, सगरमाथा भन्दा उच्च, सागर भन्दा निर्मल बनाएर गएका’बताएर आफूूलाई हरि सम्झन भने र हरिले पुरा गर्ने सम्पूर्ण जिम्मेवारी पुरा गर्ने र उसको सपना साकार पार्ने प्रतिवद्धता जनाएका थिए । जुनेलीको लामो रुवाबासी तिनै प्रतिवद्धतामा आशाको दियो बालेर अड्किएको थियो । उनले अन्तमा ‘क. निर्माणलाई छोराले लिएको बाटो सफल पार्नु’भनेकि थिईन् ।

जब उनीहरुले छोरो सहिद भएको समाचार सुने । त्यसै दिनबाट गणना हुने गरी आफ्नो संस्कार अनुसार काजक्रिया गर्न थाले । रोगले सताएका हरिका बुबाले नावालक नातीलाई क्रिया गर्न नलागाएर आफै काजक्रिया गरे । उनको रोग र शोकका कारण १३ औं पूण्य तीथिकै मितिमा उनको पनि देहवासन भयो । झन जुनेली शोकमा परिन । दोहोरो क्रिया गराई हुँदै गर्दा १ दिन क. निर्माण आएर क्रिया खर्च दिएर गएका थिए । त्यस पछि उनले निर्माणलाई अहिलेसम्म भेटेकी छैनन् । उनी यतिबेला कहाँ छन् कसैले पनि उनलाई बताएका छैनन् र उनले खोज्न पनि चाहेकी छैनन् । विगतका केही वर्षहरुमा त पार्टीका साथीहरु नियमित उनको घरमा आएर भैपरि आउँदा सहयोग गर्ने गर्थे । संकटकाल लागेको बेलामा पनि राति राति उनीहरु आउने गर्थे तर पछि पार्टी संविधान सभाको चुनावमा गएको थियो । संविधान सभाको चुनावमा पार्टीले उनलाई सहिद परिवारकी आमा भनेर खुब सम्मान ग¥यो । उनी धेरै कार्यक्रममा अतिथि पनि भएकी थिईन् । उनलाई आफ्नो ६१ वर्षीय उमेर पनि १६ वर्षे जस्तै लागेको थियो । टेक्नलाई लौरो टेकेर हिडेपनि उनी सबैलाई उत्साह दिने गर्थिन । उनले बारम्बार आफ्नो हरि र सभासदको उम्मेदवार निर्माणलाई एकै मानेकि थिईन । उनी भन्ने गर्थिन् मेरो हरिको खबर लिएर आउने मेरो छोरो पनि यहि निर्माण हो । यसले देशलाई नयाँ बनाउछ । देशमा शान्ति ल्याउछ । अब कुनै हरिहरुले देशलाई रगत बगाउनु पर्दैन् । हाम्रो दुःखका दिन गए बाबुहरु भन्दै भोट मागेकी थिईन् ।

उनले त्यसरी भोट मागेर जिताएको पनि २ वर्ष बितेर यति आयो । तर त्यस पछि निर्माण कहाँ छ । उनलाई थाहा छैन् । अस्ति गाउँको क्याम्पस उद्घाटन गर्न निर्माण आउँछ भनेर उनी त्यहाँ गएकी थिईन् । निर्माण आउन त कार्यक्रममा आयो तर निर्माणसँग उसको छोरो पार्टीमा हिडेको छ । यो बुढी ले पार्टीका मान्छे पाल्छे भनेर पुलिसलाई खबर दिने गाउँको अध्यक्षको छोरो प्रल्हाद घिमिरेसँग पो आएको रहेछ । अगि पछि कहिल्यै बाटो नकाट्ने निर्माण त्यसदिन त्यही प्रल्हादकोमा खाना खाएर कार्यक्रममा आएको थाहा पाए पछि बुढीले निर्माणलाई नभेट्ने निर्णय गरिन र कार्यक्रम हेर्न गएको भए पनि बाख्रालाई घाँस काट्ने निउले तल हरिले जागिर खाएपछि सर्वप्रथम किनेको खेतमा पुगेर आएकी थिइन् ।

उनीलाई विगतमा हरिले गर्ने गरेका सबै कामहरु एकाएक आउन थाले । हरिकै अनुहारको नाती आकाशको पनि याद आयो । अनि तिनै बुढा जो आफू १५ वर्षकी हुँदा माईतबाट अन्माईएपछि ३८ वर्षसँगै बस्दा भोगेका दुःख सुखका सम्पूर्ण घटना सम्झिन् । उनलाई माईतमा आफू ७ वर्षकी हुँदा यही असारकै बेलामा खेत रोप्दा रोप्दै गोरुलाई खाजाका लागि घाँस काट्न जाँदा भिरबाट लडेर आमाको मृत्व भएको दिनको पनि याद आयो । उनी यस्तै असारमा जुनलागेको रात असार २९ गते जन्मिएकी थिईन र उनकी माओली हजुरआमाले जुनेली नाम राखिदिएकी थिईन् । असारकोबीचमा जुन लाग्नु असुभ हो तर असार अन्तिममा जुन लाग्नु सुभ हो भनेर उनको नाम जुनेली राखिएको कुरा हजुर आमाले बारम्बार भन्ने गरेको उनी सम्झन्छिन् । तर उनी जन्मेदेखि कहिल्यै सुखि रहिनन् । आमाको मृत्वको दिनपछि सौतेनी आमाले गरेको व्यवहार र त्यसपछि साँसुले दिएको सबै वर्तनहरु उनले सम्झिन् । उनको आशा त्यही छोरामा मात्रै अड्किएको थियो । उनले सँधै असार लागेपछि अर्काको मेलामा दिएको खाजा पोल्टामा ल्याएर दिएको सम्झिन । खरले छापेको घरमा ठूलो पानी पर्दा सुतेको बेलामा चुहिएको पानी छल्न र छोरो निन्द्राबाट नबिउझोस् भनेर आफ्नै काखी भित्र माउँ पोथिले चल्ला छोपे जसरी छोपेर राखेको सम्झिन । अनि छोरो मास्टर हुँदाको बन्दो बस्ती पनि सम्झिन र पोहोर साल दशैमा चामल नभएर जुवाई छोरी टिका लगाउन आँउदा तिनै हर्केकी मास्टरनीबाट अक्षता सापट ल्याउनु परेको सम्झिन् । पर्सीको दिनबाट उनेको फुर्सद थिएन् । पोहोर ज्वरोले गलाउँदा सापटि लिएको ७ सय पैशा तिर्न पनि अध्यक्ष बुढाकोमा मेला नै गइदिनु पर्ने थियो । नयाँ वर्षमा खसीको माशु पनि मेलामा आइदिने कवुलमा नकै खाएकी थिईन्।

