प्रदेशीएका श्रीमानलाई श्रीमतीको चिठठी
प्यारो जीवनसाथी राजुदैनिक सप्रेम संझना । आराम छु तिमि आरामै छौ होला भन्ने पूर्ण आसामा बाचेकी छु । यहा तिम्री प्यारी छोरी र बाआमाहरु प्नि संचै आरामै हुनुहुन्छ । तिमीले केही पीर गर्नु पर्दैन । तिम्रा भाई र बहिनीले स्कुलमा राम्रैगरी पढनु भएको छ ।कविता र वक्तृत्व कला प्रतियोगितामा प्रथम स्थान हासिल गरेर पुरस्कार पनि ल्याउनु भएको छ । शान्ताले त स्कुलको द्यौसी–भैलो कार्यक्रममा नेतृत्व नै गर्नु भयो । हिाउदे खेती पनि लगाईयो । अव धान काट्रन बाकि छ । बाले बारी जोत्न अलि गाह्रो मान्नु भएकोले मैले पर्मो लगाएर हली खोजेर जोताएा । यो वर्ष बिरौटो पनि आफै रोपेकोले धान पनि राम्रै भए।
अव त हाम्री आाखाकी नानी अमृता पनि दुई बर्षकी पुग्न लागी । तिम्रो फोटो हेरेर बा बा भन्छे । सुत्ने बेलामा पनि बाबाको फोटो सिरानीमासंगै राखेर सुत्छै । अव आाउदा त चोकोफोन चक्लेट ल्याईदिनु पर्छ कि ?
गाउघरतिरको हालखवर ठिकै छ । यो बर्षका मेलामेसाहरु प्नि सकिए ।तिम्रो अनुपस्थितिमा त्यति रमाईलो त भएन तैपनि कर्तव्यवोधले मुटुमाथि ढुङ्गो राखी हास्नु परया छ भनेझै ”चाडपर्वमा सहभागी भएा । फोनमा कुरा भईरहने भए पनि मनको धित मर्ने गरी कुरा पोख्न यो पत्र लेख्ने जमर्को गरेकी छु आसा छ अन्यथा सोच्ने छैनौ ।
गाउाटोलका धेरै युवायुवतीहरु वैदेशिक रोजगारीमा रहेकोले हामा्रे परिवार आर्थिकरुपले पछि पर्ने होकि भन्ने डरले तिर्मीलाई त्यति टाढा पठाउान सहमत भएकी हुा । राम्रा र महगा गहनाकपडा लगाउाने रहर पुरा गर्न तिमीलाई प्रदेशीन वाध्य पारकी हैन भन्ने कुरामा त तिमी स्पष्ट नै छौ । तिमीलाई त्यता उडाउदा खोलापारी अंकलकोवाट ल्याएको रु एक लाखको सामाव्याज के कति पुग्यो जोडेर राखैकी छु । देश भित्रै रोजगारीका अवसरहरु उपलब्ध हुने भए अथवा हामीहरुसंग सानातिना पेशाव्यवशाय गर्न पुग्ने आर्थिक हैसियत भैदिएको भए पनि मैले मेरो प्यारो राजलाई विदेश पठाउाने थिईन । मजवुरीका नाम माहात्मागान्धी भन्ने उखान धेरैले सुनेकाछन्र जस्तो मलाई लाग्छ ।
तिमीले नेटमा नेपालका गाउाघरतिरका समाचारहरु पनि हेर्नेगछौहोला । आजभोलि कतिपय प्रदेशीका पत्नीहरुले दाम्पत्य जीवनको मर्म विर्सेर गाउातिर बाटोविराउाने पनि गरेको सुनिन्छ । अरबको प्रचण्ड गर्मर्ीमा श्रीमानले खुनपसिना बगाएर घर पठाएको रेमिटयान्स मनि वुद्घिमानीपुर्वक खर्च गर्न नकेको पनि सुनिने गर्न थालेको छ । कतैकतै त छोराछोरी र श्रीमानको विचल्ली परेको पनि नसुनिएको हैन । संचार माध्यमहरुले यस्ता अपवादका दुर्घटनाहरुलाई बढनईचटाई गरेर आम सत्यको रुपमा सार्वजनिक गर्नै गरेको पनि पाईन्छ । त्यसैले प्रदेशीका पत्नीहरुमाथि समुदायको निगरानी बढन थालेको बुझिन्छ । तिम्रो मनमा पनि कतै कल्पनाले पनि त्यस्तै बाटो समातेकी छे कि भन्ने उपशंका उत्पन्न हुन सक्छ । तिर्मी निर्धक्क हुन सक्नु पर्छ । मैले मेरो प्यारो राजुलाई कहिल्यै धोक्का दिनेछैन । आपसी सहयोग र आस्थामा नै दाम्पत्य जीवन अडेको हुन्छ । मायाको डोरी बाट्न कठिन चुाडाल्न सजिलै हुन्छ । वैवाहिक जीवनमा खेलवाड गर्ने महिला या पुरुषको जीन्दगीरुपी डुंगा दुर्घटनामा परेको पाईन्छ । यसवाट सवैले शिक्षा लनिु बुद्घिमानी हुन्छ ।
मैले एउटा सोंच बनाएकी छु त्यो के भने तिर्मीले त्यहाा सिकेको सिप र आर्जन गरेको पूाजीले गााउघरमै हामीहरुले केही गर्न सक्नु पर्छ । अहिले हाम्रो गाउाघरतिर पनि मोटरवाटो उक्काले लागेको छ । सधिखर्कमा सागसब्जीको माग बढेको छ । स्थानिय उत्पादनले नपुगेर भारतबाटै तरकारी र फलफुल आयात गर्नु पर्ने अवस्था रहेको छ । हाम्रा गाउामा गठन भएको तरकारी समूहमा म पनि सदस्य वनेकी छु । मलाई समूहकी सचिव बनाएका छन् । नजिकैको खोल्सामा बग्ने पानी पाईपबाट ठूलापाटा ल्याएर तरकारी खेती गराौला । तिमीलाईृ तरकारी बोकेर बजार पुयाउान गाह्रो भए एउटा बाईक किनौला । ठूलो संपति भन्दा पनि सानो आम्दानीवाट सुखी जीवन जीउान सिकौ भन्ने मेरो मान्यता रहेको छ । अनि सन्तोशसाथ जीवनभरि रमाईलोसग संगै वसाौला । साग र सिस्नो खाएको वानी आनन्दी मनले भन्ने भनाई पनि रहेको छ । अन्त्यमा धन भन्दा स्वास्थ ठूलो हो भन्ने तथ्य नविर्सन सजग गराउादै यो पत्र यत्तिकैमा अन्त्य गर्ने अनुमति चाहान्छु ।
छोरीकोतर्फबाट समेत नमस्ते स्वीकार गर्दै उसको फोटोमा पनि म्वाई खान नविर्सनुहोला । बााकि कुरा अर्को पत्रमा उल्लेख गर्ने वाचा गर्दै विदा हुन्छु । भेट हुने दिनको प्रतिक्षाामा रहेकी तिम्री जीवनसंगिनी कल्पना तिमिल्सिना,अर्घाखाँची, नेपाल
परिकल्पना तथा लेखक
बुद्धि रायामाझी
कुर शंखेटारी
अर्घाखाँची