उनलाई रातको कति घढि बित्यो पत्तै भएन् । उनी ढुक्क भईन जत्ति सुकै बजोस् पानी आको छैन् भोली मेलामा जानु छैन् । जे सुकै होस् भनेर कोल्टे फेरिन । उनको सम्झनाको त्यान्द्रो लम्बिदैथियो । धिक्कार यत्रो घर बनायो । राम्रो पढ्यो । गाँउको मास्टर थियो । सम्पती जोडेकै थियो । बुहारी असल थिईन् । तर आज ति सबै छैन् । म पापीनी बालखैमा आमा टोके, उमेरमै छोरो र श्रीमान टोके । किन मलाई चाही आउँदैन पापी काल भनेर खोकिलामा च्यापेको भेष्टलाई हरि जन्मेको दिन जसरी उनले दुई हातले समातेर म्वाई खाएकी थिईन त्यसै गरी म्वाई खान खोज्दै थिईन त्यत्तिकैमा तल्ला घरे कार्इृलाको भाले बास्यो । बुढी सहिदकी आमा जुनेली सँधैझै उठिन् र एक पटक सहिद हरिको फोटोलाई म्वाई खाईन र भेष्ट सधैको ठाँउमा झुण्ड्एर चोखो पानी ल्याएर हरिलाई चढाउने निर्णय गरेर पँधेरा तिर लागिन ।

10:50 PM | Posted in , | Read More »

प्रदेशीएका श्रीमानलाई श्रीमतीको चिठठी

प्यारो जीवनसाथी राजु

            दैनिक सप्रेम संझना । आराम छु तिमि आरामै छौ होला भन्ने पूर्ण आसामा बाचेकी छु । यहा तिम्री प्यारी छोरी र बाआमाहरु प्नि संचै आरामै हुनुहुन्छ । तिमीले केही पीर गर्नु पर्दैन । तिम्रा भाई र बहिनीले स्कुलमा राम्रैगरी पढनु भएको छ ।कविता र वक्तृत्व कला प्रतियोगितामा प्रथम स्थान हासिल गरेर पुरस्कार पनि ल्याउनु भएको छ ।  शान्ताले त स्कुलको द्यौसी–भैलो कार्यक्रममा नेतृत्व नै गर्नु भयो । हिाउदे खेती पनि लगाईयो । अव धान काट्रन बाकि छ । बाले बारी जोत्न अलि गाह्रो मान्नु भएकोले मैले पर्मो लगाएर हली खोजेर जोताएा । यो वर्ष बिरौटो पनि आफै रोपेकोले धान पनि राम्रै भए।

अव त हाम्री आाखाकी नानी अमृता पनि दुई बर्षकी पुग्न लागी । तिम्रो फोटो हेरेर बा बा भन्छे । सुत्ने बेलामा पनि बाबाको फोटो सिरानीमासंगै राखेर सुत्छै । अव आाउदा त चोकोफोन चक्लेट ल्याईदिनु पर्छ कि ?

गाउघरतिरको हालखवर ठिकै छ । यो बर्षका मेलामेसाहरु प्नि सकिए ।तिम्रो अनुपस्थितिमा त्यति रमाईलो त भएन तैपनि कर्तव्यवोधले मुटुमाथि ढुङ्गो राखी हास्नु परया छ भनेझै ”चाडपर्वमा सहभागी भएा । फोनमा कुरा भईरहने भए पनि मनको धित मर्ने गरी कुरा पोख्न यो पत्र लेख्ने जमर्को गरेकी छु आसा छ अन्यथा सोच्ने छैनौ । 

गाउाटोलका धेरै युवायुवतीहरु वैदेशिक रोजगारीमा रहेकोले हामा्रे परिवार आर्थिकरुपले पछि पर्ने होकि भन्ने डरले तिर्मीलाई त्यति टाढा पठाउान सहमत भएकी हुा । राम्रा र महगा गहनाकपडा लगाउाने रहर पुरा गर्न तिमीलाई प्रदेशीन वाध्य पारकी हैन भन्ने कुरामा त तिमी स्पष्ट नै छौ । तिमीलाई त्यता उडाउदा खोलापारी अंकलकोवाट ल्याएको रु एक लाखको सामाव्याज के कति पुग्यो जोडेर राखैकी छु ।  देश भित्रै रोजगारीका अवसरहरु उपलब्ध हुने भए अथवा हामीहरुसंग सानातिना पेशाव्यवशाय गर्न पुग्ने आर्थिक हैसियत भैदिएको भए पनि मैले मेरो प्यारो राजलाई विदेश पठाउाने थिईन । मजवुरीका नाम माहात्मागान्धी भन्ने उखान धेरैले सुनेकाछन्र जस्तो मलाई लाग्छ ।

तिमीले नेटमा नेपालका गाउाघरतिरका समाचारहरु पनि हेर्नेगछौहोला ।  आजभोलि कतिपय प्रदेशीका पत्नीहरुले दाम्पत्य जीवनको मर्म विर्सेर गाउातिर बाटोविराउाने पनि गरेको सुनिन्छ । अरबको प्रचण्ड गर्मर्ीमा श्रीमानले खुनपसिना बगाएर घर पठाएको रेमिटयान्स मनि वुद्घिमानीपुर्वक खर्च गर्न नकेको पनि सुनिने गर्न थालेको छ । कतैकतै त छोराछोरी र श्रीमानको विचल्ली परेको पनि नसुनिएको हैन ।  संचार माध्यमहरुले यस्ता अपवादका दुर्घटनाहरुलाई बढनईचटाई गरेर आम सत्यको रुपमा सार्वजनिक गर्नै गरेको पनि पाईन्छ । त्यसैले प्रदेशीका पत्नीहरुमाथि समुदायको निगरानी बढन थालेको बुझिन्छ । तिम्रो मनमा पनि कतै कल्पनाले पनि त्यस्तै बाटो समातेकी छे कि भन्ने उपशंका उत्पन्न हुन सक्छ । तिर्मी निर्धक्क हुन सक्नु पर्छ । मैले मेरो प्यारो राजुलाई कहिल्यै धोक्का दिनेछैन । आपसी सहयोग र आस्थामा नै दाम्पत्य जीवन अडेको हुन्छ । मायाको डोरी बाट्न कठिन चुाडाल्न सजिलै हुन्छ । वैवाहिक जीवनमा खेलवाड गर्ने महिला या पुरुषको जीन्दगीरुपी डुंगा दुर्घटनामा परेको पाईन्छ । यसवाट सवैले शिक्षा लनिु बुद्घिमानी हुन्छ ।

मैले एउटा सोंच बनाएकी छु त्यो के भने तिर्मीले त्यहाा सिकेको सिप र आर्जन गरेको पूाजीले गााउघरमै हामीहरुले केही गर्न सक्नु पर्छ । अहिले हाम्रो गाउाघरतिर पनि मोटरवाटो उक्काले लागेको छ । सधिखर्कमा सागसब्जीको माग बढेको छ । स्थानिय उत्पादनले नपुगेर भारतबाटै तरकारी र फलफुल आयात गर्नु पर्ने अवस्था रहेको छ । हाम्रा गाउामा गठन भएको तरकारी समूहमा म पनि सदस्य वनेकी छु । मलाई समूहकी सचिव बनाएका छन् । नजिकैको खोल्सामा बग्ने पानी पाईपबाट ठूलापाटा ल्याएर तरकारी खेती गराौला । तिमीलाईृ तरकारी बोकेर बजार पुयाउान गाह्रो भए एउटा बाईक किनौला । ठूलो संपति भन्दा पनि सानो आम्दानीवाट सुखी जीवन जीउान सिकौ भन्ने मेरो मान्यता रहेको छ ।  अनि सन्तोशसाथ जीवनभरि रमाईलोसग संगै वसाौला । साग र सिस्नो खाएको वानी आनन्दी मनले भन्ने भनाई पनि रहेको छ । अन्त्यमा धन भन्दा स्वास्थ ठूलो हो भन्ने तथ्य नविर्सन सजग गराउादै यो पत्र यत्तिकैमा अन्त्य गर्ने अनुमति चाहान्छु ।
छोरीकोतर्फबाट समेत नमस्ते स्वीकार गर्दै उसको फोटोमा पनि म्वाई खान नविर्सनुहोला । बााकि कुरा अर्को पत्रमा उल्लेख गर्ने वाचा गर्दै विदा हुन्छु । भेट हुने दिनको प्रतिक्षाामा रहेकी तिम्री जीवनसंगिनी कल्पना तिमिल्सिना,अर्घाखाँची, नेपाल

परिकल्पना तथा लेखक
बुद्धि रायामाझी
कुर शंखेटारी
अर्घाखाँची



10:55 PM | Posted in , | Read More »

आफन्तको खोजी (कथा)



दलविरले निरासाले भरिएको लामो सास तान्दै भूईंबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहान माथि खन्यायो । आखाबाट आसुका धारा बगाउदै “तिम्रो आत्माले परमेश्वरको बास पाओस् , जीवित हुदा केही गर्न सकिन” भन्दै निकैबेर घुक्का छोड्यो । आफ्नी मरेकी आमालाई सम्झेर त रोयो नै , त्यो भन्दा बढी उसलाई वरिपरीको वातावरणले अझ धेरै भावुक बनाएको थियो । त्यो ठाउ र पखेरा सबै उस्तै उस्तै थिए । जंगल अलिक पातलिएछ , दश पन्ध्र जति मसिना झूप्रा घरहरु थपिएछन् । वारीपारी खेत , पाखा- पखेरा उस्तै उस्तै नै हुन् जस्तो । ऊ बेलाका खेतहरुमा अहिले कतै अदूवाको खेती , कतै अकवरे खूर्सानी ,  कतै अम्रिसो र धूसको घास लगाएछन् । मान्छेहरुको काम गर्ने तौर तरीका अलिक फेरिएछ । जेठको महिना , जताततै पालुवा र मूना पलाएका हरिया पाखा र खेतमा लहलह परेका मकैका बोटहरु , पारीपारी पाखामा बर्षाको समयमा गएका पहिराका सेता धर्साहरुले दलविरको मनलाई कता कता उडाएर लग्यो । ऊ  आफू बसेको नजीकैको पातीको बोटमा मसिना ढुंगाले हान्दै ऊ अतिततिर हरायो ।
उनीहरुको एउटा सानो भिरालो परेको पाखो बारी थियो । बारीको बीचतिर सानो भूप्रो घर । घरको तलतिरको छेउमा एउटा सुगुरको खोर थियो । अगाडि पट्टी दाउरा राख्ने सानो कटेरो थियो । घर वरिपरी मसिना सिस्नाका झ्यांगहरु ,पिडालू , सिमल तरुलका बोट र एउटा काभ्राको रुख थियो । जिवन गुजारा गर्न सधैं बनिबूतो गर्नु पर्थ्यो । परिवारमा उसका आमा बाबु , ऊ र दुई जना बहिनीहरु थिए । घरमा शान्ति भए त सिस्नोको खोले र पानी खाएर पनि आनन्द नै हुन्थ्यो । तर गरिबी र अभावले घरमा प्राय सधैं बाबु र आमाको झगडा परिरहन्थ्यो । आमा कहिले झुण्डिएर मर्छु भन्थिन् , कहिले भिरबाट हाम फाल्छु भन्थिन् । खेतको पुछार तिरबाट बग्ने भीमकाय रुप लिएर बगेको खोलातिर दुई तीन पटक डुबेर मर्छ भन्दै गइन् । तर हामी बालबच्चाको मायाले होला त्यसै फर्किएर आइन् । हामीले रुनु भन्दा अरु केही उपाय पनि थिएन । खप्नै नसकिने बेदना र गरिबीको पीडाले होला , आमाको मन स्थिर थिएन जस्तो लाग्छ । बाबुले पनि हरेक कुरामा हण्डर खाएर होला , आफ्नो उत्तरदायित्व पूरा गर्ने कुरामा कान खसाई सकेका थिए ।
हामीलाई कहिल्यै चाडवाड आएन । खुशी भन्ने चीजले हाम्रो घरको संघार टेकेन । हामी त्यस बेला कठोर पीडादायक जीवनको भूमरीमा फसेका थियौ । अभाव र गरिबीको बर्बर त्रासले हामी बडो भयभित थियौ । हाम्रो सानो मैलो घर थियो ,  घरको सरसफाई थिएन । परिवार प्राय: अर्ध नग्न हुन्थ्यो । जुत्ता र चप्पल कसैले देखिएन । नुहाउने धुवाउने कुरा पनि सूर्य उतारायण र दक्षिणायन नै हुनु पर्थ्यो । बाबु मानसिक हालत बिग्रिए जस्तै गरी आमालाई दिनहु जस्तो पिट्ने गर्दथे । बाबुले पिटेका निला निला निलडाम लिएर आमा मेलापात गर्थिन् । “यो पितृ सतात्मक मुलूकको लाचार मानिसहरुको घीन लाग्दो उदाहरण थियो ।” गाउमा मुख देखाई सक्नु थिएन । बाबुले आमा पिटेको बखतमा मेरा साना बहिनीहरु मसगै टासिएर रुन्थे । म पनि उनीहरुसगै रुन्थे । हाम्रो घरमा सधैं जसो बेलुका साँझ पर्ने बेलातिर यस्तो घटना हुन्थ्यो । हाम्रो धार्मिक परम्परा अनुसार त्यो एउटा अलच्छिनको संकेत थियो । आउने दिनहरुको लागि अशुभ र अनिस्ठ लक्षण थियो । आमाका कपडा फाटेर शरीरका सम्बेदनशील र लाज हुने अंगहरु बाहिर देखिन लागेका हुन्थे । आमाको त्यस्तो हालतबाट प्रस्ट थाह हुन्थ्यो , आत्मा सम्मान र सामाजिक हिनताबोधको कारणले निकै गली सकेकी थिइन् ।
म अलि अलि मात्र सम्झन्छु । मेरा बहिनीहरु त सम्झन्नन् होला । आमा बिस्तारै विरामी परिन् । गाउमा अस्पताल र स्वास्थ्य चौकी थिएन । धामी झाक्री र पूजारी त गरियो ।  त्यसले पनि भएन । भगवान भरोसा भन्दा अरु कुनै उपाय थिएन । भदौ महिनाको अन्तिमतिरको एक साँझ मूसलधारे पानीसँगै आमाले अन्तिम पटक सास फेरिन् । हामी त सधैं पनि रोई रहन्थ्यौ । त्यस दिन पनि रोइयो नै । आमा मरे पछि बाबु धेरै दिन सम्म रोए । शोक धेरै गरे । हतारमा गल्ति गरी फूर्सदमा पछुताए जस्तै भयो होला । भोलि पल्ट बिहान गाउलेहरु जम्मा भए । कसैले बास काटे , कसैले सेतो कपडा ल्याएर आमालाई बेर्न थाले । छिमेकीहरु कसैले धान , कसैले चामल ल्याइदिए । आखिर छिमेकी यसैको लागि चाहिने रहेछन् । उनीहरुले अफ्नो कर्तव्य पूरा गरे । हामीसँग जात मिल्ने मानिसहरु कोही अगाडि लागे , कोही पछाडि लागे । केहीले आमालाई अगाडि र पछाडिबाट काध लगाए । अगाडि हिड्ने एक जना मानिसले ठाउँ ठाउँमा केही धान र पाच पाच पैसा छर्दै जान्थे ।  
मेरा बाबु , आमालाई बिहे गरेर ल्याउदाको खुशी र आजको दु:खद बिदाईको पुर्न नै नसकिने पीडाको संघारको वीचमा थिए । मलाई पनि मान्छेहरुले सँगसँगै लिएर गए । कसैले बालक कालमा नै टुहुरा-टुहुरी भए भन्थे । कोही ईश्वरको सृस्टि नै यस्तै हो भन्थे । नजिकैको चिहान घारीमा मान्छेहरुले एउटा गहिरो खाडल खने र वरिपरीबाट ढुंगा लगाए । विस्तारै सानो नानीलाई नरम ओछ्यानमा सुताए जस्तै गरी मेरी आमालाई हाले र माथिबाट माटोले पूर्दै गए । आमा छोपिदै गइन् । बिस्तारै आमाको जीउ र अनुहार मबाट टाढा हुदै गयो । आमा मबाट सधै सधैका लागि हराएर गइन् । मेरो हात समाएर अलि अलि माटो आमाको चिहान माथि हाल्न लगाए । हाम्रो घरको बत्ति निभ्यो । जिन्दगी सधैका लागि अँध्यारो भएर गयो ।
मेरा कलिला दिनहरुमा मैले के नै गरिन र ?  गाउका प्राय: सबैका घरका भाडा माझे । गोबर भकारा गरें , लुगा कपडा धोए  र धेरै धरै गाली , अपमान र कुटाई खाए । भोका दिनहरु गन्ने हो भने बर्षौ होइन यूग पनि हुन्छ होला । म गाउका दाजुहरुसँग पहाडबाट हप्तौ लगाएर मधेशतिर गएर नूनका भारी ल्याएर गाउका साहूहरुलाई बेच्थें । दुई चार पटक ओहोर दोहोर गरे पछि अब त केही होला की भन्ने लाग्न थालेको थियो । भत्केर अवषेश मात्र रहेको घरको गाह्रोतिर आखा डुलाउदै आफू हिड्ने बेलामा आफ्ना बहिनीहरुले हामीलाई कपडा ल्याई देऊ है दाइ भनेको ,  बाबुले चाडै गएर राम्ररी आएस् भनेको कुरा सम्झदै दलविर फेरी एक पटक ठूलो आवाजमा रोयो । गरिबीको पीडा र मातृ बात्सल्यको अभावले खरानी भएको दलबिर फेरी गाउ फर्किएन , उतैतिर हरायो ।
उमेर ढल्कदै गरेको जीर्ण शरीर भएको आफ्नो बाबु र कलिला माया लाग्दा बहिनीहरुलाई सम्झदै उनीहरु माथि ठूलो अन्याय गरेकोमा अफशोस जतायो । उसले मनमनै सोच्यो । साच्चै मेरा बाबु र बहिनीहरु कहाँ गए होलान् ? अब त बहिनीहरुको विहेवारी भयो होला ।  बाबु बाचेका भए मलाई देखेर खुशीले कति रुदा हुन् ?  सायद अब त मलाई चिन्दैनन् होला । एउटा कुरा त पक्का पक्की छ । हाम्रो घरको अवशेष हेर्दा उनीहरु यहा छैनन् । आमा यही सडिन् ,  म कहाँ पुगे , बाबु र बहिनीहरु कता लागे ?  हरे !  विधाताको खेल पनि यस्तो हुन्छ र ?  भन्दै आमाको चिहानतिर हेर्दै दलविर फेरी टल्पलायो ।
आफ्ना आफन्तको नालीबेली काया कैरन त तिनै अर्याल बाजेले मात्र बताउन सक्छन् भन्दै दलविर धनपति अर्याल बाजेका घरतिर लाग्यो । गाउको पुरानो शैलीको घर , बाहिर सिकुवामा पुरानो खाट माथि मैलो मैलो परेको राडी ओच्छाएर बसेका अर्याल बाजे धेरै बूढा भएछन् । दातहरु सबै झरेछन् । आखा भित्र भासिएर अनुहार चाउरिएछ । “दिन गन्दै अस्ताउन लागेको डाडाको घाम भएछन्” अर्याल बाजे पनि ।
अर्याल बाजेले दलविरलाई देखेपछि , बाबुलाई त अघि देखेको थिएन । कहा जाने , के थरा (थर) हो ? भन्दै सोधे । बाजे म आइतेको छोरो दलविरे हो (हाम्रा बाबुलाई गाउमा आइते भनेर बोलाउथे) चिन्नु भएन र ?  भन्दै दलविरले जवाफ दियो । कहाँ चिन्नु र बाबु ? त ता भागेको धेरै बर्ख भयो , लाठे पो भइछ त ! यतिका बर्ख कता हराइस् त बाबु ? भन्दै अर्याल बाजेले फेरी सोधे । बाजे म त उतै मधेशतिर नै पो हराए त भन्दै दलविरले छोटो जवाफ दियो । तेरा सन्तानहेरु पनि कहाँ कहाँ पुगे । दलविरले स्तब्ध हुदै सोध्यो ।  कता कता गए र बाजे ?  तेरो बाबु क्षय रोग लागेर यही मर्यो ,  बहिनीहेरु झोडातिरै पोइला गए भन्थे । परारका साल कान्छी बहिनी दुई बर्खको छोरो लिएर आइथी । मेरै घरमा सात दिन सम्म बसेर गई । तिनेरु पनि कहाँ जाउन र ?  जाने ठाउ छैन । आफ्नै घर जस्तो गरेर आइथी । घर त झोडातिर कता पो भन्थी ? दलविरको मनले ठाउँ छोड्यो । बाजे म पछि आउछु भन्दै ऊ फेरी आफ्ना आफन्तको खोजी तिरै लाग्यो......
कथाकार:एल एन सुवेदी “हस्ती˝ हाल कुवेत

7:31 AM | Posted in , | Read More »

बेपत्ता


छोराको बाटो हेर्न थालेको सात वर्ष बितिसक्दा पनि फर्किएन। ६० वर्ष पार गरेका बाबुआमाकोे सपना जीवितै छ, एक मात्र सन्तान फर्किएर आएपछि बिहे गरििदने र घरमा पालेको खसी जन्तेबाख्रो बनाउने।

हिँड्दा झोला बोक्ने बानी भएको छोरो सपनामा झोला बोकेरै घर आएको देख्छु भन्थिन् आमाले। उनी दिनहुँ आर्जे हेराउन जान्थिन्। आर्जे हेर्नेले सके मान्छे नभए केही खबर आउँछ भन्न छोडेका थिएनन्। त्यसैले जीवितै थियो, छोरो र्फकने आशाको त्यान्द्रो। घरमा पाक्न छोडेको थियो मीठो चोखो।

गाउँमा सबैको खबर आउँदा रविनको खबर कहिल्यै आएन।

छिमेकीले रविन भद्र र सुधो केटा हो, बदमासी गर्दैन भन्दा उनीहरूको आशाको दियो केही टड्कारो बन्थ्यो। कतै बेपत्तामा पारेर मारे कि भन्ने आशंका नलागेको पनि होइन।

बलेँसीको पानी चुहिएझैँ दिनहुँ चुहिरहेको थियो सन्तान आउने आश।

रविन साथीहरूको जमघटमा समसामयिक राजनीतिका बलिया तर्क गथ्र्यो।

केही गर्न सक्छस् भनेर साथीहरूले भनिरहँदा लंगडा बुबा र पाठेघरको समस्याले सताइएकी आमा अनि घरको एक लाखभन्दा बढीको ऋण, उसको टाउकोभर िघुम्थ्यो। आमाबुबालाई उपचार गर्नु र घरको ऋण तिर्नु उसको जीवनको उद्देश्य थियो।

साथीहरूले भन्थे, "रविन नेतासँग चिनजान छ, जागिर माग।"

कहिलेकाहीँ त जागिर माग्न जाउ“ कि भन्ने पनि सोच्थ्यो। तर, उसको अहम्ले नेतासँग जागिर माग्न कहिल्यै धकेलेन।

ऊ आफ्नै योग्यताले जागिर खाएर सधैँका लागि ऋणमुक्त भएर बाँच्न चाहन्थ्यो।

तीनमुरी धान हुने खेत बेचेर ५० हजारजति ऋण तिरेपछि घरमा धानको गेडो भित्रिने बाटो मेटियो। उपचारको अभावले आमाबुबाको स्वास्थ्य स्िथति झन् नाजुक हुँदै थियो। गाउँको स्थानीय डाक्टरले आमालाई बेलैमा उपचार गर्न नसके क्यान्सर हुने सम्भावना छ भनेपछि ऊ चिन्तित हुनु स्वाभाविक थियो।

घरपरतिरको बारी ५० हजार रुपियाँमा बेचेपछि बुबालाई पाँच हजार घरखर्च छोड्यो र बाँकी पैसाले उपचार गर्न आमालाई डोकोमा बोकाएर काठमाडौँतिर लाग्यो।

भुल्केपार िपुगेपछि १०-१५ जना झोला बोकेका मान्छे उनीहरूतिर आएको देखेपछि रविनको आङ ढक्क फुल्यो।

भरयिाले भन्यो, "साहूजी म त यहाँभन्दा पर जान्न। ज्यानभन्दा ठूलो केही छैन।" रविनले निरीह आँखाले भरयिालाई नाजवाफ हेर्‍यो। पर... देखिएका जत्था उनीहरूको छेवैमा आइपुगे र छेउमा झुरूप्प उभिए।

"काँ हिँडेका ?" जत्थामध्येको एउटाले सोध्यो। "आमाको उपचार गर्न काठमाडौँ," रविनले विस्तारी जवाफ दियो। "काठमाडाँै सुनकोसीवार िछ कि पार ि?" सन्किएको प्रश्न गर्‍यो।

रविनले शून्य आँखा उठायो। जवाफ दिएन।

"ए बूढो तँचाहिँ काँ हिँडेको ?" भरयिालाई प्रश्न गर्‍यो। "बिरामी साह्रै भएकाले सहयोग गरेको हजुर," भरयिाले हात जोड्दै जवाफ फर्कायो। "कोसी पार गरेर जानुपर्‍यो भने हाम्रो पार्टीको अनुमति चाहिन्छ भन्ने था छैन ?" थर्काएर भन्यो। "आमाको उपचार गर्न हतार थियो त्यसैले ...," रविनको स्वरमा शिथिलता थियो। "गर्लास् उपचार ! घरै फर्का बूढीलाई," आदेश दियो। र, पार्टीलाई चन्दा भनेर ३० हजार रुपियाँ जबरजस्ती लिएउनीहरूले ।

"पर्सि ३० जनाजतिलाई खाना बनाउनू। आर्मीलाई भनिस् भने खैराँत छैन," रविनलाई आदेश दिए। जे त पर्ला, आमालाई लिएर जान्छु नै भनेर रविन अगाडि बढ्यो।

"बाबु मलाई त बँचाउलास् तर तँलाई बाँच्न दिँदैनन्। खर्च लिएर गई गए ..." आमा विलाप गर्दै रुन थालेपछि भरयिाले पनि 'हो' मा 'हो' मिलाएर जान मानेन।

आमाको आँसुलाई नाघ्न नसकेपछि रविन घर फर्कियो अमिलो मन लिएर।

कोसीदोभान आइपुगे साँझमा। त्यहीँ बास बसे। होटलको पेटीमा भरयिाले डोको बिसाएको मात्र के थियो, होटलवाला साहूले डोको नबिसाउनू, आफ्नो बाटो लाग्नु बास पाइँदैन भन्दै रन्कियो।

होटलवाला कराएपछि म रविन हो काका भन्दै आफूलाई चिनायो।

"ए म त को रहेछ भनेर। बास दिने जमाना पनि गए। होटल छोड्न पनि सकिएन," साहूले स्पष्टीकरण दिँदै भन्यो, "तपाईं पनि सकेसम्म यहाँ बास नबस्नूस्, बाबु अनावश्यक दु:ख पाउनुहुन्छ। रात परेपछि एकपटक आर्मी, पुलिस आउँछन्, अर्कोपटक माओवादी आउँछन्। हामी बलिको बोको बन्छौँ।"

"आमा बिरामी भएर उपचार गर्न लिएर हिँडेको बीचबाटै फर्काए। जे त पर्ला आज यहीँ बस्ने !" साहूजीले नाइँ भन्न सकेनन् ।

डोकोबाट आमालाई निकालेर भित्रको खाटमा सुताए। भरयिा बास बस्न नमानेपछि सम्झौता चार हजारको भए पनि आधा बाटोबाट फर्किएकाले दुई हजार रुपियाँ र खाजा खुवाएर पठाए।

आमा भने छोरालाई केही हुने हो कि भन्ने पीरले रातभर िछटपट गर्न थालिन्। त्यसमाथि व्यथा त छँदै थियो। रविनको मनमा पीडा र डरको ज्वाला दन्किएको भए पनि आमालाई सान्त्वना दिन केही नभएजस्तो गर्दै थियो।

राती १२ बजेतिर होटलमा पुलिस छिरे। रविन बसिरहेको थियो, आमालाई समातेर। पुलिसले सोधखोज गरेर नागरकिता मागे। रविनले सक्कली नागरकिता नबोकेकाले नागरकिताको फोटोकपी देखायो। एउटा पुलिस हवल्दारले, 'यो त डेट अफ भएको नागरकिता रहेछ' भन्दै थर्कायो। अर्को पुलिसले भन्यो, "नागरकिताको डेटअफ हुँदैन हल्दार सा'प।" त्यसो भनेकाले लाज लाग्यो या के भयो पुलिसहरू गए।

रविनलाई हवल्दारको कुराले हाँस उठेको भए पनि हाँस्न सकेन। आमाको अनुहारमा यसो हेर्‍यो, सुकेका थिए ओठ-तालु। उसको अनुहार झ्याप्प भएर निभ्यो। सबै पुलिस मातेर झल्लु भएकाले पनि होला, सोचे जति दु:ख दिएनन्।

होटलवाला आजको पालो सकियो भनेर ढुक्क भयो। राती २ बजेतिर आर्मी होटलमा छिरेपछि फेर िसबैका ओठ-मुख सोहोरएिर मरीचजस्ता भए।

खाटमा सुतिरहेकी आमातिर संकेत गर्दै आर्मीले सोध्यो, "यो बूढी को हो ?" "आमा," रविनले सोझो जवाफ दियो। "काँ लिएर हिँडेको ?" "काठमाडौँ," उसले जवाफ दियो।

केही नबोली आर्मीले खोजतलास गर्‍यो रविनको झोला। व्यक्तिगत प्रयोजनबाहेक केही सामान नभेटेपछि सोध्यो, "यता माओवादी आएको देखिस् ?" "अहँ," उसले मुन्टो हल्लाएर संकेत गर्‍यो। "ढाँट्छस् !" थर्काएर भन्यो। रविनले घोसेमुन्टो लगायो।

"माओवादीले जे भन्यो, त्यही मान्ने तैँ होइनस् ?" रविनको ढाडमा लातले हान्यो।

रविन खाटबाट भुइँमा पछारयिो। आमा रुँदै कराउन थालिन्। "ए बुढिया बढ्ता हुन्छेस् ?" राता आँखा पार्दै आर्मीले आमालाई खाटमै थचार्‍यो।

"तँलाई हामी ठीक पार्छौं हिँड," रविनलाई गलहत्याउँदै ढोका बाहिर निकाले।

आमा लरखराउँदै ढोकासम्म आइन्। निस्पट्ट अँध्यारो भएकाले उनी त्यहाँभन्दा अगाडि बढ्न सकिनन्। आर्मीहरू हिँडेपछि होटलवाला आमाको छेउमा आएर रविन बेपत्ता हुँदैन, फर्किहाल्छ भन्ने ढाडस दिए।

"बाबु मेरो मुटुको टुक्रालाई मार्छन् होला," आमा रुँदै बोलिन्। होटलवालाले उज्यालो भएपछि आमालाई बोकाएर घरसम्म पुर्‍याए। डढेलो फैलिएझैँ गाउँभर िफैलिएको थियो, रविनलाई आर्मीले लगे भन्ने कुरा।

आर्मीले भोलिपल्ट रविनलाई छोड्यो। रविन घर आइपुगेको मात्र थियो, स्थानीय एफएमले मुख्य समाचारमा दियो, "अग्नि नाम गरेका माओवादी छापामारसहित अन्य दुई माओवादी कार्यकर्तालाई आर्मीले कारबाही गर्ने क्रममा मृत्यु।" समाचार सुनेपछि रविनको सातोपुत्लो उड्यो। उसले भुल्केमा भेट्टाएको थियो अग्निलगायतका अन्य कार्यकर्तालाई। माओवादीले सुराकी गरेको आरोप लगाउँछन् भन्ने कुरामा ऊ पक्कापक्की थियो। राती घरको ढोका ढक्ढक् गर्‍यो। आठ-दस जना माओवादी घरभित्र छिरेर रविनलाई सोधे, "आज आर्मीलाई केके सुराकी गरसि् ?" निन्याउरो अनुहार लगाएर रविनले जवाफ दियो, "केही भनेको छैन।"

"हाम्रो अगाडि सोझो बन्छस् ?" मझेरीको खाटबाट टाउको उठाउँदै आमाले भनिन्, "माओवादीसँग लागेको भनेर आर्मीले मरणासन्न हुने गरी कुटी पठाएछन्। शरीरभर िनीलडाम मात्र छन्। तिमीहरू आर्मीलाई पोल लगाएको भन्छौ !"

"बूढी तँ पनि धेर जान्ने हँुदैछेस्," एउटाले आमाको मुखमा थप्पड हान्यो। आमा माछोझैँ भुइँमा लडिन्। बुबा खाटबाट उठ्न मात्र के खोजेका थिए, अर्कोले लात हानेर लडायो। दुवै जना खाटमा उठ्न नसक्ने गरी थला परे। त्यसपछि रविनलाई गलहत्याउँदै बाहिर निकाले।

उसलाई शंकाकै भरमा अघिल्लो दिन आर्मीले र भोलिपल्ट माओवादीले लगेका थिए।

हो, त्यसैबेलादेखि रविन हराएको छ, आमाबुबा र आफन्तको सम्पर्कबाट। ऊ कुन अवस्थामा, कहाँ छ, कसैलाई थाहा छैन।

रविन माओवादीको श्रमशिविरबाट १५ दिनपछि रातको समयमा भाग्न सफल भएको थियो। घर आउँदा माओवादी र आर्मी दुवै पक्षबाट आफू असुरक्षित हुने थाहा पाएपछि ऊ मानसिक रूपमा विक्षिप्त थियो। ऋणले थोत्रिएको घर, रोगी आमाबुबालाई हेर्न नसकेको पीडा, आर्मीले कुटेको र माओवादीले दिएको यातना यी सम्पूर्ण कुरा एकसाथ उसको दिमागमा जाँतोझैँ घुम्थ्यो।

आर्मी र माओवादी दुवैका डरले घर ऊ आउन सकेन। एकान्तमा बस्न थालेको थियो। जुनसुकै बेला, जसले भेटे पनि मार्छन् भन्ने त्रास भरएिकाले ऊ झन् विक्षिप्त हुँदै गयो।

बाँकी जीवन बाँच्न पाउँछु भन्ने आश पूरै मरसिकेको हुँदा आमाबुबालाई भेट्न जान त खोजेको थियो। तर, कहिले आर्मीले र कहिले माओवादीले उसको घरलाई तारो बनाइरहेका थिए। घर पुग्दा जसले भेट्यो, उसैले मार्छन् भन्ने ठानेर ऊ पिपिरेको जंगलतिर लाग्यो।

जंगल घना थियो। जंगलको छेउमा रूखको सियाँलमा आकाशपट्ट िफर्किएर केहीछिन सुत्यो। उसको मनले अर्काको हातबाट दोषी देखिएर मर्नु ठीक होइन भन्ने ठान्यो। फेर िआमाबुबाको गरबिी र रोगले शिथिल भएको अनुहार उसको आँखाभर िभरएिर आएपछि आँखा रसिला भए। घरप्रतिको दायित्व काँधभर िगह्रौँ भएर आयो। घर फर्किन्छु सोचेर जुरुक्क उठ्यो। घर पुगेपछिको अवस्था सम्भियो। गाउँघरमा उसको व्यापक खोजी भइरहेको कुरा सम्भिएपछि जसले भेटे पनि उसलाई यातना दिएर मार्ने नै छन्। आमाबुबाका अगाडि त्यसरी मारे भने आमाबुबालाई बाँचुन्जेलको पीडाको घाउ भएर बल्भिरहनेछ। गाउँ छोडेर सहरतिर लागौँ भने कोसी पार गरेर कतै जान दिँदैनन्। गाउँ गएर बस्नसक्ने अवस्था छैन।

उसका आँखा तिरमिराउन थाले। आफ्नो हत्केलामा आफ्नै मृत्यु नाचेको देख्न थाल्यो। आमाबुबाका अनुहार, तिर्न नसकेको ऋण, आमाको बुहारी भित्र्याउने रहर, भविष्यको योजना, साथीसंगी, छरछिमेक सम्पूर्ण कुरा पालैपालो बिजुलीजस्तो उसको दिमागमा आउँदै-हराउँदै गर्न थाले। ऊ अझ बढी विक्षिप्त हुँदै गयो।

जंगलको भित्री भागतिर छिर्‍यो। वनमाराको लामो लहरो चुँड्यो। तीनपोयाको डोरी बनायो । काफलका रूखको फेदमा पुगेर थचक्क बस्यो। उसले वरपिर िकेही देखेन। कसैलाई सम्भिन सकेन। निधार खुम्च्याएर केही सम्झन खोज्यो। तर, चारैतिर 'सम्म' देख्यो। केही थाहा पाउन सकेन।

केही हेर्न खोजेझैँ गरी वरपिर िनियाल्यो। हातको डोरी र काफलको हाँगोबाहेक केही देख्न सकेन। काफलको हाँगामा वनमाराको डोरी बाँध्यो। कम्मरको पेटी फुकाएर डोरीको अर्को छेउमा बाँध्यो। अझै केही सम्भिन खोज्यो। अलिक बढी छटपट गर्‍यो। सबैतिर निस्पट्ट अँध्यारो मात्र देख्यो। उसले धेरैबेरसम्म रूखमा झुन्डिएको डोरीमा पस्यौटो बनेर तुन्द्रुंग झुन्डिएको पेटी मात्र देख्यो। उसले त्यही मात्र देखिरह्यो।

त्यसपछि उसलाई कहिल्यै, कसैले भेट्टाएन।

ऊ कुनै पार्टीको मान्छे थिएन। सर्वसाधारण नागरकि भएकाले उसका आमाबुबाले जति हार-गुहार गरे पनि खोजी गर्ने निकाय थिएन।

आमाबुबाले छोराको नाम र फोटो बेपत्ता नागरकिको सूचीमा कतै छ कि भनेर धेरैचोटि आँसुले डुबेका आँखा घुमाए। ऊ त्यहाँ पनि सूचीकृत नभएपछि आशको त्यान्द्रो बोकेर अझै खोजिरहेका छन्।

रविन आजसम्म बेपत्ता छ।

अनि, बेपत्ता नागरकिको सूचीबाट पनि बेपत्ता रहेछ।


Source:Nepal

1:41 AM | Posted in , | Read More »